• Oct 21 2021 | २०७८, कार्तिक ४गते

२०७८, कार्तिक ४गते

झ्याप्पझ्याप्प बत्ती जाने समस्याको समाधान गर्न पहल थाले कुलमान घिसिङले    

क्यानाडा नेपाल भाद्र ७ २०७८
  • 594
    SHARES
  • images
    images
    झ्याप्पझ्याप्प बत्ती जाने समस्याको समाधान गर्न पहल थाले कुलमान घिसिङले    

    काठमाडौँ - लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन। किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ। यस्तै, नयाँ बत्ती जडानका लागि मिटरसमेत पाउन छाडियो। नो लाइट नम्बरमा फोन गर्दा कर्मचारीको व्यवहार रुखो हुन थाल्यो। एकातिर फोन नउठ्ने, उठीहाले पनि कुनै जानकारी नदिने अवस्था देखिन थाल्यो। पछिल्लो एक वर्षमा आम उपभोक्ताले यस्ता भोग्दै आएका छन्। गुनासो गर्ने निकायले गुनासो सुन्दैन, आवश्यक परेको बेलामा बिना जानकारी बिजुली काटिन्छ।

    images

    समस्या बढ्दै गएपछि त्यसलाई समाधान गर्न प्राधिकरणले पहल थालेको छ। प्राधिकरणमा कार्यकारी निर्देशकको रूपमा पुनः नियुक्ति भएर आएपछि कुलमान घिसिङले उपभोक्ता भनेका देवता समान रहेको भन्दै समस्या समाधानका लागि पहल थालेका छन्।

    विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालिएको प्राधिकरणले जनाएको छ।

    विनाजानकारी झ्याप्पझ्याप्प बत्ती जाने गरेको, नयाँ वत्ति जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउनेजस्ता गुनासा आउन थालेपछि यस्ता समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले आवश्यक प्रयत्न गरेको छ। प्राधिकरणले विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो तथा गुणस्तरीय र सेवा प्रवाहलाई छिटो, छरितो एवं सहज बनाउने विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ।

    प्राधिकरणका कार्यकारी घिसिङले आज ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, ७ वटै प्रादेशिक कार्यालयहरू, प्रदेश डिभिजन कार्यालयहरू र शाखाका प्रमुखहरूसँग भर्चुअल बैठक राखी कार्यालयहरूले बेहोरिरहेका समस्याबारे छलफल गर्नुभएको हो। छलफलको कार्यसूची अनुसार गुणस्तरीय विद्युत् आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न उनले निर्देशन दिएका छन्।

    “छिनछिनमा बत्ती जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, यस्ता गुनासा मलाई मात्रै हैन ऊर्जा मन्त्रीकोमा समेत आउने गरेको छ। यस्ता गुनासालाई तत्काल समाधान गरी उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दो विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुनुपर्छ”, उनले भने। उनले जोड दिएर भने, “संस्थाभित्रको सुशासन कायम गरी ग्राहकलाई दिने सेवा सुधार गर्न आफैं सुध्रिएर नैतिक आचरण देखाउनुपर्छ, चुहावट नियन्त्रण अभियान रोकिएको छ, स्थानीय तह र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल सुरु गर्नुपर्छ।”

    उनले कसैको दबाब र प्रभावमा नपरी उच्च नैतिक आचरण देखाएर काम गर्न कर्मचारीलाई निर्देशन दिए। उनले भने, “विद्युत्को माग बढाउन ग्राहकले माग्नसाथ ‘थ्रि फेज’ मिटर दिनुपर्छ, प्रसारण तथा वितरण संरचनाहरूको सुदृढीकरण तथा स्तरोन्नति गर्ने योजना बनाइ तत्काल काम सुरु गर्नुपर्छ, निर्माणाधीन आयोजनाहरूको छिट्टो सम्पन्न गर्नुपर्छ, रुग्ण बनेका र काम नगर्ने ठेकेदारसँगको ठेक्का तोड्नुपर्छ।”

