• Sep 26 2021 | २०७८, आश्विन १०गते

२०७८, आश्विन १०गते

गैंडालाई हेलिकोप्टरबाट उद्दार गरिएको तस्विरले पायो आइजी नोवेल पुरस्कार

क्यानाडा नेपाल भाद्र २५ २०७८
  • 928
    SHARES
  • गैंडालाई हेलिकोप्टरबाट उद्दार गरिएको तस्विरले पायो आइजी नोवेल पुरस्कार

    लन्डन - के तपाइँले बेहोस पारिएका जनाबरलाई डोरीमा खुट्टा बाँधेर हेलिकप्टरमा एक स्थानबाट अर्को स्थानमा लग्दै गरेको देख्नु भएको छ ? अवस्य पनि विभिन्न भिडियोमा यस्ता उद्दारका दृश्य देख्नु भएको होला ।

    images

    हेर्दा निकै साहसी र रमाइला लाग्ने यस्ता उद्दारले जोखिममा परेका धेरै जनाबरको ज्यान जोगिएको छ ।  नामिवियामा यसैगरी एक स्थानबाट अर्को स्थानमा गैडाको उद्दार गर्ने समूहले यस वर्षको आइजी नोवेल पुरस्कार प्राप्त गरको छ । आइजी नोवेल विभिन्न क्षेत्रमा एतिहासिक उपलब्धी गरे वापत दिइने प्रसिद्ध नोवेल पुरस्कार भने होइन् ।

    rhino rescue in namibia.jpg

    सानो तर अनौठो र हाँसो लाग्दो विषयमा भएका उपलब्धीलाई आधार मानेर बर्सेनि यो पुरस्कार वितरण गरिन्छ । यस्तै, रमाइलो उपलब्धी नामिवियाका बन्यजन्तु विज्ञले गरेका थिए । 

    नामिवियामा कर्नेल युनिर्भसिटिका बन्यजन्तुसम्बन्धी विज्ञले १२ ओटा गैंडालाई हेलिकप्टरमार्फत एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गरेका थिए । गैडालाई डोरीमा झुण्डाएर १० मिनेटसम्म हेलिकप्टरमा उडाइएको थियो । बेहोस पारिएका गैंडालाई उत्तानो पारेर चार खुट्टा बाँधेर उडाइएको थियो । घोप्टो पार्दा मुखबाट रगत बग्ने आशंकामा उत्तानो पारेर बाँधिएको थियो ।

    नोबेल पुरस्कार विभिन्न सात विधामा दिइए जस्तै यो पुरस्कार १० क्षेत्रमा प्रदान गरिन्छ । पुरस्किृत हुने अन्य समूहमा चपाएर सडकमा फालिएको चुईङगमको व्याक्टेरियाको अध्ययन गर्नेदेखि  समुद्रमा चल्ने युद्धपोत जहाजमा साङ्ला नियन्त्रण गर्ने समूह छन् ।एजेन्सी


    भाद्र २५, २०७८ शुक्रवार १८:४८:५३ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # गैँडा

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    अर्काकी श्रीमती चोरेर विवाह गर्नुपर्ने अनौठो चलन 

  • 946
    SHARES
  • अर्काकी श्रीमती चोरेर विवाह गर्नुपर्ने अनौठो चलन 

    काठमाडौं - विश्वमा धेरै जाति, समुदाय र वर्गका मानिसहरु छन् । उनीहरुको आफ्नै रीति रिवाज र परम्परा छ । कुनै जातिका परम्परा त अचम्म लाग्दा पनि हुन्छन् । 

    images

    यस्तै एक अनौठो परम्परा पश्चिमी अफ्रिकाको एक आदिवासी समुदायमा छ । बोदाब्बे नामक आदिवासी समुदायको परम्परा सुन्दा जोकोहीलाई अनौठो लाग्छ । बोदाब्बे  आदिवासी समुदायको संस्कारअनुसार पुरुषहरु एक अर्काका श्रीमतीहरुलाई चोरेर विवाह गर्ने गर्छन् । 

