• Sep 25 2021 | २०७८, आश्विन ९गते

२०७८, आश्विन ९गते

च्याम्पियन्स लिग : आज रियल म्याड्रिड, पेरिस, लिभरपुल, सिटीको खेल, कुन कुन भीड्दैछन् ?

क्यानाडा नेपाल भाद्र ३० २०७८
  • 410
    SHARES
  • च्याम्पियन्स लिग : आज रियल म्याड्रिड, पेरिस, लिभरपुल, सिटीको खेल, कुन कुन भीड्दैछन् ?

    काठमाडौं - युरोपेली च्याम्पियन्स लिग सिजन २०२१–२२ अन्तर्गत आज समूह चरणका खेलहरु हुँदैछन् । बुधबार च्याम्पियन्स लिगको समूह ए, बी, सी र डी का खेल हुन लागेका हुन् । मंगलबारबाट सुरु भएको च्याम्पियन्स लिगमा पहिलो दिन  इ, एफ, जी, एच समूहका खेल भएका थिए ।

    images

    मंगलबार हुने पहिलो खेलमा टर्कीस क्लब बेसिक्तास जेकेविरुद्ध जर्मन क्लब बोरुसिया डर्टमण्डबीच प्रतिस्पर्धा हुनेछ । समूह सी को यो खेल नेपाली समयअनुसार राति १०ः३० मा टर्की स्तानबुलस्थित भोडाफोन पार्कमा हुनेछ । समूह सी कै अर्काे खेलमा पोर्चुगलको स्पोर्टिङ सिपी र नेदरल्याण्डको एजाक्सबीच प्रतिस्पर्धा हुनेछ । पोर्चुगलको लिस्बनमा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । 

    समूह डीअन्तर्गत माल्दोभाको एफसी सेरिफ तिरास्पोल र उक्रेनी क्लब सख्तर डानेटसकबीचको खेल राति १०ः ३० बजे सुरू हुनेछ । खेल माल्दोभाको सेरिफ मैदानमा हुनेछ । समूह डी कै अर्काे खेलमा युरोपेली बलिया क्लब इन्टर मिलान र रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुनेछ । इटाली क्लब इन्टर र स्पेनिस क्लब रियल म्याड्रिडबीचको खेल नेपाली समयअनुसार राति पौने १ बजे मिलानस्थित सान सिरो मैदानमा हुनेछ । 

    समूह ए को खेलमा क्लब ब्रग र पेरिस लिग वान च्याम्पियन पेरिस सेन्ड जर्मन (पिएसजी) बीच प्रतिस्पर्धा हुनेछ । स्टार खेलाडी लियोनल मेस्सी पिएसजी जोडिएपछि उसले खेल्न लागेको पहिलो खेल हो । घरेलु क्लब ब्रगविरुद्ध तीन स्टार लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे नै रहनेछन् । 

    समूह ए कै अर्काे खेलमा इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले जर्मन बुण्डेसलिगा क्लब आरबी लाईपजिकको सामना गर्नेछ । दुबै खेल नेपाली समयअनुसार पौने एक बजे सिटी घरेलु मैदान इतिहादमा सुरु हुनेछ । 

    यस्तै समूह बीको खेलमा स्पेनिस ला लिगा क्लब एथ्लेटिको म्याड्रिडले एफसी पोर्टोको सामना गर्नेछ । खेल एथ्लेटिकोको घरेलु मैदानमा हुनेछ । समूह बी कै अर्काे खेलमा लिभरपुल र एसी मिलानबीच प्रतिस्पर्धा हुनेछ । खेल लिभरपुलको मैदान एनफिल्डमा हुनेछ । समूह बीका दुबै खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । न्युज कारखाना


    भाद्र ३०, २०७८ बुधवार १५:३२:१७ बजे : प्रकाशित

    images
    अर्कोसमाचार

    राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

  • 278
    SHARES
  • राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

    काठमाडौं - नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले ९ असोजबाट आयोजना हुने चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् ।

    images

    बिहीबार कप्तान ज्ञानेन्द्र सम्मिलित ललितपुर प्याट्रीओट्सले विज्ञप्ति जारी गर्दै चौथो संस्करणमा उनले नखेल्ने जानकारी गराएको हो । कप्तान ज्ञानेन्द्रले आन्तरिक कारण खुलाउदै आफू प्रतियोगितामा सहभागी हुन नसक्ने पत्र काटेका छन् । 