    खर्च नियन्त्रणका लागि स्टोरमा रहेका पुरानो सामानको अधिकतम प्रयोग गरी जिन्सी सामानको स्टक घटाउने, नयाँ सामान खरिदमा नियन्त्रण, काम नलाग्ने जिन्सी सामानहरूको लिलामी र ट्रान्सफर्मरको मर्मत समयमै आफ्नै वर्कसपमा गरिने छ। वित्तीय अनुशासन कायम गर्न ठाडो खरिद, कोटेशनमार्फत हुने खरिदको नियन्त्रण आर्थिक प्रशासन विनियमावलीलाई कडाइकासाथ पालना गरिने छ।

    कर्मचारीको आचरण सुधार गरी सुशासन कायम गर्न गलत काम गर्ने कर्मचारीलाई कारबाही, माथिल्लो निकायलाई जानकारी नदिई कार्यालय नछोड्ने, संस्थालाई थप आर्थिक भार पर्ने कुनै पनि गतिविधि नगर्नेजस्ता व्यवस्था प्राधिकरणले गरेको छ।

    सहरी सौन्दर्यलाई बृद्धि गर्न ‘उज्यालो र सफा सहर अभियान’ चलाउने घोषणा गरेको प्राधिकरणले  उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरूसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक बक्ती (स्मार्ट लाइट) जडान गर्ने प्रक्रिया सुरु गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ। साथै सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकहरूमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरू हटाउने, तारहरूलाई भूमिगत गर्नेलगायत काम अगाडि बढाउन पनि प्राधिकरणको निर्देशन छ।

    बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपयकार्यकारी निर्देशक मनोज सिलवालले चुहावट नियन्त्रण, विद्युतीकरण, सेवा प्रवाह सुधारमा केन्द्रित हुन निर्देशन दिए। उनले रुग्ण बनेका आयोजनाहरूको ठेक्का तोड्न र कुनै ठेकेदारबाट काम हुँदैन जस्तो लागेमा ठेक्का तोड्ने प्रस्ताव ल्याउन आग्रह गरे।

    कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुखहरूले आफ्नो क्षेत्रमा संरचना अभावमा मागअनुसार विद्युत् दिन नसकिएको, खम्बा, ट्रान्सफर्मर, मिटरलगायतका अभाव रहेको जानकारी गराएका थिए। रासस


    भाद्र ७, २०७८ सोमवार २०:२९:१२ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या ४८ पुग्यो, ३१ अझै बेपत्ता (अपडेट)

  • 178
    SHARES
  • बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या ४८ पुग्यो, ३१ अझै बेपत्ता (अपडेट)

    काठमाडौं - देशका विभिन्न स्थानमा अविरल बर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार दिउँसोसम्मा ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । 

    images

    यस्तै हालसम्म विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् । बाढी पहिरो र डुबानमा परेर ज्यान गुमाउनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा ९ जना रहेको गृह मन्त्रालयले जनाएको छ । 

    यस्तै  पहिरामा परेर हुम्ला, धनकुटा र पाँचथरमा ६/६ जना, बैतडीमा ४ जना, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा २ र उदयपुरमा एक जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । 

    पहिरामा परेर सबैभन्दा बढी बझाङ्मा २३ जना, डोटीमा एक, प्यूठानमा दुई र इलाममा ५ जना बेपत्ता भएका छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् ।

    असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो । अहिले पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ । बाढी र पहिरोमा परेर हराएकाहरुको खोजी कार्य र फसेकाहरुको उद्धार कार्य जारी रहेको छ ।


    कार्तिक ३, २०७८ बुधवार १३:४८:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाढीपहिरो

  • क्यानाडा नेपाल

    कैलालीमा कृषिबालीमा मात्रै दुई अर्बभन्दा बढीको नोक्सान भएको अनुमान

  • 134
    SHARES
  • कैलालीमा कृषिबालीमा मात्रै दुई अर्बभन्दा बढीको नोक्सान भएको अनुमान

