• Oct 20 2021 | २०७८, कार्तिक ३गते

२०७८, कार्तिक ३गते

सरकारमा जाने- नजाने बारे महन्थ ठाकुरले पारे छर्लङ्ग

क्यानाडा नेपाल भाद्र ११ २०७८
  • 816
    SHARES
  • images
    images
    सरकारमा जाने- नजाने बारे महन्थ ठाकुरले पारे छर्लङ्ग

    काठमाडौं - महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पार्टी सरकारमा जाने निकै चर्चा चलिरहेको छ । तर यसै पार्टीका अध्यक्ष ठाकुरले भने सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै कुरा नभएको बताएका छन् । 

    images

    शुक्रबार बबरमहलस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले सो कुरा छर्लङ्ग पारेका हुन् । उनले सरकारमा जाने कुरा प्रधानमन्त्री देउवाले बोलाए विचार गर्न सकिने बताए । 

    'प्रधानमन्त्रीजीसँग सामूहिक र अलग अलग भेट्या छौं । तर कुनै पनि भेटमा सरकारबारे कुरा भएको छैन,' उनले भने,- 'शेरबहादुरजीले सोध्नुहुन्छ भने यो विषयमा कुरा गर्छौं ।'

    सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ठाकुरले आफ्नो पार्टी सत्ता गठबन्धनमा नरहेको पनि प्रस्ट पारे । चुनावको घोषणा भएपछि भने सहकार्य गर्न सकिने उनको संकेत रहेको थियो । 

    मधेसी, जनजाति र विपन्न वर्गको उन्थानका लागि लोसपा प्रतिबद्ध 
    नवगठित लोसपा नेपालले मधेसी, जनजाति र विपन्न वर्गको उन्थानका लागि प्रतिबद्ध रहेको जनाएको छ । शुक्रवार अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गरेर भने 'लोकतान्त्रिक समाजवादी पार्टी आफ्ना आदर्श र मधेशी, थारु, आदिवासी, जनजाति, मस्लिम, शिल्पी (दलित) पछाडि परिएका खस लगायत सिमान्तिकरणमा पारिएका सबैको उत्थान र विभेदबाट उन्मुक्तिको अभियानप्रति सम्पूर्ण निष्ठाका साथ प्रतिवद्ध रहने छ ।'

    ठाकुरले नेपालको जनताको विविधताको सम्मान, तीनलाई हरेक राजकीय क्षेत्रमा सहभागिताको समान अवसरले नै बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त सशक्त राष्ट्रिय एकताको एकमात्र आधार हो भन्ने तथ्यलाई लोसपाले आत्मसात गर्ने र आफ्नो यात्राको मूल लक्ष्य निर्धारित गरेको उल्लेख गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ - 'लोकतन्त्र र समाजवादी लोक कल्याणकारी संघीय, समावेशी राज्यप्रति पूर्ण प्रतिबद्धताका साथ उदित भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको स्थापनाको अवसरमा देशभरीका सम्पूर्ण लोकतन्त्रवादी, समानता, विविधता, समावेशिता पहिचान, सम्मानको निम्ति संघर्षरत उत्पीडित सबै क्षेत्र र वर्गको राज्य प्रणालीमा सहभागिता सहितको लोकल्याणकारी संघीय राज्यका समर्थक सबैबाट प्राप्त सहयोगको लागि हार्दिक आभार अभिव्यक्त गर्दछौं' 

     


    भाद्र ११, २०७८ शुक्रवार १९:०२:२२ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # महन्थ ठाकुर

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    अनाहकमा नेपाली नागरिकको जीवन नगुमोस् - गृहमन्त्री खाण

  • 214
    SHARES
  • अनाहकमा नेपाली नागरिकको जीवन नगुमोस् - गृहमन्त्री खाण

    काठमाडौं - गृहमन्त्री बालकृष्ण खाणले सरकारको पहिलो दायित्व संविधान, विधिको पालना र रक्षा गर्नु भएको बताएका छन् । सोमबार गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रूपन्देही पुगेका गृहमन्त्री खाणले सो कुरा बताएका हुन् । 

    images

    उनले अनाहकमा कसैको जीवन गुम्ने अवस्था नबनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए । उनले जिल्लाका सुरक्षा प्रमुखहरूलाई सुरक्षालाई पहिलो प्राथमिकता दिन र एउटा पनि नेपाली नागरिकको जीवन अनाहकमा नजाओस् भनि निर्देशन दिएका हुन् । 

    उनले भने -  ‘यात्रामा कहिले सजिलो, कहिले गाह्रो हुन्छ, उकाली ओरालीे पनि आउँछन्’, गृहमन्त्री खाणले भने, ‘राजनीतिक जीवनमा पनि मोडहरू आउने हुँदा विचलित बन्नुहुँदैन ।’

    गृहमन्त्री खाणले रूपन्देहीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार भएको पनि बताए ।  


    कार्तिक १, २०७८ सोमवार १९:०२:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बालकृष्ण खाँण

