• Oct 21 2021 | २०७८, कार्तिक ४गते

२०७८, कार्तिक ४गते

आज दिनभरको मौसम कस्तो रहला ?

क्यानाडा नेपाल आश्विन २ २०७८
  • 556
    SHARES
  • images
    images
    आज दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं । शनिबार देशभर आंशिक देखि सामान्य बदली सहित बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको छ । 

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको देखिन्छ । 

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । 
     


    आश्विन २, २०७८ शनिवार ०७:३८:२३ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या ४८ पुग्यो, ३१ अझै बेपत्ता (अपडेट)

  • 176
    SHARES
  • बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या ४८ पुग्यो, ३१ अझै बेपत्ता (अपडेट)

    काठमाडौं - देशका विभिन्न स्थानमा अविरल बर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार दिउँसोसम्मा ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । 

    images

    यस्तै हालसम्म विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् । बाढी पहिरो र डुबानमा परेर ज्यान गुमाउनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा ९ जना रहेको गृह मन्त्रालयले जनाएको छ । 

    यस्तै  पहिरामा परेर हुम्ला, धनकुटा र पाँचथरमा ६/६ जना, बैतडीमा ४ जना, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा २ र उदयपुरमा एक जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । 

    पहिरामा परेर सबैभन्दा बढी बझाङ्मा २३ जना, डोटीमा एक, प्यूठानमा दुई र इलाममा ५ जना बेपत्ता भएका छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् ।

    असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो । अहिले पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ । बाढी र पहिरोमा परेर हराएकाहरुको खोजी कार्य र फसेकाहरुको उद्धार कार्य जारी रहेको छ ।


    कार्तिक ३, २०७८ बुधवार १३:४८:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाढीपहिरो

  • क्यानाडा नेपाल

    कैलालीमा कृषिबालीमा मात्रै दुई अर्बभन्दा बढीको नोक्सान भएको अनुमान

  • 134
    SHARES
  • कैलालीमा कृषिबालीमा मात्रै दुई अर्बभन्दा बढीको नोक्सान भएको अनुमान

    धनगढी - गत ३१ असोजदेखि आएको अविरल बर्षाका कारण कैलालीमा कृषिबालीमा मात्रै दुई अर्ब रुपैयाँभन्दा बढीको क्षेति भएको अनुमान गरिएको छ । यस बर्ष कैलालीको ७० हजार हेक्टर जमीनमा धान खेती भएको थियो । तीन दिनसम्मको अविरल बर्षा र हावाहुरीका कारण त्यसमध्ये ३० प्रतिशत अर्थात २१ हजार हेक्टरमा लगाएको बाली नष्ट भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।

    images

    ‘२१ हजार हेक्टर जमीनबाट सरदर नौ लाख ५४ हजार क्विन्टल धान उत्पादन हुन सक्थ्यो,’ केन्द्रका प्रमुख खगेन्द्र शर्माले भने, ‘बर्षाले दुई अर्बभन्दा बढीको नोक्सानी भएको छ ।’ कैलालीमा गत बर्ष ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा तीन लाख १५ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । 

    केन्द्रका अनुसार कैलालीको दक्षिण पुर्वि क्षेत्रमा लगाएको धानवालीमा बढी क्षेति भएको छ । ‘बर्षा र हावाहुरीले जिल्लाभर नै क्षेति गरेको छ,’ शर्माले भने, ‘तर दक्षिण पूर्वि क्षेत्रमा बढी क्षेति भएको छ ।’ 
     
