• Oct 21 2021 | २०७८, कार्तिक ४गते

२०७८, कार्तिक ४गते

ग्लोबल आइएमईको नायव सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

क्यानाडा नेपाल श्रावण ३२ २०७८
  • 316
    SHARES
  • images
    images
    ग्लोबल आइएमईको नायव सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

    काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । २०७८ साउन २९ गतेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका हुन् ।

    images

    उनको नियुक्ति भाद्र १ गतेदेखि लागू हुने छ । 

    करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । 

    रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला÷खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरिवेक्षण गर्दै आएका छन् । 

    रेग्मीले वेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् । बैंकिङ्ग क्षेत्रसँग सम्बन्धी दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन् । 


    श्रावण ३२, २०७८ सोमवार १४:३४:३० बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # ग्लोबल आइएमई बैंक

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    साधना लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

  • 146
    SHARES
  • साधना लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

    काठमाडौं - आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ। लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले नेप्सेले कम्पनीको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

    images

    समायोजनपश्चात लघुवित्तको सेयर मूल्य १ हजार ४१५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ७६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार अर्थात् मंगलबारको मूल्यका आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो। 

    लघुवित्तले १३ कात्तिकमा होटल गोरखा बिसौनी, गोरखामा पाँचौँ वार्षिक साधारणसभा डाकेको छ। सभा बिहान ११ बजे आयोजना हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह वितरण गर्ने प्रस्ताव पेस हुनेछ । अन्य कुनै उपयुक्त लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ ।

    त्यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ४ सञ्चालकहरुको निर्वाचन गर्ने लगायतको एजेण्डा छ ।न्युज कारखाना


    कार्तिक ३, २०७८ बुधवार ११:००:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

  • 174
    SHARES
  • बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९१ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    images

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १२ सय २५ रुपैयामा कारोबार भइरहेको छ ।

     


    कार्तिक ३, २०७८ बुधवार ११:४९:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडा नेपाल

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

  • 202
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

    काठमाडौँ - बुधबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ८५ पैसा तोकिएको छ । 

    images

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९८ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय रुपैयाँ ७१ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १९ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३ सय २० रुपैयाँ ६० पैसा तोकिएको छ ।
     
    एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १९ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९७ पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६६ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६७ रुपैयाँ ९ पैसा  तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २६ पैसा तोकिएको छ ।


    कार्तिक ३, २०७८ बुधवार १२:२४:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडा नेपाल

    सामलिङ्ग पावरको आईपीओ भोलिदेखि निष्काशनमा आउने

  • 162
    SHARES
  • सामलिङ्ग पावरको आईपीओ भोलिदेखि निष्काशनमा आउने

    काठमाडौं - सामलिङ्ग पावर कम्पनीले ४ कात्तिकदेखि साधारण सेयर (आईपीओ) निष्काशन खुला गर्ने भएको छ । कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । 

    images

    कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी छ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    कम्पनीले निष्कासन गर्ने सो सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।  

    यस कम्पनीकोआईपीओलाईे इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

    सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । उक्त सेयरमा सर्वसाधारणले ८ कात्तिकसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा १८ कात्तिक सम्म आवेदन मिति बढ्ने कम्पनीले जनाएको छ ।न्युज कारखाना
     


    कार्तिक ३, २०७८ बुधवार १२:२८:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # सामलिङ्ग पावर

  • क्यानाडा नेपाल

    नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन 

  • 210
    SHARES
  • नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन 

    काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्वघोषित लाभांश संशोधन गरिएको छ । बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको हो ।

    images

    बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले अब गत वर्षको नाफाबाट १२ दशमलव ६११ प्रतिशत बोनस सेयर र तीन दशमलव ३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियाे । यसअघि बैंकले ११ दशमलव २४ प्रतिशत बोनस सेयर र चार दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 

    अब बैंकले दुई अर्ब पाँच करोड दुई लाख ११ हजार आठ सय २३ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । ५५ करोड ९ लाख ६० हजार आठ सय ९७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

    सञ्चालक समितिको बैठकबाट प्रस्तावित लाभांश राष्ट्र बैंकको अनुमोदन तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।न्युज कारखाना

     

     


    कार्तिक ३, २०७८ बुधवार १३:३८:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल इन्भेष्टमेन्ट बैंक

  • क्यानाडा नेपाल

    बैंकिङ प्रणालीमा तरलता प्रवाह हुँदै १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

  • 144
    SHARES
  • बैंकिङ प्रणालीमा तरलता प्रवाह हुँदै १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं - नेपाल राष्ट्र बैंकले भोलि अर्थात् कात्तिक ४ गते रु १० अर्ब बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो । 

    images

    राष्ट्र बैंकले बुधबार जारी गरेको सूचनाअनुसार बैंकले आगामी कात्तिक ११ गते परिपक्व हुने रु १० अर्ब बराबरको रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् । 

    बजारमा तरलताको अभावले बैंक तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन गर्न ब्याजदर बढाउन थालेका छन् । निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको सुरुआतमै दुई अङ्कको ब्याजदर कायम गरेका थिए । त्यसरी बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर असाधारणरूपमा बढाएको भन्दै ब्याजदर व्यवस्थित गर्न राष्ट्र बैंकले मङ्गलबार तीन बुँदे निर्देशन जारी गरेको थियो ।

    बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । गत असोज २० गते बैंकले रु २० अर्ब बराबरको १४ दिन अवधिको रिपो जारी गरेको थियो । तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन् । बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुनसकेको छैन ।रासस
     


    कार्तिक ३, २०७८ बुधवार २१:१३:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक

  • क्यानाडा नेपाल