• Oct 20 2021 | २०७८, कार्तिक ३गते

२०७८, कार्तिक ३गते

प्राधिकरणले बिहारलाई विद्युत बेच्ने, मौसमी विद्युत आदान-प्रदानको प्रस्ताव

क्यानाडा नेपाल भाद्र २७ २०७८
  • 432
    SHARES
  • images
    images
    प्राधिकरणले बिहारलाई विद्युत बेच्ने, मौसमी विद्युत आदान-प्रदानको प्रस्ताव

    काठमाडौं - नेपाल विद्युत प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढी रहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत आदान(प्रदानको प्रस्ताव गरेको छ । 

    images

    प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट बर्खामा उत्पादित विद्युत देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनीसँग पारस्परिक मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव गरेको हो । नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदान–प्रदान हुँदै आएको छ ।

    बर्खाका ६ महिना नेपालबाट विद्युत बिहार पठाउने र हिउँदका ६ महिना उताबाट ल्याउने गरी पारस्परिक विद्युत आदान–प्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।  

    ‘बर्खाका महिनामा २४ सै घन्टा दुई सय मेगावाट एवं राति ११ देखि बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको छ, वर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परेमा उपयुक्त विधिमार्फत विद्युतको मूल्य तय गरिने छ,’ घिसिङले भने, ‘यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिएमा बर्खामा हाम्रोमा बढी भएको विद्युत् भारत पठाउन सकिन्छ भने अझै केही वर्ष हामीलाई हिउँदमा अपुग भारतबाट ल्याउन सकिन्छ, यदि पारस्पारिक विद्युत आदानप्रदानको यो मोडेल कार्यान्वयनमा ल्याउन सकिएमा दुई मुलुकबीच विद्युत कारोबारको कोशेढुंगा हुनेछ, यसमा भारतीय पक्षको जवाफ सकारात्मक पाएका छौं, केही दिनभित्रमा यस बारेमा ठोस निर्णय आउने विश्वास छ ।’

    घिसिङका अनुसार यस वर्षको बाँकी तीन महिनामा नेपालमा खपत गरेर बढी हुने करिब ७० करोड युनिट र अर्को वर्ष तीन अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिने छ । हिउँदयाममा त्यति नै बराबरको विद्युत आयात गर्न सकिन्छ । यसले गर्दा बर्खामा खेर जाने विद्युतको उच्चतम प्रयोग हुनेछ । 

    अहिले बिहारसँग जोडिएका ३३ र १३२ केभीए प्रसारण लाइन पूर्वाधारबाट ३७१ मेगावाटसम्म विद्युत आदानप्रदान गर्न सकिन्छ । प्राधिकरणले कटैया, रक्सौल, ढल्केबर–मुजफ्फरपुर, रामनगर विन्दुबाट २४सै घन्टा विद्युत् नर्थ बिहार पावर डिष्ट्रिब्यूसन कम्पनीलाई उपलब्ध गराउन सकिने जानकारी गराएको छ । साथै, राति ११ देखि बिहान ६ बजेसम्म थप विद्युत् उपलब्ध गराउन सकिने छ । यसबाट सञ्चालमा रहेका दुई मुलुकबीच जोड्ने प्रसारण पूर्वाधारको समेत उपभोग हुनेछ ।

    बर्खामा उत्पादित विद्युत् आन्तरिक रुपमा खपत गर्न नसकी खेर जाने अवस्था आई प्राधिकरणको वित्तीय अवस्थामा प्रतिकूल प्रभाव पर्ने देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युत बिक्रीका विषयमा छलफल गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा टोलीलाई भारत पठाएकी थिइन् । 

    बुधबार, बिहीबार र शुक्रबार भारतका ऊर्जा सम्बन्ध विभिन्न निकायमा छलफल गरेको टोलीमा विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर राजु महर्जन थिए । 

