• Sep 25 2021 | २०७८, आश्विन ९गते

२०७८, आश्विन ९गते

ओलीले भने - 'माधव नेपालले देश र जनताप्रति गद्दारी गरे, वडा सदस्य पनि जित्दैनन्'

क्यानाडा नेपाल भाद्र २९ २०७८
  • 416
    SHARES
  • ओलीले भने - 'माधव नेपालले देश र जनताप्रति गद्दारी गरे, वडा सदस्य पनि जित्दैनन्'

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माधव नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने जिकिर गरेका छन् । गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेबाट फाइदा लिनुसम्म लिएर पार्टी फुटाएको आरोप लगाए ।

    images

    'यस पार्टीबाट फाइदा लिनुसम्म लिए । १६ वर्षसम्म महासचिव भए । प्रधानमन्त्री भए । पार्टी कहाँ पुर्‍याए ? २४० सिटमध्ये ३३ मा झारे । महाचिवबाट चलाउन सकिँदैन भनेर राजनीमा दिए । खुरुक्क बस्या भए हुँदैनथ्यो । फेरि प्रधानमन्त्री भए । चलाउन सकेनन् । राजीनामा दिएर हिँडे । सरकार र पार्टी रसातालमा पुर्‍याएर राजीनामा दिए । फेरि अध्यक्षमा दाबी गरेर पार्टी रसातालमा पुर्‍याउन हो ?' उनले प्रश्न गरे ।

    माधव नेपाल कम्युनिस्ट आन्दोलनमा हिजो जोडिएका र अहिले छुट्टिएको ओलीको भनाइ छ । 'यसरी जोडिएका रहेछन् रसायन पुगेको रहेनछ पकल्क फुटे । एमाले एकजुट भएको छ । हिम्मत हार्नुहुँदैन। एकजुट भएर अघि बढे हामी जित्छौ,' उनले भने ।

    ओलीले माधव नेपाल कम्युनिस्ट नभएको पनि दाबी गरे ।  'एमाले फुटाउन त्यतिकै प्रयास गरिएको छैन । विदेशी प्रतिक्रियावादीको मुटु हल्लाइदिएको छ । एमाले फुटाउने हाम्रो साथी होइन । माधव नेपालले पार्टी बनाउन होइन एमाले फुटाउन तमासा गरेको हो । यत्रो पार्टी बनिसकेपछि फुटाउनेले पार्टी बनाउँछ र?' उनले प्रश्न गरे ।  

    'वडा सदस्य पनि जित्दैनन्'
    अध्यक्ष ओलीले माओवादीलाई वडाध्यक्ष जित्न हम्मेहम्मे पर्ने र माधव नेपालले वडा सदस्य पनि नजित्ने दाबी गरे । 'प्रचण्डजीले हिजो सही कुरा निकाल्नुभयो, हामीले त वडामा पनि चुनाव जित्न हम्मेहम्मे पर्ला जस्तो छ भन्नुभयो । उहाँले चुनावअघि सही कुरा निकाल्नु भयो । माधव नेपालले त वडा सदस्य पनि जित्दैनन् । माधव नेपाललाई जनताले भोट हाल्लान् ? के कारणले हाल्ने ? एमाले फुटाइएकाले ? जनतालाई धोका दिएकाले ?' उनले प्रश्न गरे ।

    संगठन कसरी बनाउनुपर्छ, विचार कसरी अगाडि बढाउने भन्नेमा एमाले गुरु पार्टी भएको उनको भनाइ थियो । 'कसरी चुनाव जित्ने, सरकार बनाउने, चलाउने, देश विकास गर्ने एमालेले सिकाउँछ । तीन वर्ष एमाले सरकारमा के पुगेको थियो तहल्का भयो । यता बाटो चौडा, उता झोलुङ पुल बन्दैछ । एकैदिन सयौं हस्पिटल पुल शिलान्याश हुँदैछ । अनि प्रतिक्रियावादी असैह्य भयो,' उनले भने ।

