• Oct 25 2021 | २०७८, कार्तिक ८गते

२०७८, कार्तिक ८गते

घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिटमाथि सुनुवाइ हुँदै

क्यानाडा नेपाल भाद्र २ २०७८
  • 754
    SHARES
  • images
    images
    घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिटमाथि सुनुवाइ हुँदै

    काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । 

    images

    आफुलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरिएको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

    सोही रिटमाथि सुनुवाईको लागि आज पेसी तोकिएको छ।  आज यस रिटमा अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाई हुनेछ ।

    गत साउन २४ गते बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई जल तथा उर्जा आयोगमा सरुवा गरेको थियो भने घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । 
     


    भाद्र २, २०७८ बुधवार १०:५८:४५ बजे : प्रकाशित

    images
    images
    अर्कोसमाचार

    परराष्ट्रमन्त्री खड्काले भने - 'सबै दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ'

  • 156
    SHARES
  • परराष्ट्रमन्त्री खड्काले भने - 'सबै दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ'

    काठमाडौं - परराष्ट्रमन्त्री डा नारायण खड्काले एमसीसी पास गर्नु आवश्यक रहेको बताएका छन् । सोमबार नेपाल प्रेस युनियनले गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा खड्काले सो कुरा बताएका हुन् । उनले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताए ।

    images

    उनले भने - 'अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरुको सहमति बिना पास गर्न सम्भव छैन, त्यस कारण सबै दलहरुबीच छलफल गरेर सहमति भएमात्र एमसीसी पास हुन्छ ।' 

    उनले एमसीसी पास गर्न गठबन्धन सरकारले गठबन्धन भित्र व्यापक छलफल गर्ने र नेकपा एमालेबीच छलफल गरेर सहमति भए तत्कालै एमसीसी पास हुने बताए । 
     


    कार्तिक ८, २०७८ सोमवार १२:०९:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. नारायण खड्का

  • क्यानाडा नेपाल

    सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित, १४ न्यायाधीशको छुट्टै बैठक

  • 146
    SHARES
  • सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित, १४ न्यायाधीशको छुट्टै बैठक

    काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित भएको छ । सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बैठक बस्न नसकेको हो ।

    images

    प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल हुने बताएका थिए । तर, १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बस्न नसकेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

    अहिले १४ न्यायाधीशको छुट्टै बैठक बसिरहेको छ । बैठकले अब कसरी अघि बढ्ने भन्ने निर्णय लिने बुझिएको छ । यस्तै, प्रधानन्यायाधीश जबराको कार्यक्षमता र योग्यताका विषयमा छलफल गर्न नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनको बैठक पनि बसिरहेको छ ।न्युज कारखाना


    कार्तिक ८, २०७८ सोमवार १३:०१:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत

  • क्यानाडा नेपाल

    प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

  • 494
    SHARES
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषदको आकस्मिक बोलाएका छन् । बैठक सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बताइएको छ । 

    images

    बैठकमा बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउने र नियमित काम कारबाहीका बिषयमा छलफल हुने बताइएको छ । 

    प्रधानमन्त्री देउवाले प्रदेश १ र सुदूरपश्चिमका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएका थिए । 


    कार्तिक ८, २०७८ सोमवार १४:१४:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् बैठक

  • क्यानाडा नेपाल

    महाधिवेशन कुनै पनि हालतमा निर्धारित समयमै सम्पन्न गर्नुपर्छ - रामचन्द्र पौडेल

  • 140
    SHARES
  • महाधिवेशन कुनै पनि हालतमा निर्धारित समयमै सम्पन्न गर्नुपर्छ - रामचन्द्र पौडेल

    काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४औँ महाधिवेशन कुनै पनि हालतमा निर्धारित समयमै सम्पन्न गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सो कुरा बताएका हुन् । 

    images

    कांग्रेसले १४औँ महाधिवेशन मंसिर ९ गतेदेखि मंसिर  १३ गतेसम्मा गर्ने तयारी गरेको छ । यसैबीच नेता पौडेलले निर्धारित समयमै सम्पन्न गर्नुपर्ने बताएका हुन् । उनले निर्धारित समयमा हुन नसके समय थप गर्ने सीमा नै नरहेकाले कुनै पनि हालतमा निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए।  

    पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्न बारम्बार सुझाव दिँदै आएको पनि उनले बताए । पछिल्लो समय कुनै पनि राजनीतिक दलहरूले व्यवस्थालाई संस्थागत गर्नका लागि महत्व नदिँदा सबैको ध्यान सत्ता केन्द्रित हुन पुगेको बताए । 


    कार्तिक ८, २०७८ सोमवार १४:४४:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल

  • क्यानाडा नेपाल

    प्रधानन्यायाधीश भेट्ने निष्कर्षसहित सकियो न्यायाधीशहरूको बैठक 

  • 300
    SHARES
  • प्रधानन्यायाधीश भेट्ने निष्कर्षसहित सकियो न्यायाधीशहरूको बैठक 

    काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेमर जबराको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका सर्वाेच्च अदालतका १४ जना न्यायाधीशहरूले गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश राणासँगै छलफल गर्ने भएका छन् । 

    images

    सर्वाेच्च अदालत परिसरमा सोमबार चार घण्टाको छलफलपछि असन्तुष्ट न्यायाधीशहरू मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीशलाई भेट्ने निष्कर्षसहित बैठकबाट उठेका छन् । 

    न्यायिक नेतृत्व र न्यायालयमा हुने गरेका विकृतिबारे लामो छलफल गरे पनि ठोस निष्कर्षमा भने नपुगिएको न्यायाधीश हरिकृष्ण कार्कीले न्युज कारखानालाई बताए । 

    ‘लामो छलफल भए पनि त्यस्तो कुनै निष्कर्षमा पुगिएको होइन । हाम्रो सामूहिक सरोकारका विषयमा भोलि (मंगलबार) प्रधानन्यायाधीशसँग समय लिएर भेटेर कुरा राख्ने भन्ने कुरा भएको छ’, न्यायाधीश कार्कीले भने । 

    कार्कीले ठोस निष्कर्षमा नपुगेको दाबी गरे पनि न्यायाधीशहरू प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने वा सार्वजसनिक रूपमा विगतका कमिकमजोरीहरू सच्याउने र भविष्यमा कार्यपालिकासँग सोझो सम्बन्ध छैन भनेर विश्वस्त आधार तयार पार्नुपर्ने निष्कर्षमा छन् । 

    न्यायाधीशहरूको बैठकका कारण सर्वाेच्च अदालतमा सबै मुद्दा प्रभावित भएका छन् । न्यायाधीहरूको बैठक सकिए पनि अघोषित इजलास बहिस्कारलाई भने निरन्तरता दिएका छन् । न्यायालयको आन्तरिक विवादका कारण भोलि (मंगलबार)को मुद्दा सुनुवाइसमेत प्रभावित हुने देखिएको छ । न्युज कारखाना


    कार्तिक ८, २०७८ सोमवार १४:४७:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रधानन्यायाधीश प्रकरण

  • क्यानाडा नेपाल

    आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ?

  • 0
    SHARES
  • आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ?

    झापा - पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आउँदा विकासबारे सधैँ झुट बोल्छन् । गृहजिल्लाको विकासबारे अपडेट नभएर हुन सक्छ, उनले यस्तो बोलेको । प्रधानमन्त्री हुँदा होस् या प्रधानमन्त्रीबाट हटेपछि, उनी हुलाकी राजमार्गका बारेमा सधैँ चर्चा गर्छन् । 

    images

    हुलाकी राजमार्ग बनिसकेको दाबी गर्छन् । सोमबार उनको निर्वाचन क्षेत्रअन्तर्गत गौरादहमा भएको एक कार्यक्रममा हुलाकी राजमार्गअन्तर्गत प्राविधिक त्रुटिका कारण रतुवामा पुल बन्न नसकेको बताए । उनले कहीँ-कहीँ वन क्षेत्र परेर समस्या भएको बताए । ‘हुलाकी राजमार्ग बनिसक्यो । बीचमा रतुवाको एउटा पुलले गर्दा अड्किएको छ । त्यसका लागि पनि अहिले स्टिमेट भइरहेको छ । त्यो पनि छिट्टै हुन्छ,’ ओलीले भने, ‘बीचमा केही वन क्षेत्रले रोकिएको छ । त्यो पनि बनाउने प्रयास गर्छौ । दुई दशकदेखि कुरा मात्र भयो । बनेन । हुलाकी राजमार्ग आफैँ बनाउँछौँ भनेर ६ वर्षअघि मैले भनेको थिएँ । केही ठाउँमा पूरा हुन बाँकी छ । त्यो पूरा गर्छौँ ।’