    टोलीले बिहीबार बिहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध–निर्देशक सन्जीव हान्सलाई भारतको पटनामा भेटी विद्युत आदान–प्रदानका विषयमा छलफल एवं प्रस्ताव पेस गरेको थियो । साथै, विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिएका आयोजनाको संख्या तथा अवस्था, जडित क्षमता, विद्युत् माग तथा आपूर्तिको अवस्था, दुई मुलुकबीचको विद्युत् व्यापारका सम्भावना, भारतसँग जोडिएका प्रसारण पूर्वाधारको अवस्थालगायतका विषयमा भारतीय अधिकारीहरूसँग विस्तृत छलफल गरेको थियो । 

    प्राधिकरणले अहिलेसम्म तीन सय ४६ आयोजनाहरूसँग ६ हजार एक सय ७६ मेगावाटको पिपिए गरेको छ । यसमध्ये एक सय ११ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा  छन् । आयोजनाहरूको जडित क्षमता एक हजार तीन सय मेगावाट छ । तीन हजार ३४ मेगावाट जडित क्षमता भएका एक सय ३६ आयोजनाहरू वित्तीय व्यवस्वस्थापन गरी निर्माणाधीन छन् । एक हजार आठ सय ४१ मेगावाट जडित क्षमताका ९९ आयोजनाहरू वित्तीय व्यवस्थापन गर्ने प्रक्रियामा छन् । 

    भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालको विद्युत बिक्री गर्न सहमतिका लागि केन्द्रीय ऊर्जा मन्त्रालयका पदाधिकारीहरू, केन्द्रीय विद्युत प्राधिकरणका पदाधिकारीहरू एवं नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम र पावर टेडिङ कर्पोरेसन (पिटिसी) का पदाधिकारीहरूसँग विस्तृत छलफल गरिएको थियो । घिसिङले भने, ‘यसको नतिजा केही दिनमा आउन सक्छ ।’न्युज कारखाना 


    भाद्र २७, २०७८ आइतवार १४:१७:५८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # विद्युत प्राधिकरण
  • # विद्युत

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    रसुवा भन्सारमा असोजमा लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन

  • 174
    SHARES
  • रसुवा भन्सारमा असोजमा लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन

    रसुवा - रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनामा लक्ष्य भन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को असोज महिनामा राखेको लक्ष्यको ५९ दशमलब १७ प्रतिशत बढी राजस्व संकलन गरेको हो । 

    images

    रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीका अनुसार असोज महिनामा कार्यालयले ५९ करोड १६ लाख ७६ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर कार्यालयले  ९४ करोड १७ लाख ५१ हजार राजस्व संकलन गरेको छ । जुन मासिक राखिएको लक्ष्यको तुलनामा ३५ करोड ७५ हजार बढी हो । 

    रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षमा ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । साउन, भदौ र असोज गरि तीन महिनामा वार्षिक लक्ष्यको २९ दशमलब ३७ प्रतिशत राजस्व असुली गरेको जनाइएको छ । 

    कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको डेढ वर्ष बढी भएको छ । यसको असर भन्सार राजस्व संकलनमा पनि देखिएको छ । रसुवा भन्सार कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको थिएन । 

    रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्दछ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामाग्रीहरू भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्रीहरू जाने भएपनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ । 

    १५ माघ २०७६ देखि गएको २२ जेठसम्म नाका बन्द भयो । त्यसपश्चात चिनले रसुवागढी नाका एकतर्फी संचालन गरेको छ । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । रसुवागढी नाकाबाट अहिले दैनिक ७ देखि ९ चिनियाँ गाडीमै नेपाल सामान आयात भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

    चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामाग्री नेपाली गाडीमा लोड अनलोड गर्नका लागि स्वास्थ्य मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् । न्युज कारखाना


    कार्तिक १, २०७८ सोमवार १४:४४:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रसुवा भन्सार

  • क्यानाडा नेपाल

    साल्ट ट्रेडिङ्गको बोनस सेयरमा मूल्य समायोजन

  • 144
    SHARES
  • साल्ट ट्रेडिङ्गको बोनस सेयरमा मूल्य समायोजन

    काठमाडौं - आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । 

    images

    समायोजनपछि कम्पनीको सेयर मूल्य ६ हजार ५७४ रुपैयाँ कायम भएको छ । नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । सोमबार कम्पनीको सेयर प्रति कित्ता ७ हजार ८९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

    कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ को कमाइबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १६ गते बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले आज मंगलबार बुक क्लोज गरेको छ ।

    सभामा सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । साल्ट ट्रेडिङको अघिल्लो आर्थिक वर्षको वार्षिक साधारण सभा १६ कात्तिकमा जुम एप्लिकेसन (भर्चुअल माध्यम) बाट बिहान ११ बजे सुरु हुनेछ ।


    कार्तिक २, २०७८ मंगलवार ११:२२:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सेयर बजार

  • क्यानाडा नेपाल

    प्रि ओपन सेसनमा नेप्से थोरै अंकले बढ्यो

  • 172
    SHARES
  • प्रि ओपन सेसनमा नेप्से थोरै अंकले बढ्यो

    काठमाडौं - साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ । आजको यस सेसनमा नेप्से सूचक शून्य दशमलव १८ अंकले बढेको हो । यस वृद्धिसँगै सूचक दुई हजार पाँच सय ८८ दशमलव २४ विन्दुमा आइपुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १६ अंकले घटेको छ।

    images

    १३ कम्पनीको नौ सय २४ कित्ता सेयर खरिद बिक्री भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार ६८ दशमलव ९० अंक घटेर दुई पाँच सय ८८ दशमलव सात विन्दुमा बन्द भएको थियो ।

    सेसनमा १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । चार कम्पनीको भाउ बढेको छ भने चार कम्पनीको घटेको छ । बाँकी कम्पनीको मुल्य स्थिर रहेको छ।
     


    कार्तिक २, २०७८ मंगलवार १२:५७:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडा नेपाल

    प्रिमियर इन्सुरेन्सको संस्थापक सेयर लिलामी आजदेखि खुला 

  • 152
    SHARES
  • प्रिमियर इन्सुरेन्सको संस्थापक सेयर लिलामी आजदेखि खुला 

    काठमाडौं - प्रिमियर इन्सुरेन्स कम्पनीले आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले मंगलबारदेखि पाँच लाख ४२ हजार नौ सय ६५ कित्ता संस्थापक सेयर लिलामी गर्न लागेको हो । 

    images

    कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य चार सय रुपैयाँ तोकेको छ । लगानीकर्ताले चार सय रुपैयाँलाई आधार मानेर सो वा भन्दा बढी मुल्य बोलकबोल गरी  बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम पाँच सय कित्तादेखि अधिकतम चाहे जतिका लागि आवेदन दिन सक्नेछन् ।
     
    यसमा विद्यमान संस्थापक सेयरधनी, अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम म्याद १२ कात्तिक तोकिएको छ । आवेदकले बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी बोलपत्र पेश गर्न सक्नेछन् ।न्युज कारखाना
     
     


    कार्तिक २, २०७८ मंगलवार १३:१८:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रिमियर इन्सुरेन्स

  • क्यानाडा नेपाल

    नबिल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवाली 

  • 198
    SHARES
  • नबिल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवाली 

    काठमाडौं - मनोजकुमार ज्ञवाली नबिल बैंकको महाप्रबन्धक बनेका छन् । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकका डेपुटी जनरल म्यानेजर ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको हो ।

    images

    बैंकका अनुसार ज्ञवालीले नायब महाप्रबन्धक पदमा हुँदा बैंकिङलाई भ्यालु एडिसनमा लैजान मद्दत गरेकोले सञ्चालक समितिले महाप्रबन्धकमा बढुवा गरेको हो । यस बैंकमा महाप्रबन्धकले डेपुटी प्रमुख कार्यकारीको हैसियतमा काम गर्न पाउने व्यवस्था रहेको छ । 


    कार्तिक २, २०७८ मंगलवार १३:४०:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नबिल बैंक

  • क्यानाडा नेपाल

    आर्थिक हिनामिना गरेको आरोपमा कृषि विकास बैंक गुञ्जनगर शाखा प्रमुख निलम्बनमा 

  • 236
    SHARES
  • आर्थिक हिनामिना गरेको आरोपमा कृषि विकास बैंक गुञ्जनगर शाखा प्रमुख निलम्बनमा 