    माधव नेपालले पार्टीमा साथ दिएको भए वामपन्थी सरकार र सदन निरन्तर चलिरहने अवस्था हुन्थ्यो तर एउटा झुण्ड लिएर पार्टी र देश जनताप्रति गद्दारी गरेको ओलीको आरोप थियो । 'बेइमानी गरेर सरकार ढाले । नजानेर गर्नलाई केटाकेटी हुन् र । झुक्किएर त होइन होला । जानीजानी, कपाल फुलेका नजानेर गरे होलान । जानेर गरेका हुन्,' उनले भने ।  

    'एमालेको ओजन घटेको छैन'
    अध्यक्ष ओलीले माधव नेपाल चोइटिएर गएको भन्दै एमाले कमजोर नभएको बताए । नेकपाबाट प्रचण्ड गुट बाहिर गएपछि कमसेकम एमालेलाई एकजुट भएर राखौ भनेको तर माधव नेपाल जसरी पनि फुटाउने मनसायमा लागेको ओलीको आरोप थियो । 'फुटाउन सकेन चोटिएर गए । पतझरहरू झरेर कोसी कहाँ रोकिन्थ्यो । पतकर झरेर कोसी रोकिँदैन । पिलो निचौरिँदैमा ओजन घट्दैन । एमालेको ओजन घटेको छ ? पिलो भुत्त निस्केर गयो । एमालेको ओजन घटेको छैन । झन झन बढ्दैछ,' उनले भने ।  

    'आन्दोलन ध्वस्त पार्न दिँदैनौ'
    अध्यक्ष ओलीले माधव नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने अभियानमा लागेको आरोप लगाए ।'माधव नेपालको विचरा राजनीति साझनीति केही छैन । न जादु, मन्तर, टुना छ, न केही छ । कसैले अहराएको छ । बाध्यता छ पार्टी टुटाउने । अब कामरेड माधव नेपाल होइन । एमाले विरोधी, जनविरोधी माधव नेपाल,' ओलीले भने, 'माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई धराशायी र ध्वस्त पार्न चाहेका छन् । तर यो सपना कसैले पूरा हुन दिँदैनौं । जनताले यस्ता सपना पूरा हुन दिँदैन । एमालेको आवश्यकता देशको रक्षाका लागि हो ।'

    ओलीले नेपालको मिचिएको भूभाग फिर्ता ल्याउन बलियो एमाले चाहिने र सरकारमा पुगेर फिर्ता ल्याउने बताए । 'हामी नक्कली देशभक्त होइन वास्तविक हो । देशभक्तिका लागि एमाले चाहिन्छ,' उनले भने ।  

    एमालेलाई सरकारबाट हटाउने षडयन्त्र एमालेभित्रैबाट माधव नेपालले गरेको र पदका लागि पार्टी फुटाउने माधव नेपाल पतनको बाटोमा लागेको उनको भनाइ थियो ।न्युज कारखाना


    भाद्र २९, २०७८ मंगलवार १८:२३:०२ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    प्रधानमन्त्री देउवालाई भेटेर यस्ता सुझाव दिए प्रवक्ता शर्माले

  • 336
    SHARES
  • प्रधानमन्त्री देउवालाई भेटेर यस्ता सुझाव दिए प्रवक्ता शर्माले

    काठमाडौं - नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री देउवा र शर्माबीच बालुवाटारमा भेटवार्ता भएको हो । 

    images

    आफुले प्रधानमन्त्री देउवालाई भेट गरेर विभिन्न सुझावहरु दिएको बारे प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले देउवासँगको भेटमा तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरेर अमानवीय प्रवृत्ति विरुद्ध राज्य कठोर बन्नुपर्ने सुझाव दिएको बताएका छन् । 

