• Sep 26 2021 | २०७८, आश्विन १०गते

२०७८, आश्विन १०गते

'एमसीसी पारित नगर्दा ओली सरकार ढल्यो, अहिले देउवा दबाबमा छन्'

मोनीका सिंह भाद्र २९ २०७८
  • 1.1K
    SHARES
  • 'एमसीसी पारित नगर्दा ओली सरकार ढल्यो, अहिले देउवा दबाबमा छन्'

    काठमाडौं । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टी नेकपाले अहिले एमसीसी परियोजनालाई फिर्ता पठाउनु पर्ने माग सहित देशभर आन्दोलन घोषणा गरेको छ । हिजो राजधानीमा बृहत सभा आयोजना गर्दै आन्दोलनको सुरुवात गरेको छ ।

    images

    नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा 'प्रकाण्ड'ले अमेरिकाको नियत नेपाललाई आफ्नो मुट्ठीमा राख्ने भएकाले एमसीसी परियोजना नेपालमा ल्याउन खोजेको आरोप लाएका छन् । अमेरिकाले नेपालमा विकास भन्दा बढी संसारमा आफ्नो शक्ति र प्रभाव बढाउन एमसीसी परियोजना देखाएर नेपालको राजनीतिमा हस्ताछेत गर्न खोजेको प्रकाण्डले प्रष्टाएका छन् ।

    क्यानाडा नेपालको प्रस्तुति सार्थक प्रश्नमा प्रकाण्डले भने, "अमेरिकाले हाम्रो देशमा आफ्नो प्रभाव बढाउन खोजेको हो जसले गर्दा हाम्रो छिमेकी राष्ट्र चीनसंग आफ्नो शक्ति र प्रभाव बढाउन सकोस त्यसैले एमसीसी परियोजना अनुदानको रुपमा दिएर धेरै सर्तहरु राखेको छ । हाम्रो पार्टीको माग भनेको संसोधन गरेर पारित होईन यो परियोजना फिर्ता नै पठाउनु पर्छ भन्ने हो ।"

    प्रकाण्डले भने, "केपी ओली सरकार ढल्नुको एक कारण भनेको एमसीसी पारित गराउन नसक्नु पनि हो । एमसीसी कसले पारित गर्ने भन्ने होड बाजी दलहरु बीच चलेकोले गर्दा एमसीसीको खुलेर समर्थन र विरोध कसैले गर्न नसकेका हुन् । शेरबहादुर देउवाले पास गराउछु त भनेका छन् तर सम्भव देखिदैन ।"

    चीनले नेपालको राष्ट्रियता माथि असर पर्ने कुनै काम नगरेकोले अमेरिकाको एमसीसी परियोजना पास गराएर छिमेकी राष्ट्रहरुलाई समेत असर पर्ने गरि कुनै कदम चाल्न नहुने प्रकाण्डको भनाई रहेको छ । 

    एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेको कारण आफ्नो पार्टीले आन्दोलन गरि दबाब सृजना गरेर पारित हुन नदिने कुरा प्रकाण्डले उल्लेख गरेका छन् ।

    prakandathumbnail.jpg


    भाद्र २९, २०७८ मंगलवार २०:५६:१० बजे : प्रकाशित

    images

    मोनीका सिंह

    अर्कोसमाचार

    'एमसीसी पारित नगर्दा ओली सरकार ढल्यो, अहिले देउवा दबाबमा छन्'

    मोनीका सिंह

    भाद्र २९

  • 1.1K
    SHARES
  • 'एमसीसी पारित नगर्दा ओली सरकार ढल्यो, अहिले देउवा दबाबमा छन्'

    काठमाडौं । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टी नेकपाले अहिले एमसीसी परियोजनालाई फिर्ता पठाउनु पर्ने माग सहित देशभर आन्दोलन घोषणा गरेको छ । हिजो राजधानीमा बृहत सभा आयोजना गर्दै आन्दोलनको सुरुवात गरेको छ ।

    images

    नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा 'प्रकाण्ड'ले अमेरिकाको नियत नेपाललाई आफ्नो मुट्ठीमा राख्ने भएकाले एमसीसी परियोजना नेपालमा ल्याउन खोजेको आरोप लाएका छन् । अमेरिकाले नेपालमा विकास भन्दा बढी संसारमा आफ्नो शक्ति र प्रभाव बढाउन एमसीसी परियोजना देखाएर नेपालको राजनीतिमा हस्ताछेत गर्न खोजेको प्रकाण्डले प्रष्टाएका छन् ।

