• Sep 21 2020 | २०७७, आश्विन ५गते

२०७७, आश्विन ५गते

अनियमित महिनावारीले हेमोग्लोबिन कमी र बाँझोपनको जोखिम बढाउँछ : स्त्रीरोग विशेषज्ञ डा. ममता बराल

मंसिर ८ २०७६
  • 5.6K
    SHARES
  • अनियमित महिनावारीले हेमोग्लोबिन कमी र बाँझोपनको जोखिम बढाउँछ : स्त्रीरोग विशेषज्ञ डा. ममता बराल

    काठमाडौं । महिलाहरुमा किशोरी अवस्था लागेपछि प्रत्येक महिना हुने रजश्वलालाई महिनावारी भनिन्छ । यो प्रजनन् क्षमताको लक्षण पनि हो । साधारणतया २२ दिनदेखि २८ दिन भित्रमा महिनावारी हुन्छ । यो समय भन्दा ढिलो वा छिटो भयो भने यसलाई अनियमित महिनावारी भनिन्छ ।

    विशेषगरि किशोरी अवस्था अर्थात १० वर्षदेखि १४ वर्षको उमेरमा महिनावारी सुरु हुन्छ । यो समयभन्दा छिटो भयो वा ढिलो भयो भने अनियमित महिनावारी भन्ने गरिन्छ । ८० प्रतिशत महिलामा हर्मोनका कारणले अनियमित महिनावारी हुन्छ । रगतमा २० प्रतिशत खराबी हँुदा पनि अनियमित महिनावारी हुन्छ । पाठेघरमा ट्युमर हुँदा महिनावारीका क्रममा बढी रगत जाने हुन्छ । रिप्रोडक्सन उमेर ः विवाहपछि वा सेक्सुअल इन्टरकोष भएपछिका महिलामा प्रेग्मेन्सी कम्पिकेशन धेरै हुन्छ । बच्चा बस्ने खेर जाने, एभनर्मल बच्चा भएमा रगत जाने हुन्छ ।

    औषतभन्दा बढी रगत बग्ने समस्या भएका महिलाहरुको सबैभन्दा पहिला के कारणले रगत बग्ने समस्या भयो भनेर परीक्षण गर्नुपर्ने हुन्छ । ४० वर्षदेखि ५२ सम्मका महिलामा देखिने समस्या अस्पताल आएका ४० वर्षदेखि ५२ वर्ष उमेर समूहका ७५ प्रतिशत महिलामा महिनावारी गडबढी देखिएको छ । यो उमेर समूहका माहिलामा हुने महिनावारी गडबढीलाई महिनावारी सुक्न लागेको भन्दै बेवास्ता गर्ने भएकाले पनि महिलाहरुमा थप स्वास्थ्य समस्या देखिने गरेको छ । उपचार गर्न अस्पताल नगएर वा अस्पतालको पहुँचमा नभएर यो उमेरका महिला रगत बगाएर बसेका हुन्छन् ।

     

    यो समस्याका कारण करिब २० प्रतिशत महिलामा पाठेघर सम्बन्धि क्यान्सर लाग्ने प्रबल सम्भावना हुन्छ । ४० देखि ५२ वर्ष उमेर समूहका महिलामा अनियमित रगत बगेमा अस्पतालमा गएर उपचार गर्नु आवश्यक छ । महिनावारी रोकिएपछि रगत बग्यो भने यसलाई समस्याको रुपमा लिनुपर्छ । विशेषज्ञ चिकित्सककहाँ गएर उपचार गर्नुपर्ने हुन्छ ।

    जोखिम धेरै दिनसम्म रगत जानाले हेमोग्लोबिनको कमी हुन्छ किशोरीहरुमा कमजोरी महसुस हुने र दैनिक क्रियाकलापमा असर गर्ने रक्तअल्पता वा एनिमिया हुने व्यक्तिगत तथा सामाजिक अस्वस्थता यौन जीवनमा समस्या बाँझोपनको समस्या यौनाङ्ग र पाठेघरमा क्यान्सरको समस्या बच्ने उपाय अनियमित महिनावारी भएपछि सम्बन्धित विशेषज्ञसँग नै परिक्षण गराउने समयमा नै र उचित रुपमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने क्यान्सर स्क्रिनिङ टेस्ट गर्ने प्रिक्यान्सर स्टेजमा नै रोग पत्ता लाग्दै उपचार गर्न सके क्यान्सर हुनबाट बचाउन सकिन्छ


