• Sep 26 2021 | २०७८, आश्विन १०गते

२०७८, आश्विन १०गते

बागलुङ कालिका मन्दिर आजदेखि खुल्यो, बिहानैदेखी दर्शनार्थीको भीड

क्यानाडा नेपाल भाद्र २८ २०७८
  • 468
    SHARES
  • बागलुङ कालिका मन्दिर आजदेखि खुल्यो, बिहानैदेखी दर्शनार्थीको भीड

    काठमाडौं - ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिर आजदेखि खुल्ने भएको छ । कोरोनाभाइरसको संक्रमणका कारण बन्द रहेको बागलुङ कालिका मन्दिर संक्रमण दर घटेपछि खुलाइएको हो । 

    images

    मन्दिर छ महिना पछि खुला गरिएको हो । मन्दिरमा सामाजिक दूरी कायम गरी दर्शनार्थीलाई प्रवेशको व्यवस्था मिलाइने भएको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थल खुलाउने निर्णय गरेको हो ।

    उक्त बैठकले बन्द गरिएको पार्टी प्यालेस, सिनेमा हल, ब्युटीपार्लर तथा जिम हल लगायतका क्षेत्र स्वास्थ्य मापदण्ड पु¥याएर खुल्न दिने र शैक्षिक संस्था पालिकाको समन्वयमा खुलाउन सकिने निर्णय गरेको छ । 

     


    भाद्र २८, २०७८ सोमवार ०८:०७:२० बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # बागलुङ कालिका मन्दिर

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    तीनदिने भक्तपुरको मुपात्र जात्रा आजदेखि सुरु

  • 252
    SHARES
  • तीनदिने भक्तपुरको मुपात्र जात्रा आजदेखि सुरु

    भादगाउँ - इन्द्रजात्राका अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा आज साँझदेखि सुरु हुने भएको छ। विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारिएको मुपात्र जात्रा भक्तपुरमा आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म तीन दिन मनाइन्छ।

    images

    जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई सहायकसहित तीन जनालाई राक्षसको पोशाक लगाई अनुहारमा विभिन्न रङले शृङ्गारपटारका साथ तरबार समात्न लगाई नगर पूरै परिक्रममा गराउने प्रचलन छ। नगर परिक्रमा गर्दा भक्तपरका टोल–टोलमा ठड्याइराखेको यमःद्योलाई मुपात्र राक्षसले तीनपटक घुमेर तरबारले हान्ने गर्दछन्।

    जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडि एक जोडा याँमता (आकाश दीप) बालिन्छ। याँमता त्रिशूल आकारको हुन्छ। त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो। साथै आजै तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर सहर परिक्रममा गराई सँला गणेश जात्रा गरिन्छ। त्यसपछि मुपात्र जात्रा निकालिन्छ। जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँमा परिक्रमा गराइन्छ।

    जात्राको दोस्रो दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ। यस दिन गोमारीको मानन्धर समुदाय छुमा गणेशकहाँ गएर सुकुना बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ। याँमता बालिसकेपछि चोछें टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी दरबार स्क्वायरको तलेजु भवानीको दर्शन गराइन्छ। याँमता दरबार स्क्वायर पुगेपछि विभिन्न बाजागाजाका साथ याँमता, छुमा गणेश र मुपात्र जात्रा गरी नगर परिक्रमा गराइन्छ। राति सँला गणेश र छुमा गणेशलाई आ–आफ्नो द्योःछे (देवगृह)मा पु¥याइन्छ।  

    जात्राको तेस्रो दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन तमारीमा रहेको आकाश भैरवलाई गुठी संस्थान कार्यालयबाट विधिवतरूपमा बलिसहितको सरकारी पूजा गरिन्छ। पूजा सकिएपछि तल्लो टोल तपालछीं र तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुना बालेर ल्याउँछन्। त्यही सुकुनामा बुलुचास्थित ढुङ्गेधारामा एकजोडा याँमता बालिन्छ। बालिसकेपछि याँमतासँगै त्यसको पछाडि तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ। यस दिन जात्रामा नायखिङ (खड्गी समुदायको विषेश) बाजा बजाएर भैरवनाथको खटलाई नगर परिक्रमा गराइन्छ।

    भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ। तमारीको भैरव मन्दिर अगाडि तीनपटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छन्। जात्रामा पुलुकिसीलाई चारजना मानिसले बोकेर ल्याइन्छ भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ।

    जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा निकालिन्छ। यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकालिन्छ। जात्रामा मुपात्र बन्ने व्यक्तिको आजन्म जात जाने र भातपानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको छ। सोअनुसार मुपात्र बन्ने व्यक्तिलाई अछुतको व्यवहार गरिन्छ। त्यसैले यो जात्रामा स्थानीय बासिन्दा नभई विकट ठाउँकालाई मुपात्र बनाउने गुठी संस्थानले जनाएको छ।रासस


    आश्विन ६, २०७८ बुधवार १२:१७:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मुपात्र जात्रा

