• Oct 21 2021 | २०७८, कार्तिक ४गते

२०७८, कार्तिक ४गते

विश्वकप क्रिकेट लिग : अमेरिकाले लियो नेपालसँग बदला 

क्यानाडा नेपाल आश्विन २ २०७८
  • 514
    SHARES
  • images
    images
    विश्वकप क्रिकेट लिग : अमेरिकाले लियो नेपालसँग बदला 

    काठमाडौं - विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अमेरिकाले नेपालसँग बदला लिएको छ । 

    images

    शुक्रबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई ६ विकेटले पराजित गर्दै अमेरिकाले यसअघि ब्यहोरेको हारको बदला लिएको हो । 

    नेपालविरुद्ध टस जितेर बलिङ गरेको अमेरिकाले पाएको १ सय ७५ रनको टार्गेट २९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १७५ रन पूरा गरेको हो । 

    अमेरिकाको जितमा स्टेभन टेलरले सर्वाधिक ९२ रन बनाए । बिष्फोटक ब्याटिङ गरेका टेलरले ६३ बलमा ३ छक्का र १२ चौका प्रहार गरेका थिए । शतक बनाउन ८ रनले चुकेका टेलरलाई करण केसीले सोमपाल कामीको हातबाट क्याच आउट गराएका थिए । 

    यस्तै अमेरिकाको लागि मोनान्क पटेलले ३८ तथा कप्तान जास्करन मलहोत्राले ३६ रनको योगदान गरे । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । 

    नेपालको लागि करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । ८ ओभर ब्याटिङ गरेका सन्दीपले १ मेड लिएर २८ रन खर्चिए । यस्तै ५ ओभर बलिङ गरेका करणले २३ रन खर्चिए । 

    यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकमा अमेरिकालाई १ सय ७५ रनको लक्ष्य दिएको छ । ज्ञानेन्द्रले १०५ बलमा ३ चौकासहित ५५ रनको इनिङ खेलेका थिए ।

    राष्ट्रिय टोलीमा डेब्यूट्यान्ट गुल्शन झासँग ५१ रनको साझेदारी गर्दै कप्तान मल्लले नेपालका लागि महत्वपूर्ण ५० रन पूरा गरेका थिए । ओपनर कुशल भुर्तेल ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख ३ रनमा आउट भए ।

    त्यस्तै, रोहित पौडेल २ मा पेभेलियन फर्किँदा विनोद भण्डारीले १० रन मात्र जोडेर आउट भए । डेब्युट्यान्ट गुल्शनले ५३ बलमा २ चौका र १ छक्कासहित २८ रनको योगदान गरे । त्यस्तै कुशल मल्ल, सोमपाल कामी २ र करण केसी १२ रन बनाएर पेभेलियन फर्केका थिए । त्यस्तै सन्दीप लामिछाने ११ रन जोडेर अन्तिम विकेटको रूपमा आउट हुँदा सुशन भारी २ रनमा अविजित रहे ।

    अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले ४, काएल फिलिपले २ तथा करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १÷१ विकेट लिए ।

    सोमबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै पराजित भएको नेपालको यो तेस्रो खेल हो ।

    लिग–२ मा नेपाल ७ खेलमा ६ अंक जोडेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।  ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।न्युज कारखाना 


    आश्विन २, २०७८ शनिवार ०७:२३:०८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप क्रिकेट लिग

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    साफ उपविजेता नेपाली खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने सरकारको निर्णय 

  • 240
    SHARES
  • साफ उपविजेता नेपाली खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने सरकारको निर्णय 

    काठमाडौं - पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई नेपाल सरकारले पुरस्कार राशि घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपको १३औँ संस्करणको उपविजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

    images

    saff-nepali-team-5.jpg

    यस्तै बैठकले प्रशिक्षकलाई भने ३ लाख रुपैयाँ दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । ‘नेपाल सरकारले आज पुरस्कार दिने निर्णय गरेको छ’, यू–२३ टोलीको विदाइ कार्यक्रममा मन्त्री गहतराजले भने । 

    saff-nepali-team-4.jpg

    शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित हुँदै उपविजेतामा सीमित बन्न पुगेको थियो ।  उपविजेता नेपाली टोली सोमबार बिहान स्वदेश फर्किसकेको छ।न्युज कारखाना 

