• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

आफ्नो जन्मदिनमा महेश बाबुले सार्वजनिक गरे नयाँ फिल्मको ट्रेलर, सानै उमेरमा खेलेका थिए ८ फिल्म

श्रावण २५ २०७८
  • 1.3K
    SHARES
  • images
    images
    आफ्नो जन्मदिनमा महेश बाबुले सार्वजनिक गरे नयाँ फिल्मको ट्रेलर, सानै उमेरमा खेलेका थिए ८ फिल्म

    काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता महेश बाबुको आज जन्मदिन परेको छ । ९ अगस्ट १९७५ मा भारतको तमिलनाडुमा जन्मिएका महेशले आज आफ्नो ४५ औं जन्मदिन मनाउँदैछन् । 

    images

    १९७९ मा कमियो नीडा मा बालकलाकारको भुमिका निभाएर अभिनय शुरु गरेका उनी नयाँ फिल्मका कारण चर्चामा आइरहने गर्छन् । 

    महेश बाबुले बाल अवस्थामा नै ८ वटा फिल्म खेलेका थिए । हालसम्म दर्जन बढी फिल्ममा अभिनय गरिसकेका उनले फिल्म 'मुरारी' बाट निकै चर्चा कमाएका थिए । आज जन्मदिनको अवसरका उनको नयाँ फिल्मको टिजर पनि सार्वजनिक भएको छ । 

    mahesh.jpg

    उनी कहिलेकाही आफ्ना रोचक कुराबाट पनि चर्चामा आउने गर्छन् । तपाइलाई थाहाँ छ, तेलुगू फिल्मका सुपरस्टार मानिने महेशलाई तेलुगू लेख्न र पढ्न आउँदैन । उनले तेलुगू भाषाको फिल्मको डाइलग कण्ठ गरेर बोल्ने गर्छन् ।  


    श्रावण २५, २०७८ सोमवार १२:२८:१७ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # महेश बाबु
  • अर्कोसमाचार

    २० वर्षपछि सनी देओलको फिल्म'गदर'को सिक्वेल बन्दै, अमिषाले शेय गरिन् यस्तो तस्बिर

  • 432
    SHARES
  • २० वर्षपछि सनी देओलको फिल्म'गदर'को सिक्वेल बन्दै, अमिषाले शेय गरिन् यस्तो तस्बिर

    काठमाडौं - सनी देओलको सफल फिल्म 'गदर' को सिक्वेलको पछिल्लो समय निकै चर्चा छ । यसै फिल्ममार्फत सनीले अवार्ड मात्र जितेनन्, उनले हिन्दी फिल्मले गर्न सक्ने व्यापारको आंकडा पनि तय गरेको थियो । 

    images

    १५ जुन २००१ मा रिलिज भएको यस फिल्मको सिक्वेल अहिले निर्माण भइरहेको छ । यस फिल्म निर्माण भएको बारे अभिनेत्री अमिषा पटेलले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै जानकारी गराएकी छन् । 

    am.jpg

    उनी पनि लामोसमयपछि फिल्ममा देखिदैछिन् । यो फिल्म पनि प्रेम कथामा आधारित नै रहनेछ । फिल्ममा निर्देशक अनिल शर्माका छोरा उत्कर्ष शर्मा पनि थपिएका छन् । 

    अनिल शर्माको निर्देशनमा तयार भएको फिल्म गदर मा भारतीय युवा र पाकिस्तानी युवतीको प्रेम कथा देखिएको थियो । फिल्म प्रदर्शन भएको २० वर्षपछि यसको सिक्वेल बन्ने भएको हो ।  


    मंसिर १६, २०७८ बिहिवार १९:५९:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गदर

  • क्यानाडा नेपाल

    अक्षयकुमारको फिल्म 'सूर्यवंशी' को कमाई करिब २ सय करोड, कति कमायो ?

  • 236
    SHARES
  • अक्षयकुमारको फिल्म 'सूर्यवंशी' को कमाई करिब २ सय करोड, कति कमायो ?

    काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण बन्द रहेका भारतका फिल्महल विस्तारै खुल्न थालेका छन् । कोरोना संक्रमण कम हुन थालेपछि फिल्महरु सिनेमा घरमा रिलिज भएका छन् । 
     
    यस्तै पछिल्लो समय अक्षयकुमार अभिनित फिल्म 'सूर्यवंशी' को निकै चर्चा छ। रोहित सेट्टीको निर्देशनमा बनेको फिल्म 'सूर्यवंशी' ले शुरुवातदेखि नै राम्रो कमाई गर्दै आएको थियो । प्रदर्शन भएको ४ हप्ता पुग्न लाग्दा यस फिल्मको कमाई करिब २ सय करोड पुग्न लागेको छ । 

    images

    फिल्मले गत हप्ताको शुक्रबार ७१ लाख शनिवार एक करोड ४३ लाख, आइतबार २ करोड ५ लाख, सोमबार ६२ लाख, मंगलबार ६४ लाख र बुधबार ५१ लाख कमाई गरेको छ । 

    हालसम्म यस फिल्मले एक सय ९० करोड ८८ लाख कमाई गरिसकेको छ । यस कमाई भारतको मात्र हो । फिल्ममा अक्षयसँगै कट्रिना कैफ, अजय देवगन, रणवीर सिंहको मूख्य अभिनय रहेको छ ।  


    मंसिर १६, २०७८ बिहिवार २०:२१:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सूर्यवंशी

  • क्यानाडा नेपाल

    कटरिनाको विवाहमा एक्स ब्वाईफ्रेण्डहरुलाई छैन इन्ट्रि, रणबीरले पनि पाएनन् निम्तो

  • 4.5K
    SHARES
  • कटरिनाको विवाहमा एक्स ब्वाईफ्रेण्डहरुलाई छैन इन्ट्रि, रणबीरले पनि पाएनन् निम्तो

    काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चा पछिल्लो समय निकै छ । एकअर्काको प्रेमसम्बन्ध रहेका कटरिना र विक्कीले डिसेम्बरको पहिलो हप्तामा विवाह गर्दैछन् । 

    images

    उनीहरुको विवाह डिसेम्बर ७ देखी ९ तारिख सम्म चल्ने बताइएको छ ।  विवाहको लागि उनीहरुले राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटल बुकिङ पनि गरिसकेका छन् । 

    salman katrina ranbir.jpg

    यसैबीच उनीहरुको विवाहमा कुन कुन कलाकारको सहभागी रहन्छ भन्ने चर्चा पनि चलिरहेको छ । उनीहरुले आफ्नो विवाहमा आउने पाहुनाको सूची पनि तयार गरेका छन् ।  कुनै समय बलिउडमा सलमान खान र  रणबीर कपुरको नाम कटरिनासँग जोडिन्थ्यो । 

    रणबीरसँग त कटरिनाको लामे समय प्रेमसम्बन्ध रहेको पनि बताइन्छ । कटरिनाले सलमानलाई मात्र होइन भुपु ब्वाइफ्रेण्ड रणबीर कपुरलाई पनि विवाहको निम्तो नपठाएको बताइएको छ । 

    katrina salman.jpg

    रणबीरसंगको ब्रेकअप पछि पनि कटरिनाले फिल्म जग्गा जासुस को शुटिंग पुरा गरेकी थिईन् । रणबीर संगै बसेर उनले अन्र्तबार्ता समेत दिएकी थिईन् । कट्रीनाको बिबाहमा रणबीर कपुरलाई बोलाउने अनुमान गरिएको थियो । यता सलमान तथा उनको बहिनीहरुलाई औपचारीक रुपमा निमन्त्रणा पठाइएको पनि बताइएको छ । तर सलमान भने विवाहमा नजाने चर्चा छ । 

    katrina salman.jpg

     


    मंसिर १७, २०७८ शुक्रवार २२:०२:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कटरिना र विक्की

  • क्यानाडा नेपाल

    फिल्म नपाएपछि बाध्य भएर केबीसीमा गएका रहेछन् अमिताभ, खुलाए रहस्य

  • 482
    SHARES
  • फिल्म नपाएपछि बाध्य भएर केबीसीमा गएका रहेछन् अमिताभ, खुलाए रहस्य

    काठमाडौं - बलिउड महानायक अमिताभ बच्चन नयाँ फिल्मलाई लिएर मात्र नभई अनेक कारणबाट पनि चर्चामा आउने गर्छन् । फिल्म खेल्नेक्रममा टिभी शो 'कौन बनेगा करोडपति' सञ्चालन गर्दै आएका अमिताभले यसबारे आफुले लुकाएका कुराहरु खुलाएका छन् । 

    images

    कौन बनेगा करोडपति को १ हजार एपिसोड पुरा भएकोमा अवसरमा आयोजित कार्यक्रममा भावुक हुँदै अमिताभले पुराना कुरा खुलाएका छन् ।