    मंसिर ८, २०७६ आइतवार ११:५७:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    वैज्ञानिकहरूले भने, समय बित्दै जाँदा कोरोनाबाट फोक्सो र मुटुमा भएको क्षति आफैँ निको हुन्छ

    वैज्ञानिकहरूले भने, समय बित्दै जाँदा कोरोनाबाट फोक्सो र मुटुमा भएको क्षति आफैँ निको हुन्छ

    काठमाडौँ। समय बित्दै जाँदा कोरोनाभाइरस संक्रमणबाट फोक्सो र मुटुमा भएको क्षति आफैँ निको हुने वैज्ञानिकहरूले दावी गरेका छन् । कोरोनाभाइरसका बिरामीको फोक्सो र मुटुमा ठूलो क्षति हुने र मानिसलाई दीर्घकालीन असर गर्ने भनिएका बेला वैज्ञानिकहरुले उक्त दावी गरेका हुन् ।

    कोरोना संक्रमणबाट फोक्सो र मुटुमा भएको क्षति समय वित्ने क्रमसँगै सुधार हुने तथ्य पत्ता लगाएको अष्ट्रियाका वैज्ञानिकहरूले बताएका छन् । युरोपियन रेस्प्रेरेटरी अन्तर्राष्ट्रिय कांग्रेसमा प्रकाशित शोधमा विश्वविद्यालय क्लिनिक इन्सबार्कका वैज्ञानिकहरूले सो कुरा पत्ता लगाएका हुन्।

    अष्ट्रियाको टायरोलिन हटस्पटका एक सय पचास कोरोना बिरामीहरुमा गरिएको अध्ययनपछि अनुसन्धानकर्ताहरूले सो दाबी गरेका छन्। वैज्ञानिकहरूले निको भएका छैठौं, १२औं, २४औं हप्ताका बिरामीलाई स्वास्थ्य परीक्षणको लागि बोलाएर उनीहरुको हृदयको दरको स्थिति, शरीरमा अक्सिजनको मात्रा, रगतमा कार्बन डाइअक्साइड, फोक्सोको कार्य गर्ने क्षमता पत्ता लगाउन सीटी स्क्यान र इकोकार्डियोग्राम गरेका थिए।

    पहिलो परीक्षणमा आधा दर्जनभन्दा बढी मानिसहरूले श्वासप्रश्वासको साथै खोकी लाग्ने समस्या भएको गुनासो गरेका थिए । त्यसैगरी सीटी स्क्यान गरेर फोक्सोलाई ८८ प्रतिशत हानि भएको देखियो। यसैगरी, १२ औं हप्ता आइपुगेका बिरामीको परीक्षण गर्दा फोक्सोमा ८६ प्रतिशतबाट घटेर ५६ प्रतिशतमा आएको देखियो ।

    त्यस्तै, ४८ जना बिरामीहरूमा मुटुको अस्वस्थता देखिएको थियो तर त्यो खतरनाक नभएको वैज्ञानिकहरूले दावी गरेका छ। ति, बिरामीहरुको पनि समयको साथ मुटुको अवस्थामा सुधार देखिएको थियो।


    भाद्र २९, २०७७ सोमवार ११:०८:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फोक्सो र मुटु
  • # कोरोना भाइरस
  • # क्षति