    सुदूरपश्चिम प्रदेश सरकारले गत बर्ष कृषिबालीमा क्षेति भएको प्रति कठ्ठा दुई सय ६६ रुपैयाँ ६७ पैसाका दरले क्षेतिपूर्ति दिने निर्णय गरेको थियो । त्यसका आधारमा कैलालीका किसानलाई क्षेति पूर्ति दिने हो भने करिब १६ करोड ८० लाख बजेट आवश्यक पर्ने देख्निछ । त्यसका लागि संघीय सरकारको सहयोग आवश्यक पर्ने ज्ञान केन्द्रका प्रमुख शर्मा बताउँछन् । तर किसानलाई नगद भन्दा गहुँ खेतीमा सहुलित बीउ, मल उपलब्ध गराए सजिलो हुने उनको भनाइ छ । न्यूज कारखाना


    कार्तिक ३, २०७८ बुधवार १४:३१:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कैलाली

  • क्यानाडा नेपाल

    बाढीले मार्सी धान फल्ने फाँट बगर बन्यो, बिउ नै मासिने खतरा  

  • 180
    SHARES
  • बाढीले मार्सी धान फल्ने फाँट बगर बन्यो, बिउ नै मासिने खतरा  

    जुम्ला - निरन्तरको बर्षापछि आएको बाढीले मार्सी धान फल्ने जुम्लाको फाँट बगरमा परिणत भएको छ । जसका कारण काटेर भित्र्याउन ठिक्क पारेको धान डुबेर नष्ट मात्रै भएको छैन जुम्लाबाट मार्सीको बिउँ नै मासिने जोखिम बढेको छ । 

    images

    कृषि बिकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार जुम्लामा दुई हजार नौ सय हेक्टरमा मार्सी धान खेती गरिएको थियो । त्यसमध्ये दुई हजार हेक्टर जमीनमा लगाएको धान नष्ट भएको छ । बाँकी नौ सय हेक्टरको धानमा पनि क्षति पुगेको छ । देवकोटाका अनुसार अब किसानहरू बिउका लागि समेत राहतको भर पर्नु पर्ने भएको छ । उनका अनुसार कृषिको प्राविधिक टोलीले गरेको प्रारम्भिक सर्भेअनुसार तोपानी र तिला गाउँपालिकामा मात्रै १८ हेक्टर (तीन सय ६० रोपनी) मा लगाएको धान बाली नष्ट भएको छ । यस्तै, रातीमार्सी धेरै फल्ने सिन्जा क्षेत्रका धान सबै डुबानमा परेको छ । प्रारम्भिक विवरणअनुसार कृषि क्षेत्रमा मात्रै जुम्लामा ६ करोडभन्दा बढीको क्षेति भएको छ । 

    यस्तो छ प्रारम्भिक क्षतिको विवरण
    प्रशासनले चार दिनदेखिको बर्षा र बाढीले जिल्लाभर पुर्याएको प्रारम्भिक क्षेति विवरण सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसार्इंले प्रस्तुत गरेको क्षेति विवरणअनुसार हिमा गाउँपालिका–६ निवासी रत्ना शाही बेपत्ता भएकी छिन । तिला र भेरी खोलाले १८ हेक्टरमा लगाएको कालीमार्सी धानमा क्षेति पुगेको छ । सिञ्जा क्षेत्रको क्षेति विवरण भने बाँकी छ । प्रजिअ प्रसार्इंका अनुसार तातोपानी र तिला गाउँपालिकामा एक सय ५२ वटा भेडाबाख्रा बाढीले बगाएको छ । 

    तातोपानी गाउँपालिका–४ को नेत्र ज्योति माविको पक्की भवन, ८० थान डेक्स र पाँच सय मिटर घेराबार, तातोपानी–८ को एक सय ४० र एक सय ५० वाटको माइक्रो विद्युत् पावर हाउस पनि बगाएको छ । यसैगरी, तातोपानी गाउँपालिका–७ र ८ को काठेपुल, तातोपानी–४ को ६ वटा काठेपुल, तातोपानी–४ को लिफ्टिङ सिंचाई कुलो, तातोपानी–५ को खानेपानी ट्यांकी, पाइप लाइन, तातोपानी–५ कै कालिका माविको खेल मैदान, एक सय ५० मिटर सडक, तातोपानी–३ को दुई तले घर भत्किएको छ । तिला–४ को रामप्रसाद चौलागाईंको खुद्रा पसल, लालबहादुर नेपालीको कच्ची घर, गुठीचौर गाउँपालिकाको कुलो र एक विद्यालयको प्रांगण बगाएको छ । हिमा गाउँपालिका नाग्म गमगडी राजमार्ग अन्तर्गत बड्कीमा पनि २० मिटर सडक पहिरोले बगाएको छ । 

    यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले तातोपानी गाउँपालिकामा ठूलो क्षति भएको जानकारी दिएका छन् । सबैभन्दा बढी तिला गाउँपालिका प्रभावित भएको जिल्ला विपद् समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय प्रमुखहरू, जिल्ला कृषि, पशु सेवा, खानेपानी, विद्युत्, सडक र शिक्षा समन्वय कार्यालयले जिल्लाको प्रारम्भिक क्षति बारे विवरण संकलन गरिरहेको जनाएका छन् । 

    पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले तातोपानी र तिलामा एक सय ५२ वटा भेडा बाख्रा बगेको जानकारी आएको बताए । उनले बाढी पहिरो, चट्याङका कारण जुम्लामा पशु चौपाया मरेको बताए ।

    शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मकर भण्डारीले तातोपानीस्थित नेत्र ज्योति मावि बगरमा परिणत भएको बताए । खानेपानी, नेपाल विद्युत् प्राधिकरण, डिभिजन सडक कार्यालयलगायतका प्रमुख तथा प्रतिनिधिहरूलाई प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले संगठित भएर प्रभाबित नागरिकलाई सहयोगमा लाग्न अनुरोध गरेका छन् । उनले भने, ‘यो विवरणअनुसार संघीय सरकारलाई राहत, विशेष प्याकेज र बजेट छुट्टयाउन पहल गर्ने बताए । 

    प्रदेश सांसद पदमबहादुर रोकायाले क्षति धेरै भएकाले प्रदेश सरकारले समेत विशेष सहयोग गर्नु पर्ने जोड दिए । यस्तै प्रहरी नायव उपरीक्षक दानबहादुर थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति गगन श्रेष्ठले समेत जिल्लाको वस्तुगत अवस्थाको जानकारी दिएका छन् ।न्युज कारखाना
     


    कार्तिक ३, २०७८ बुधवार १८:१४:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाढी

  • क्यानाडा नेपाल

    सुदूरपश्चिममा बाढीपहिरोमा परी २५ जनाको मृत्यु, २२ जना बेपत्ता

  • 156
    SHARES
  • सुदूरपश्चिममा बाढीपहिरोमा परी २५ जनाको मृत्यु, २२ जना बेपत्ता

    धनगढी - आइतबारदेखि भएको बेमौसमी वर्षाका कारण आएको बाढी-पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । बाढी-पहिरोमा परेर २२ जना बेपत्ता भएका छन् ।

    images

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दका अनुसार डोटीका ११, डडेल्धुराका दुई, बझाङका आठ, बैतडीका चार जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा डोटीको जोरायल गाउँपालिका- ३ का ११ वर्षीय आशिष कुन्जेडा र १४ वर्षीय सागर कुन्जेडा रहेका छ्न् । बाढी-पहिरोमा परेर डोटीकै सायलका ६३ वर्षीय जोगी सार्की, ४२ वर्षीय शेरबहादुर बि.क., मोहन बि.क., १३ वर्षीया पवित्रा बि.क., १६ वर्षीया रविन बि.क.को पनि बाढी-पहिरोमा परेर मृत्यु भएको छ ।

    यसैगरी डोटीकै शिखर नगरपालिका- ११ की ३६ वर्षीया मन्धरा बलायर, डोटीकै सायल गाउँपालिका- ५ की  ५५ वर्षीया झुपरी सार्की, ५८ वर्षीय हिरुवा लुहार र ७५ वर्षीय देव डुङ्गेलडको पनि बाढी-पहिरोमा परेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता बिक्रम चन्दले बताए ।