     


    कार्तिक १, २०७८ सोमवार १८:३३:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली टोली

  • क्यानाडा नेपाल

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सिलवाल बर्खास्त

  • 280
    SHARES
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सिलवाल बर्खास्त

    काठमाडौं - सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने अनुमति दिएको छ ।

    images

    २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका सिलवाल राष्ट्रिय खेलकुद ऐन, २०७७ का कारण एक वर्षमै पदमुक्त भएका थिए । उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले पुनः राखेपको सदस्य सचिवमा नियुक्त गरेको थियो ।


    कार्तिक १, २०७८ सोमवार २०:३७:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रमेश सिलवाल

  • क्यानाडा नेपाल

    अभ्यास खेलमा भारतसँग इंग्ल्याण्ड पराजित

  • 188
    SHARES
  • अभ्यास खेलमा भारतसँग इंग्ल्याण्ड पराजित

    काठमाडौं - सातौँ संस्करणको टि-ट्वान्टी विश्वकपअघि अभ्यास खेलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको छ । युएईमा सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको १८९ रनको लक्ष्य भारतले तीन विकेट गुमाएर १९ ओभरमा भेट्टायो । 

    images

    भारतको लागि इशान किशनले सर्वाधिक ७० रन बनाए । यस्तै केएल राहुलले ५१ रन जोडे ।  इंग्ल्याण्डको बलिङमा डेभिड विलि, मार्क वुड र लियाम लिभिंगस्टोनले समान १/१ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । इंग्ल्यान्डको लागि जोनी बेयरस्टोले सर्वाधिक ४९ रन बनाए । यस्तै मोइन अलीले ४३ रन बनाए ।

    भारतका मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए ।  विश्वकपअघि दोस्रो अभ्यास खेलको रुपमा भारतले २० अक्टोबरमा अस्ट्रेलियासँग तथा इंग्ल्यान्डले न्युजिल्यान्डसँग खेल्ने छ ।न्युज कारखाना


    कार्तिक २, २०७८ मंगलवार ०७:०२:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अभ्यास खेल

  • क्यानाडा नेपाल

    पीएसजीको सानदार जित, मेस्सीले गरे दुई गोल

  • 150
    SHARES
  • पीएसजीको सानदार जित, मेस्सीले गरे दुई गोल

    काठमाडौं - गए राति यूईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा पीएसजीले आरबी क्लब लाइप्जिगलाई ३-२ गोलले पराजित गरेको हो । 

    images

    उक्त खेलको नवौं मिनेटमा पीएसजीका एमबाप्पेले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको २८ औं मिनेटमा लाइप्जिगका आन्द्रे सिल्भाले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि दोस्रो हाफको ५७ औं मिनेटमा लाइप्जिगका नोर्दिक मुकिएलेले र ६७ औं मिनेटमा मेस्सीले गोल गरे । 

    त्यसपछि खेलको ७४ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत अर्को गोल गरी टिमलाई जित दिलाए । जितसँगै ३ खेलमा ७ अंकसहित पिएसजी अंक तालिकाको शीर्षस्थानमा रहेको छ। यस्तै आरबी लाइप्जिग अंकविहीन रहेको छ ।
     
     
     


    कार्तिक ३, २०७८ बुधवार ०७:४७:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # यूईएफए च्याम्पियन्स लिग

  • क्यानाडा नेपाल

    एटलान्टाबाट खेल्दै आएका विकास ए डिभिजन लिग खेल्न नेपालमा आइपुगे

  • 296
    SHARES
  • एटलान्टाबाट खेल्दै आएका विकास ए डिभिजन लिग खेल्न नेपालमा आइपुगे