    'जानकारी गराउन चाहन्छु कि ब्यक्तिगत कारण आगामी ईपीएलमा सहभागी जनाउन पाउँदिन,' ज्ञानेन्द्रले लेखेका छन् । 

    यस्तै उनले प्रतियोगिताको लागि शुभकामना दिएका छन् । ज्ञानेन्द्र नखेल्ने भएसँगै अब ललितपुरले नयाँ कप्तान पाउने भएको छ । घोषणा भने भएको छैन ।

    यस्तै नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले पनि यो सिजनको ईपीएल नखेल्ने घोषणा गरिसकेका छन् । उनी गत सिजन विराटनगरबाट खेलेका थिए ।

    चौंथो संस्करणको ईपीएल क्रिकेट ९-२३ असोजसम्म टीयू क्रिकेट मैदानमा हुनेछ ।

    प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा   ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोजले खेल्ने छन् ।न्युज कारखाना


    आश्विन ७, २०७८ बिहिवार २०:४७:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र मल्ल

  • क्यानाडा नेपाल

    स्टार खेलाडी मेस्सीले छाडेपछि खराब लयमा बार्सिलोना

  • 186
    SHARES
  • स्टार खेलाडी मेस्सीले छाडेपछि खराब लयमा बार्सिलोना

    काठमाडौं - स्पेनिस ला लिगामा बार्सिलोना पुनः बराबरीमा रोकिएको छ । बिहिवार रातिको खेलमा १० खेलाडीमा सीमित बार्सिलोना क्याडिजसङ गोल रहित बराबरीमा रोकिएको हो ।

    images

    स्टार खेलाडी लियोनल मेस्सीले क्लब छाडेयता क्लब खराब लयमा छ । भ्रमणकारी टोली अन्तिम समयमा १० खेलाडीमा सीमित भएको थियो । खेलमा केही अवसर पाए पनि बार्सिलोना फिनिसिङ्गमै चुक्न पुगेको थियो ।

    यस सिजन बार्सिलोनाको तेस्रो बराबर हो । बराबरीपछि अपराजित रहेको बार्सिलोनाले शीर्ष चारमा उक्लने मौका गुमाएको छ । बार्सिलोना ५ खेलबाट ९ अंक जोडेर सातौँ स्थानमा छ । क्याडिज ६ अंकसहित १४औँ स्थानमा छ ।न्युज कारखाना

     


    आश्विन ८, २०७८ शुक्रवार ०७:२२:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा

  • क्यानाडा नेपाल

    मुम्बईमाथि कोलकताको सानदार जित

  • 294
    SHARES
  • मुम्बईमाथि कोलकताको सानदार जित

    काठमाडौं - इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) मा कोलकता नाइटराइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । बिहिबार रातिको खेलमा कोलकताले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको हो ।

    images

    मुम्बईले दिएको १५६ रनको लक्ष्य कोलकताले १५.१ ओभरमा पूरा गरेको थियो । कोलकताकाे जितमा राहुल त्रिपाठीले ७४ तथा बैंकटेश अय्यरले ५३ रनको विस्फोटक पारि खेलका थिए ।

    यसअघि मुम्बइले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५५ रन बनाएको थियो ।मुम्बईका लागि क्विन्टन डि ककले ५५ रनको अर्धशतकीय पारि खेले । कोलकता प्रसिद्ध कृष्ण र लकि फर्गुसनले २/२ विकेट लिए ।

    यो जितसँगै कोलकता तालिकाको चौथो स्थानमा पुगेको छ भने मुम्बई छैटौं स्थानमा झरेको छ । जितपछि कोलकताले प्लेअफ पुग्ने सम्भावना जिवितै राखेको छ ।न्युज कारखाना


    आश्विन ८, २०७८ शुक्रवार ०७:५९:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आइपीएल

  • क्यानाडा नेपाल

    फ्रेन्चाइज क्रिकेट इपीएल भोलिबाट, सबैको नजर शाहिद अफ्रिदीमा

  • 192
    SHARES
  • फ्रेन्चाइज क्रिकेट इपीएल भोलिबाट, सबैको नजर शाहिद अफ्रिदीमा

    काठमाडौं - चौथो संस्करणको फ्रेन्चाइज एभरेष्ट प्रिमियर लिग (इपीएल) प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ । कोरोना महामारीबीच एक वर्ष धकेलिएको इपीएल शनिबार कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । २३ असोजसम्म लिगमा सम्पूर्ण खेल यहीँ हुनेछ । 

    images

    प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किङ्स इलेभेनविरुद्ध ललितपुर प्याट्रिएट्स भिड्नेछन् । उद्घाटन सत्रपछिको खेल सवा १२ बजे सुरु हुनेछ । 

    काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने छ भने ललितपुर युवा ब्याटर कुशल भुर्तेलको कप्तानीमा मैदान प्रवेश गर्नेछ । 

    यसअघि नियमित कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिताको दुई दिनअघि आएर प्रतियोगिता नखेल्ने जानकारी गराएका थिए । राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्रले आन्तरिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् । यसपटक ज्ञानेन्द्रसँगै राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरी र पूर्वकप्तान पारस खड्कासमेत इपीएलमा देखिने छैनन् । दिपेन्द्रले आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान भ्रमणका क्रममा चोट बोकेका थिए । 

    पारसले समेत प्रतियोगिताको मुखैमा आएर नाम फिर्ता लिएका थिए । यसअघि विराटनगरको कप्तानीसमेत गरेका पारसको नाम क्लबले आयोजकलाई पठाएको थियो । आयोजकले आफ्नो सामाजिक सञ्जालमा विराटनगरको टोलीमा पारस सम्मिलित नाम सार्वजनिक गरेको थियो । तर केही समयमै पारसले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए । 

    प्रतियोगिताको उद्घाटन खेलमा दुवै टोलीको लक्ष्य महत्वपूर्ण २ अंक हुनेछ । दुवै टोली सुरुवाती खेल गुमाउन चाहँदैनन् । यसपटक दुवै टोलीमा नेपाली राष्ट्रिय टोलीका खेलाडी, युवा खेलाडीसहित नाम चलेका ठूला टेष्ट राष्ट्रका खेलाडीसमेत हुनेछन् । 

    काठमाडौ किङ्स इलेभेनमा सन्दीपसँगै सुवास खकुरेल, राजु रिजाल, अमित श्रेष्ठ, सिद्धान्त लोहनी, गुल्सन झासँगै विदेशी खेलाडीमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रहने छन् । यस्तै विदेशी खेलाडीमा जनक प्रकाश, रायन बर्ल र रहमनुल्लाह गुर्बज रहने छन् । 

    पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले इपीएलका दुई खेल मात्रै खेल्ने छन् । यी दुई खेलमा अफ्रिदी नेपाली क्रिकेट प्रेमी र खेलाडी, मिडिया सबैको नजरमा पर्नेछन् । 

    ललितपुर प्याट्रिएट्ससमेत नेपाली युवा खेलाडी र विदेशी खेलाडीको साथमा बलियो उपस्थित देखाउन चाहन्छ । ललितपुरमा कुशलसँगै पवन सरार्फ, ललित राजवंशी, सन्दीप जोरालगायतका खेलाडी छन् । विदेशी खेलाडीमा अज्मतुल्लाह ओमरजाई, ओशाडा फर्नाण्डो, शनदुन विराक्कोडी र भुटानका मिक्यो दोर्जी छन् । 

    इपीएलमा सहभागी प्रत्येक टोलीले चार खेलाडी अनुबन्ध गर्न पाउँछन् । जसमा तीन खेलाडी मैदान प्रवेश गर्न पाउने छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा सम्पूर्ण टोलीले आफ्नो अन्तिम तयारीसमेत पूरा गरिसकेका छन् । 

    यसपटक इपीएलमा सहभागी टोलीको कप्तानी नेपाली खेलाडीले नै गर्नेछन् । ललितपुर प्याट्रिएट्सको कुशल भुर्तेल, भैरहवा ग्ल्याडीएटर्सको शरद भेसवाकर, काठमाडौँ किङ्स एलेभेनको सन्दीप लामिछाने, चितवन टाइगर्सको सोमपाल कामी, विराटनगर वारियर्सको करण केसी र पोखरा राइनोजको कप्तानी विनोद भण्डारीले गर्नेछन् । 