  • क्यानाडा नेपाल

    केपी ओली आगामी निर्वाचनमा झापाबाटै हार्छन् - मेटमणि चौधरी  

  • 212
    SHARES
  • केपी ओली आगामी निर्वाचनमा झापाबाटै हार्छन् - मेटमणि चौधरी  

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले देशभर आफ्नो पार्टीले नेकपा एमाले हराउने दाबी गरेका छन् । 

    images

    सोमबार नेकपा (एस) गुल्मीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै चौधरीले सो कुरा बताएका हुन् । उनले केपी ओली आगामी निर्वाचनमा झापाबाट पनि नजित्ने बताए । 

    ओली पार्टी र प्रवृत्तिका विरुद्ध नेकपा (एस) स्थापना भएको बताउदै उनले देशभर नेकपा एमाले हराउने बताए । ओली प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलन र पार्टी समाप्त हुने स्थिति आएकाले नयाँ पार्टी स्थापना गर्नुको विकल्प नभएको उनले बताउ । 

    उनले केपी ओलीसहितका एमाले नेता जनतासँग भोट माग्न गाउँ आउने कुनै नैतिक आधार नभएकाले केपीको झापादेखि गोकर्ण र प्रदीपका गुल्मीका निर्वाचन क्षेत्रसमेत समाजवादीमय हुने दाबी गरे । 


    कार्तिक १, २०७८ सोमवार २०:००:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान - विमलेन्द्र निधि

  • 176
    SHARES
  • पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान - विमलेन्द्र निधि

    जनकपुरधाम - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसको आधारभूमि पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म मधेश रहेको बताएका छन् । गृहजिल्ला धनुषामा रहेका उपसभापति निधीले सोमबार आयोजित पत्रकारहरूसँगको कुराकानीमा सो कुरा बताएका हुन् । 

    images

    उनले भने - 'कांग्रेस जहिले पनि मधेशकै भाेटको सहयोगमा निर्वाचनमा राम्रो परिणाम ल्याउन सकेको छ । मधेशको सहयोगबिना का‌ंग्रेस कहिलै पनि निर्वाचनमा राम्रो गर्न सकेनन् । त्यसकारण कांग्रेसलाई मधेशको सहयोग आवश्यक छ । पार्टीका शीर्ष नेताहरूले पनि यो कुरा बुझिरहेका छन् । तर, अब मधेशले के चाहेको छ ? मधेशलाई कसरी रिझाउन सकिन्छ भन्ने कुरा पार्टीका शिर्ष नेताहरूको हातमा छ ।'

    उनले पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान हुने दावी गरे । उनले मधेशका जिल्लाहरूको भ्रमणमा जाँदा नेता तथा कार्यकर्ताहरूले आफूले सभापतिमा उम्मेदवारी दिएकोमा खुसी भएको पनि बताए । 

    पार्टीलाई मधेश र देशमा मजगुत बनाउन आफूले पार्टीको आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको दावी गरे  ।  


    कार्तिक १, २०७८ सोमवार २१:१३:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विमलेन्द्र निधि

  • क्यानाडा नेपाल

    गृहमन्त्री खाँणद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

  • 176
    SHARES
  • गृहमन्त्री खाँणद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

    काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई भेट गरेका छन् । सोमबार गृहमन्त्रीले वैद्यलाई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा नै पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन् । 

    images

    सो क्रममा मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरे ।

    वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि सहासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए । 


    कार्तिक २, २०७८ मंगलवार ११:५८:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बालकृष्ण खाँण

  • क्यानाडा नेपाल

    बाढीपहिरो प्रभावितको उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

  • 152
    SHARES
  • बाढीपहिरो प्रभावितको उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितको उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् । मंगलबार सरकारी निवास बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई यस्तो निर्देशन दिएका हुन् । 

    images

    प्रधानमन्त्री देउवाले वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृहमन्त्री खाँणलाई आफुले निर्देशन दिएको बारे सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएका छन् । 

    उनले लेखेका छन् - 'सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृह मन्त्रीलाई निर्देशन गरेको छु।'

    दुई दिनअघिदेखि देशका विभिन्न स्थानमा लगातार पानी परिरहेको छ । लगातारको पानीले देशका विभिन्न स्थानमा बाढी तथा पहिरो आएर क्षति पुर्याएको छ । 
     


    कार्तिक २, २०७८ मंगलवार १३:११:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • क्यानाडा नेपाल

    प्रतिनिधिसभाको बैठक दुई दिनपछि सर्‍यो

  • 158
    SHARES
  • प्रतिनिधिसभाको बैठक दुई दिनपछि सर्‍यो

    काठमाडौं - प्रतिनिधिसभाको बैठक दुई दिनपछि सरेको छ । यसअघि ९ कात्तिकमा बोलाइएको बैठक विशेष कारणवश ११ कात्तिक दिउँसो २ बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ । 

    images

    संघीय संसद्का महासचिव डा.भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको बैठक ११ कात्तिकमा बस्ने जानकारी दिएका हुन् ।

    ‘२०७८ कात्तिक ९ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले २०७८ कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


    कार्तिक २, २०७८ मंगलवार १५:२१:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक

  • क्यानाडा नेपाल