• Jan 20 2022 | २०७८, माघ ६गते

२०७८, माघ ६गते

चिनजानका आधारमा नभई कामको आधारमा जिम्मेवारी र मूल्याङ्कन – गृहमन्त्री खाँण  

श्रावण २८ २०७८
  • 622
    SHARES
  • images
    images
    चिनजानका आधारमा नभई कामको आधारमा जिम्मेवारी र मूल्याङ्कन – गृहमन्त्री खाँण  

    काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाँणले चिनजानका आधारमा नभई काम र कर्तव्यका आधारमा कर्मचारीको जिम्मेवारी र मूल्याङ्कन हुने बताउनुभएको छ । उहाँले जिम्मेवारी लिने क्रममा कसैको सिफारिस भयो भने उसको मूल्याङ्कनको नतिजामा माइनस हुँदै जाने पनि स्पष्ट पार्नुभएको छ ।

    images

    सिंहदरबारमा बुधबार आयोजित नया गृहसचिव टेकनारायण पाण्डेको स्वागत तथा यसअघिका गृहसचिव महेश्वर न्यौपानेको बिदाइ समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले जनतालाई सेवा पु¥याउने गृह मन्त्रालयमा क्षमता भएका सरकारी अधिकारीले उचित जिम्मेवारी पाउनेमा आश्वस्त पार्नुभयो । “जिम्मेवारी लिने क्रममा सिफारिस भयो भने माइनस नतिजा आउँछ”, मन्त्री खाँणले अगाडि भन्नुभयो, “कहिलेकाही नसोचेको जिम्मेवारी पनि थाहै नपाइ आउन सक्छ ।”

    उहाँले सबै मिलेर नागरिकको सुरक्षा गर्नु नै प्रमुख दायित्व भएको बताउनुभयो । राष्ट्रिय सुरक्षामा भने कुनै सम्झौना नहुने भन्दै मन्त्री खाँणले राज्यले सुम्पिएको जिम्मेवारी पूरा गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो । क्यालेन्डर हेरेर कार्यकाल बिताउने पुरानो मान्यताले जिम्मेवारी थेग्न नसक्ने हुँदा नयाँ शैली, पद्धति, प्रक्रिया र जिम्मेवारी बहन गर्न मातहतका कर्मचारीसँग आग्रह गर्नुभयो ।

    मन्त्री खाँणले कोभिड–१९को महामारी कायमै रहेको र तेस्रो लहर आउने सम्भावना जिवितै रहेकोतर्फ कर्मचारी तथा सुरक्षा अधिकारीको ध्यानाकर्षण गराउनुभयो । उहाँले त्यो बेला अस्पतालको बेड होइन बरण्डा पनि नपाउने अवस्था आउन सक्छ भन्नेमा चिन्तित रहेको उल्लेख गर्नुभयो । एक महिनाको अवधिमा मन्त्रालयका धेरै गतिविधिका बारेमा जानकारी प्राप्त भएको उहाँले स्मरण गर्नुभयो ।

    समारोहमा गृहसचिव टेकनारायण पाण्डेले संयुक्त सरकारले ल्याएको साझा कार्यक्रमका आधारमा कार्ययोजना बनाएर मन्त्रालयलाई अघि बढाउँदै नेपाल सरकारले चाहेको नतिजा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “कुशल कर्म गरेर मन्त्रालयको साख उच्च बनाउने प्रतिबद्धता व्यक्त गर्दछु”, सचिव पाण्डेले थप्नुभयो, “गृहप्रशासन सार्वजनिक सेवाको अगुवाइ गर्ने संस्था हो, यसलाई रुपान्तरण गर्दै आधुनिकीकरण गर्नुपर्छ ।” उहाँले गृह मन्त्रालयका हरेक काम कारवाहीमा सरकारको तस्बिर झल्किने गरी संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