    प्रवक्ता शर्माको उक्त सुझावको जवाफमा देउवाले भने - 'यो मानवीय र साझा बिषय हो । कानुन बनाउन मात्र होइन कार्यान्वयन गर्नपनि सरकार लाग्छ। म यसमा प्रष्ट छु र दृढ़ छु ।'

    यस्तै आफु र देउवाबीच पार्टी महाधिवेशनको तयारी, महामन्त्रीमा उम्मेदवारी घोषणा, सरकारका उपलब्धि र कमजोरी लगायतका बिषयमा पनि छलफल भएको उनले बताए । उक्त भेटम प्रचार विभागले महाधिवेशन पुर्व चिन्तन चौधौं महाधिवेशन  आयोजना गर्ने निर्णय गरेको पनि उनले बताए । 


    आश्विन ८, २०७८ शुक्रवार २१:१८:०० बजे : प्रकाशित

    एमालेमा फेरि बल्झियो १० बुँदे विवाद 

  • 358
    SHARES
  • एमालेमा फेरि बल्झियो १० बुँदे विवाद 

    काठमाडौं - पार्टी विभाजन रोक्न असन्तुष्ट नेताहरूसँग एमाले संस्थापन पक्षले गरेको १० बुँदे सहमति विवाद केन्द्रीय कमिटी बैठकमा सतहमा आएको छ । 

    images

    पार्टीका सबै संरचनालाई माओवादी केन्द्रसँग एकता हुनुअघिको अवस्था (२ जेठ २०७५) मा फर्काउने सहमति र माओवादी छाडेर आएका नेतासँगको सहमति कार्यान्वयन नभएको भन्दै नेता प्रभु साहले फरक मत राखेलगत्तै युवा पुस्ताका नेताहरूले १० बुँदेलाई लिएर बैठक बहिष्कारसम्मको चेतावनी दिएका छन् । 

    आगामी विधान महाधिवेशनमा पेस हुने विधान, राजनीतिक र संगठनिक प्रतिवेदन अनुमोदन गर्न बसेको बैठमा १० बुँदे कार्यान्वयनको माग राख्दै सो हमतिमार्फत एमालेमै फर्किएका नेताहरूले असन्तुष्टि जनाएका छन् । 

    सहमतिअनुसार एमालेका अधिकांश प्रदेश र जिल्ला कमिटी २ जेठअघिको अवस्थामा फर्किए पनि सुदूरपश्चिम र बागमती प्रदेश कमिटी सो अवस्थामा फर्किन सकेका छैनन् ।


    १० बुँदे सहमितिअनुसार एमालेमै रहने निर्णय गरेका ११ जना स्थायी कमिटी सदस्य र उनीहरू निकटका केन्द्रीय सदस्यले १० बुँदे हुबहु कार्यान्वयन नभए बैठकमा नबस्ने बताए पनि अध्यक्ष केपी ओलीले भने स्थायी कमिटी बैठक बसेर टुंगो लगाइने बताएको बैठकमा सहभागी एक नेताले न्युज कारखानालाई बताए ।

    तर असन्तुष्ट नेताहरूले भने दुईवटा प्रदेशमा देखिएको विवाद समाधान नभए संघर्षमा उत्रने चेतावनी दिएका छन् । बैठकमा खटपट भएपछि असन्तुष्ट पक्षका नेता भीम रावलले संस्थापन पक्षका नेताहरूसँग बैठककै बीचमा सहमतिका लागि भन्दै बेग्लै छलफल थालेको ती नेताको भनाइ छ ।न्युज कारखाना 


    आश्विन ८, २०७८ शुक्रवार २१:५६:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • क्यानाडा नेपाल

    हेलिकोप्टरबाट डोल्पा पुगेका मुख्यमन्त्री शाहीलाई ४० किलोको माला 

  • 196
    SHARES
  • हेलिकोप्टरबाट डोल्पा पुगेका मुख्यमन्त्री शाहीलाई ४० किलोको माला 

