• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

यस्तो बन्यो हरर-कमेडी फिल्म 'भूत पुलिस' को ट्रेलर

क्यानाडा नेपाल भाद्र २ २०७८
  • 1.8K
    SHARES
  • images
    images
    यस्तो बन्यो हरर-कमेडी फिल्म 'भूत पुलिस' को ट्रेलर

    काठमाडौं - फिल्म 'भूत पुलिस' को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सैफ अली खान र अर्जुन कपूरको मूख्य अभिनय रहेको हरर-कमेडी फिल्म 'भूत पुलिस' को ट्रेलर बुधबार युट्युबमा सार्वजनिक भएको हो । 

    images

    चुंकी पवन कृपलानीले निर्देशन रहेको यस फिल्ममा सैफ र अर्जुनले भुत समात्ने पुलिसको भूमिका निभाएका छन् ।

    यस फिल्ममा सैफ, अर्जुन कपूर, यमी गौतम, ज्याकलिन फर्नान्डेज लगायतका कलाकारको अभिनय रहेको छ।  फिल्मलाई रमेश तौरानी र अक्षय पुरीले निर्माण गरेका हुन् । 


    भाद्र २, २०७८ बुधवार २०:५२:१२ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # भूत पुलिस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    यस्तो बन्यो फिल्म 'सत्यमेव जयते' को ट्रेलर, ३ भूमिकामा देखिए जोन अब्रहाम

  • 776
    SHARES
  • यस्तो बन्यो फिल्म 'सत्यमेव जयते' को ट्रेलर, ३ भूमिकामा देखिए जोन अब्रहाम

    काठमाडौं - जोन अब्रहाम अभिनित फिल्म ‘सत्यमेव जयते’को ट्रेलर सार्वजनिक भएको छ। मिलाप झावेरीले निर्देशन गरेको यस फिल्मको ट्रेलर सोमबार युट्युबमा सार्वजनिक भएको हो ।

    images

    ट्रेलरमा जोन अब्रहामको धमाकेदार एक्शन देखिएको छ । फिल्ममा जोन सत्या, जय र दादा साहेब आजाद गरी तीन वटा भूमिकामा देखिएका छन् ।  

    दादा साहेब आजादको भूमिका एक देशभक्तको रुपमा छन् भने सत्या र जय दाजुभाई हुन् । यस फिल्म नोबेम्बर २५ मा प्रदर्शनमा आउँदैछ । भुसन कुमारले निर्माण गरेको यस फिल्मलाई दशैकले रुचाउने अपेक्षा गरिएको छ । 


     


    कार्तिक ९, २०७८ मंगलवार १२:४३:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ट्रेलर
  • # जोन अब्रहाम

  • क्यानाडा नेपाल

    सुनील सेठ्ठीका छोरा आहानको डेब्यु फिल्म 'तडप' को ट्रेलर यस्तो बन्यो

    क्यानाडा नेपाल

    कार्तिक १०

  • 640
    SHARES
  • सुनील सेठ्ठीका छोरा आहानको डेब्यु फिल्म 'तडप' को ट्रेलर यस्तो बन्यो

    काठमाडौं - बलिउड अभिनेता सुनील सेठ्ठीका छोरा आहान सेठ्ठीको डेब्यु फिल्म ‘तडप’ को ट्रेलर सार्वजनिक भएको छ । मिलन लुथरिया निर्देशित यस फिल्मको ट्रेलर बुधबार युट्युबमा सार्वजनिक भएको हो । 

    images

    सार्वजनिक ट्रेलरमा आहान एक्सनका साथै लभर ब्वाईका रूपमा प्रस्तुत भएका छन् । यस फिल्ममा आहानको जोडी तारा सुतरिया छिन् । 

    फिल्ममा भारतको उत्तराखण्ड, मसुरिका युवा इशान (आहान) र बिदेशबाट आएकी रमीशा (तारा) बीचको प्रेमकथालाई प्रस्तुत गरिएको छ । 


    कार्तिक १०, २०७८ बुधवार २१:३५:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ट्रेलर
  • # तडप

  • क्यानाडा नेपाल

    यस्तो बन्यो अक्षय, सञ्जय र सोनुको फिल्म 'पृथ्वीराज' को टिजर 

    क्यानाडा नेपाल

    कार्तिक २९

  • 466
    SHARES
  • यस्तो बन्यो अक्षय, सञ्जय र सोनुको फिल्म 'पृथ्वीराज' को टिजर 

    काठमाडौं -  बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म 'पृथ्वीराज' को टिजर सार्वजनिक भएको छ । चन्द्रप्रकाशको निर्देशनमा बनेको फिल्म पृथ्वीराजु को टिजर सोमबार युट्युबमा सार्वजनिक भएको हो । 

    images

    टिजरमा अक्षय कुमारसँगै सोनु सूद, मानुषि छिल्लर र सञ्जयदत्त पनि देखिएका छन् । यसमा अक्षयकुमारको धमाकेदार एक्शन पनि देखाइएको छ । 