    उता, अविरल वर्षापछि खसेको पहिरो घरमा पस्दा च्यापिएर डडेल्धुरामा दुई जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता चन्दका अनुसार मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका- १ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । डडेल्धुरामै खोलाले बगाउँदा गन्यापधुरा गाउँपालिका- ३ की ६५ वर्षीया नर्मदादेवी शाहीको पनि मृत्यु भएको प्रवक्ता चन्दले बताए ।

    अविरल वर्षाका कारण आएको बाढी-पहिरोमा परेर बैतडीमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका- ५ बिष्टपाली बस्ने ७१ वर्षीया परुदेवी महरा रहेकी छन् । यसैगरी बैतडीकी २५ वर्षीया भानु पार्की, २१ वर्षीया पवित्रा पार्की र तीन वर्षीय देवन पार्कीको पनि मर्त्यु भएको छ ।

    यसैगरी बाढी-पहिरोमा परेर बझाङमा मृत्यु हुको संख्या आठ पुगेको छ । मृतकमध्ये पाँच जनाको अन्तिम संस्कारसमेत गरिएको छ । मृत्यु हुनेमा थलारा गाउँपालिका- ४ डिक्लामा पहिरोमा परेर बेपत्ता भएकामध्ये तीन जना, छ वर्षीय सुवास सार्की, चार वर्षीय विकास सार्की र सात वर्षीय आयुष पार्की मृत भेटिएका छन् । 

    यसैगरी बझाङको छविस पाथिभेरा गाउँपालिका- ६ का १० वर्षीय कालु कठायतको स्थानीय घट्टे खोलाले बगाएर मृत्यु भएको छ । बझाङकै खप्तडछान्ना गाउँपालिका- ४ का धर्मराज रोकायाको घरमाथिबाट पहिरो गएर घर पुरिँदा रोकायासहित उनकी श्रीमती जयसरा रोकायाको समेत ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसैगरी खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर- ५ मा पहिरोले घर पुर्दा वीरु गिरीको ज्यान गएको छ भने उनकी श्रीमती चन्द्रा गिरी बेपत्ता भएकी छन् ।

    प्रदेश प्रहरी प्रवक्ता चन्दका अनुसार बझाङको थलारा गाउँपालिका- ४ डिख्लामा पहिरोमा परी अझै २० जना बेपत्ता छन् । मंगलबार बिहान गएको पहिरोमा परी सातवटा घर बगेका र २३ जना बेपत्ता भएका उनले बताए । बेपत्ता हुनेमा हासुदेवी पार्की, सीमाकुमारी पार्की, हिमाकुमारी पार्की, हर्कु सार्की, धनगिरी सार्की, सीता सार्की, परभास सार्की, भूमिका सार्की, सिरन्जीवी सार्की, ईश्वरादेवी सार्की, सन्दीप सार्की र सविना सार्की रहेका छन् । सोही ठाउँका सरोज सार्की, शर्मिलाकुमारी सार्की, पम्मा सार्की,  मदन सार्की, कलु सार्की र एलिसा सार्की पनि बेपत्ता छन् । 

    यसैगरी लगातारको वर्षापछि आएको बाढीमा परी कैलालीमा एक जना बेपत्ता छन् । प्रहरी प्रवक्ता चन्दका अनुसार डोटीको सायल गाउँपालिका- १ रोकाया गाउँ बस्ने ७४ वर्षीय वीरे रोका स्थानीय खोलाले बगाउँदा बेपत्ता भएका छन् । लगातारको वर्षाका कारण बाढी-पहिरोमा परी डोटीमा तीन, डडेल्धुरामा दुई र बैतडीमा दुई जना घाइते भएका छन् ।न्युज कारखाना


