• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

एमसीसी कुनै पनि हालतमा पारित हुँदैन - धर्मेन्द्र बाँस्तोला

क्यानाडा नेपाल भाद्र १८ २०७८
  • 784
    SHARES
  • images
    images
    एमसीसी कुनै पनि हालतमा पारित हुँदैन - धर्मेन्द्र बाँस्तोला

    जुम्ला - नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले कुनै पनि हालतमा एमसीसी पारित हुन नसक्ने बताएका छन् । पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा जुम्ला पुगेका नेता बाँस्तोलाले यस्तो बताएका हुन् ।

    images

    उनले एमसीसी सामूहिक हित र स्वार्थका लागि भन्दा पनि व्यक्तिगत फाइदाका लागि पारित गर्न खोजिएको भन्दै यो पारित हुन नदिने बताए । 'एमसीसीले नेपाललाई कंगाल बनाउने निश्चित छ', उनले भने, ‘अहिले अफगानिस्तानमा जुन प्रकारको विद्रोह छ, त्यही आतंक नेपालामा फैलिनेछ। अमेरिकाले नेपाललाई एमसीसीका माध्यमबाट ठिक त्यही गर्न चाहेको छ । सबै मिलेर एमसीसी लागू गर्न दिनुहुँदैन ।'

    यो नेपालको हितमा नरहेको र नेकपाका लागि स्वीकार्य नहुने उनको भनाइ छ । 'समग्र नेपाली जनता एमसीसीको विरुद्ध छन्', उनले भने, 'एमसीसीका पछाडि दुर्भाग्यका संकेतहरू देखिएका छन् ।'

    नेपाललाई आधारभूमि बनाएर छिमेकीका शक्तिशाली देशलाई टुक्राटुक्रा बनाउने रणनीति अमेरिकाको भएको भन्दै बाँस्तोलानले भने, ‘सिंगो देश एकातिर छ । एमसीसी पारित भएको खण्डमा देशमा ठूलो क्रान्ति हुने सम्भावना छ ।'न्युज कारखाना


    भाद्र १८, २०७८ शुक्रवार २०:२८:३३ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # नेत्रविक्रम चन्द विप्लव

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए शपथ, कमल थापा अनुपस्थित

  • 156
    SHARES
  • राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए शपथ,  कमल थापा  अनुपस्थित

    काठमाडौं - राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार अध्यक्ष लिङ्देनसहित निर्वाचित पदाधिकारीले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    images

    नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    rpp-6-.jpg-2.jpg

    उनले लिएपछि बाँकी पदाधिकारीले पनि संयोजक बस्नेतबाट शपथ लिएका हुन् । यस्तै नवनिर्वाचित पदाधिकारीबाट नवनिर्वाचित सदस्यहरूले पनि शपथ लिएका छन् । सो शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी उपस्थित भएका थिए । कमल थापा भने अनुपस्थित थिए । 


    मंसिर १९, २०७८ आइतवार १८:१५:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • क्यानाडा नेपाल

    सदनबाट नभए सडकबाट भए पनि राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछु - राजेन्द्र लिङ्देन  

  • 186
    SHARES
  • सदनबाट नभए सडकबाट भए पनि राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछु - राजेन्द्र लिङ्देन  

    काठमाडौं - राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेण्डा लिएको बताएका छन् । 

    images

    आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम अध्यक्ष लिङ्देनले सो कुरा गरेका हुन् । 

    उनले सदनबाट नभए सडकबाट भए पनि राप्रपाको एजेण्डा स्थापित गराउने प्रतिबद्धता जनाए ।  लिङ्देनले पार्टीमा आफू नेतृत्वमा देखिए पनि पाका र अनुभवी नेताहरू साथमा रहेकाले एजेण्डा स्थापित गराउन सकिने बताए ।

    उनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताए । उनले पार्टी विभाजित हुने र बहुमत प्राप्त सरकार पनि पूरा कार्यकालसम्म नटिक्ने अवस्था पार्टीको विधान र कानुनमा नेतृत्वको हस्तान्तरणको व्यवस्था नगरिएको कारण रहेको दाबी गरे । 

    नेतृत्व हस्तान्तरणको व्यवस्था नहुँदा अरू पार्टीसँग मिलेर आफ्नै पार्टीका नेताले र अरू पार्टी पनि सरकार बनाउने र ढाल्ने कार्यले निरन्तरता पाएको उनको भनाइ छ । यसैको अन्त्यका लागि आफूले राप्रपामा नयाँ नेतृत्व ल्याउनुपर्ने निष्कर्षसहित आफूले उम्मेदवारी दिएको  उनले बताए । 