    आदित्य चोपडाले निर्माण गरेको यस फिल्म आउँदो २०२२ जनवरी २१ मा प्रदर्शनमा आउँदैछ । पछिल्लो समय अक्षयकुमारको फिल्म सूर्यवंशी पनि चर्चामा छ । यो फिल्म अहिले हलहरुमा प्रदर्शन भइरहेको छ । 


     


    कार्तिक २९, २०७८ सोमवार १३:५४:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पृथ्वीराज

  • क्यानाडा नेपाल

    यस्तो बन्यो 'स्पाई डर–म्यान : नो वे होम' को ट्रेलर

  • 582
    SHARES
  • यस्तो बन्यो 'स्पाई डर–म्यान : नो वे होम' को ट्रेलर

    काठमाडौं - 'स्पाई डर–म्यान : नो वे होम' को ट्रेलर सार्वजनिक भएको छ । दर्शकको लामो प्रतिक्षापछि सोनी पिक्चर्सले ट्रेलर सार्वजनिक गरेको हो । लस एन्जलिसमा मंगलबार एक कार्यक्रम आयोजना गरी टम होल्याण्डले ट्रेलर सार्वजनिक गरेका हुन् । 

    images

    spai.jpg

    ट्रेलरमा होल्याण्डसहित जेन्डाया, जेकब बाटालोन, बेनेक्डिट कम्बरब्याच, अफ्रेड मोलिना, जेमी फक्स लगायत देखिएका छन् । 

     


    मंसिर १, २०७८ बुधवार १९:३८:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्पाई डर–म्या

  • क्यानाडा नेपाल

    यस्तो बन्यो स्वस्तिमा र सुपुष्पाको फिल्म 'चपली हाइट ३' को ट्रेलर  

  • 788
    SHARES
  • यस्तो बन्यो स्वस्तिमा र सुपुष्पाको फिल्म 'चपली हाइट ३' को ट्रेलर  

    काठमाडौं -  फिल्म ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक भएको छ ।  निकेश खड्का निर्देशनमा बनेको युस फिल्मको ट्रेलर शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । 

    images

    सस्पेन्स र थ्रिलर शैलीमा तयार परिएको ट्रेलरमा सबै कलाकारलाई देखाइएको छ । फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । फिल्ममा स्वस्तिमा खड्का र सुपुष्पा भट्टको मूख्य भूमिका रहेको यस फिल्म पुस २ गते प्रदर्शनमा आउँदैछ ।

    फिल्ममा सुपुष्पा र स्वस्तिमासँगै अर्पण थापा, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । 


    मंसिर ३, २०७८ शुक्रवार २०:२१:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चपली हाइट ३

  • क्यानाडा नेपाल

    शाहिद र मृणालको फिल्म 'जर्सी' को ट्रेलर यस्तो बन्यो

  • 320
    SHARES
  • शाहिद र मृणालको फिल्म 'जर्सी' को ट्रेलर यस्तो बन्यो

    काठमाडौं - शाहिद कपुर अभिनित फिल्म 'जर्सी' को ट्रेलर सार्वजनिक भएको छ । गौथम टिन्ननुरीको निर्देशनमा बनेको यस फिल्मको ट्रेलर मंगलबार युट्युबमा सार्वजनिक भएको हो । 

    images

    फिल्ममा शाहिदले क्रिकेटरको भूमिका निर्वाह गरेका छन् । फिल्ममा शाहिदसहित मृणाल ठाकुर र पंकज कपूरको पनि मूख्य भूमिका रहेको छ । फिल्म 'कबीर सिंह' हिट भएपछि शाहिदले यस फिल्ममा खेल्न लागेका हुन् । 

    गएको डिसेम्बरमा छयांकन पूरा गरेको यस फिल्म  ३१ डिसेम्बरमा हलमा प्रदर्शन हुँदैछ । यो फिल्म तमिल स्पोर्ट्स ड्रामा फिल्मको हिन्दी रिमेक हो ।  


    मंसिर ८, २०७८ बुधवार १०:१९:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शाहिद कपूर

  • क्यानाडा नेपाल