    समारोहमा गृहसचिवबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा हुनुभएका महेश्वर न्यौपानेले १८ महिना छ दिनको गृह सचिवको अनुभव सुनाउँदै चुनौतीका बीच महत्वपूर्ण कार्य सम्पन्न गरेको जिकिर गर्नुभयो । उहाँले मन्त्रालयमा परिस्थिति आँकलन गरेर निर्णय दिन नसकिए समस्या जटिल भएर जानेतर्फ सचेत गराउनुभयो । उहाँले कोभिड–१९ नियन्त्रण, विपद् र आन्दोलनका समयमा प्रजिअले खेलेको भूमिकाको प्रशंसा पनि गर्नुभयो ।

    कोभिडको दोस्रो लहरमा हेलिकप्टरबाट अक्सिजन ल्याएर उपचार गरिएको तथा अस्पतालमा शैया नहुँदा होस् या क्वारेन्टिन र आइसोलेशन व्यवस्थापनका सन्दर्भमा गृह प्रशासन मातहतका निकायले खेलेको भूमिका उल्ेखनीय रहेको बताउनुभयो ।

    उहाँले सीमा क्षेत्रमा प्रहरीको उपस्थिति र प्रजिअको मनोबल बढाउनुपर्ने, तल्लो तहका प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने विपद् व्यवस्थापन, सूचना सङ्कलनका साथै पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै राहत र पुनःस्थापनमा दिइने राहत रकम वृद्धि गर्नुपर्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई स्वयत्त बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।रासस


    श्रावण २८, २०७८ बिहिवार ०८:०९:१६ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # बालकृष्ण खाँण
  • अर्कोसमाचार

    सत्तारुढ गठबन्धनको बैठक बस्दै, स्थानिय तहको निर्वाचन मिति तय गरिने

    सत्तारुढ गठबन्धनको बैठक बस्दै, स्थानिय तहको निर्वाचन मिति तय गरिने

    काठमाडौं - सत्तारुढ गठबन्धनको बैठक बिहिबार बस्दैछ । बैठकमा स्थानिय तहको निर्वाचनको मिति तयलगायतको बिषयमा छलफल गरिने एक नेताले बताए । 

    images

    आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई ध्यानमा राख्दै यो बैठक बस्न लागेको हो । 

    निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानिय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलवार बसेको बैठकले कुनै निष्कर्ष दिन सबेको थिएन । 


    माघ ६, २०७८ बिहिवार ०८:०८:०० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    प्रचण्डको प्रस्तावमा एमाले महासचिव शंकर पोखरेलको व्यंग्य

    प्रचण्डको प्रस्तावमा एमाले महासचिव शंकर पोखरेलको व्यंग्य

    काठमाडौं - स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचन गर्ने प्रस्ताव प्रति नेकपा एमाले महासचिव शंकर पोखरेलले ब्यग्य गरेका छन ।

    images

    सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमाले निरन्तर संसद अबरोध’ गर्दा संसदको औचित्य पुष्टी हुन नसकेकाले स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचनको प्रस्ताव गरेका थिए । 

    सो प्रस्ताव प्रति एमाले महासचिव पोखरेलले ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठवन्धन स्थानिय चुनाव पछि सार्ने गरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे !’ भन्दै सामाजिक सञ्जालवाट व्यंग्य हानेका हुन । 


    माघ ६, २०७८ बिहिवार १०:०८:४४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    स्थानीय तह निर्वाचन : प्रचण्डको प्रस्तावपछि बहस सुरु, संविधान र ऐनमा के छ ?

    स्थानीय तह निर्वाचन : प्रचण्डको प्रस्तावपछि बहस सुरु, संविधान र ऐनमा के छ ?