    जाजरकोट - जगदुल्ला गाउँपालिका डोल्पाको प्रशासकीय भवन उद्घाटनका लागि हेलिकोप्टरमा पुगेका मुख्यमन्त्री मन्त्रीलाई ४० किलोको मालाले स्वागत गरिएको छ ।

    images

    विरलै मात्र डोल्पा जगदुल्ला पुग्ने महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिङ बुढालाई भारी माला लगाएर स्वागत गरिएको हो । त्यस्तै गाउँपालिकाका अध्यक्ष नरसिंह रोकायलाईसमेत सोही तौलको माला लगाएको छ ।

    लाखै रकम खर्च गरेर हेलिकोप्टरमा गाउँपालिकाको भवन उद्घाटन गर्न गएका मुख्यमन्त्री तथा मन्त्रीलाई यत्रो भारी माला लगाएर स्वागत गरेपछि सर्वसाधारण चकित परेका छन् ।उता प्रदेशसभा सदस्य बीरबहादुर शाहीले भने माला लगाउन अस्वीकार गरे ।


    आश्विन ९, २०७८ शनिवार १९:४१:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ४० किलोको माला

  • क्यानाडा नेपाल

    कर्णाली सुनको थुप्रो हो, भाग्यरेखा कोर्न दत्तचित्त भएर लागिपरेको छु - मुख्यमन्त्री शाही

  • 138
    SHARES
  • कर्णाली सुनको थुप्रो हो, भाग्यरेखा कोर्न दत्तचित्त भएर लागिपरेको छु - मुख्यमन्त्री शाही

    डोल्पा – जगदुल्ला गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाएको छ । स्थानीय सरकार गठन भएको दोस्रो वर्षदेखि निर्माण सुरु गरिएको उक्त भवनको केही समयअघिमात्रै निर्माण सम्पन्न भएको थियो ।जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा पहिला तयार पारेको सुविधासम्पन्न प्रशासकीय भवनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभयो । यससँगै मुख्यमन्त्री शाहीले वडा नं ६ मा कक्षा ५ सम्म पढ्न मिल्ने गरी बनाइएको दलित आवासीय विद्यालयको समेत उद्घाटन गर्नुभयो ।

    images

    गाउँपालिका भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सुनको थुप्रो भएकाले सदुपयोग गर्न जान्नुपर्ने बताउनुभयो । कर्णालीका प्रचुर सम्भावनाको सरकारले पहिचाहन गरिरहेको उल्लेख गर्दै उहाँले आफू नेतृत्वको सरकार कर्णालीको भाग्यरेखा कोर्न दत्तचित्त भएर लागिपरेको बताउनुभयो ।

    त्यस्तै अर्थमन्त्री गोपाल शर्माले जगदुल्ला हाइड्रोपावरले नै यहाँका जनताको भविष्य सुनिश्चित गर्नेमा जोड दिनुभयो । त्यस्तै पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली आनन्द प्राप्ति गर्ने भकारी भएको बताउनुभयो ।भवन उद्घाटन कार्यक्रममा सरिक हुन मुख्यमन्त्री शाही, अर्थमन्त्री शर्मा, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, पूर्वमन्त्री भण्डारी, प्रदेशसभा सदस्य बद्मीक्वारी बोहोरालगायत अथिति हेलिकोप्टरबाट जगदुल्ला पुग्नुभएको थियो ।

    स्थानीय सरकार र सङ्घीय सरकारको साझेदारीमा रु साढे चार करोड लागतमा ३२ कोठे भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिनुभयो । मुख्यमन्त्री शाही, मन्त्री बुढा र अध्यक्ष रोकायलाई ४० किलोको मालाले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य वीरबहादुर शाही, पूर्वमन्त्री नरबहादुर बुढा, प्रजिअ माधवप्रसाद ढकाललगायतको उपस्थिति थियो ।रासस 


    आश्विन ९, २०७८ शनिवार २०:११:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेन्द्रबहादुर शाही