  • क्यानाडानेपाल डेस्क

    सुत्नु अघि भुलेर पनि नखानुहोस् यी खानेकुरा 

    सुत्नु अघि भुलेर पनि नखानुहोस् यी खानेकुरा 

    काठमाडौँ। कतिपय मानिसलाई सुत्ने बेलामा धेरै असहज महसुस गर्छन् । यसको प्रमुख कारण हो, सुत्नु अघि खाइएको खानेकुराहरु । धेरैजसो व्यक्तिहरुलाई बेलुका जंक फुड मात्रै होइन विभिन्न पोशक तत्व भएको हरियो सागशब्जी पनि खानु हुँदैन भन्ने थाहा नहुन सक्छ । सुत्नु अघि हरियो सागशब्जी खाँदा कतिपयलाई असहज महसुस गराउन सक्छ । 

    सुत्नु अघि भुलेर पनि नखानुहोस् यी खानेकुरा 

    ब्रोकाउली र बन्दाकोबी : एक नयाँ अनुसन्धानअनुसार ब्रोकाउली र बन्दाकोबीमा भरपुर मात्रामा भिटामिन पाइन्छ । तर यसमा हुने अघुलनसिल फाइबरलाई पचाउन निकै समय लाग्ने गर्दछ र असहज महसुस हुन्छ। त्यसैले सुत्नु अघि यी शब्जी खानुहुँदैन। 

    चिज : चिजको सेवन रातको खानामा गर्नु हुँदैन, किनभने यसमा टायरामाइन र एमिनो एसिड पाइन्छ। यसले पेट दुख्ने र पोल्ने समस्या हुने गर्दछ। 

    मदिरा : हुन त मदिराको सेवनले राम्रो निन्द्रा लाग्छ भनिन्छ, तर यसले शरीरमा नकारात्मक असर गर्दछ र बिस्तारै बिस्तारै निन्द्रा नलाग्ने समस्या सुरु हुन थाल्छ।
      
    कफी : कफी पिउनु मानिसको बानी मात्र नभई एक किसिमको नशा पनि हुन्छ । कफीमा क्याफिन नामक तत्व पाइन्छ, जसले निन्द्रमा नकारात्मक प्रभाव पर्ने गर्दछ। सुत्नु अघि कफीको सेवनले मानिसलाई धेरै बेर निन्द्रा नलाग्न सक्छ र शरीरको सिस्टम नै बिग्रिन सक्छ। 

    डार्क चकलेट : डार्क चकलेटमा क्याफिन र एमिनो एसिड दुवै पाइन्छ। जसले शरीरलाई निकै ऊर्जा दिने हुनाले डार्क चकलेट्को सेवन दिउँसो मात्र गरेको राम्रो हुन्छ । 

    सुन्तलाको जूस : सुन्तलाको जुस शरीरका लागि निकै नै फाइदाजनक हुने गर्दछ । बिहान ब्रेकफास्टमा पिउँदा भरपुर ऊर्जा मिल्ने गर्दछ। तर सुत्नु अघि यसको सेवनले निन्द्रा नलाग्ने समस्या निम्त्याउन सक्छ। 

    रातो मासु : रातो मासुमा अत्यधिक प्रोटिन पाइन्छ, जुन बेलुका मानव शरीरलाई पचाउन निकै बेर लाग्छ। जसले सुत्ने बेला अप्ठ्यारो हुनुका साथै निन्द्र नलाग्ने समस्या हुन थाल्छ। 

    टमाटरको सस : टमाटरको सस प्रायजसो मानिसले निकै रुचाउने गर्दछन् । यसमा धेरै मात्रामा एसिडिटी भएको कारण खाएपछि कहिले काहीँ अपच हुने र छाती पोल्ने समस्या  हुन सक्छ। डाइटिशियनको सल्लाहअनुसार यदि बेलुकाको खानामा टमाटरको सस सेवन गरेमा कम्तिमा तीन घण्टापछि मात्र सुत्न जाँदा राम्रो हुन्छ ।  

    पानी : राती अत्याधिक पानी पिउनाले पटक पटक शौचालय जानु पर्ने हुन्छ, जसले निन्द्रा खराब हुनसक्छ। त्यसैले पानी दिउँसोको समयमा पिएको राम्रो हुन्छ।


    भाद्र २८, २०७७ आइतवार १९:४०:५८ बजे : प्रकाशित

    कोरोनाभाइरस महामारीका बेला मानसिक स्वास्थ्य राम्रो बनाउन के-के खाने ?

