• Oct 25 2021 | २०७८, कार्तिक ८गते

२०७८, कार्तिक ८गते

करिष्मा मानन्धरले ओलीलाई फोन गरेको देखिएपछि किन डिलिट गरिन् फोटो ?

क्यानाडा नेपाल आश्विन २ २०७८
  • 1.6K
    SHARES
  • images
    images
    करिष्मा मानन्धरले ओलीलाई फोन गरेको देखिएपछि किन डिलिट गरिन् फोटो ?

    काठमाडौं । नायिका करिश्मा  मानन्धरलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर 'प्लस टु'को परिक्षा कस्तो भइरहेको छ भनेर सोधेको खबरले सामाजिक संजाल तात्तिएको छ ।

    images

    नायिका मानन्धरले एउटा स्ट्याटस लेख्दै भनिन्, "फोन आउदा मेरो मोबाइल स्क्रिनमा K.P Sharma Oli भन्ने आयो म छक्क परे !! मजाक हो कि भन्ने पनि लग्यो  तर वाहा हाम्रो देशको पुर्व प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवज सुन्दा घरको मुलिले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो !! आधुनिकता को यो दौडमा सद्भाव र मायाको दुरि मेटाउन येत्रो ठुलो मान्छे भयेर पनि सामान्य कलाकारलाई कल गरिदिनु भयेकोमा धन्यवाद के पि बुवा ।"

    करिश्मा मानन्धरले केपी ओलीले आफूलाई फोन गरेर शुभकामना दिएकोमा खुशी व्यक्त गरिन् । तर उनको यो स्ट्याटस विवादमा समेत तानिएको छ । करिश्मा मानन्धरले सुरुवातमा उक्त स्ट्याटससंगै फोनको स्क्रिनशट समेत राखेकी थिइन् जसका कारण उनी विवादमा परेकी हुन् ।

    करिश्मा मानन्धरले पोष्ट गरेको फोटोमा केपी शर्मा ओलीलाई आफुले फोन गरेको देखिन्छ । आउटगोइंग (outgoing) को साईन देखिएको प्रष्ट देखिएपछि करिश्मा मानन्धरले उक्त फोटो भने डिलिट गरेकी छिन । फोटो डिलिट गरेपनि आफूलाई किन त्यसरी फोन गएको भनेर देखायो भन्ने थाहा नभएको बताएकी छिन् ।

    krshm.jpeg

    केपी शर्मा ओलीले आफूलाई फोन गरेको भनेकी करिश्माले फोटोमा आफूले फोन गरेको देखिएपछि किन हतार हतार स्क्रिनशट डिलिट गरिन भन्ने प्रश्न उब्जिएको छ । अहिले उनको स्ट्याटसहरुमा यही प्रश्न तेर्साउदै कमेन्टहरु गरिएको छ । 

    यदी फोनले गलत देखायो भन्ने करिश्माको तर्क सही छ भने करिश्माले किन उक्त फोटो डिलिट गरिन् भन्ने प्रश्न समेत तेर्सिएको छ । के करिश्माले झुट बोलेकी हुन् वा साच्चै फोनले गलत देखायो ? यी प्रश्नसंगै करिश्मा एमाले पार्टी प्रवेश गर्दैछिन भन्ने समेत चर्चा चलेको छ सामाजिक संजालमा । 


    आश्विन २, २०७८ शनिवार २२:३२:०६ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    थियटरमा पैसा छैन, तर मेरा लागि स्कुल हो - कर्मा

  • 576
    SHARES
  • थियटरमा पैसा छैन, तर मेरा लागि स्कुल हो - कर्मा

    काठमाडौं - कर्मा राम्रो अभिनेतामा पर्छन् । हेर्दा चकलेटी देखिने उनमा अभिनय क्षमता पनि उत्तिकै छ । उनी थियटर हुँदै फिल्ममा आएका हुन् ।

    images

    फिल्म ‘सानो संसार’ मार्फत डेब्यु गरेका कर्मा तत्कालीन समयमा आफ्नो लुक्सका कारण निकै चर्चामा आए । त्यसपछि उनलाई फिल्मकाे धेरै प्रस्ताव आयो, जसमध्ये लूटले उनलाई सफलता दिलायो ।