    क्यानाडा नेपालको प्रस्तुति सार्थक प्रश्नमा प्रकाण्डले भने, "अमेरिकाले हाम्रो देशमा आफ्नो प्रभाव बढाउन खोजेको हो जसले गर्दा हाम्रो छिमेकी राष्ट्र चीनसंग आफ्नो शक्ति र प्रभाव बढाउन सकोस त्यसैले एमसीसी परियोजना अनुदानको रुपमा दिएर धेरै सर्तहरु राखेको छ । हाम्रो पार्टीको माग भनेको संसोधन गरेर पारित होईन यो परियोजना फिर्ता नै पठाउनु पर्छ भन्ने हो ।"

    प्रकाण्डले भने, "केपी ओली सरकार ढल्नुको एक कारण भनेको एमसीसी पारित गराउन नसक्नु पनि हो । एमसीसी कसले पारित गर्ने भन्ने होड बाजी दलहरु बीच चलेकोले गर्दा एमसीसीको खुलेर समर्थन र विरोध कसैले गर्न नसकेका हुन् । शेरबहादुर देउवाले पास गराउछु त भनेका छन् तर सम्भव देखिदैन ।"

    चीनले नेपालको राष्ट्रियता माथि असर पर्ने कुनै काम नगरेकोले अमेरिकाको एमसीसी परियोजना पास गराएर छिमेकी राष्ट्रहरुलाई समेत असर पर्ने गरि कुनै कदम चाल्न नहुने प्रकाण्डको भनाई रहेको छ । 

    एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेको कारण आफ्नो पार्टीले आन्दोलन गरि दबाब सृजना गरेर पारित हुन नदिने कुरा प्रकाण्डले उल्लेख गरेका छन् ।

    prakandathumbnail.jpg


    भाद्र २९, २०७८ मंगलवार २०:५६:१० बजे : प्रकाशित


    मोनीका सिंह

    खाली हात फर्किन पर्यो फातेमा सुमार

    रोहित शर्मा

    भाद्र ३०

  • 832
    SHARES
  • खाली हात फर्किन पर्यो फातेमा सुमार

    काठमाडौं । एमसीसीकी उपाध्यक्ष फातेमा सुमार नेपाल भ्रमण गरेर दुई दिन अघि अमेरिका फर्किसकेकी छिन् । नेपालले एमसीसी परियोजना पारित गराउन ढिलाई गरिरहेको बेला फातिमा नेपाल आएर राजनीतिक दलहरु बीच सहमति जुटाउने कोशिस गरेकी थिईन ।

    images

    एमसीए नेपाल निकट श्रोतका अनुसार फातिमा सुमारले नेपाल भ्रमणको बेला शिर्ष नेताहरुलाई सहमति गराउन गरेको पहलले कुनै सकारात्मक फल दिएन । फातिमाले एमसीसी परियोजना बारे रहेको भ्रमलाई प्रष्टाउने साथै शिर्ष नेताहरुलाई कन्भिन्स गराएर संसदबाट पारित गराउने माहोल बनाउने योजना सहित नेपाल भ्रमणमा आएकी थिईन तर फातिमा खाली हात अमेरिका फर्केको श्रोतको दाबी रहेको छ ।

    फातिमाले नेपाल भ्रमणको सुरुवात नै प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेकी थिईन । केपी शर्मा ओलीले आफ्नो पार्टीको एमसीसी अनुमोदन गराउन ठूलो हात नरहेको जिकिर गरेका थिए । आफूले संसदमा टेबुल गर्न खोज्दा सभामुखले चासो नदिएको कुरा समेत प्रष्टाएका थिए अध्यक्ष ओलीले । संसदमा बहुमत यहि गठबन्धनको सरकारसंग रहेकाले एमसीसी अनुमोदन गराउन एमालेको कुनै भूमिका नरहने कुरा ओलीले फातिमासंगको भेटमा बताएका थिए ।