  • 308
    SHARES
  • कोरोनाभाइरस महामारीका बेला मानसिक स्वास्थ्य राम्रो बनाउन के-के खाने ?

    बीबीसी।  कोरोनाभाइरस महामारीको समयमा मानसिक स्वास्थ्यको हेरचाह गर्नु निकै महत्त्वपूर्ण छ। सही तरिकाको पोषण खान सके यस्तो समयमा आफ्नो मानसिक स्वास्थ्य राम्रो बनाउन सकिने र तनाव समेत घटाउन सकिने पोषणविद्हरू बताउँछन्।

    हेर्नुस् पोषणविद् सुप्रिया भट्टराईसँग बीबीसीले तयार परेको भिडियो 


    भाद्र २८, २०७७ आइतवार ११:५१:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोनाभाइरस
  • # मानसिक स्वास्थ्य

  • क्यानाडानेपाल

    राजमाका अद्भुद फाईदा 

  • 2.4K
    SHARES
  • राजमाका अद्भुद फाईदा 

    गेडागुडीहरु मा राजा भानेर चिनिने र मानिसहरुले अत्याधिक मनपराउने सब्जी हो राजमा। स्वदेश होस् या विदेश, बच्चा हुन् या बृद्ध सबको रोजाइमामा पर्छ राजमा। राजमा मा भरपुर मात्रामा स्वाद सहित विभिन्न पोषाक तत्वहरु जस्तै फाइबर,भिटामिन के, बी,म्याग्नेसियम र आइरन पाइन्छ। नेपाल लगायत इन्डिया र मेक्सिकन हरुले राजमा अत्यन्तै रुचाउने गर्दछन। हुनत मानिसले प्रायजसो स्वाद को कारणले मात्र राजमा खाने गर्दछन। तर यसका अनेकौ फाइदाहरु छन् जुन मानव शरीरका लागि निकै नै महत्वपुर्ण छन्। 

    राजमाका फाईदाहरु 

    - क्यालोरीको सहि मात्रा  : राजमामा पाइने क्यालोरी बच्चा देखि बृद्ध सबका लागि पर्याप्त हुने गर्दछ। मानिसले आफ्नो स्वाद बमोजिम यसको तरकारी, सलाद वा सुप बनाएर खान  मिल्ने राजमा तौल नियन्त्रण गर्नका लागि पनि लाभदयाक हुन्छा। 

    - पाचनकृया : राजमामा अधिक मात्रामा फाइबर हुन्छ जसले पाचनकृयालाइ सहि सन्तुलीत राख्दछा। साथै यसले ब्लड सुगरको स्तर पनि नियंत्रण राख्न मदत गर्दछ। 

    - मस्तिष्क को लागि असरदार : राजमामा भरपुर मातत्राम भिटामिन के र बी पाइन्छ जुन दिमागको लागि फाइदाजनक हुने गर्दर्छ। यसले नर्वस सिस्टम लाई बुस्ट गर्नुका साथै मस्तिष्कलाइ पोषण दिने कार्य गर्दछ।

    - कोलेस्ट्रोल को सहि स्तर : राजमामा भरपुर मात्रामा म्याग्नेसियम पाइन्छ जसले कोलेस्ट्रोल नियंत्रण गर्ने कार्य गर्दछ। साथै यसले मुटु संग सम्बन्धित रोगहरु संग पनि लड्न मदत गर्दछ।

    - तागतको अद्भुत श्रोत  :राजमामा भरपुर मात्रामा आइरन पाइने हुदा यसले शरीरलाई आवश्यक तागत दिने गर्दछ। शरीरको मेटाबोलिजम र उर्जाका लागि चाहिने आइरन राज्माको सेवनद्वारा पुरा गर्न सकिन्छ। साथै यसले शरीरमा अक्सिजनको सर्कुलेशन पनि बढाउने गर्दछ।