    धनगढी - गत ३१ असोजदेखि आएको अविरल बर्षाका कारण कैलालीमा कृषिबालीमा मात्रै दुई अर्ब रुपैयाँभन्दा बढीको क्षेति भएको अनुमान गरिएको छ । यस बर्ष कैलालीको ७० हजार हेक्टर जमीनमा धान खेती भएको थियो । तीन दिनसम्मको अविरल बर्षा र हावाहुरीका कारण त्यसमध्ये ३० प्रतिशत अर्थात २१ हजार हेक्टरमा लगाएको बाली नष्ट भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।

    images

    ‘२१ हजार हेक्टर जमीनबाट सरदर नौ लाख ५४ हजार क्विन्टल धान उत्पादन हुन सक्थ्यो,’ केन्द्रका प्रमुख खगेन्द्र शर्माले भने, ‘बर्षाले दुई अर्बभन्दा बढीको नोक्सानी भएको छ ।’ कैलालीमा गत बर्ष ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा तीन लाख १५ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । 

    केन्द्रका अनुसार कैलालीको दक्षिण पुर्वि क्षेत्रमा लगाएको धानवालीमा बढी क्षेति भएको छ । ‘बर्षा र हावाहुरीले जिल्लाभर नै क्षेति गरेको छ,’ शर्माले भने, ‘तर दक्षिण पूर्वि क्षेत्रमा बढी क्षेति भएको छ ।’ 
     
    सुदूरपश्चिम प्रदेश सरकारले गत बर्ष कृषिबालीमा क्षेति भएको प्रति कठ्ठा दुई सय ६६ रुपैयाँ ६७ पैसाका दरले क्षेतिपूर्ति दिने निर्णय गरेको थियो । त्यसका आधारमा कैलालीका किसानलाई क्षेति पूर्ति दिने हो भने करिब १६ करोड ८० लाख बजेट आवश्यक पर्ने देख्निछ । त्यसका लागि संघीय सरकारको सहयोग आवश्यक पर्ने ज्ञान केन्द्रका प्रमुख शर्मा बताउँछन् । तर किसानलाई नगद भन्दा गहुँ खेतीमा सहुलित बीउ, मल उपलब्ध गराए सजिलो हुने उनको भनाइ छ । न्यूज कारखाना


    कार्तिक ३, २०७८ बुधवार १४:३१:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कैलाली

  • क्यानाडा नेपाल

    बाढीले मार्सी धान फल्ने फाँट बगर बन्यो, बिउ नै मासिने खतरा  

  • 180
    SHARES
  • बाढीले मार्सी धान फल्ने फाँट बगर बन्यो, बिउ नै मासिने खतरा  

    जुम्ला - निरन्तरको बर्षापछि आएको बाढीले मार्सी धान फल्ने जुम्लाको फाँट बगरमा परिणत भएको छ । जसका कारण काटेर भित्र्याउन ठिक्क पारेको धान डुबेर नष्ट मात्रै भएको छैन जुम्लाबाट मार्सीको बिउँ नै मासिने जोखिम बढेको छ । 

    images

    कृषि बिकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार जुम्लामा दुई हजार नौ सय हेक्टरमा मार्सी धान खेती गरिएको थियो । त्यसमध्ये दुई हजार हेक्टर जमीनमा लगाएको धान नष्ट भएको छ । बाँकी नौ सय हेक्टरको धानमा पनि क्षति पुगेको छ । देवकोटाका अनुसार अब किसानहरू बिउका लागि समेत राहतको भर पर्नु पर्ने भएको छ । उनका अनुसार कृषिको प्राविधिक टोलीले गरेको प्रारम्भिक सर्भेअनुसार तोपानी र तिला गाउँपालिकामा मात्रै १८ हेक्टर (तीन सय ६० रोपनी) मा लगाएको धान बाली नष्ट भएको छ । यस्तै, रातीमार्सी धेरै फल्ने सिन्जा क्षेत्रका धान सबै डुबानमा परेको छ । प्रारम्भिक विवरणअनुसार कृषि क्षेत्रमा मात्रै जुम्लामा ६ करोडभन्दा बढीको क्षेति भएको छ । 

    यस्तो छ प्रारम्भिक क्षतिको विवरण
    प्रशासनले चार दिनदेखिको बर्षा र बाढीले जिल्लाभर पुर्याएको प्रारम्भिक क्षेति विवरण सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसार्इंले प्रस्तुत गरेको क्षेति विवरणअनुसार हिमा गाउँपालिका–६ निवासी रत्ना शाही बेपत्ता भएकी छिन । तिला र भेरी खोलाले १८ हेक्टरमा लगाएको कालीमार्सी धानमा क्षेति पुगेको छ । सिञ्जा क्षेत्रको क्षेति विवरण भने बाँकी छ । प्रजिअ प्रसार्इंका अनुसार तातोपानी र तिला गाउँपालिकामा एक सय ५२ वटा भेडाबाख्रा बाढीले बगाएको छ । 