    मंसिर १९, २०७८ आइतवार १८:३८:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङ्देन

  • क्यानाडा नेपाल

    लोहनीले गरे लिङ्देनको तारिफ - पाको र क्षमताशील नेतृत्व पायौं

  • 178
    SHARES
  • लोहनीले गरे लिङ्देनको तारिफ - पाको र क्षमताशील नेतृत्व पायौं

    काठमाडौं - राप्रपा निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको तारिफ गरेका छन् । 

    images

    आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा लोहनीले लिङ्देन पाको नेता भएको बताए । 

    उनले पार्टीले पाको र क्षमताशील नेतृत्व पाएको बताए । लिङ्देन निरन्तर पार्टीमा क्रियाशील नेता रहेको भन्दै उनले भने -  ‘उहाँ लगातार ३० वर्ष पार्टीमा काम गर्नु भएको छ । पार्टीले पाको र क्षमताशील नेता पाएको छ ।’ 

    उनले सधै नयाँ नेतृत्वको साथमा रहने बताउदै भने, ‘म नयाँ नेतृत्वको साथमा रहनेछु । पार्टी र जनताको हितमा काम गर्नेछु । यदी पार्टी र जनताविरुद्ध अहित भएमा त्यसको विरुद्धमा पनि उत्रिनेछु ।’ 

     


    मंसिर १९, २०७८ आइतवार १९:४८:१४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने उपेन्द्र यादवको भनाई

  • 134
    SHARES
  • विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने उपेन्द्र यादवको भनाई

    काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताएका छन् । 

    images

    आइतबार महोत्तरीको बर्दिवासमा : आयोजित दलित समुदायको वर्तमान अवस्था  समस्या र समाधान विषयक कार्यशाला गोष्ठीको उद्घाटनमा यादवले सो कुरा गरेका हुन् । विकास र समृद्धिको बाधक जातीय भेदभाव, असमानता र विभेद रहेकोले मुलुकलाई समृद्ध बनाउन भेदभाव, असमानताको अन्त्य हुनुपर्ने उनको भनाई छ । 

    उनले दलित समुदाय भूमिहीन, आर्थिकरुपमा कमजोर रहेकाले यस्तै अवस्था कायम रहे मुलुक समृद्ध बन्न नसक्ने बताए । 

    वैदेशिक सँस्कृति अपनाइरहेसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउदै यादवले यहाँका कला र सँस्कृति जोगाउनु सबैको दायित्व  रहेको बताए । 


    मंसिर १९, २०७८ आइतवार २१:४३:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव

  • क्यानाडा नेपाल

    बागमतीमा बानियाँ जीत नजिक

  • 110
    SHARES
  • बागमतीमा बानियाँ जीत नजिक

    काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश महाधिवेशनअन्तर्गत संस्थापन पक्षीय उम्मेदवार इन्द्र बानियाँ जित नजिक पुगेका छन् ।

    images

    २०२६ मत खसेकोमा १७१० मत गणना सम्पन्न भएको छ । १७१० मत गणना हुँदा बानियाँले ९१९ ​मत ल्याएका छन् । जगदीश्वर नरसिंह केसी भने ७७९ मतका साथ बानियाँलाई पछ्याइरहेका छन् । अब ३१६ मत गणना हुन मात्रै बाँकी छ ।


    मंसिर १९, २०७८ आइतवार २२:०६:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश

  • क्यानाडा नेपाल

    कांग्रेस वाग्मती अधिवेशन : सभापतिमा इन्द्र बानियाँ निर्वाचित  

  • 172
    SHARES
  • कांग्रेस वाग्मती अधिवेशन : सभापतिमा इन्द्र बानियाँ निर्वाचित  

    काठमाडौं - नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय बानियाँ १ सय ५८ मतका साथ विजयी भएका छन् ।

    images

    २०२५ मत खसेकोमा बानियाँले १०८५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी केसीले ९२७ मत प्राप्त गरे । १३ मत बदर भएको थियो । 

    शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए । उनीहरू मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुन: मतदान भएको थियो ।


    मंसिर १९, २०७८ आइतवार २२:१३:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कांग्रेस वाग्मती अधिवेशन

  • क्यानाडा नेपाल