    भाद्र २६, २०७७ शुक्रवार १९:४६:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राजमा
  • # फाईदा

  • क्यानाडानेपाल डेस्क

    हरियो खोर्सानीको फाइदा अनुहारको सुन्दरता कायम गर्ने देखी प्रोस्टेट क्यान्सरसम्म 

  • 1.8K
    SHARES
  • हरियो खोर्सानीको फाइदा अनुहारको सुन्दरता कायम गर्ने देखी प्रोस्टेट क्यान्सरसम्म 

    खानाको जुनसुकै परिकार किन नहोस्, यदि त्यो पीरो छैन भने धेरैका लागि स्वाद पूर्ण हुँदैन। कतिपय मानिसलाइ हरियो खोर्सानी बिना खाना खाएको नखाएको जस्तो पनि हुने गर्दछ। हरियो खोर्सानीले खानाको स्वाद बढाउने मात्र नभई विभिन्न प्रकारले स्वस्थ रहन पनि मद्दत पुर्याउँछ। यसमा भिन्न भिन्न किसिमका खनिज तत्वहरु पाइन्छ जसले पुरुषका प्रोस्टेटको समस्यादेखि महिलाको सुन्दरता बढाउने कार्य गर्दछ। 

    – हरियो खोर्सानीमा एन्टिब्याकटेरियल गुण हुने गर्दछ, जसले कुनैपनि किसिमका संक्रमणबाट शरीर र अनुहारको संरक्षण गर्दछ।

    – हरियो खोर्सानीमा भरपुर मात्रामा भिटामिन सी पाइन्छ, जसले रोगसँग लड्ने क्षमता बढाउँदछ। हरियो खोर्सानी खाने बित्तिकै बन्द नाक खुल्ने गर्दछ

    – हरियो खोर्सानी मूड बूस्टरको रुपमा पनि चिनिन्छ। यसले मस्तिष्कमा एण्डोर्फिंनको संचार गर्छ, जसले मुड राम्रो र खुसी राख्न मद्दत गर्छ । 

    – हरियो खोर्सानीमा क्यालोरी नभएकोले गर्दा मोटोपना कम गर्नका लागि पनि लाभदायक हुन्छ । 

    – हरियो खोर्सानीमा भिटामिन ई प्रशस्त मात्रामा पाइने हुँदा अनुहारको लागि पनि फाइदाजनक छ। यसले अनुहार स्वस्थ राख्नुका साथै कसिलो पनि बनाउने गर्दछ। 

    – हरियो खोर्सानीको सेवनले पुरुषमा लाग्ने प्रोस्टेट क्यान्सरको जोखिम पनि कम गर्दछ। साथै मुटुका लागि पनि हरियो खोर्सानी लाभदायक हुन्छ ।


    भाद्र २४, २०७७ बुधवार १९:३०:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हरियो खोर्सानी
  • # फाइदा

  • क्यानाडानेपाल डेस्क

    शरीरमा कमजोरी महसुस भएको अवस्थामा खानुहोस यी ५ चिज 

    शरीरमा कमजोरी महसुस भएको अवस्थामा खानुहोस यी ५ चिज 

    काठमाडौँ।  पछिल्ला दशकमा मानिसको जीवनशैलीमा निकै ठुलो परिवर्तन आएको छ। कोरोना भाइरस फैलिएपछि अहिलेको अवस्थमा मानिसहरुको जीवनमा कठिन परिस्थिको सिर्जना भएको छ। भाइरस संक्रमण हुने डरले मानिसहरु आफ्नो सामान्य जीवनशैलीमा फर्किन सकेका छैनन्।

    तर, कोरोना फैलिनु अघि मानिसहरुको जीवन निकै व्यस्त रहने गर्थ्यो, जसले गर्दा आफ्नो शरीरको ध्यान राख्न पनि उनीहरुसँग प्रशस्त समय हुँदैन थियो। जसका कारण शरीरमा थकान हुने, प्रतिरक्षा प्रणालीकोस्तर कम भएकाले विभिन्न रोगहरुले च्याप्ने समस्या हुने गर्दछ।

