• Sep 26 2021 | २०७८, आश्विन १०गते

२०७८, आश्विन १०गते

एक्सन जनरामा निर्माण भएको फिल्म 'लप्पन छप्पन २' शिवरात्रीमा प्रदर्शनमा आउने

क्यानाडा नेपाल भाद्र २७ २०७८
  • 402
    SHARES
  • एक्सन जनरामा निर्माण भएको फिल्म 'लप्पन छप्पन २' शिवरात्रीमा प्रदर्शनमा आउने

    काठमाडौं - फिल्म 'लप्पन छप्पन २' को रिलिज मिति सार्वजनिक भएको छ  । मुकुन्द भट्टको निर्देशनमा तयार भएको फिल्म आगामी महाशिवरात्री अर्थात फागुन १३ गते प्रदर्शनमा आउने भएको छ ।

    images

    सौगात मल्लर अनुपविक्रम शाहीको मुख्य भुमिका रहेको यस फिल्म लामो समयदेखि कोरोनाभाइरसको संक्रमणका कारण प्रदर्शनमा आउन सकेको थिएन । एक्सन जनरामा निर्माण भएको यस फिल्मलाई अब महाशिवरात्रीमा प्रदर्शनमा ल्याउने तयारी गरिएको छ । 

    फिल्ममा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व। दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ । 

    खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको चलचित्रको  पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ ।  


    भाद्र २७, २०७८ आइतवार १३:१८:४१ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # लप्पन छप्पन–२

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    दीपकराज-दीपाश्रीसँग मिलेर ‘कालो कोट’ बनाउँदै रोहित

  • 354
    SHARES
  • दीपकराज-दीपाश्रीसँग मिलेर ‘कालो कोट’ बनाउँदै रोहित

    काठमाडौं - निर्माता रोहित अधिकारीले दीपकराज गिरी र दीपाश्री निरौलासँग मिलेर नयाँ चलचित्र बनाउने भएका छन् । यसअघि ‘छ माया छपक्कै’ निर्माण गरेर टिमअप भएका रोहितले ‘कालो कोट’ शीर्षकमा चलचित्र बनाउने तयारी थालेका हुन् । 

    images

    प्रदीप भारद्वाजले लेखिरहेको चलचित्रको हाल कास्टिङको काम चलिरहेको छ । ‘सोसल-कमेडी’ विधाको यो चलचित्रमा निर्माण टिमले सौगात मल्ललाई एन्टागोनिस्टका लागि अफर गरेका छन् । सौगातले यो भूमिका स्वीकार गरे, दीपक-दीपा समूहसँग उनको सहकार्य पहिलो हुनेछ ।

    यस अगाडि दीपक-दीपाले दयाहाङ राईसंग ‘वडा नम्बर ६’ मा काम गरिसकेका छन् । फिल्ममा तीन अभिनेत्री रहने छन् । यसका लागि स्थापित अभिनेत्रीसँग कुरा भइरहेको निर्माण टिम स्रोतले बतायो ।

    ‘कालो कोट’ को निर्देशन सिमोस सुनुवारले गर्ने बताइको छ । यसअघि पनि विभिन्न स्क्रिप्टमा सिमोस र दीपक-दीपाको समूहबीच छलफल भइसकेको छ । तर, सहकार्य हुन्केको छैन । दीपाश्री निरौलाले ‘छक्का पञ्जा’ सिरिज मात्र निर्देशन गर्ने मनस्थिति बनाएकाले अन्य शीर्षकका चलचित्रमा नयाँ निर्देशक रहने छन् ।

    यसअघि ‘छ माया छपक्कै’ दीपेन्द्र लामाले निर्देशन गरेका थिए । चलचित्रमा दीपक–दीपाको समूहबाट दीपक-दीपा र माग्ने बूढा (केदार घिमिरे) मात्र साझेदारको रूपमा रहने छन् । कोरोना भाइरस महामारी नियन्त्रणमा आए तिहारपछि सुटिङमा जाने रोहित र दीपक-दीपा समूहको तयारी छ ।न्युज कारखाना


    आश्विन ७, २०७८ बिहिवार १३:५३:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दीपकराज गिरी

  • क्यानाडा नेपाल

    'द भ्वाइस किड्स नेपाल' को निर्णायकमा को-को ?

  • 804
    SHARES
  • 'द भ्वाइस किड्स नेपाल' को निर्णायकमा को-को ?

    काठमाडौं - गायन रियालिटी शो 'द भ्वाइस किड्स नेपाल' का निर्णायक सार्वजनिक भएका छन् । नेपाली बालबालिकाको प्रतिभा विश्व सामु राख्ने उद्देश्यले ल्याउन लागिएको रियालिटी शो 'द भ्वाइस किड्स नेपाल' मा ४ निर्णायक हुने भएका हुन् । 

    images

    voice.jpg

    'द भ्वाइस किड्स नेपाल'ले बिहिबार सामाजिक सञ्जालमार्फत निर्णायक सार्वजनिक गरेको हो । यस रियालिटी शोको निर्णायकमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार रहने भएका छन् । रियालिटी शोमा ६ देखि १४ वर्ष सम्मका बालबालिकाले आफ्नो गायन प्रतिभा प्रस्तुत गनै सक्नेछन् । 

    द भ्वाइस किड्स नेपालले फेसबुकमा लेखेको छ - 'नेपाली संगीत जगतमा नयाँ आयाम थप्ने प्रयास साथै नेपाली बालबालिकाको प्रतिभा अब विश्व सामु पनि राख्ने उद्देश्य लिएर नेपालका यी चार संगीतका हस्तीहरु आउदै हुनुहुन्छ  The Voice kids लिएर। ६ वर्ष देखि १४ वर्ष सम्मका बालबालिकाले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने यो मन्चलाई छिटै तपाईहरुले घरको टेलिभिजन स्क्रिनमा देख्न सक्नु हुनेछ।'