    फिल्मले जति सफलता दिए पनि उनले थियटर छाडेनन् । उनले फिल्मको समयलाई घटाएर हरेक वर्ष कम्तीमा तीन महिना थियटरलाई दिए । किनकि उनी यसलाई स्कुल मान्छन् । ‘अभिनयको स्कुल नै हो थियटर, जब कहीँ कुनै बेला केही भुले जस्तो लाग्छ आइहाल्छु,’ कर्मा भन्छन्, ‘फिल्ममा ब्याक टु ब्याक प्रस्ताव आउँदा पनि मैले थियटर छाडिनँ, यसैले गर्दा त्यो समयमा फिल्म कम गरें ।’ उनले नाटकको समय र फिल्मको समय उस्तै उस्तै हुँदा आफूले नाटक नै रोज्ने गरेको बताए ।

    ‘थियटरमा पैसा छैन तर मेरो लागि स्कुल हो,’ उनी भन्छन्, ‘यहाँ मैले मलाई चिन्ने र सिक्ने अवसर पाउँछु ।’ त्यसो त उनमा आफू कम फ्रेन्ड्ली भएको कारण पनि मिडियामा कम आउने बुझाइ छ ।

    ‘सायद म धेरैजनासँग फ्रेन्डली हुन सक्दिनँ, यसैले गर्दा पनि मिडियामा कम आउँछु,’ उनले भने । उनी आफूले आफ्नो क्यारेक्टरका लागि चाहिने समय दिन सक्ने बताउँछन । ‘हामीले एकै नाटकलाई तीन महिना दिन सक्छौ भने फिल्मलाई किन सक्दैनौ र ?, तर हतारो मेकरलाई हुन्छ,’ उनले भने ।

    कर्माको बुझाइमा पर्याप्त गृहकार्य नभई फिल्म फ्लोरमा जाँदा काम राम्रो हुन नसक्ने र छायाँकनको दिन पनि लम्बिने बताउँछन् । उनको बुझाइमा यी यस्तै कारणले गर्दा थियटर र फिल्ममा अभिनय गर्ने अभिनेता पनि फरक देखिन्छन् । उनी फुर्सदिलो समयमा घुम्न रुचाउँछन् । न्युज कारखाना 


    कार्तिक ५, २०७८ शुक्रवार १४:५३:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कर्मा

  • क्यानाडा नेपाल

    सुधिर र बिना यस्तो रोमान्टिक अवतारमा देखा परे

  • 342
    SHARES
  • सुधिर र बिना यस्तो रोमान्टिक अवतारमा देखा परे

    काठमाडौँ । गायक रबिन बर्तौला र गायिका बिन्दु परियारको स्वरमा रहेको गीत माया लाउनै जानिनको म्यूजिक भिडियो बाहिरिएको छ । पेशाले इञ्जिनियर समेत रहेका गायक बर्तौलाकै शब्द र संगीत शृजना रहेको गीत रोमान्टिक शैलीमा तयार पारिएको छ । 

    images

    प्रेम र रोमान्स गर्ने उमेरका युवा युवतीले थाहै नपाई हेराहेरमा लगाइने माया प्रेम र रोमान्सको कथालाई देखाइएको भिडियोमा पछिल्लो पुस्ताका चर्चित टिकटकरद्धय सुधिर श्रेष्ठ र बिना राउतको अभिनय रहेको छ । 

    रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । अच्युत बजगाईको सम्पादन रहेको भिडियो हाइलाइट्स नेपालबाट बजारमा आएको हो ।  


    कार्तिक ५, २०७८ शुक्रवार १९:३६:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रबिन बर्तौला

  • क्यानाडा नेपाल

    म्युजिक भिडियोमा रमाउँदै विपीन कार्की  

  • 186
    SHARES
  • म्युजिक भिडियोमा रमाउँदै विपीन कार्की  

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता विपीन कार्की म्युजिक भिडियो खेल्न थालेका छन् । उनले अभिनय गरेको ‘परदेशी आयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । 

    images

    केतन क्षेत्रीको स्वरमा रहेको गीतको भिडियोमा रोजगारीका लागि आफ्नो परिवार छोडेर विदेशिनु पर्दाको पीडा प्रस्तुत गरिएको छ । देवेन्द्र नेपालले निर्देशन गरेको भिडियोमा विपीनका साथमा कविता न्यौपाने र शर्मिला शर्मा, सुरवीर पण्डितले पनि अभिनय गरेका छन् ।