    fatimanews.jpg

    फातिमाले ओलीसंगको भेट पश्चात माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसंग भेट गरेकी थिईन । प्रचण्ड र माधव नेपालसंगको छुट्टा छुट्टै भेटमा दुवै अध्यक्षले एमसीसी पारित हुन सक्ने तर यसका केही बुँदाहरुले देशको राष्ट्रियता माथि आंच आउने केहि गर्दैन भन्ने प्रष्ट नभए सम्म अहिले नै पारित नहुने बताएका थिए । तर नेपालको हितका लागि सर्तहरु नराखी एमसीसी पारित गर्नुपर्छ भन्ने जोड दुवै नेताहरुको थियो ।

    जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा बाबुराम भट्टराईले भने एमसीसी बारे धेरै भ्रम फैलाएको कारण अहिले नकारात्मक असर परेको हो तर एमसीसी पारित हुन्छ भन्ने कुरामा विश्वस्त हुन फातिमालाई आग्रह गरेका छन् । डा भट्टराईले ट्विटरमा समेत एमसीसीको समर्थन र भ्रम बारे आफ्नो धारणा व्यक्त गरेका थिए ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले भने प्रचण्ड अडिग नभएका कारण अहिले गठबन्धनको सरकारले एमसीसी संसदमा पेस गर्न नसकेको उल्लेख गरेका छन् । फातिमासंगको भेटमा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्नुपर्छ तर प्रचण्डले अहिले आएर खुट्टा कमाएको कारण संसदमा टेबुल नभएको जिकिर गरेका छन् । 

    fatimasumarthumb.jpg

    प्रधानमन्त्री देखि विपक्षी दलका नेताहरुसंग भेटवार्ता गरेपछि फातिमाले अहिले पारित हुने कुनै सम्भावना नदेखेको श्रोतको दाबि रहेको छ । फातिमाले सहमति जुटाएर फर्किने आशा राखेकी थिइन तर उनको भ्रमण कै क्रममा एमसीसी विरुद्ध विरोध झन् चर्किएको थियो जसका कारण न उनले भ्रमहरुलाई चिर्न सकिन् न त शिर्ष नेताहरु बीच सहमति जुटाउन सकिन् ।

    प्रधानमन्त्रीले मात्रै चाहेर अहिले संसदमा टेबुल नहुने बुझेकी फातिमा खाली हात अमेरिका फर्किएकी थिईन । फातिमाले एमसीसी राजनीतिक एजेण्डाको रुपमा प्रयोग भएको देखिएकाले सरकारदेखि प्रमुख राजनीतिक दलका नेताहरुलाई पास गर्नुस नत्र फिर्ता लान्छौं भनेर अल्टिमेटम समेत दिएकी छिन् ।


    भाद्र ३०, २०७८ बुधवार १३:३२:०४ बजे : प्रकाशित


    रोहित शर्मा

    शंकाको घेरामा राखेर कहाँ पुगेकी थिईन रामकुमारी झाँक्री ?

  • 1.3K
    SHARES
  • शंकाको घेरामा राखेर कहाँ पुगेकी थिईन रामकुमारी झाँक्री ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको एक दरिलो खम्बा हुन् सांसद रामकुमारी झाँक्री तर त्यही खम्बा पार्टी कार्यालयको उद्दघाटनको दिन नपुग्दा धेरैलाई शंकाको घेरामा राखेकी छिन् ।

    images

    शुक्रबार दिउँसो नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो नयाँ कार्यालय मीनभवनमा खोलिएको छ । कार्यालयको उद्दघाटन गर्दै माधव नेपाल सहित पार्टीका शिर्ष नेताहरु पुगेका थिए । माधव नेपाललाई संगै राखेर नेताहरुले कार्यालयको बार्दलीबाट अभिवादन गर्दै कार्यालयको शुभारम्भ गरेका थिए । उक्त कार्यालयमा सबैले खोजे माधव नेपालको दरिलो खम्बा रामकुमारी झाँक्री ।