    तर, बाँकी ठाउँमा हुलाकी राजमार्ग बनेको उनको दाबी थियो । अवस्था भने त्यस्तो छैन । उनको यो प्रचार झुट हो । हुलाकी राजमार्गमा पर्ने झापा खण्ड गौरीगञ्जदेखि भद्रपुरसम्म बनेको छ । सडकको काम भएको छ । तर, दशकसम्म विभिन्न नदीमा पुल नबन्दा झापाभरि पनि हुलाकी राजमार्गबाट यात्रा गर्नसक्ने अवस्था छैन । 

    कतिपय पुल एमाले निकट ठेकेदारले ठेक्कामा लिएर अलपत्र पारेका छन् । केही पुल दशकपछि काम भइरहेको छ । तर, उनले भनेजस्तो रतुवामा मात्र हुलाकी राजमार्गमा अन्य आधा दर्जन पुलहरू अलपत्र छन् । जसका कारण स्थानीयको यात्रा जोखिमपूर्ण छ । बर्खामा ठूला नदीहरूमा पैसा तिरेर डुंगाबाट नदी पार गर्नुपर्ने बाध्यता छ । हिउँदमा पनि बाँसको पुलमा पैसा तिरेर यात्रा गर्नुपर्ने बाध्यता छ । 

    हुलाकी राजमार्गअन्तर्गत माई नदीमा पुल निर्माण सुरु गरेको एक दशक नाघ्यो । तर, अहिलेसम्म पुल निर्माण भएको छैन । २०६८ साल ३१ जेठमा पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले यो पुल ठेक्का लिएका थिए । चार वर्षमा सक्ने गरी  ३४ करोडमा ठेक्का लिइएको यो पुलमा अहिले पिल्लरबाहेक अरू केही काम भएको छैन । 

    ७ सय २४ मिटर लम्बाइको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नु पर्ने थियो । तर, हालसम्म आधा मात्र काम भएको छ । यो पुलको ठेक्का निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लिएका हुन् । यस्तै, अर्को ठूलो नदी बिरिङको हालत पनि उस्तै छ । एमाले अध्यक्ष ओली निकट निर्माण व्यवसायी मदन अधिकारीको मैनाचुली कन्स्ट्रक्सन र लामा कन्स्ट्रक्सनले ठेक्का लिएका हुन् ।

    अधिकारी दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका श्रीमान् हुन् । ३१९ मिटर लामो पुल निर्माण २०७३ सालमै निर्माण सम्पन्न गर्नुपर्ने हो । २०६८ वैशाखमा १५ करोड ५० लाख ५८ हजारमा ठेक्का लागेको पुल अझै अलपत्र छ । योसँगै हुलाकी राजमार्गमा पर्ने किस्नी खोलाको पुल पनि अझैसम्म निर्माण सम्पन्न हुन सकेको छैन । यद्यपि समय सकिए पनि यो पुलको निर्माण कार्य अहिले भने धमाधम भइरहेको छ । 

    यस्तै, गौरीगञ्जको रतुवा, लेहरा, कमल, भुत्नी खोलालगायत खोलाको पुल अलपत्र छ । ओलीले भने रतुवा खोलाको मात्र समस्या देखे । रतुवा खोलामा बनेको पुल नदीको चौडाइभन्दा कम बनेपछि समस्या भएको हो । निर्माण सकिएको भनेर यो पुल ठेकेदार कम्पनीले जिम्मा लगाइसकेको छ । यद्यपि पुल भने खोलाभन्दा सानो छ । 

    सोमबार पूर्वप्रधानमन्त्री ओलीले गौरीगञ्जमा दशैँ, तिहार, छठलगायत पर्वको उपलक्षमा भएको शुभकामना आदान-प्रदान कार्यक्रममा भने, ‘चार्डपर्वले सबैलाई सदबृद्धि दियोस् । सबैले सही कुरा बोलुन् ।’ तर, ओली आफैँले केहिबेर अघि गौरादहमा भएको एक कार्यक्रममा हुलाकी राजमार्गअन्तर्गत रतुवा पुल मात्र बन्न बाँकी रहेको भन्दै झुट बोले ।न्युज कारखाना


    कार्तिक ८, २०७८ सोमवार १८:२३:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • क्यानाडा नेपाल