    यस समुदायको संस्कारमा अर्काकी श्रीमती चोरेर बिहे गर्नुपर्छ । पुरुषहरुको पहिलो विवाह घरपरिवारको राजीखुसीले हुन्छ । यदि दोस्रो विवाह गर्नुपरेमा अर्काकी श्रीमती चोरेर अर्थात भगाएर गर्नुपर्छ । श्रीमती चोर्नका लागि हरेक वर्ष त्यहाँ एउटा मेला लाग्छ । 

    उक्त मेलामा पुरुषहरु अनुहारमा रंग दलेर पुग्छन् र विवाहित महिलाहरुलाई फकाउछन् । मन मिलेमा भगाएर लाग्छन् । यस गेरेबोल महोत्सवमा विवाहित महिला फकाउने पुरुषसँग बिहे गर्न राजी भएमा भगाउने गरिन्छ । भागेपछि समुदायले नै धुमधामले विवाह गरिदिन्छन् । 


    भाद्र २५, २०७८ शुक्रवार २०:४५:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनौठो गाउँ

  • क्यानाडा नेपाल

    अर्बपति एलन मस्कले रचे नयाँ इतिहास

  • 938
    SHARES
  • अर्बपति एलन मस्कले रचे नयाँ इतिहास

    काठमाडौ - विश्वका सर्वाधिक धनाढ्य एलन मस्कको एरोस्पेस कम्पनी स्पेसएक्सले चार सर्वसाधरणलाई अन्तरिक्ष पठाएर अन्तरिक्ष विज्ञानको क्षेत्रमा नयाँ कीर्तिमान बनाएको छ । एरोस्पेस कम्पनीले इन्सपिरेसन–४ मिसनअन्तर्गत पहिलोपटक सर्वसाधरण सवार यात्रु  दललाई अन्तरिक्षमा पठाउन सफल भएको हो । 

    images

    स्थानीय समयअनुसार  बुधवार बिहान ५ बजेर ४८ मिनेटमा अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेंन्टरबाट सो मिसन सुरु भएको थियो । चारजना यात्री सवार फाल्कन ९ रकेट क्रु ड्रयागन क्याप्सुल बोकेर अन्तरिक्ष यात्राका लागि पृथ्वीबाट उडेको थियो ।

    अमेरिकन अर्बपति व्यापारी जैरेड आईज्याकम्यानले अन्तरिक्ष यात्राको प्रायोजन गरेका हुन् । अन्तरिक्षमा जाने अन्य तीन जनाको नाम आईज्याकम्यान आफैले छनौट गरेका थिए । अन्तरिक्ष विज्ञका अनुसार सन् १९७२ पछि पृथ्वीबाट सबैभन्दा धेरै उचाईमा पुग्ने पहिलो मानव अभियान हो । न्युज कारखाना

     


    भाद्र ३१, २०७८ बिहिवार २१:०४:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एलन मस्क

  • क्यानाडा नेपाल

    बिहारका दुई बालकको खातामा करोडौं भारु जम्मा भएपछि...

  • 904
    SHARES
  • बिहारका दुई बालकको खातामा करोडौं भारु जम्मा भएपछि...

    बिहार - बिहारको कटिहार गाउँका दुई अभिभावक आफ्ना सन्तान बोकेर एकाबिहानै आफ्नो खाता जाँच गर्न एटीएम र बैंकमा पुग्छन् । बच्चाले आफ्नो  खातामा बैंकबाट ‘धेरै रकम’ जम्मा भएको बताएपछि अभिभावकले उनीहरूलाई लिएर बैंक पुग्छन्, तर केही समयपछि निराश भएर फर्किन्छन् । 

    images

    सार्वजनिक इन्टरनेट केन्द्रमा पुगेर स्टेटमेन्ट जाँच गर्दा उनीहरूको खातामा करोडौं भारु जम्मा भएको देखिएको थियो । कक्षा ६ मा अध्ययनरत आशीषको खातामा ६ करोड दुई लाख जम्मा भएको रहेछ । अर्का विद्यार्थी गुरुचरण विश्वासको खातामा नौ सय करोड जम्मा भएको थियो । गाउँका प्रमुखले त्यसको पुष्टि गरे ।