    मिडियामा समेत सांसद रामकुमारी झाँक्रीको खोजी भएपछी माधव नेपाललाई धेरैले फोन गरेर समेत सोधेको श्रोतले जनाएको छ । रामकुमारी झाँक्रीले माधव नेपाललाई छोडिन् वा मन मुटाव भएको कुराहरु चल्न थालेपछि माधव नेपाललाई हिजो दिउँसो फोन का फोन आउन थालेको उनी निकट श्रोतले बताएको छ । माधव नेपालले रामकुमारी झाँक्रीले पार्टी कुनै हालतमा नछोड्ने तर किन आउनु भएन भनेर वहाँलाई नै सोध्नुस न भन्दै जवाफ दिएका थिए ।

    नयाँ पार्टी खोलेपछि नेकपा एमालेमै फर्काउन एमालेका नेताहरु लागीपरेको बेला सांसद रामकुमारी झाँक्री कार्यालय खोल्दा नपुग्नुले शंकाको घेरामा राख्न सफल भयो । तर रामकुमारी झाँक्री किन गइनन भन्ने जिज्ञासा बढेपछि उनलाई फोन गर्दा भनिन्, "म पार्टी कै पूर्व निर्धारित कार्यक्रमले गर्दा काठमाडौं बाहिर आएको छु ।"

    रामकुमारी झाँक्रीलाई गठबन्धनको सरकारको केही कार्यहरु चित्त नबुझेको कुरा माधव नेपाल समक्ष उठाएकी थिइन् तर माधव नेपालले अहिले आफूलाई सहयोग गरेको सरकार विरुद्ध बोल्ने बेला नरहेको भन्दै नेता झाँक्रीलाई सम्झाउने गरेको एकीकृत समाजवादी पार्टीका एक नेताले जनाएका छन् । तर यस्तो विवाद भने पार्टी भित्र सामान्य रहेको र यस्तो कारणले रामकुमारी झाँक्री जस्तो भविश्य बोकेको नेताले माधव नेपाललाई साथ नछोड्ने समेत उनले दाबी गरेका छन् ।

    रामकुमारी झाँक्रीले कार्यक्रम स्थगित गरेर कार्यालय उद्दघाटनमा आएको भए सकारत्मक संदेश जान्थ्यो नि भन्दा ति नेताले भने, "त्यो चाँही राम्रो हुन्थ्यो होला किनकी अहिलेको अवस्थामा हाम्रो पार्टीलाई बोकेर खरोसंग बोल्ने भनेको रामकुमारी झाँक्री नै हो । उनले हिजो कार्यालय पुगेर बोलेको भए अझै बल पुग्थ्यो होला तर सायद छोड्ने नमिल्ने कार्यक्रम भएकोले पनि होला । तर माधव नेपालसंगको मनमुटावले भने होईन ।"

    रामकुमारी झाँक्रीले समेत आफ्नो मन मुटाव भए पार्टी कै प्रचारको लागि कार्यक्रममा काठमाडौं बाहिर आएको कुरा उल्लेख समेत गरेकी छिन् । कार्यालयको सुरुवातको दिन आउनुपर्थ्यो होला तर समय नमिलेकोले आउन नसकेको कुरा जनाएकी छिन् ।


    आश्विन २, २०७८ शनिवार १९:२३:०५ बजे : प्रकाशित


    नेत्र प्रसाद भुसाल

    शेरबहादुर देउवालाई चुनौती दिंदै विश्वप्रकाश शर्मा

    मोनीका सिंह

    आश्विन ४

  • 674
    SHARES
  • शेरबहादुर देउवालाई चुनौती दिंदै विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १४ औं महाधिवेशनमा आफूलाई महामन्त्री पदको लागी उम्मेदवारी दिंदै आफ्नो २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् ।

    images

    सभापति शेरबहादुर देउवा क्याम्पमा रहेर प्रवक्ता बनेका विश्वप्रकाश शर्मा भने यो महाधिवेशनमा देउवा भन्दा अर्को क्याम्पमा जान सक्ने सम्भावना बढेको चर्चा चलेको छ । विश्वप्रकाश शर्माले आफू अहिले कुन क्याम्पमा रहेको बारे खोलेका छैनन् तर भित्रभित्रै विमलेन्द्र निधी क्याम्पबाट लड्ने तयारी रहेको बुझिएको छ ।