  • क्यानाडा नेपाल

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काममा विलम्ब नगर्न अर्थमन्त्री पौडेलको आग्रह

  • 104
    SHARES
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काममा विलम्ब नगर्न अर्थमन्त्री पौडेलको आग्रह

    सिद्धार्थनगर - पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई पौडेलले आग्रह गर्नुभएको छ ।उद्योग व्यापार सङ्गठन रुपन्देहीको नवनिर्मित भवनको उद्घाटनका क्रममा उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको निर्माणको काम अविलम्ब अघि बढाउन माग गर्नुभएको हो ।

    images

    उहाँले त्यसका लागि नेपाल सरकारले काउण्टर पार्ट फण्ड व्यहोर्ने गरी गरेको निर्णय रद्द नगर्न, एसियाली विकास बैंकसँग ऋण सम्झौता गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर सक्षम निर्माण कम्पनी छनोट गरी निर्माणकार्य अघि बढाउन माग गर्नुभयो ।

    उहाँले भन्नुभयो, “विकासका आयोजना रद्द गर्ने र बजेट कटौती गर्ने काम विकासविरोधी भएकाले त्यसो नगर्न नेपाल सरकारसँग आग्रह गर्नुभएको हो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम रोकिएमा रुपन्देही जिल्लाको मात्र नभएर र लुम्बिनी प्रदेशका नागरिकको व्यापक विरोध हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    पूर्वअर्थमन्त्री पौडेलले अघिल्लो सरकारको कार्यकालमा यस विमानास्थल निर्माणको कामलाई उच्च प्राथमिकतामा राखिएको पनि बताउनुभयो । उहाँले विकासका आयोजनामा विनियोजित बजेटमा गरिने कटौतीले आगामी दिनमा पनि गलत नजिर स्थापित गर्ने बताउनुभयो ।

    उहाँले आफू अर्थमन्त्री छँदा सिद्धार्थ राजमार्ग र रत्न राजमार्गका लागि विनियोजन गरेको बजेटमा कटौती गरिएको आरोप पनि लगाउनुभयो । उहाँले विकासमा बाधा सिर्जना गर्नेहरुले नै कालीगण्डकी तिनाउ आयोजनामा पनि अवरोध गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “कालीगण्डकी तिनाउ आयोजनालाई अवरोध सिर्जना गर्ने गरी अदालतमा मुद्दा हाल्ने काम भएको छ । हामी कानुनी प्रक्रियामार्फत त्यो समस्या समाधान गरी कालीगण्डकी तिनाउ आयोजनाको काम अघि बढाउनेछौँ ।”रासस


    आश्विन ९, २०७८ शनिवार २०:२१:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विष्णुप्रसाद पौडेल

  • क्यानाडा नेपाल

    पार्टीलाई बलियो बनाउन ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहन्छु

  • 140
    SHARES
  • पार्टीलाई बलियो बनाउन ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहन्छु

    काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउन खोजेको बताउनुभएको छ । 

    images

    नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले पार्टी विधि र विधानअनुसार नचलेको आरोप लगाउँदै आफू ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागतरूपमा अगाडि बढाउन खोजेको बताउनुभयो ।

    “मैैले गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र सुशील कोइराला सभापति हुँदा उपसभापति र महामन्त्री भएर काम गरिसकेको छु, पार्टीलाई बलियो बनाउन ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहन्छु,” उहाँले भन्नुभयो । 

    अग्रज नेताको सम्मान गर्दै पार्टीमा नयाँपुस्ता अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । नेता सिंहले नेविसङ्घ, जिल्लाको राजनीति हुँदै आफू केन्द्रीय राजनीतिमा आएकाले सबैको अनुभवलाई समेटेर अगाडि बढ्ने बताउनुभयो । 


    आश्विन ९, २०७८ शनिवार २०:३०:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह

  • क्यानाडा नेपाल

    images
    images
    images
    ताजा खबर