    यसपटक विजेताले ट्रफीसहित ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले १५ लाख प्राप्त गर्ने आयोजनकले जनाएको छ । इपीएलको पहिलो संस्करणको उपाधि पञ्चकन्या तेज, दोस्रो संस्करण विराटनगर वारियर्स र तेस्रो संस्करणको उपाधि ललितपुर प्याट्रिएट्सले जितेका थिए । 

    काठमाडौं किंग्स-११ 
    सन्दीप लामिछाने (कप्तान), अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दिपेन्द्र रावत, आकाश चन्द, अमरसिंह रौटेला, गुल्सन झा, शाहिद अफ्रिदी, जनक प्रकाश, रायन बर्ल, रहमनुल्लाह गुर्बज

    ललितपुर प्याट्रिएट्स 
    कुशल भुर्तेल (कप्तान), सूर्य तामाङ, पवन सरार्फ, सन्दीप जोरा, सोनु तामाङ, राशिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, विभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई, ओशाडा फर्नाण्डो, शनदुन विराक्कोडी र मिक्यो दोर्जी (न्युज कारखाना)


    आश्विन ८, २०७८ शुक्रवार २०:२६:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इपीएल

  • क्यानाडा नेपाल

    चेन्नई आइपीएलकाे शीर्ष स्थानमा

  • 226
    SHARES
  • चेन्नई आइपीएलकाे शीर्ष स्थानमा

    काठमाडौं - रोयल च्यालेन्ज बैंगलोरलाई पराजित गर्दै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । 

    images

    शुक्रबार राति युएईको शारजाहमा भएको खेलमा चेन्नईले बैंगलोरलाई ६ विकेटले हराएको हो। बैंगलोरले दिएको १ सय ५७ रनको लक्ष्य चेन्नईले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे ।

    चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ३८ रन जोड्दा अम्बाती रायाडुले ३२ रन बनाए । फाप डु प्लेसिसले ३१ रन बनाए ।बैंगलोरका हर्सल पटेलले २ विकेट लिए । युजभेन्द्र चहल र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।बैंगलोरका लागि देवदत्त पडिकलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान विराट कोहलीले ५३ रनको अर्धशतकीय इनिङ्स खेले।

    चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । शार्दुल ठाकुरले २ तथा दिपक चाहरले १ विकेट लिए ।जितसँगै चेन्नईले ९ खेलमा १४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोर ९ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।न्युज कारखाना 


    आश्विन ९, २०७८ शनिवार ०८:०१:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आइपीएल

  • क्यानाडा नेपाल

    जर्मन बुण्डेस लिगा : बायर्न शीर्ष स्थानमा उक्लियाे, ग्रेउथर फुर्थ पराजित

  • 156
    SHARES
  • जर्मन बुण्डेस लिगा : बायर्न शीर्ष स्थानमा उक्लियाे, ग्रेउथर फुर्थ पराजित

    काठमाडौं - जर्मन बुण्डेस लिगा अन्तर्गत छैटाैं चरणको खेलमा सहज जित निकाल्दै बायर्न म्युनिख तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बायर्नले घरेलु टोली  ग्रेउथर फुर्थलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । 

    images

    अपराजित यात्रा कायम गर्ने क्रममा बायर्नको लागि  थोमस मुलर, जोसुवा किमिचीले १/१ गोल गरे । फुर्थका सेबास्टिएन ग्रेयसबेकले आत्माघाती गोल गरे । पराजित फुर्थका लागि क्रेडिक इथेनले १ गोल गरेका थिए  । 

    मुलरले खेलको १० मिनेटमा गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । किमिचिले ३१ मिनेटमा अग्रता २-० को बनाए  । सेबास्टिएनले खेलको ६८ मिनेटमा आत्माघाती गोल गर्दा बायर्नले अग्रता ३-० को बनायो । फुर्थका इथेनले ८७ मिनेटमा सान्त्वना गोल गरेका थिए  । 

    जितसँगै बायर्नले ६ खेलबाट ५ जित र १ बराबर सहित १६ अंक बनाउदै शीर्ष स्थानमा छ । एक खेल कम खेलेको वोल्फस्बर्ग १३ अंकसहित दोस्रो स्थानमा छ । पराजित फुर्थ भने ६ खेलबाट १ अंकसहित  तालिकाको पुछारमा छ । न्युज कारखाना


    आश्विन ९, २०७८ शनिवार ०८:०७:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जर्मन बुण्डेस लिगा

  • क्यानाडा नेपाल

    images
    images
    images
    ताजा खबर