    काठमाडौं - गत ३० पुसमा निर्वाचन आयोगले संघीय संसद्, प्रदेश संसद् र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएर ५ जेठसम्म स्थानीय तहको निर्वाचन गराउनै पर्ने बाध्यता भएको जानकारी दियो ।

    images

    त्यति मात्रै होइन, त्यसका लागि माघ पहिलो साताभित्रै स्थानीय तहको निर्वाचनको मिति तोकिदिनका लागि सरकार र राजनीतिक दललाई आग्रहसमेत गरेको थियो । साथै, आयोगले आगामी १४ वैशाखमा एकै चरणमा गर्ने, त्यो सम्भवः नभएमा १४ वैशाख र २२ वैशाखमा गरी दुई चरणमा निर्वाचन गर्न सकिने प्रस्ताव पनि राजनीतिक दलसमक्ष राख्यो । 

    सो दिनको बैठकका बारेमा आयोगले ‘स्थानीय तहको निर्वाचित पदाधिकारीको पाँच वर्षे पदावधि २०७९ जेठ ५ गते समाप्त हुने र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कम्तीमा ५३ क्रियाकलापहरू सम्पन्न गर्नुपर्ने हँुदा यसका लागि कानुनतः एक सय २० दिन आवाश्यक पर्ने भएकाले यही २०७८ माघ पहिलो हप्ताभित्रै निर्वाचनको मिति नतोकिएमा प्रावधिक, व्यवस्थापकीय एवं व्यावहारिक दृष्टिकोणले निर्वाचन गर्ने कठिन हुने हँुदा यस विषयलाई गम्भीरतापूर्वक लिन राजनीतिक दल तथा सबैको ध्यानाकर्षण गराइयो’ भन्ने जानकारी पनि मिडियालाई दिइएको थियो ।

    आयोगले महान्यायाधिवक्तादेखि अन्य कानुनी सल्लाहकारसँग छलफल गरेर ५ जेठभित्र स्थानीय तहको नयाँ नेतृत्वमा जोड गरे पनि सत्ता गठबन्धनका एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार अचानक स्थानीय तहअघि संघीय संसदको निर्वाचन गराउनुपर्ने तर्क राखेका छन् । 

    उनको प्रस्ताव र तर्कसँगै स्थाीनय तहको निर्वाचनको मितिका बारेमा संवैधानिक र कानुनी पाटोमा बहस सुरु भएको छ । प्रचण्डले स्थानीय तहको निर्वाचनबारे संविधानको व्यवस्था र स्थानीय तह निर्वाचन ऐनको व्यवस्थामा अन्तरविरोध देखिएको जनाएका छन् ।

    ‘संविधानले धारा २२५ मा प्रस्ट रूपले गाउँसभा र नगरसभाको अवधि पाँच वर्ष हुन्छ भनेर भनेको छ, पाँच वर्षको अवधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्ने संविधानको व्यवस्था हो,’ प्रचण्डको तर्क छ, ‘स्थानीय तहको ऐनको व्यवस्था चाहिँ दुई महिना अगाडि नै गरिसक्ने भन्ने छ, अब संविधानअनुसार ऐन बनाउने कि ऐनअनुसार संविधान ? भन्दा त संविधान मुख्य कुरा हो ।’ प्रचण्डको तर्कअनुसार संविधानअनुसार ऐन बनेको छैन, त्यसैले संविधानसँग बाझिएका ऐनको व्यवस्था स्वतः खारेजीमा पर्न जान्छन् ।

    संविधानमा के छ त ?
    नेपालको संविधानको धारा २१५, २१६ र २२५ मा स्थानीय तहको निर्वाचनसम्बन्धी व्यवस्था गरिएको छ । संविधानको धारा २१५ मा गाउँ कार्यपालिकाका अध्यक्ष र उपाध्यक्षसम्बन्धी तथा २१६ मा नगर कार्यपालिका प्रमुख र उपप्रमुखसम्बन्धी व्यवस्था उल्लेख छ ।
    संविधानको धारा २२५ मा गाउँसभा र नगर सभाको कार्यकालसम्बन्धी व्यवस्था पनि उल्लेख गरिएको छ । जसअनुसार ‘गाउँसभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुनेछ’, धारा २२५ उल्लेख छ, ‘त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्नेछ ।’ संविधानको यो धाराअनुसार कात्तिक ५ गतेसम्म स्थानीय तहको निर्वाचन गराउन सकिने प्रचण्डको तर्क छ ।

