• Oct 18 2021 | २०७८, कार्तिक १गते

२०७८, कार्तिक १गते

साइप्रसमा दुर्घटनामा परेर एक नेपाली युवकको निधन, एक घाइते

क्यानाडा नेपाल भाद्र १७ २०७८
  • 1.4K
    SHARES
  • images
    images
    साइप्रसमा दुर्घटनामा परेर एक नेपाली युवकको निधन, एक घाइते

    काठमाडौं - साइप्रसमा एक नेपाली युवकको निधन भएको छ । निधन हुनेमा कपिलवस्तुका २४ वर्षीय तुलसी भुसाल रहेका छन् । उनको मंगलबार बेलुका मोटरसाइकल दुर्घटनामा परेर निधन भएको हो । 

    images

    उनीसँगै दुर्घटनामा परेकी सर्लाहीकी ३० वर्षीया मिरा घिसिङ गम्भीर घाइते भएकी छिन् । त्यहाँको प्रहरीका अनुसार उक्त दुर्घटना मोटरसाइकलको तिव्र गतिका कारण भएको जनाइएको छ । 

    दुर्घटनामा निधन भएका भुसालको शव अहिले लार्नाकाको मोरतुवारीमा राखिएको  गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसले जनाएको छ ।  


    भाद्र १७, २०७८ बिहिवार १३:४३:०१ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # साइप्रस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    कुवेतमा बालुवाको ढिस्कोले पुरिएर दुई नेपालीको निधन

  • 722
    SHARES
  • कुवेतमा बालुवाको ढिस्कोले पुरिएर दुई नेपालीको निधन

    काठमाडौं । कुवेतमा दुई नेपालीको निधन भएको छ । कुवेतको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने क्रममा ढिस्कोले पुरिएर २ जना नेपालीका निधन भएको हो । 

    images

    निधन हुनेमा झापाको गोलधाप–१ र चकचकी–६ का यम बहादुर कटुवाल र सुकलाल राजवंशी रहेका छन् । उनीहरुको गहिरो खाल्डोमा भूमिगत पाइप मर्मत गर्ने क्रममा माथिबाट बालुवाको ढिस्को खस्दा घटनास्थलमै निधन भएको हो । 

    उक्त घटनामा रोल्पाका सर्वजित महरा घाइते भएका छन् । झापाका दुई नेपालीको गएको बुधबार भएको घटनामा निधन भएको हो । 
     


    भाद्र २५, २०७८ शुक्रवार १३:२४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुवेत

  • क्यानाडा नेपाल

    एनआरएनएको महाधिवेशनमा कुल आचार्यको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

  • 522
    SHARES
  • एनआरएनएको महाधिवेशनमा कुल आचार्यको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आगामी महाधिवेशनमा अध्यक्षमा कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

    images

    आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आचार्यले नागरिकता र सम्पतीको अधिकार स्थापित गर्ने प्रतिवद्धता सहित उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा आचार्यले ‘संस्थामा अनियमितता र दुरुपयोगका गुनासो बढ्दै गएको भन्दै यसलाई सुधार गर्ने बताए ।

    उनले संस्थाभित्र आर्थिक अनियमितता र दुरुपयोग राक्ने धारणा राखेका छन् । कोभिड–१९ का कारण ठूलो सङ्ख्यामा नेपालीले रोजगारी गुमाएर स्वदेश फर्कनुपरेको भन्दै उनले स्वदेश फर्केका नेपालीका लागि रोजगार सिर्जना गर्न सघाउन ‘एक एनआरएन एक रोजगार’ भन्ने अवधारणा अगाडि सारेको जानकारी दिएका छन् । उनले एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने भावना स्वीकार गरे पनि नागरिकतासम्बन्धी ऐन नबन्दा अधिकार उपयोग गर्न नपाएको भन्दै यसलाई प्राथमिकताका साथ उठाउने बताए ।

    एनआरएनएको दशौं विश्वसम्मेलन आगामी अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा हुँदैछ । यसअघिको निर्वाचनमा आचार्य कुमार पन्तसँग १४७ मतान्तरले पराजित भएका थिए । 


    आश्विन १०, २०७८ आइतवार १७:३८:५३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    मलेसियामा ड्युटी गर्नेक्रममा बेहोस भएका एक नेपालीको निधन

  • 1.0K
    SHARES
  • मलेसियामा ड्युटी गर्नेक्रममा बेहोस भएका एक नेपालीको निधन

    काठमाडौं - मलेसियामा एक नेपालीको निधन भएको छ । निधन हुनेमा लामोसमयदेखि रोजगारीको सिलसिलामा मलेसियामा रहेका काभ्रेपलान्चोक महादेवटार (८ का टेक बहादुर तामाङ रहेका छन् । 

    images

    उनले मलेसियाको सिन याङ प्लाइवुड एसडिएन बिएचडी नामक कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका थिए । केही महिनादेखि प्रेसरका बिरामी रहेका उनी ड्युटी गर्नेक्रममा बेहोस भएर ढलेका थिए । 

    उनी ढलेपछि अस्पताल लैजानेक्रममा निधन भएको नेपाली दूतावास स्रोतले जनाएको छ । उनको शवलाई नेपाल ल्याउने तयारी गरिएको छ । 
     


    आश्विन १२, २०७८ मंगलवार १२:३०:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मलेसिया