    चितवन - सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले आर्थिक हिनामिना गरेको आरोपमा चितवनस्थित कृषि बैंकको गुञ्जनगर शाखा प्रमुखलाई निलम्बन गरेको छ । शाखा प्रमुख शोभाकुमारी दत्तलाई १५ दिनअघि निलम्बन गरी बैंकले छानविन गरिरहेको हो । 

    images

    ग्राहकलाई ऋण उपलब्ध गराइदिएबापत ग्राहकसँग कमिसन लिने गरेको र गैरकानुनी रूपमा बैंकको पैसा बिनाब्याज ग्राहकलाई सापटी दिने गरेको आरोप शाखा प्रमुख दत्तलाई लागेको छ । छानविनका लागि केन्द्रबाट दुई जना र प्रदेशबाट एक गरी तीन जना कर्मचारी खटिएको बैंकले जनाएको छ ।

    शाखा प्रमुख दत्त कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायका डिन जयप्रकाश दत्तकी श्रीमती हुन् । छानविन समितिले गुञ्जनगर शाखामा आएर आवश्यक कागजपत्र लिएर गइसकेको छ । शाखा प्रमुखको जिम्मेवारी बैंकको प्रदेश कार्यालयका कुमार उप्रेतीलाई दिइएको छ ।

    लेखापरीक्षण गर्दा कैफियत भेटिएपछि शाखा प्रमुखलाई निलम्बन गरि छानविन गर्ने काम भइरहेको कृषि विकास बैंकको केन्द्रीय प्रवक्ता हिमलाल पौड्यालले जानकारी दिए । ‘लेखापरीक्षण हुँदा केही कैफियत देखियो । धितो र परियोजनामा केहि कैफियत देखियो । त्यसपछि छानविन हुन जरुरी छ भन्ने भएपछि त्यसको काम भइरहेको छ’, उनले भने ।

    जिल्ला निरीक्षकलाई पठाएर छानविन थालिएको उनले बताए । छानविनमा प्रभाव पर्न सक्ने भन्दै उनले छानविन समितिका सदस्यहरूको नाम खुलाउन भने चाहेनन् । ‘छानविनकै क्रममा रहेकाले अरू भन्न मिल्ने अवस्था रहेन । जतिसक्दो चाँडो रिपोर्ट दिने भन्ने छ । गम्भीर प्रकृतिको भए धेरै दिन लाग्न सक्छ । रिपोर्ट आएपछि मात्र वास्तविकता बाहिर आउँछ’, उनले भने । 

    कृषि विकास बैंकको पैसा ग्राहकको अन्य बैंकमा भएको ऋण चुक्ताका लागि ग्राहकलाई बिना ब्याज सापटी उपलब्ध गराएको पाइएपछि शाखा प्रमुख दत्तलाई निलम्बन गरिएको स्रोतले जानकारी दियो । कृषि बैंकमा सस्तो ब्याजदरमा ऋण पाइने भएकाले अर्काे बैंकको ऋण चुक्ताका लागि त्यसरी सापटी दिएको देखिन्छ । 

    ‘बैंकको पैसा कर्मचारीको खातामार्फत ग्राहकको खातामा गएको देखियो । ग्राहक र कर्मचारीको खातामा त्यसरी लेनदेन भएको हुनुहुँदैन’, स्रोतले भन्यो, ‘ग्राहकले अन्य बैंकमा भएको ऋण चुक्ताका लागि त्यसरी बिनाव्याज सापटी लिएको देखिन्छ । कानुनले त्यसो गर्न पाइँदैन ।’ शाखा प्रमुख दत्तले ग्राहकलाई सहुलियतको ऋण उपलब्ध गराएबापत ग्राहकसँग कमिसन लिएको र उनको खातामा अस्वाभाविक रकम पनि देखिएको स्रोतले बताएको छ ।कुलप्रसाद काफ्ले 


    कार्तिक २, २०७८ मंगलवार २०:५९:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कृषि विकास बैंक

  • क्यानाडा नेपाल