बुधबार
२५ मङ्सिर
२०७६

धरहराको २२ तलामध्ये तीन तला बन्यो, तीव्र गतिमा निर्माण गरिँदै (फोटोफिचर)

आइतबार मङ्सिर ८, २०७६/ Sunday 11-24-19

काठमाठौं । साढे चार वर्ष अघिको शक्तिशाली भूकम्पले भत्काएको धराहराको पुनर्निर्माण कार्य तीव्र रुपमा भइरहेको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पले नौ तलाको धरहराको अस्तित्व मेट्न गरी भत्काएको थियो । अहिले २२ तलाको अत्याधुनिक धरहरा निर्माण गरिँदैछ । यसको पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लिएको छ । प्रत्येक दुई हप्तामा एक तला निर्माण गर्ने उद्देश्यसहित थालिएको पुनर्निर्माण कार्यले अहिले धरहराको तेस्रो तलको ढलान कार्य भइरहेको छ । ५ अक्टोबर २०२० मा पुननिर्माण सक्ने लक्ष्य लिइएको छ  र हालसम्म ३२ प्रतिशत भौतिक प्रगति भएको प्राधिकरणले जानकारी दिएको छ । 


तस्बिर : पंकज दाहाल/क्यानाडानेपाल