  • क्यानाडा नेपाल

    ‘रातो सूची’बाट नेपाललाई हटायाे बेलायतले

  • 410
    SHARES
  • ‘रातो सूची’बाट नेपाललाई हटायाे बेलायतले

    काठमाडौं - बेलायतले नेपाललाई यात्रा प्रतिबन्धको रातो सूची अर्थात् रेड लिस्टबाट हटाएको छ । कोरोनाभाइरसको महामारीका कारण बेलायतले नेपालसहित विभिन्न मुलुकका नागरिकलाई आफ्नो (बेलायत) यात्रामा कडा नियम लागू गरेकाे थियाे । 

    images

    नेपालमा कोरोना संक्रमण घटनुका साथै खोपको उपलब्धता बढ्न थालेपछि बेलायत सरकारले आगामीसोमबारबाट लागू हुने गरी रातो सूचीबाट हटाएको हो । 

    अब बेलायत जाने विद्यार्थी तथा अन्य यात्रुले क्वारेन्टाइनका नाममा ठूलो धनराशी खर्चनु पर्दैन । नेपालका लागि ब्रिटिश राजदूतले पनि नेपाल रातोसूचीबाट हटेको जानकारी सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

    अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश मात्र रातो सूचीमा छन् ।न्युज कारखाना


    आश्विन २२, २०७८ शुक्रवार ०८:२०:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    एनआरएनएको १० औं महाधिवेशन डेढ महिनाभित्र हुने

  • 392
    SHARES
  • एनआरएनएको १० औं महाधिवेशन डेढ महिनाभित्र हुने

    लण्डन - गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी डेढ महिनाभित्र हुने भएको छ ।  संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको आयोजनामा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयसँग छलफल गरेर डेढ महिनाभित्र निर्वाचन गर्ने तयारी गरिएको बताए ।

    images

    उनले मन्त्रालयले आफ्नो कार्यक्षेत्र नाघेर पत्राचार गरेको पनि आरोप लगाए । 'एनआरएनएभित्रका समस्याको समाधान गर्न हामी नै सक्षम छौं । हामीले समाधान निकाल्छौं । म प्रधानमन्त्री शेरबहादुर देउवासमेत भेटेर यहीँ कुरा भन्छु,' उनले भने । पन्तले मन्त्रालयले आफूसँग एकप्रकारको छलफल गर्ने तर पत्र लेख्ने बेलामा अर्कै प्रकारको पठाउने गरेको गुनासो गरे । 

    कार्यक्रमलाई सम्बोधन गर्दै संघका उपाध्यक्ष डा. बद्री केसीले नेतृत्व कस्ले लिने भन्ने विषय गौण भएको बताउँदै निर्वाचनको वातावरण बनाउन आफू लचिलो हुन तयार रहेको बताए । 

    गैरआवासीय नेपाली संघका संरक्षक रामप्रताप थापाले संघ अत्यन्त कठिन मोडमा उभिएको बताए । उनले निर्वाचन समितिले संघको पदाधिकारीको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा गरेको बताए । 

    कार्यक्रममा संघका उपाध्यक्षहरु रविना थापा, मन केसी, महासचिव डा. हेमराज शर्मा,  कोषाध्यक्ष महेश श्रेष्ठ, प्रवक्ता डिबी क्षेत्री, सचिव आरके शर्मालगायत राष्ट्रिय समितिका अध्यक्षहरु, आइसीसी सदस्यहरु, केन्द्रीय प्रतिनिधिहरु, केन्द्रीय पार्षदलगायतले सम्बोधन गरेका थिए । 

    यसअघि कार्यकारी सचिवालयको आइतबार सम्पन्न बैठकले आगामी ६ महिनाभित्र निर्वाचन गर्ने गरि सो सम्मेलन स्थगित गरेको थियो । महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिएपछि निर्वाचनका सबै प्रकृया रोकिएका छन् । 


    आश्विन २७, २०७८ बुधवार ०७:३२:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एनआरएनए

  • क्यानाडा नेपाल

    राष्ट्रसंघीय फोरममा नेपालको प्रतिबद्धता : अपराधीलाई संरक्षण हुँदैन, कसुरदारलाई कारवाही गर्छौं

  • 256
    SHARES
  • राष्ट्रसंघीय फोरममा नेपालको प्रतिबद्धता : अपराधीलाई संरक्षण हुँदैन, कसुरदारलाई कारवाही गर्छौं

    काठमाडौं - नेपालले संयुक्त राष्ट्रसंघीय फोरममा अपराधीलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको छ ।

    images

    संयुक्त राष्ट्रसंघको ७६ औं महासभाअन्तर्गत जेनेभामा मानव अधिकारको सम्पूर्ण अवस्थाबारे जानकारी गराउँदै नेपालले कसुरदारलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको हो ।

    नेपालका तर्फबाट प्रतिनिधि अमृत राईले अपराधीलाई संरक्षण नहुने बताए । नेपाल सरकारले कसुरदारलाई कारवाही गर्ने उनको भनाइ थियो ।

    ‘नेपाल संयुक्त राष्ट्रसंघमा उच्चतम स्तरको आचरण, योग्यता र अखण्डता सुनिश्चित गर्नको लागि राष्ट्रसंघ र सदस्य राष्ट्रहरुसँग सहकार्य गर्न तयार छ,’ राईले भने, ‘अपराधीहरुलाई उनीहरुको अपराधका लागि जिम्मेवार ठहर्‍याइने छ ।’न्युज कारखाना

     


    आश्विन २८, २०७८ बिहिवार ११:२४:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रसंघीय फोरम

  • क्यानाडा नेपाल