    तर, उनीहरूको खातामा देखाएको पैसा वास्तवमा जम्मा भएको थिएन । बैंकको प्राविधिक समस्याले त्यस्तो देखाएको थियो । यो सुन्दा दुवै बलक र उनीहरूका अभिभावक निराश बने ।

    भारत सरकारको योजनाअन्तर्गत विद्यालय पोसाक र कापीकिताब किन्न बैंक खातामा केही रकम डिपोजिट भएको हुन सक्ने अभिभावकले अनुमान गरेका थिए । उत्तर विहारको ग्रामीण बैंकमा दुवै बच्चाको अकाउन्ट खोलिएको थियो ।

    ‘दुईजना स्कुले विद्यार्थीको खातामा ठूलो परिमाणमा रकम जम्मा भएको खबर थाहा पाएपछि हामीले यसबारेमा अनुसन्धान गरिरहेका छौं,’ कटिहर जिल्लाका म्याजिस्ट्रेट उदय मिश्रले भने । कम्प्युटरमा देखिएको प्राविधिक समस्याले उनीहरूको खातामा पैसा देखाए पनि सो रकम डिपोजिट नभएको सो बैंकका प्रबन्धकले बताएका छन् । यसबारेमा बैंकले थप अनुसन्धान गर्ने भएको छ ।एजेन्सी


    आश्विन १, २०७८ शुक्रवार १०:०७:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिहार

  • क्यानाडा नेपाल

    भारतमा नौ सय वर्ष पहिले बनेको गणेशको मूर्ति फेला

  • 690
    SHARES
  • भारतमा नौ सय वर्ष पहिले बनेको गणेशको मूर्ति फेला

    नयाँ दिल्ली - भारतमा १२औं शताब्दीमा बनेको गणेशको मूर्ति फेला परेको छ । दक्षिणपूर्वी भारतका एक किसानले बारीमा उक्त मूर्ति फेला पारेका हुन् । प्रकाशम जिल्लाको मोटुपाली गाउँका किसानले खेत जोत्ने क्रममा उक्त मूर्ति फेला पारेका हुन् ।

    images

    हिन्दू धर्ममा गणेशलाई बुद्धि र विवेकका देवता मानिन्छ । ढुंगाको १८ इन्च अग्लो सो मूर्ति पद्मासन अवस्थाको छ । मूर्तिका दुईओटा हात टुटेका छन् भने तेस्रो हातले भाँचिएको सुँड समातेको देखिन्थ्छ। चौथो हातले मिठाइजस्तो बस्तु लिएको देखिन्न्छ ।

    उक्त मूर्ति १० दिने गणेश चर्तुर्थी पर्वको अवसरमा सार्वजनिक गरिएको छ। गणेश जन्मेको तिथिलाई हिन्दुहरूले गणेश चर्तुर्थी पर्वको रुपमा मनाउँछन् । गणेश चर्तुर्थीमा उपवास तथा गणेशको पुजा र आरधना गरिन्छ ।एजेन्सी


    आश्विन ३, २०७८ आइतवार १४:२६:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गणेशको मूर्ति

  • क्यानाडा नेपाल

    हजामले कपाल बिगारेपछि ३ करोड २० लाख रुपैयाँ जरिबाना तिराइयो

    आश्विन ८

  • 362
    SHARES
  • हजामले कपाल बिगारेपछि ३ करोड २० लाख रुपैयाँ जरिबाना तिराइयो

    भारतमा एउटा उपभोक्ता अदालतले गलत कपाल काटिदिएका कारण एउटा सैलुनलाई दुई करोड भारतीय रुपैयाँ (तीन करोड २० लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

    images

    कपाल काटिएकी महिलाले कपालसम्बन्धी सामग्री बनाउने कम्पनीहरूबाट लामो कपालकै कारण काम पाउने गरेको अदालतको ठहर छ। उक्त सैलुनले उनले भने विपरीत छोटो हुने गरी कपाल काटिदिएको थियो जसका कारण उनले ठूलो घाटा बेहोर्नुपरेको अदालतले उल्लेख गरेको छ।