    विश्वप्रकाश शर्माले सार्वजनिक गरेको २४ बुँदे अवधारणा पत्र हेर्दा प्रवक्ता शर्माले शेरबहादुर देउवालाई चुनौती दिएको देखिन्छ । सभापति देउवालाई अब सम्मानजनक बिदा लिनुपर्ने भाव प्रवक्ता शर्माको अवधारणा पत्रले जनाउँछ । शेरबहादुर देउवा दोश्रो पटक सभापति बन्ने दौडमा रहेका छन् भने विश्वप्रकाश शर्माको अवधारणा पत्रले शेरबहादुर देउवालाई अब प्रधानमन्त्रीदेखि सांसद पदबाट सम्मानजनक बिदा लिनुपर्ने भाव व्यक्त गरेका छन् ।

    सभापति देउवाले आफ्नो कार्यकालमा मनमानी गरेकाले ढाकछोप गर्दा आफू विवादमा परेको कुरा महशुस गरेकाले विश्वप्रकाश शर्माले यस पटक देउवालाई साथ नदिने निर्णय गरेको उनी निकट नेताहरु बताउछन । शेरबहादुर देउवाले पार्टीभित्र पनि राम्रो छाप छोड्न नसकेको साथै बलियो प्रतिपक्ष सम्म बन्न नसकेको प्रवक्ता शर्माले महशुस गरेका छन् जसका कारण अहिले देउवा क्याम्प छोड्दा आफ्नो राजनीतिक यात्रा सहज हुने बुझेका छन् ।

    विश्वप्रकाश शर्माले ल्याएको प्रस्तावले अहिले देउवा निकटस्थहरु निराश भएका छन् । महाधिवेसनमा नेता शर्मा महामन्त्री बने र उनको प्रस्ताव कार्यान्वयन भए देउवासहित धेरै सिनियर नेताहरुको राजनीतिक यात्रामा प्रश्न उठ्ने देखिन्छ । नेता शर्माको प्रस्ताव अनुसार लगातार ६ पटक सांसद बनेका देउवा अबको संसदीय निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन् । यसो हुँदा देउवाको प्रधानमन्त्री बन्ने बाटो बन्द हुने देखिन्छ जसका कारण देउवा निकटहरु अहिले विश्वप्रकाश शर्मासंग रुष्ट भएका छन् ।

    विश्वप्रकाश शर्माको प्रस्तावले शेरबहादुर देउवा मात्र नभएर वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, बालकृष्ण खाँण समेत प्रभावित हुने देखिन्छ । नेता शर्माको प्रस्ताव अनुसार ४ पटकभन्दा बढी सांसद हुन नपाउने भनिएको छ । रामचन्द्र पौडेल, विजयकुमार गच्छदार, बालकृष्ण खाँण चारपटक सांसद भइसकेका छन् ।

    विश्वप्रकाश शर्माको प्रस्ताव अनुसार जो जति योग्य भए पनि १ पटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटकभन्दा बढी सांसद हुन पाउने छैनन् । आफ्नो कार्यकाल भित्र जे–जे काम गर्नुछ गरेर सम्मानजनक बिदा लिनुपर्ने उल्लेख गरिएको छ ।

    विश्वप्रकाश शर्माका अनुसार यो प्रस्तावले नेपाली कांग्रेसलाई मात्र नभएर समग्र आफ्नो पुस्ताका लागि प्रस्ताव राखेको जनाएका छन् । आफ्नो प्रस्तावले राजनीतिमा परिवर्तन ल्याउने भएकाले उक्त मोडल कार्यान्वयनमा लैजानुपर्ने बताए ।


    आश्विन ४, २०७८ सोमवार १२:०४:०९ बजे : प्रकाशित

    बामदेव गौतमलाई किन कसैले पत्याएनन् ?

    मोनीका सिंह

    आश्विन ५

  • 2.5K
    SHARES
  • बामदेव गौतमलाई किन कसैले पत्याएनन् ?