    काठमाडौं - इटाली सिरी ए क्लब एटलान्टाको उमेर समूहबाट खेलिसकेका विकास मेरेग्लिया आगामी ए डिभिजन लिग खेल्ने नेपाल आइपुगेका छन् । एटलान्टाको युवा टोलीबाट नियमित खेलिरहेका विकाल २९ कात्तिकबाट सुरु हुने ए डिभिजन लिग खेल्न मंगलबार राति नेपाल आइपुगेका हुन् । 

    images

    नेपालमा जन्मेर इटाली पुगेका विकास स्थानीय क्लबहरू हुँदै एटालान्टाबाट खेलेका हुन् । विकासले इटालीको यू-१७ टोलीबाट समेत खेलिसकेका छन् ।मंगलबार राति नेपाल झरेपछि विकासले आफू १३ वर्षपछि नेपाल फर्किएको र त्यसका लागि सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिएका छन् । 

    ‘म १३ वर्षपछि नेपाल फर्किएको छु’ विकासले सामाजिक सञ्जालमा लेखेका छन् । विकासले आफू नेपाल आए पनि ए डिभिजन लिग खेल्ने र नखेल्ने जनाएका छैनन् । स्रोतका अनुसार उनले आगामी ए डिभिजन लिग खेल्नेछन् । त्यसबारे उनले चाँडै पत्रकार सम्मेलन गरेर सर्वाजनिक गर्ने भएका छन् । 

    विकासले ललितपुरको च्यासल युथ क्लबबाट खेल्ने निकट स्रोतले जनाएको छ । इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका विकाशले इटालीको यू-१७ टोलीबाट खेलिसकेका छन् । १८ वर्षीय विकास विशेष लेफ्ट विंगर हुन् । यद्यपि उनी राइट विंगर र सेन्टर स्ट्राइकरसमेत खेल्न सक्छन् । न्युज कारखाना 


    कार्तिक ३, २०७८ बुधवार १४:५०:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विकास मेरेग्लिया

  • क्यानाडा नेपाल

    भारतको सहज जीत, अस्ट्रेलिया ९ विकेटले पराजित

  • 164
    SHARES
  • भारतको सहज जीत, अस्ट्रेलिया ९ विकेटले पराजित

    काठमाडौं - भारतले आईसीसी टी-ट्वान्टी  विश्वकपअघिको अभ्यास खेलमा अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ ।  बुधबार भएको खेलमा कप्तान रोहितको उत्कृष्ट पालीमा भारतले अस्ट्रेलियामाथी सहज जीत निकालेको  हो । जीतका लागि १५३ रनको  विजयी लक्ष्य पछ्याएको भारतले १७.५ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

    images

    भारतका कप्तान  रोहित शर्माले ६० रन बनाए । यस्तै, ओपनर लोकेश राहुलले ३९ बनाए । यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । 

    अस्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ५७ रन बनाए । यस्तै, मार्कस स्टोइनिस ४१ रनमा अविजित रहे । भारतका स्पिनर रविचन्द्रन आश्विनले २ विकेट लिए । राहुल चाहर, भुवनेश्वर कुमार र रवीन्द्र जडेजाले १-१ विकेट लिए ।

    भारत सुपर १२ को समूह 'बी' र अस्ट्रेलिया समूह 'ए'मा छन् । विश्वकपमा अस्ट्रेलियाले शनिबार दक्षिण अफ्रिकासँग खेल्दै सुरुवात गर्नेछ । भारतले विश्वकपमा आइतबार पाकिस्तानसँग पहिलो खेल खेल्नेछ ।

    समूह 'बी'मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह 'बी'को विजेता र समूह 'ए'को उपविजेता रहनेछन् । शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणका खेलहरू सकिएपछि सुपर १२ का खेलहरू हुनेछन् । विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ ।न्युज कारखाना 


    कार्तिक ३, २०७८ बुधवार २१:१६:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अभ्यास खेल

  • क्यानाडा नेपाल