     


    आश्विन ७, २०७८ बिहिवार २०:३१:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # द भ्वाइस किड्स नेपाल

  • क्यानाडा नेपाल

    दीपक र दीपाको नयाँ फिल्म 'कालो कोट'मा सौगात मल्ल पनि जोडिए, यस्तो छ भूमिका  

  • 1.2K
    SHARES
  • दीपक र दीपाको नयाँ फिल्म 'कालो कोट'मा सौगात मल्ल पनि जोडिए, यस्तो छ भूमिका  

    काठमाडौं - हास्यकलाकार दीपकराज गिरीको नयाँ फिल्ममा अभिनेता सौगात मल्ला पनि जोडिएका छन् । निर्माता रोहित अधिकारीसँग दीपकराज र दीपाश्री निरौलाले मिलेर बनाउन लागेको नयाँ फिल्म कालो कोटमा सौगात भिलेनको भूमिकामा देखिने भएका हुन् । 

    images

    रोहितले ‘छ माया छपक्कै’ पनि निर्माण गरेका थिए । ‘सोसल कमेडी’जनरामा निर्माण हुने यस फिल्म लागि स्थापित अभिनेत्रीसँग कुरा भइरहेको निर्माण टिमले बताएको छ । 

    सिमोस सुनुवारले निर्देशन गर्ने यस फिल्ममा दीपक–दीपाको समूहबाट दीपक दीपा र माग्ने बूढा ९केदार घिमिरे० मात्र साझेदारको रूपमा रहने छन् । प्रदीप भारद्वाजले लेखिरहेको फिल्मको हाल कास्टिङको काम चलिरहेको छ । 


    आश्विन ७, २०७८ बिहिवार २१:००:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कालो कोट

  • क्यानाडा नेपाल

    खुम्बू पुगेर सुटुक्क इन्गेजमेन्ट गरिन् इन्दिरा जोशीले

  • 694
    SHARES
  • खुम्बू पुगेर सुटुक्क इन्गेजमेन्ट गरिन् इन्दिरा जोशीले

    काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । आफ्नो दमदार आवाजका कारण चर्चामा आइरहने इन्दिराले खुम्बु पुगेर फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । 

    images

    उनले खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा उनलाई शरद केडियाले औँठी लगाइदिएका छन् । 

    जोशीको इन्गेजमेन्ट भिडियो क्याप्टेन विवेक खड्काले उज्वल भविष्यको कामना भन्दै टिकटकमा राखेका छन् । इन्दिराले आफु प्रेमसम्बन्धमा रहेको बारे बताइरहेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन् । 
     


    आश्विन ८, २०७८ शुक्रवार ०७:३८:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इन्दिरा जोशी

  • क्यानाडा नेपाल

    गायिका इन्दिरालाई हेलिकप्टरमा खुम्बु लगेर प्रेमीले यसरी राखे प्रेम प्रस्ताव

  • 530
    SHARES
  • गायिका इन्दिरालाई हेलिकप्टरमा खुम्बु लगेर प्रेमीले यसरी राखे प्रेम प्रस्ताव

    काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । उनले खुम्बु पुगेर फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । खुम्बु पुगेर इन्गेजमेन्ट गरेको तस्बिरहरु इन्दिराले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेकी छिन् । 

    images

    indira josh.jpg

    उनले तस्बिरहरु शेयर गर्दै प्रेमी शरद केडियाले प्रेम प्रस्ताव राख्दाको अनुभव छोटोमा सुनाएकी छिन् । उनले शरदले आफूलाई औठी लगाएर तिमी मसँग विवाह गर्छै भनेर विवाह प्रस्ताव गरेको बताएकी छिन् । 

    242719397_417257789759559_5592649859463137138_n.jpg

    इन्दिराले सामाजिक सञ्जालमा लेखेकी छिन् - 'उनले सोधे–तिमी मसँग विवाह गर्छौ रु । मैले भनें– हुन्छ । आइ लभ यु शरद केडिया । मप्रति देखाएको प्रेमप्रति धन्यवाद । शरद केडिया । मेरो स्टार'

    in.jpg

    नेपाल आइडलको निर्णायकको भूमिका निभाएर चर्चामा आएकी इन्दिराले आफु प्रेमसम्बन्धमा रहेको बारे बताइरहेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन् । तर औठी लगाउँदै गरेको भिडियो टिकटकमा भाइरल बनेपछि उनी आफैले तस्बिर शेयर गर्दै इन्गेजमेन्टबारे जानकारी दिएकी हुन् । 

    indi.jpg

     


    आश्विन ८, २०७८ शुक्रवार १२:५०:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इन्दिरा जोशी

  • क्यानाडा नेपाल

    दुर्गेश र पलको नयाँ गीत 'बहिस्कार' युट्युबमा सार्वजनिक

  • 396
    SHARES
  • दुर्गेश र पलको नयाँ गीत 'बहिस्कार' युट्युबमा सार्वजनिक

    काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत सार्वजनिक भएको छ । गायक थापाको स्वर रहेको 'बहिस्कार' बोलको गीतको भिडियो शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा शव्द पनि गायक थापाकै रहेको छ । 

    images

    गायक थापा र पल शाहको अभिनय रहेको यस म्युजिक भिडियो युट्युबमा आए लगत्तै धेरैले हेरिसकेका छन् । भिडियोलाई शिव बिकेले निर्देशन र किलन बिकले सम्पादन गरेका हुन् । 

     


    आश्विन ८, २०७८ शुक्रवार १८:२७:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दुर्गेश थापा

  • क्यानाडा नेपाल

    images
    images
    images
    ताजा खबर