    काठमाडौं । बामदेव गौतमले नेकपा एमाले परित्याग गरेको दुई हप्ताबढी पुगिसक्यो तर उनी अझै घरमा फुर्सदमा बसिरहेका छन् । एमाले परित्याग गरेका बामदेव गौतम नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने तयारी थियो तर अझै उनको यात्रा अन्योलमा परेको छ ।

    images

    बामदेव गौतम एमाले पार्टीमा फुट र गुटको राजनीति गर्ने नेताको रुपमा चिनिने गरेका छन् । तत्कालीन नेकपा पार्टीभित्र प्रचण्ड, माधव नेपाल र केपी ओलीबीच शीत युद्ध सुरु गर्ने पात्र बामदेव गौतमलाई मानिने गरिएको छ । बामदेव गौतमले संसदीय चुनावमा पराजित भएसंगे प्रधानमन्त्री बन्ने बाटो खोज्दै फुट र गुटको राजनीति सुरु गरेका थिए ।

    प्रचण्ड र केपी ओलीबीच शित युद्ध छेडेर मिलाउने भूमिकामा आफु अगाडी सर्ने र कहिले प्रधानमन्त्री बनाउने त कहिले सांसद हुने बार्गेनिंग गरेको कुरा बारम्बार आउने गरेको थियो । नेकपा फुटको अवस्थामा हुँदा समेत बामदेव गौतम पर्ख र हेर भन्दै घरमै बसे । जसको हात भारि हुन्छ उतै तर्फ जाने सोच बनाएर घर मै बसेका बामदेवले न ओलीलाई खुलेर गाली गरे न प्रचण्डलाई । 

    अहिले एमाले फ़ुट्को अवस्थामा पुग्दा बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीसंग बार्गेनिंग गरेका थिए । अध्यक्ष पद वा आउने महाधिवेशनमा आफूलाई अध्यक्षको लागि अघि सार्ने भए पार्टी फुटाउनबाट जोगाउने सम्म प्रस्ताव राखेका थिए तर केपी ओलीले माधव नेपाललाई फकाउन कुनै चाँसो देखाएनन् ।

    केपी ओलीले चाँसो नदेखाएपछि बामदेव गौतमले माधव नेपाललाई खुलेरै नयाँ दल दर्ता गर्नु म पनि आउंछु भनेर घोषणा गरिदिए । माधव कुमार नेपाललाई पार्टी दर्ता गर्न सहयोग गरेका बामदेव गौतमको मुख्य शर्त भनेको जनताको बहुदलीय जनवाद मान्नुपर्ने थियो तर माधव नेपालले अस्विकार गरिदिए ।

    बामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गर्न नेकपा एमालेको उपाध्यक्ष पद समेत त्यागिदिएका छन् । तर अझै सम्म नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने कुनै तयारी देखिन्न । माधव नेपालसंग दोश्रो अध्यक्ष र मन्त्रालयको माग गरेका बामदेव अहिले आफ्नै मागका कारण पार्टी प्रवेश गर्न सकेका छैनन् ।

    माधव नेपालले अहिले दोश्रो अध्यक्ष दिन नसक्ने निर्णय सुनाइसके भने मन्त्रालय एउटा सम्म दिनसक्ने कुरा समेत जानकारी दिएका छन् । तर बामदेव गौतम एमालेमा उपाध्यक्ष पद त्यागेर आएपछि दोश्रो अध्यक्ष पाउनुपर्ने जोड दिएका छन् ।

    एमालेमा अध्यक्ष केपी ओलीले बामदेव गौतमलाई फकाउन न कुनै कोशिस नै गरे न त सम्झौता नै गर्न चाहे । एमाले त्यागेका बामदेव गौतमलाई पार्टी प्रवेश गराउन माधव नेपालले समेत न कुनै चाँसो देखाए न कुनै चाहना ।

    आखिर किन बामदेव गौतमलाई किन कसैले पत्याएनन् ? नेकपा एमालेका एक नेताले यो प्रश्नमा भने, "बामदेव गौतमले संधै गुट माथी राजनीति गरेर प्रधानमन्त्री वा अध्यक्ष बन्न खोज्नुभयो । वहाँको नियत पार्टी भन्दा आफ्नो पद बन्यो जुन माधव नेपाल र केपी ओलीले बुझ्नुभएको छ । बामदेव गौतमले अब बार्गेनिंग भन्दा पनि कम्प्रमाईज गर्नुपर्ने हुन्छ ।"


