बुधबार
२५ मङ्सिर
२०७६

अमेरिकामा एक नेपाली युवाको ज्यानगयो

शनिबार मङ्सिर ७, २०७६/ Saturday 11-23-19

काठमाडौं - अमेरिकामा एक नेपालीको ज्यानगएको छ । ज्यानजानेमा चितवन नारायणगढका ३० वर्षीय रवि श्रेष्ठ रहेका छन् । उनको शुक्रबार राती कार दुर्घटनामा परेर ज्यानगएको हो । उक्त दुर्घटना अमेरिकाको टेक्सास राज्यको फोर्टवर्थ डल्लास महानगरमा भएको जनाइएको छ ।

उनी कारमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको त्यहाका स्थानीय प्रहरीले जनाएका छन् । कार दुर्घटनामा परेका उनलाई उद्धार गरी अस्पातल लगिएकोमा  चिकित्सकले पहिलै ज्यान गएको बताएको जनाइएको छ । उनलाई चिन्ने मानिस नभेटिएकोले प्रहरीले घटनाका बारे अनुसन्धान भैरहेको जनाएको छ ।