    कार्तिक ३, २०७८ बुधवार १८:२१:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम प्रदेश

  • क्यानाडा नेपाल

    अपडेट : बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या ७७ पुग्यो, २७ अझै बेपत्ता  

  • 168
    SHARES
  • अपडेट : बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या ७७ पुग्यो, २७ अझै बेपत्ता  

    काठमाडौं - देशका विभिन्न स्थानमा अविरल बर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार साझँसम्ममा ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ ।  यस्तै हालसम्म विभिन्न जिल्लामा २७ जना बेपत्ता भएका छन् । 

    images

    बुधबार मात्र बाढी पहिरोका कारण ५० भन्दा बढीको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बाढी पहिरो र डुबानमा परेर ज्यान गुमाउनेमा पाँचथरमा पहिरामा परेर २४ जना, इलाममा १३ जना र डोटीमा १० जना रहेको गृह मन्त्रालयले जनाएको छ । 

    यस्तै कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक÷एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । यस्तै बझाङमा सबैभन्दा बढी २१ जना बेपत्ता भएका छन् । यस्तै जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन् । 

    विभिन्न जिल्लामा अहिलेसम्म २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो । अहिले पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ । बाढी र पहिरोमा परेर हराएकाहरुको खोजी कार्य र फसेकाहरुको उद्धार कार्य जारी रहेको छ ।
     


    कार्तिक ३, २०७८ बुधवार १९:४२:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाढीपहिरो

  • क्यानाडा नेपाल

    तीन दिनदेखिको निरन्तर वर्षाका कारण ताप्लेजुङ अन्धकारमा

  • 220
    SHARES
  • तीन दिनदेखिको निरन्तर वर्षाका कारण ताप्लेजुङ अन्धकारमा

    ताप्लेजुङ - तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण ताप्लेजुङ जिल्ला अन्धकार भएको छ । विद्युत् लाइन र संचार सेवा बन्द भएसँगै ताप्लेजुङ जिल्ला अन्धकारमय भएको हो ।

    images

    गत आइतबारदेखि निरन्तर वर्षा भएसँगै राष्ट्रिय प्रसारण लाइन सुनसरी जिल्लाको इनरुवा ट्रन्समिटरमा समस्या आएका कारण ताप्लेजुङमा विद्युत् प्रवाहमा समस्या आएको विद्युत प्रविधिकरण ताप्लेजुङले जनाएको छ । बिजुली बत्ती नभएपछि सोमबारदेखि संचार सेवासमेत अवरुद्ध भएको छ ।

    विद्युत् नहुँदा यहाँ ल्यान्डलाइन, इन्टरनेट सेवा, मोवाइल सेवा अवरुद्ध भएको हो । साथै, विद्युत् नहुदाँ स्थानीय संचार माध्यमहरूको प्रसारण तथा प्रकाशनमा पनि समस्या आएको छ । इन्टरनेट सेवा बन्द भएसँगै विभिन्न सरकारी कार्यालय तथा संघसंस्थाहरूका कार्यसम्पादनमा समस्या भएको छ ।

    मंगलबार र बुधबार इन्टरनेट अवरुद्ध भएपछि वित्तीय कारोबारका साथै बैंकिङ कारोबारमा समेत समस्या भएको छ । ताप्लेजुङमा मोवाइल सेवा अवरुद्ध हुँदा प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीहरू र कंचनजंघा हिमालमा भ्रमण गर्न आउने पर्यटकहरूले समस्या खेप्नुपरेको छ ।

    मोबाइल सेवा अवरुद्ध भएपछि जिल्लाबाहिरदेखि आउने तीर्थयात्री तथा पर्यटकहरू ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलमल परेर बसिरहेका छन् । यहाँ अझै पनि वर्षा जारी छ ।न्युज कारखाना


    कार्तिक ३, २०७८ बुधवार २०:०५:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ताप्लेजुङ

  • क्यानाडा नेपाल