    तातोपानी गाउँपालिका–४ को नेत्र ज्योति माविको पक्की भवन, ८० थान डेक्स र पाँच सय मिटर घेराबार, तातोपानी–८ को एक सय ४० र एक सय ५० वाटको माइक्रो विद्युत् पावर हाउस पनि बगाएको छ । यसैगरी, तातोपानी गाउँपालिका–७ र ८ को काठेपुल, तातोपानी–४ को ६ वटा काठेपुल, तातोपानी–४ को लिफ्टिङ सिंचाई कुलो, तातोपानी–५ को खानेपानी ट्यांकी, पाइप लाइन, तातोपानी–५ कै कालिका माविको खेल मैदान, एक सय ५० मिटर सडक, तातोपानी–३ को दुई तले घर भत्किएको छ । तिला–४ को रामप्रसाद चौलागाईंको खुद्रा पसल, लालबहादुर नेपालीको कच्ची घर, गुठीचौर गाउँपालिकाको कुलो र एक विद्यालयको प्रांगण बगाएको छ । हिमा गाउँपालिका नाग्म गमगडी राजमार्ग अन्तर्गत बड्कीमा पनि २० मिटर सडक पहिरोले बगाएको छ । 

    यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले तातोपानी गाउँपालिकामा ठूलो क्षति भएको जानकारी दिएका छन् । सबैभन्दा बढी तिला गाउँपालिका प्रभावित भएको जिल्ला विपद् समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय प्रमुखहरू, जिल्ला कृषि, पशु सेवा, खानेपानी, विद्युत्, सडक र शिक्षा समन्वय कार्यालयले जिल्लाको प्रारम्भिक क्षति बारे विवरण संकलन गरिरहेको जनाएका छन् । 

    पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले तातोपानी र तिलामा एक सय ५२ वटा भेडा बाख्रा बगेको जानकारी आएको बताए । उनले बाढी पहिरो, चट्याङका कारण जुम्लामा पशु चौपाया मरेको बताए ।

    शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मकर भण्डारीले तातोपानीस्थित नेत्र ज्योति मावि बगरमा परिणत भएको बताए । खानेपानी, नेपाल विद्युत् प्राधिकरण, डिभिजन सडक कार्यालयलगायतका प्रमुख तथा प्रतिनिधिहरूलाई प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले संगठित भएर प्रभाबित नागरिकलाई सहयोगमा लाग्न अनुरोध गरेका छन् । उनले भने, ‘यो विवरणअनुसार संघीय सरकारलाई राहत, विशेष प्याकेज र बजेट छुट्टयाउन पहल गर्ने बताए । 

    प्रदेश सांसद पदमबहादुर रोकायाले क्षति धेरै भएकाले प्रदेश सरकारले समेत विशेष सहयोग गर्नु पर्ने जोड दिए । यस्तै प्रहरी नायव उपरीक्षक दानबहादुर थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति गगन श्रेष्ठले समेत जिल्लाको वस्तुगत अवस्थाको जानकारी दिएका छन् ।न्युज कारखाना
     


    कार्तिक ३, २०७८ बुधवार १८:१४:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाढी

  • क्यानाडा नेपाल

    सुदूरपश्चिममा बाढीपहिरोमा परी २५ जनाको मृत्यु, २२ जना बेपत्ता

  • 156
    SHARES
  • सुदूरपश्चिममा बाढीपहिरोमा परी २५ जनाको मृत्यु, २२ जना बेपत्ता

    धनगढी - आइतबारदेखि भएको बेमौसमी वर्षाका कारण आएको बाढी-पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । बाढी-पहिरोमा परेर २२ जना बेपत्ता भएका छन् ।

    images

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दका अनुसार डोटीका ११, डडेल्धुराका दुई, बझाङका आठ, बैतडीका चार जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा डोटीको जोरायल गाउँपालिका- ३ का ११ वर्षीय आशिष कुन्जेडा र १४ वर्षीय सागर कुन्जेडा रहेका छ्न् । बाढी-पहिरोमा परेर डोटीकै सायलका ६३ वर्षीय जोगी सार्की, ४२ वर्षीय शेरबहादुर बि.क., मोहन बि.क., १३ वर्षीया पवित्रा बि.क., १६ वर्षीया रविन बि.क.को पनि बाढी-पहिरोमा परेर मृत्यु भएको छ ।