  • क्यानाडा नेपाल

    सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

  • 408
    SHARES
  • सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

    काठमाडौँ - दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले सोह्र श्राद्धका सबै तिथिको समय निकाल्नुभएको हो ।

    images

    पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध यस वर्ष असोज ५ गते मङ्गलबारदेखि सुरु भएको छ । सोह्र श्राद्धमा अपराह्नकालमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय मत छ । मङ्गलबार प्रतिपदा तिथिको श्राद्ध दिँउसो १ः०८ देखि ४ः२२ बजेसम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा एवं पितृ ब्राह्मणको आह्वान र पूजा तोकिएको समयअघि नै गर्न सकिने विधि छ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

    असोज ६ गते बुधबार द्वितीया तिथि श्राद्ध दिउँसो १ः०८ देखि ४ः२२ बजेसम्मको समय दिइएको छ । असोज ७ गते तृतीया तिथि श्राद्धको समय १ः०७ देखि ४ः२३ बजेसम्म छ । यस वर्ष असोज ८ गते शुक्रबार चतुर्थी तिथि श्राद्ध पनि १ः०७ देखि ४ः२३ बजेकै समयमा गनुपर्छ ।

    यसैगरी पञ्चमी तिथि श्राद्ध असोज ९ गते शनिबार दिउँसो १ः०६ देखि ४ः२२ बजेसम्ममा गर्नुपर्नेछ । षष्ठी तिथि श्राद्ध असोज १० गते आइतबार १ः०६ देखि ४ः२२ बजेसम्ममा गर्नुपर्नेछ । सप्तमी तिथि श्राद्ध असोज ११ गते सोमबार १ः०५ देखि ४ः२३ बजेसम्ममा गर्नुपर्नेछ । यस वर्ष असोज १२ गते मङ्गलबार कुनै पनि तिथिको श्राद्ध नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पञ्चाङ्ग (पात्रो) मा उल्लेख छ ।

    अष्टमी तिथि श्राद्ध असोज १३ गते बुधबार दिउँसो १ः०४ देखि ४ः२३ बजेसम्ममा गर्नुपर्ने शास्त्रीय विधि छ । नवमी तिथि श्राद्ध असोज १४ गते बिहीबार दिउँसो १ः०४ देखि ४ः२३ बजेसम्मै गर्नुपर्नेछ । दशमी तिथि श्राद्ध असोज १५ गते शुक्रबार १ः०३ देखि ४ः२३ बजेसम्ममा गर्नुपर्नेछ ।

    एकादशी श्राद्ध असोज १६ गते शनिबार दिउँसो १ः०३ देखि ४ः२३ बजेसम्मैमा गर्नुपर्नेछ । द्वादशी तिथि श्राद्ध असोज १७ गते आइतबार १ः०२ देखि ४ः२३ बजेसम्ममा गर्नुपर्नेछ । यस वर्ष द्वादशी तिथिमा मघा परेको छ । मघा नक्षत्र परेका दिन छोरा हुनेले श्राद्ध गर्दैनन् । त्रयोदशी तिथि श्राद्ध असोज १८ गते सोमबार १ः०२ देखि ४ः२४ बजेसम्ममा गर्नुपर्नेछ ।

    यसैगरी चतुर्दशी तिथि श्राद्ध असोज १९ गते मङ्गलबार १ः०१ देखि ४ः२४ बजेसम्ममा गरिसक्नुपर्ने सम्पादक पन्तले बताउनुभयो । औँसी तिथि श्राद्ध असोज २० गते बुधबार दिउँसो १ः०१ देखि ४ः२४ बजेसम्ममा गरिसक्नुपर्नेछ । अपराह्नकाल पारेर पिण्डदान नगरेमा श्राद्ध गरेर पाइने फल पाउन नसकिने शास्त्रीय प्रमाण छ ।

    विशेषगरी काठमाडौँ उपत्यकालगायत ठूला सहरमा यो समस्या छ । आवतजावत गर्दा कोरोना फैलन सक्ने चिन्ता छ । कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ ।

    पितृपक्ष अर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले आश्विन शुक्ल पञ्चमीसम्म पनि गर्न शास्त्रसम्मत् हुने उहाँले सुनाउनुभयो । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सिर्जना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।

    चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो । दशैँ, तिहारजस्ता सनातन धर्मावलम्बीले मनाउने ठूला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवङ्गत पितृलाई सम्झन सोह्र श्राद्ध गर्न थालिएको हो । यस समयमा पितृले आस गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।रासस


    आश्विन ६, २०७८ बुधवार १२:३८:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सोह्र श्राद्ध

  • क्यानाडा नेपाल

    भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असोज ७ गते बिहिबारको राशिफल

  • 364
    SHARES
  • भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असोज ७ गते बिहिबारको राशिफल

    मेष राशि - सामान्यकार्यमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । नयाँ मित्रहरुको प्राप्तीले तथा साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । अधुरा कार्यहरु सम्पादन गर्न मातृपक्षको साथ सहयोग आवश्यक रहनेछ । नयाँ लगानिमा भने बिशेष साबधानी अपानाउनु उत्तम रहनेछ । प्रेम सम्बन्धमा सुधारको योग रहेकोछ ।

    images

    बृष राशि - नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

    मिथुन राशि - नयाँकार्यको प्रारम्भले मन प्रशन्न सहनेछ । भोज भतेर जन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