    विपीन अभिनित केही फिल्म दर्शकले मन पराए पनि म्युजिक भिडियोमा भने त्यति सह्राना पाउन सकेका छैनन् । यसअघि पनि उनी ‘सुनैको दरवार’, ‘बटौली’, ‘डर छैन’ लगायतका म्युजिक भिडियोमा अभिनय गरेका थिए । 


    कार्तिक ७, २०७८ आइतवार १४:०१:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विपीन कार्की

  • क्यानाडा नेपाल

    छायांकनका लागि 'कबड्डी-४' को टिम मुस्ताङ पुग्यो, सौगात पनि जोडिए

  • 322
    SHARES
  • छायांकनका लागि 'कबड्डी-४' को टिम मुस्ताङ पुग्यो, सौगात पनि जोडिए

    काठमाडौं - अभिनेता दयाहाङ राईको फिल्म 'कबड्डी–४' को छायांकन सुरु भएको छ । फिल्मको छायांकनका लागि टिम अहिले मुस्ताङको जोमसोममा छ । 

    images

    फिल्ममा दयाहाङ राईसगै सौगात मल्लको पनि अभिनय रहेको छ । फिल्ममा मिरुना मगर र भ्लगर गौमाया गुरुङको पनि अभिनय रहने भएको छ । 

    यस फिल्म रामबाबु गुरुङले निर्देशन गर्दैछन् । पहिलो सिरिज झण्डै ६ वर्षअघि प्रदर्शन भएको थियो । 'कबड्डी–४' बाट यो सिरिजको अन्त्य गर्ने निर्माण टिमले बताइरहेको छ ।  


    कार्तिक ७, २०७८ आइतवार २०:४७:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कबड्डी ४

  • क्यानाडा नेपाल

    आफुहरुबीचको सम्बन्धलाई लिएर चर्चा हुन थालेपछि पल र समीक्षाले खोले मुख

  • 230
    SHARES
  • आफुहरुबीचको सम्बन्धलाई लिएर चर्चा हुन थालेपछि पल र समीक्षाले खोले मुख

    काठमाडौं - पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी निकै चर्चामा छन् । यी दुईको सम्बन्धलाई लिएर केही समययता विभिन्न कुरा हुन थालेको छ । 

    images

    उनीहरूबीचको अन्तरंग सम्बन्धबारे चर्चा चल्न थालेपछि यी दुईले आआफ्नो स्पष्टीकरण दिएका छन् । केही समयदेखि मिडियासँग समेत साक्षात्कार गर्न डराइरहेका उनीहरुले यसबारे अन्ततः बोलेका छन् । 

    एक सातायता चर्चामा रहेका यी दुईको सम्बन्धको विषयमा गसिप र समाचार आउन थालेपछि समीक्षा र पलले सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्ध बारे बताएका छन् । 

    पलले आफुलाई हुँदै नभएको र नगरिएको आरोप लगाइएको बताएका छन् । उनले पछिल्लो केही दिनयता आएका खबरले मेरो शुभचिन्तकसँगै परिवारलाई समेत दु:खी बनाएको  बताएका छन् । 

    यस्तो छ पल शाहको भनाइ - देश विदेशमा रहनुभएका सम्पूर्ण मेरा दर्शक स्रोताज्यूहरूमा हार्दिक सम्मान अनि धेरै माया। विगत केही दिनदेखि मेरो र गायिका समीक्षा अधिकारीको विषयमा आइरहेका समाचारबाट मलगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिंगो दर्शकदीर्घ नै दुःखी बनेको महसुस हामीले गरेका छौ । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कहीँ न कहीँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो। मेरो पेसा र विधाका कारण म धेरै मान्छेहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनुहुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु। 

    अरु कलाकारहरूसँग जस्तै र अरुले जस्तै सांगीतिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरूलाई विदितै छ। हुँदै नभएका, गर्दै नगरिएका, बिनाआधारका कुराहरूलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यक्त्तिगत जीवनमाथ िआँच आउने किसिमले लेखिएका झुटा समाचारहरूले मलाई अत्यन्तै दुःखी बनाएको छ। यसरी कसैको व्यक्त्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरी बदनाम गर्ने गरी समाचार नबनाइदिनुहुन सम्पूर्ण मिडियाकर्मीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। 