    ऐनमा के छ ?
    स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन, २०७३ को दफा ३ मा पदाधिकारीको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ । ‘सदस्यको निर्वाचन गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुनेछ’ सो दफामा उल्लेख छ । जुन बुँदामा टेकेर आयोगले निर्वाचनको मितिको समयसीमा ५ जेठ २०७९ राखेको आयोग प्रमुख दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन् । उनका अनुसार महान्यायाधिवक्ता र कानुनी सल्लाहकारको रायअनुसार १४ वैशाख र २२ वैशाख गरी दुई चरणको मिति तय गरिएको हो ।  


    माघ ६, २०७८ बिहिवार ११:२३:१२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सरकारले चुनाब घोषणा गरोस्, एमाले एक्लै प्रतिष्पर्धा गर्न तयार छ - गोकुल बाँस्कोटा

    सरकारले चुनाब घोषणा गरोस्, एमाले एक्लै प्रतिष्पर्धा गर्न तयार छ - गोकुल बाँस्कोटा

    काठमाडौं - नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमाले सत्ता गठबन्धनसँग चुनावमा एक्लै प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । 

    images

    बिहिबार सामाजिक सञ्जालमार्फत नेता बाँस्कोटाले सो कुरा गरेका हुन् । उनले सरकारले चुनाव घोषणा गर्नुपर्ने भन्दै एक्लै प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् । 

    उनले लेखेका छन् - 'फेरि भन्छु- पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौ।'

    सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमाले निरन्तर संसद अबरोध’ गर्दा संसदको औचित्य पुष्टी हुन नसकेकाले स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचनको प्रस्ताव गरेका थिए । निर्वाचन आयोगले भने वैशाखमा स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेको छ । 
     


    माघ ६, २०७८ बिहिवार १२:१५:३९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    तयारी नपुगेको भन्दै सत्तारुढ गठबन्धनको बैठक स्थगित 

    तयारी नपुगेको भन्दै सत्तारुढ गठबन्धनको बैठक स्थगित 

    काठमाडौ - सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार अपरान्ह ४ बजेका बस्ने भनिए पनि तयारी नपुगेको भन्दै स्थगित भएको हो ।

    images

    नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने - '४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आज बस्ने गरी समय मिलाउँदै छौं ' नेता गुरुङले बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको बताए । 

     


    माघ ६, २०७८ बिहिवार १२:५७:३० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    निर्वाचनबारे गगन थापाको यस्तो टिप्पणी  

    निर्वाचनबारे गगन थापाको यस्तो टिप्पणी  

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनबारे कुनैपनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक हुने बताएका छन् । बिहिबार सामाजिक सञ्जालमार्फत नेता थापाले सो कुरा गरेका हुन् । 

    images

    उनले स्थानीय तहको निर्वाचन पहिले प्रतिनिधिसभाको निर्वाचन गर्ने भनिएको बेला नेता थापाले यस्तो कुरा गरेका हुन् ।  

    उनले लेखेका छन् - 'हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अतस्निर्वाचनबारे कुनैपनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ'

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले संसदको गतिरोध हटाउन तयार नभएको भन्दै चुनावमा जाने बताइसकेका छन् । उनले स्थानीय चुनाव कात्तिकमा गर्ने प्रस्ताव पनि गरेका छन् । काँग्रेसका सभापति शेरबहादुर देउवा पनि अहिले पहिले संसदको चुनाव गर्ने पक्षमा नै छन् । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने स्थानीय चुनाव पहिले गर्नुपर्ने बताउदै आइरहेका छन् । 


    माघ ६, २०७८ बिहिवार १५:१८:४३ बजे : प्रकाशित


    क्यानाडा नेपाल