    आश्विन ५, २०७८ मंगलवार १३:३७:०९ बजे : प्रकाशित


    मोनीका सिंह

    सुदूरपश्चिममा युवाहरु माझ दुर्गा प्रसाईको बढ्दो क्रेज, बाईक र्‍याली सहित गरे भव्य स्वागत

    मोनीका सिंह

    आश्विन ६

  • 2.8K
    SHARES
  • सुदूरपश्चिममा युवाहरु माझ दुर्गा प्रसाईको बढ्दो क्रेज, बाईक र्‍याली सहित गरे भव्य स्वागत

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई सुदूरपश्चिमको धनगढी पुगेर युवाहरुसंग अन्तरक्रिया गरेका छन् । धनगढीका युवाहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका प्रसाईलाई बाईक र्‍याली सहित भव्य स्वागत गरिएको छ ।

    images

    मंगलबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक समेत रहेका रहेका प्रसाईंले युवाहरुले साथ दिए सुदूरपश्चिममा पनि क्यान्सर अस्पताल खोल्न सक्ने कुरा बताएका छन् । युवा पुस्ताहरुले आफूमाथि विश्वास गरेर निम्तो दिएको कारण आफू आएको र साथ सहयोग पाए सुदुरपूर्वमा झैं सुदुरपश्चिमलाई पनि मेडिकल हबको रुपमा बनाउन सक्ने कुरा उल्लेख गरेका छन् ।

    झापामा सञ्चालनमा रहेको बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका कारण अहिले सुदुरपूर्वमा मेडिकल चहलपहल बढेको र अब काठमाडौं र सुदूरपश्चिममा पनि अध्ययन गरेर अस्पताल र कलेज खोल्न सकिने कुरा दुर्गा प्रसाईले कार्यक्रममा बताएका छन् । युवाहरुले दुर्गा प्रसाईमाथि भरोसा भएकाले आफूहरुले सक्दो साथ दिने कुरा कार्यक्रममा राखेका छन् ।

    सुदूरपश्चिम पहिलोपल्ट पुगेका दुर्गा प्रसाईले यो ठाउँमा अस्पताल खोल्न सके राम्रो हुने कुरा बताएका छन् । युवाहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रसाईले भने, "म यो गर्छु त्यो गर्छु त भन्दिन किनकी म नेता होईन र नेता जस्तो बोल्न नि सक्दिन । सक्ने कुरा मात्र बोल्छु र सुदूरपश्चिममा एउटा क्यान्सर अस्पताल खोल्न सकिन्छ यदी तपाईहरुले चाहनु भयो र मलाई साथ दिनुभयो भने ।"

    युवाहरुले दुर्गा प्रसाईमाथी आशा रहेकोले सुदूरपश्चिममा निम्तो गरेर कार्यक्रम आयोजना गरेको बताएका थिए । किन दुर्गा प्रसाई भन्दा आयोजक कमिटीले भने, "नेताहरुले बोल्ने मात्र गरे तर केही गरेनन् तर दुर्गा प्रसाईले बोले जस्तो आफ्नो छेत्रमा गर्नु भएको छ । त्यसैले वहाँले यहाँ आएर युवाहरुलाई हौसला दिनुभयो भने हामी साथ दिन्छौ । वहाँको जस्तो जोश र हौसला हाम्रो नेताहरुमा नभएकाले अब सुदूरपश्चिममा अस्पताल खोल्न दुर्गा प्रसाई नै चाहिएको लाग्यो र हामीले वहाँलाई निम्तो गर्यौं । वहाँ जस्तो व्यस्त व्यक्तिले हाम्रो निम्तो स्वीकारेर आइदिनु भयो ।"

    युवाहरुले दुर्गा प्रसाईलाई एयरपोर्टमा फुलको माला लाएर स्वागत गरेका थिए । एयरपोर्टबाट कार्यक्रम स्थलसम्म बाईक र्‍याली गर्दै युवाहरुले स्वागत गरेका थिए ।

     


    आश्विन ६, २०७८ बुधवार १९:४७:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं

  • मोनीका सिंह

    images
    images
    images
    ताजा खबर