    मैले सधैं दर्शक स्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु। यही घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु। मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्टमार्फत हार्दिक माफी माग्दछु। गायिका समीक्षा अधिकारी र मेरो बीचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शीर्षक दिएर सिंगो पत्रकारितालाई पनि बदनाम गर्ने र हाम्रो चरित्रहत्या हुने कार्य नगरिदिनुहोला ।
     
    यस्तै समीक्षाले पनि सामाजिक सञ्जालमार्फत पलसँग जोडिएर आएको समाचारहरू कपोकल्पित रहेको बताएकी छिन् । उनले पलसँगको सम्बन्धलाई तोडमोड गरेर आएको समाचारले आफ्नो चरित्रहत्या भएको बताएकी छिन् । 

    यस्तो छ समीक्षाको भनाइ - मलाई समीक्षा अधिकारी बनाउनु हुने मेरा सम्पूर्ण दर्शक स्रोताज्यूहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यूसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरू आएका छन्, यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरू मेडियामा आएका छन्, जसले मेरो चरित्रहत्या भएको छ। 

    यसका साथसाथै पलजीको क्यारिअरमाथि आँच आउने किसिमले सस्तो प्रचार बाजी गरिराको छन्। यसो नगर्नु हुन अनुरोध गर्दछु। बिनास्रोत अफवाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रूपमा निकै नै असर पुर्याएको छ, यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौ । एउटै इन्डस्ट्रिजमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ । मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हुँ। र, हजुरहरूको माया रहेसम्म सधैं राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अंग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरूले पनि यसरी मानहानि र चरित्रहत्या हुने किसिमले लेखिएका समाचारले निकै दुःखी छु। मैले यो अपेक्षा गरेको थिएन । 

    म जे छु जहाँ छु, यो सब मेरा भगवानरूपी दर्शक स्रोताको देन हो र  हजुरहरूलाई कुनै पनि कुराले निराश गर्न सक्दिनँ र गर्ने छैन। मेरो बारेमा मिडियामा आएका झुटा  समाचारहरूप्रति घोर  निन्दा गर्दछु र हजुरहरू यसको पछाडि नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु। अन्त्यमा सम्पूर्ण पत्रकारज्यूहरूलाई पनि हार्दिक निवेदन गर्न चाहन्छु, कसैको व्यक्त्तिगत जीवनमा आँच आउने मानहानि तथा चरित्रहीन हुने किसिमको समाचार नबनाउनु होला। 
     
    केही समययता पल र समीक्षाको प्रेमको चर्चा छ । पछिल्लो समय पलको म्युजिक भिडियोमा व्यस्तता अत्यधिक छ । तर, यो चर्चा चलेयता उनले इभेन्टमा सहभागिता जनाउन छाडेका छन् । 


    कार्तिक ८, २०७८ सोमवार ११:४७:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पल शाह

  • क्यानाडा नेपाल

    फिल्म ‘एक्स-९’ मा बलिउड अभिनेता सुनील सेठ्ठीले खेल्ने 

  • 328
    SHARES
  • फिल्म ‘एक्स-९’ मा बलिउड अभिनेता सुनील सेठ्ठीले खेल्ने 

    काठमाडौं - नेपाली फिल्म ‘एक्स-९’ मा बलिउड अभिनेता सुनील सेठ्ठीले अभिनय गर्ने भएका छन् । मुकुन्द भट्टले निर्देशन गर्ने यस फिल्ममा सुनीलले अभिनय गर्ने पक्का भएको बताइएको छ । उनी फिल्ममा भिलेनको भूमिका निभाउने भएका छन् । 

    images

    उनले यस फिल्मका लागि जम्मा १२ दिन समय दिने र त्यस अवधिमा उनको भागमा पर्ने सुटिङ सकाइने बताइएको छ । १२ दिनमध्ये सुनीलका दृश्य ६ दिन काठमाडौ र बाँकी ६ दिन स्कटल्यान्डमा हुनेछन् ।  

    मल्टिस्टारर एक्सन फिल्मको रूपमा प्रचार गरिएको यो फिल्ममा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्कालगायतका कलाकारको अभिनय रहने भएको छ । 

     


    कार्तिक ८, २०७८ सोमवार १२:४६:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एक्स ९

  • क्यानाडा नेपाल