    यसैगरी डोटीकै शिखर नगरपालिका- ११ की ३६ वर्षीया मन्धरा बलायर, डोटीकै सायल गाउँपालिका- ५ की  ५५ वर्षीया झुपरी सार्की, ५८ वर्षीय हिरुवा लुहार र ७५ वर्षीय देव डुङ्गेलडको पनि बाढी-पहिरोमा परेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता बिक्रम चन्दले बताए ।

    उता, अविरल वर्षापछि खसेको पहिरो घरमा पस्दा च्यापिएर डडेल्धुरामा दुई जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता चन्दका अनुसार मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका- १ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । डडेल्धुरामै खोलाले बगाउँदा गन्यापधुरा गाउँपालिका- ३ की ६५ वर्षीया नर्मदादेवी शाहीको पनि मृत्यु भएको प्रवक्ता चन्दले बताए ।

    अविरल वर्षाका कारण आएको बाढी-पहिरोमा परेर बैतडीमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका- ५ बिष्टपाली बस्ने ७१ वर्षीया परुदेवी महरा रहेकी छन् । यसैगरी बैतडीकी २५ वर्षीया भानु पार्की, २१ वर्षीया पवित्रा पार्की र तीन वर्षीय देवन पार्कीको पनि मर्त्यु भएको छ ।

    यसैगरी बाढी-पहिरोमा परेर बझाङमा मृत्यु हुको संख्या आठ पुगेको छ । मृतकमध्ये पाँच जनाको अन्तिम संस्कारसमेत गरिएको छ । मृत्यु हुनेमा थलारा गाउँपालिका- ४ डिक्लामा पहिरोमा परेर बेपत्ता भएकामध्ये तीन जना, छ वर्षीय सुवास सार्की, चार वर्षीय विकास सार्की र सात वर्षीय आयुष पार्की मृत भेटिएका छन् । 

    यसैगरी बझाङको छविस पाथिभेरा गाउँपालिका- ६ का १० वर्षीय कालु कठायतको स्थानीय घट्टे खोलाले बगाएर मृत्यु भएको छ । बझाङकै खप्तडछान्ना गाउँपालिका- ४ का धर्मराज रोकायाको घरमाथिबाट पहिरो गएर घर पुरिँदा रोकायासहित उनकी श्रीमती जयसरा रोकायाको समेत ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसैगरी खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर- ५ मा पहिरोले घर पुर्दा वीरु गिरीको ज्यान गएको छ भने उनकी श्रीमती चन्द्रा गिरी बेपत्ता भएकी छन् ।

    प्रदेश प्रहरी प्रवक्ता चन्दका अनुसार बझाङको थलारा गाउँपालिका- ४ डिख्लामा पहिरोमा परी अझै २० जना बेपत्ता छन् । मंगलबार बिहान गएको पहिरोमा परी सातवटा घर बगेका र २३ जना बेपत्ता भएका उनले बताए । बेपत्ता हुनेमा हासुदेवी पार्की, सीमाकुमारी पार्की, हिमाकुमारी पार्की, हर्कु सार्की, धनगिरी सार्की, सीता सार्की, परभास सार्की, भूमिका सार्की, सिरन्जीवी सार्की, ईश्वरादेवी सार्की, सन्दीप सार्की र सविना सार्की रहेका छन् । सोही ठाउँका सरोज सार्की, शर्मिलाकुमारी सार्की, पम्मा सार्की,  मदन सार्की, कलु सार्की र एलिसा सार्की पनि बेपत्ता छन् । 