    दिल्लीको एउटा होटेल समूहको हिस्सा रहेको उक्त सैलुनले फैसलाविरुद्ध पुनरावेदनमा जान पाउने छ।तर उसले फैसलाबारे आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन।

    ती महिलाले "आफूले अपेक्षा गरेको काम गुमाएको र ठूलो घाटा बेहोरेका कारण जीवनशैली नै पूरै परिवर्तन भएकाले प्रख्यात मोडल बन्ने उनको सपना चकनाचुर भएको" न्याश्नल कन्ज्युमर डिस्प्युट रिड्रेसल कमिसनले भनेको छ।

    "कपाल काट्दा गरिएको लापरबाहीका कारण उनी गम्भीर मानसिक समस्या र आघातबाट गुज्रिएको एवम् काममा ध्यान दिन नसक्दा कामनै गुमाएको" उसले उल्लेख गरेको छ।

    सन् २०१८ मा ती मोडल कपाल काट्नका लागि उक्त होटेलमा पुगेकी थिइन र आफ्नो कपाल काट्ने विषयबारे कर्मचारीलाई स्पष्ट निर्देशन दिएकी थिइन्।

    तर हेअर स्टाइलिस्टले उनको कपालको अधिकतम हिस्सा काटिदिएका थिए। अदालतको काजगात अनुसार उनको कपाल "जम्मा चार इन्च" रहने गरी काटिएको थियो।

    "उनले ऐनामा आफूलाई हेर्न छोडिन। उनी जनसम्पर्क अधिकृत हुन् र उनले बैठक अनि अन्तरक्रियामा सहभागी हुनुपर्ने हुन्छ। तर छोटो कपालका कारण उनले आफ्नो आत्मविश्वास गुमाइन्," अदालतको फैसलामा भनिएको छ।

    जब उनले सैलुनसमक्ष गुनासो गरिन उनलाई कपालको निःशुल्क स्याहार गरिदिने प्रस्ताव गरिएको थियो।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    आश्विन ८, २०७८ शुक्रवार १९:०७:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लामो कपाल
  • संसारकै अनौठो परम्परा, जहाँ नवजात शिशुलाई भुईँमा सुताएर उनीहरुमाथी उफ्रिइन्छ

  • 580
    SHARES
  • संसारकै अनौठो परम्परा, जहाँ नवजात शिशुलाई भुईँमा सुताएर उनीहरुमाथी उफ्रिइन्छ

    काठमाडौं - विश्वमा धेरै जाति, समुदाय र वर्गका मानिसहरु छन् । उनीहरुको आफ्नै रीति रिवाज र परम्परा छ । कुनै जातिका परम्परा त अचम्म लाग्दा पनि हुन्छन् । 

    images

    यस्तै संसारमा एक अनौठो परम्परा छ, जुन सुन्दा र देख्दा अपत्यारिलो लाग्छ ।  युरेपेली मुलुक स्पेनमा नवजात शिशुलाई भुईमा सुताएर उनीहरुमाथी उफ्रिने परम्परा छ । स्पेनि नागरिकहरुले सुतेको बच्चामाथि उफ्रिने यो परम्पराको रहस्य पनि अनौठो छ । 

    भुइँमा सुताइएका बच्चाहरुमाथि हाइजम्प गरेमा उनीहरुलाई राक्षसहरुले दुख दिदैन भन्ने विश्वास छ । यो विश्वास त्यहाँका नागरिकले सदिऔँदेखि मान्दै आएका छन् । यसलाई एल कोलाचो नामक पर्व भन्ने गरिन्छ । 

    एक वर्षभित्रका बच्चाहरुलाई भुइँमा सुताएर विशेष पहिरन लगाएका पुरुषहरु उफ्रने गर्छन् । त्यसरी उफ्रिने पुरुषहरुलाई राक्षसको प्रतिक मान्ने गरिन्छ । राक्षसले नाघेका बच्चाहरु शक्तिशाली हुने मान्यता त्यहाँ रहेको छ ।


    आश्विन ८, २०७८ शुक्रवार २१:४८:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनौठो

  • क्यानाडा नेपाल

    images
    images
    images
    ताजा खबर