    कर्कट राशि - शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

    सिंह राशि - मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

    कन्या राशि - सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

    तुला राशि - भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

    बृश्चिक राशि - स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

    धनु राशि - प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

    मकर राशि - नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

    कुम्भ राशि - निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

    मीन राशि - नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।ज्यो.प.सरोज घिमिरे


    आश्विन ७, २०७८ बिहिवार ०६:५०:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडा नेपाल

    हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असोज ८ गते शुक्रबारको राशिफल

  • 344
    SHARES
  • हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असोज ८ गते शुक्रबारको राशिफल

    मेष राशि - पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । अधुराकार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ ।

    images

    बृष राशि - खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक झमेलामा फस्न सकिने सम्भाबना रहेकोछ । सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने दिन रहेकोछ ।

    मीथुन राशि - प्रतिस्पर्दामा अबल रहीनेछ । आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

    कर्कट राशि - परीश्रमको उचित मुल््याङ्कन नहुनाले मनमा खिन्नताले बास गर्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ ।

    सिंह राशि - आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।

    कन्या राशि - वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गरीरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेकोछ । मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ ।

    तुला राशि - मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यवसायमा साजेदारी नगरेकै बेशहुनेछ । शारीरिक आलस्यताले सताउनेछ ।

    बृश्चिक राशि - यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । घर परिवार बाटँ टाढाँ भएको अनुभूति हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा अघिनबढ्नु होला ।

    धनु राशि - प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेकोछ ।

    मकर राशि - पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहनेछ ।

    कुम्भ राशि - निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।

    मिन राशि - बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ ।ज्यो.प.सरोज घिमिरे


    आश्विन ८, २०७८ शुक्रवार ०६:५७:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडा नेपाल

    भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असोज ९ गते शनिबारको राशिफल

  • 230
    SHARES
  • भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असोज ९ गते शनिबारको राशिफल

    मेष राशि - भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । ब्यापार ब्यवसायमा साजेदारी नगरेकै बेशहुनेछ । शारीरिक आलस्यताले सताउनेछ ।

    images

    बृष राशि - स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । घर परिवार बाटँ टाढाँ भएको अनुभूति हुन सक्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।सामाजिक कार्यका क्षेत्रमा अघिनबढ्नु होला ।

    मीथुन राशि - सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेकोछ । प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ ।

    कर्कट राशि - पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहनेछ ।

    सिंह राशि - निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।

    कन्या राशि - बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ ।

    तुला राशि - दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । अधुराकार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ ।

    बृश्चिक राशि - सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने दिन रहेकोछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक झमेलामा फस्न सकिने सम्भाबना रहेकोछ ।

    धनु राशि - पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दामा अबल रहीनेछ । आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेकोछ ।

    मकर राशि - मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । परीश्रमको उचित मुल््याङ्कन नहुनाले मनमा खिन्नताले बास गर्नेछ ।

    कुम्भ राशि - मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ ।

    मिन राशि - मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गरीरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेकोछ ।ज्यो.प.सरोज घिमिरे


    आश्विन ९, २०७८ शनिवार ०६:४७:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडा नेपाल

    ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

  • 234
    SHARES
  • ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

    काठमाडौँ - ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो शुक्रबार राति १० : ३६ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपातन) छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो । आज राति इन्द्रध्वजपातन गरेसँगै आठ दिन लामो इन्द्रजात्रा समापन भएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो ।

    images

    यसअघि राति राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार गई श्रीगणेश, श्रीभैरव र श्रीकुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुभएको थियो । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा समेत सम्पन्न भएको छ । आजै दिउसो महिलाले मात्र रथ तानी नानीचा यात्रा सम्पन्न गरिएको थियो । यो यात्रा इन्द्रजात्राको अन्तिम यात्रा हो ।

    इन्द्रजात्राका अवसरमा अवसरमा असोज ४ गते माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । इन्द्रजात्राको मुख्य दिन असोज ३ गते आइतबार तल्लोटोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । यस दिन राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रिगण, सांसदलगायत जनप्रतिनिधिले जात्रा अवलोकन गर्नुभएको थियो ।

    इन्द्रध्वजपातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकू दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा भाद्र शुक्ल द्वितीयाका दिन लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा शुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । इन्द्रजात्राकै दिन पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय पाउनुभएको ऐतिहासिक तथ्य पनि छ ।

    वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको भदौ ३ गते आइतबार विधिपूर्वक पूजा आजा पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच, पुलुकिसी नाच, रामचन्द्र नाचलगायत सांस्कृतिक झाँकी, नाचगान प्रस्तुत गरिएको थियो । इन्द्रजात्राको अन्तिम दिन आज पनि हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गर्ने भक्तजनको भीड लागेको थियो । यस अवसरमा जीवित देवी कुमारीको दर्शन गर्ने भक्तजनको पनि भीड लागेको थियो ।रासस


    आश्विन ९, २०७८ शनिवार ०७:४२:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इन्द्रजात्रा

  • क्यानाडा नेपाल

    images
    images
    images
    ताजा खबर