    यसैगरी लगातारको वर्षापछि आएको बाढीमा परी कैलालीमा एक जना बेपत्ता छन् । प्रहरी प्रवक्ता चन्दका अनुसार डोटीको सायल गाउँपालिका- १ रोकाया गाउँ बस्ने ७४ वर्षीय वीरे रोका स्थानीय खोलाले बगाउँदा बेपत्ता भएका छन् । लगातारको वर्षाका कारण बाढी-पहिरोमा परी डोटीमा तीन, डडेल्धुरामा दुई र बैतडीमा दुई जना घाइते भएका छन् ।न्युज कारखाना


    कार्तिक ३, २०७८ बुधवार १८:२१:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम प्रदेश

  • क्यानाडा नेपाल

    अपडेट : बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या ७७ पुग्यो, २७ अझै बेपत्ता  

  • 172
    SHARES
  • अपडेट : बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या ७७ पुग्यो, २७ अझै बेपत्ता  

    काठमाडौं - देशका विभिन्न स्थानमा अविरल बर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार साझँसम्ममा ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ ।  यस्तै हालसम्म विभिन्न जिल्लामा २७ जना बेपत्ता भएका छन् । 

    images

    बुधबार मात्र बाढी पहिरोका कारण ५० भन्दा बढीको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बाढी पहिरो र डुबानमा परेर ज्यान गुमाउनेमा पाँचथरमा पहिरामा परेर २४ जना, इलाममा १३ जना र डोटीमा १० जना रहेको गृह मन्त्रालयले जनाएको छ । 

    यस्तै कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक÷एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । यस्तै बझाङमा सबैभन्दा बढी २१ जना बेपत्ता भएका छन् । यस्तै जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन् । 

    विभिन्न जिल्लामा अहिलेसम्म २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो । अहिले पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ । बाढी र पहिरोमा परेर हराएकाहरुको खोजी कार्य र फसेकाहरुको उद्धार कार्य जारी रहेको छ ।
     


    कार्तिक ३, २०७८ बुधवार १९:४२:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाढीपहिरो

  • क्यानाडा नेपाल

    तीन दिनदेखिको निरन्तर वर्षाका कारण ताप्लेजुङ अन्धकारमा

  • 220
    SHARES
  • तीन दिनदेखिको निरन्तर वर्षाका कारण ताप्लेजुङ अन्धकारमा

    ताप्लेजुङ - तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण ताप्लेजुङ जिल्ला अन्धकार भएको छ । विद्युत् लाइन र संचार सेवा बन्द भएसँगै ताप्लेजुङ जिल्ला अन्धकारमय भएको हो ।

    images

    गत आइतबारदेखि निरन्तर वर्षा भएसँगै राष्ट्रिय प्रसारण लाइन सुनसरी जिल्लाको इनरुवा ट्रन्समिटरमा समस्या आएका कारण ताप्लेजुङमा विद्युत् प्रवाहमा समस्या आएको विद्युत प्रविधिकरण ताप्लेजुङले जनाएको छ । बिजुली बत्ती नभएपछि सोमबारदेखि संचार सेवासमेत अवरुद्ध भएको छ ।

    विद्युत् नहुँदा यहाँ ल्यान्डलाइन, इन्टरनेट सेवा, मोवाइल सेवा अवरुद्ध भएको हो । साथै, विद्युत् नहुदाँ स्थानीय संचार माध्यमहरूको प्रसारण तथा प्रकाशनमा पनि समस्या आएको छ । इन्टरनेट सेवा बन्द भएसँगै विभिन्न सरकारी कार्यालय तथा संघसंस्थाहरूका कार्यसम्पादनमा समस्या भएको छ ।

    मंगलबार र बुधबार इन्टरनेट अवरुद्ध भएपछि वित्तीय कारोबारका साथै बैंकिङ कारोबारमा समेत समस्या भएको छ । ताप्लेजुङमा मोवाइल सेवा अवरुद्ध हुँदा प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीहरू र कंचनजंघा हिमालमा भ्रमण गर्न आउने पर्यटकहरूले समस्या खेप्नुपरेको छ ।

    मोबाइल सेवा अवरुद्ध भएपछि जिल्लाबाहिरदेखि आउने तीर्थयात्री तथा पर्यटकहरू ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलमल परेर बसिरहेका छन् । यहाँ अझै पनि वर्षा जारी छ ।न्युज कारखाना


    कार्तिक ३, २०७८ बुधवार २०:०५:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ताप्लेजुङ

  • क्यानाडा नेपाल