    विशेष अतिथि छोरी श्वेता र नातिनी नव्या नवेली नन्दा रहेको शोमा अमिताभले कौन बनेगा करोडपतिमा आउनुको आश्चर्यजनक कारण बताए । 

    उनले आफुलाई फिल्मको कुनै अफर नआएपछि कौन बनेगा करोडपति मा होस्ट बनेर गएको कुरा बताए । उनले फिल्मबाट टिभी शोमा नजान धेरैले भने पनि आफुलाई केही नयाँ कुरा गर्न मन लागेकोले गएको उनले बताए । 

    उनलाई उक्त शोमा जाँदा छवि गुम्ने भन्र्दै सुझाव दिएका थिए । तर उनका केही मजबुरीले उनी जान बाध्य भए । उनले भने - 'यसले मेरो छविलाई नोक्सान पुग्ने उनीहरूको भनाइ थियो । तर त्यो बेला मेरा केही मजबुरीहरू थिए । मैले फिल्ममा काम पाइरहेको थिइनँ । '

    अमिताभले केबीसीको केही एपिसोड गरेपछि झन रमाइलो लागेको र मलाई पुरै दुनियाँ नै बदलिए जस्तो लागेको बताए । 

     
     
     
     
     
    View this post on Instagram
     
     
     
     
     
     
     
     
     
     
     

    A post shared by Sony Entertainment Television (@sonytvofficial)


    मंसिर १९, २०७८ आइतवार ११:५१:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमिताभ बच्चन

  • क्यानाडा नेपाल

    बलिउडमा डेब्यूको लागि फिल्म रोज्दै सामन्था 

  • 170
    SHARES
  • बलिउडमा डेब्यूको लागि फिल्म रोज्दै सामन्था 

    काठमाडौं - साउथ फिल्मकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले अब बलिउडमा डेब्यु गर्ने तयारी गरेकी छन् । वेब सिरिज ‘द फेमिली म्यान २’ मा मनोज बाजपेयीको अपोजिटमा भिलेनको भूमिका निभाएदखि बलिउडमा प्रबेश गर्ने चर्चा चलिरहेको थियो । 

    images

    अब भने उनले बलिउडमा डेब्यु गर्नका लागि मुम्बईमा पनि घर किनिसकेकी छन् । उनले एक अन्तवार्तामा कुनै पनि भाषा आफ्नो लागि बाधक नबन्ने र बलिउडमा डेब्यु गर्न तयार रहेको बताएकी छन् । 

    उनले आफूलाई मनपर्ने स्क्रिप्ट आएमा गर्ने बताइन् । अहिले उनलाई बलिउडबाट अफरहरु आउन लागेको बताइएको छ । केही समयअघि उनी श्रीमान् नागा चैतन्यसँग डिभोर्स गरेपछि चर्चामा आएकी थिइन् ।


    मंसिर १९, २०७८ आइतवार १३:५४:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सामन्था

  • क्यानाडा नेपाल

    बलिउड अभिनेत्री ज्याकलिन पक्राउ, फसिन् यस्तो गम्भिर मुद्दामा

  • 924
    SHARES
  • बलिउड अभिनेत्री ज्याकलिन पक्राउ, फसिन् यस्तो गम्भिर मुद्दामा

    काठमाडौं - बलिउडका चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डेज पक्राउ परेकी छन् । उनलाई प्रहरीले मुम्बई विमानस्थलबाट पक्राउ गरेको भारतिय मिडियामा जनाइएको छ । 

    images

    मनी लान्ड्रिङ मुद्दामा परेकी उनलाई विदेश जाँदै गर्दा विमानस्थलबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध 'लुक आउट नोटिस' जारी गरेको थियो ।  

    jacqueline.jpg

    निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेकोमा यसमा ज्याकलिन मुछिएकी हुन् । 

    यस मुद्दामा अनुसन्धान गर्दा सुकेशसँग ज्याकलिनले कारोबार गरेकी थिइन् । उनले महँगो मूल्यका घोडा र बिरालो सुकेशबाट लिएकी थिइन् । 


    मंसिर १९, २०७८ आइतवार २१:०६:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ज्याकलिन फर्नान्डेज

  • क्यानाडा नेपाल