    यस्तो अवस्थामा आफ्नो दैनिक खानपानमा ५ यस्ता चिजहरु समावेश गर्दा शरीरको प्रतिरक्षा प्रणालीको सुधार हुनुका साथै शरीर कमजोर महसुस हुने समस्याहरु हटेर जाने गर्दछ।  

    कमजोरी महसुस भएको अवस्थामा यी ५ चिज खानुहोस् :

    शुद्ध घ्यु : शुद्ध घ्यु शरीर र छाला दुवैका लाभदायिक मानिन्छ। घ्युले शरीरलाई प्रशस्त मात्रामा ऊर्जा दिनुका साथै शरीरको प्रतिरोधात्मक क्षमताको विकास पनि गर्दछ। जसले गर्दा शरीर कमजोर महसुस हुनु, थकानको महसुस हुनु, आलस्यपन महसुस हुने समस्या निर्मुल हुने गर्दछ। घ्युलाई दैनिकरुपमा खानामा मिलाएर समावेश गर्दा वा तातो दुधमा घ्यु मिलाएर पिउँदा शरीरको प्रतिरक्षा प्रणालीको सुधार हुनुका साथै अनुहारमा पनि चमक आउने गर्दछ।  

    केरा : केरामा प्रशस्त मात्रामा भिटामिन, क्याल्सियम, आइरन, एन्टिअक्सीडेन्ट, एन्टिब्यक्टेरियल गुणहरू पाइन्छ। यसलाई दैनिकरुपमा दुधमा मिलाइ बनाना शेक बनाएर पिउँदा शरीरको प्रतिरक्षा प्रणालीमा सुधार हुने गर्दछ। जसले गर्दा शरीरमा हुने थकान तथा आलस्यपनालाई निर्मुल गर्न मद्दत गर्दछ। दैनिकरुपमा केराको सेवन गर्दा शरीरको उर्जा पनि बढ्ने गर्दछ। 

    किसमीस : आइरनभरपुरमात्रा पाइने किसमिसले शरीरमा रगतको मात्रालाई सन्तुलित राख्न मद्दत गर्दछ। १२ घण्टासम्म पानीमा भिजाएर राखेको किसमिसको पानी सेवन गर्दा पेट सम्वन्धी रोगहरुको निवारण हुनुका साथै पाचन प्रणालीको पनि सुधार हुने गर्दछ। यसलाई सेवन गर्दा दैनिकरुप २०० ग्राम गर्न सकिन्छ।  किसमिसलाई दुधमा उमालेर पिउँदा शरीरले  प्रशस्त मात्रामा ऊर्जा पाउने गर्दछ।  

    तुलसी : धार्मिक महत्व रहेको तुलसीका पातहरुमा थुप्रै औषधि गुणहरू पाइन्छन्। तुलसीका पातहरुलाई कालो चियामा मिलाई पिउँदा थकान, टाउको दुख्ने समस्या र मौसमी ज्वरोको लागि फाइदाजन हुन्छ।  साथै, यसले शरीरको प्रतिरोधात्मक क्षमतालाई पनि बढाउँदै अन्य रोगहरुबाट बच्न मद्दत गर्दछ।  

    अनार : एन्टिअक्सीडेन्ट, एन्टिवायरल र एन्टिब्याक्टेरियल गुणहरु भरपुर मात्रामा पाइन्छ। अनारले शरीरको रगतको मात्रालाई पनि बढाउँदछ।  शरीरमा थकान महसुस हुनु, कमजोरी महसुसको मुख्य कारण भनेको शरीरमा पर्याप्त मात्रामा रगत नहुनु हो। दैनिकरुपमा एउटा अनार सेवन गर्दा शरीरले उचित मात्रामा पोषण पाउने गर्दछ। साथै यसले रोग प्रतिरोधात्मक क्षमतालाई पनि सदृढ गर्दछ।


    भाद्र २३, २०७७ मंगलवार १८:४८:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शरीर
  • # कमजोरी

  • क्यानाडानेपाल डेस्क