• Oct 23 2021 | २०७८, कार्तिक ६गते

२०७८, कार्तिक ६गते

टुँडिखेलमा यसरी मनाइँयो संविधान दिवस (तस्बिरसहित)

क्यानाडा नेपाल आश्विन ३ २०७८
  • 538
    SHARES
  • images
    images
    टुँडिखेलमा यसरी मनाइँयो संविधान दिवस (तस्बिरसहित)

    काठमाडौँ - सातौं संविधान दिवस आज । संविधान दिवसका अवसरमा आज काठमाडौँको टँुडिखेलमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ । 

    images

    tudhikhel-2.jpg

    उक्त विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा लगायतको उपस्थित रहेको थिए । कार्यक्रममा  प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए । 

    tudhikhel-7.jpg

    संविधान दिवसको अवसरमा नेपाली सेनाले हेलिकप्टरमा संविधान दिवस, राष्ट्रिय दिवस लेखिएको ब्यानर काठमाडौंको आकाशमा फहराउँदै पुष्पवृष्टि गरेको थियो । यस्तै सो अवसरमा नेपाली सेनाले बेलुन उडाउने, शान्तिको प्रतिक परेवा उडाउने लगायतका विभिन्न कार्य गरेर देखाएको थियो ।  

    _MG_1163.jpg

    _MG_1169.jpg

    tudhikhel-15.jpg

    tudhikhel-8.jpg

    tudhikhel-12.jpg

    tudhikhel-17.jpg

    tudhikhel-3.jpg

    tudhikhel-6.jpg

    tudhikhel-1.jpg

    tudhikhel-4.jpg

    tudhikhel-5.jpg


    आश्विन ३, २०७८ आइतवार १२:२९:०९ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # संविधान दिवस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

  • 218
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

    काठमाडौँ - शुक्रबार पनि अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ८ पैसा तोकिएको छ । 

    images

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९८ रुपैयाँ १९ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ५१ पैसा तोकिएको छ ।
     
    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८२ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८८ पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ५९ पैसा  तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २० पैसा तोकिएको छ ।

    j.jpg


    कार्तिक ५, २०७८ शुक्रवार ०७:०५:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडा नेपाल

    ग्राहक खाेज्न हिँडेका दुई जना २२ तोला सुन र १८ लाख नगदसहित पक्राउ 

  • 296
    SHARES
  • ग्राहक खाेज्न हिँडेका दुई जना २२ तोला सुन र १८ लाख नगदसहित पक्राउ 

    सुनसरी - सुनसरीको धरानबाट स्राेत नखुलेको २२ तोला सुनको बाला र  १८ लाख नगदसहित दुई जना पक्राउ परेका छन् ।

    images

    रत्न रोडबाट धरान १५ का रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका-२ का चन्द्रप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । रामबहादुरका साथबाट सुन र चन्द्र प्रसादका साथबाट नगद १८ लाख फेला पारेको धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

    सुनको बालाको तौल २२ तोला २ आना २ लाल छ । नगद १८ लाख भने जेब्रा झोला भित्र रातो ब्यागमा फेला परेको थियो । बरामद भएको सुनको ४ वटा बाला ५० ग्रामको र एउटा बाला भने ५८ ग्राम ३२० मिलिग्राम रहेको पाइएको छ ।

    दुबै जना रत्न रोडस्थित न्यू सूर्य लक्ष्मी स्टोरमा सुन बिक्री गर्न खोजेर निस्किएका थिए । सोही क्रममा उक्त पसल नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । डिएसपी कुँवरले भने ‘हामीले कहाँबाट आयो यो सुन र नगद भन्यौँ उनीहरूले कुनै खरिद गरेको बिल तथा प्रमाण देखाउन नसकेपछि पक्राउ गरेका हौँ । के हो भन्ने थप अनुसन्धानबाट खुल्ने छ ।’न्युज कारखाना

     


    कार्तिक ५, २०७८ शुक्रवार ०७:०७:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • क्यानाडा नेपाल

    दुई अर्ब ५० करोड मूल्यको बुद्धमूर्ति भैरहवा आयो, गौतमबुद्ध विमानस्थलमा राखिने

  • 190
    SHARES
  • दुई अर्ब ५० करोड मूल्यको बुद्धमूर्ति भैरहवा आयो, गौतमबुद्ध विमानस्थलमा राखिने

    रुपन्देही - भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्ति भैरहवा आएको छ । लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत विमानस्थलका लागि यो बुद्धमूर्ति ल्याइएको हो । दुई अर्ब ५० करोड मूल्यभन्दा बढीको बुद्धमूर्ति भैरहवा भन्सार कार्यालयमा आइपुगेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए ।

    images

    म्यानमारमा बनाइएको यो मूर्ति भारत हुँदै नेपाल ल्याइएको हो । मूर्तिलाई १४ कातिकमा राष्ट्रपतिमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको गिरीले बताए । 

    अर्थमन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार सुल्क नलाग्ने गरी मूर्ति भित्र्याइएको हो ।  वाइडजेड स्टोनबाट बनेको बुद्धमूर्ति १८ सय केजीको छ । 

    मूर्ति लोटस, फलावरसहित १ दशमलब ९ मिटर अग्लो, ६० सेन्टिमिटर चौडाइ र १ मिटर मोटाइ छ । मूर्तिलाई भैरहवा लुम्बिनी परिक्रमा गरी गौतमबुद्ध विमानस्थल परिसरमा लगेर राखीने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए ।

    म्यानमारमा पाइने बहुमूल्य ढुंगाको अन्तर्राष्ट्रिय बजारमा एक ग्रामको एक हजार २०० हङकङ डलर पर्ने फाउण्डेसनले जनाएको छ । न्युज कारखाना 
     


    कार्तिक ५, २०७८ शुक्रवार १५:०१:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बुद्धमूर्ति

  • क्यानाडा नेपाल

    पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै जनमतको प्रदर्शन 

  • 210
    SHARES
  • पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै जनमतको प्रदर्शन 

    जनकपुरधाम - पक्राउ परेका आफ्ना कार्यकर्ताकोई रिहाइको माग गर्दै जनमत पार्टीले जनकपुरमा प्रदर्शन गरेको छ ।

    images

    बीहीबार जनमत पार्टीका कार्यकताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिई कुटपिट तथा हिलो छ्यापेर नगर परिक्रमा गराएको भन्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाएको छ  । मुद्दा चलाएकालाई बिनाशर्त रिहाइको माग गर्दै जनमतका कार्यकर्ताहरूले शुक्रबार जनकपुरमा प्रदर्शन गरेका हुन् ।

    कार्यकर्ताहरूको रिहाइको माग गर्दै जनमत पार्टीले शुक्रबार गाउँगाउँबाट सयौँ कार्यकर्ता जनकपुरमा उतारेर प्रदर्शन गरेको हो । प्रदर्शनमा धनुषा, महोत्तरी, सर्लाही, बारा, सिरहा र सप्तरीबाट कार्यकर्ताहरू सहभागी भएका जनमत पार्टीले बताएको छ । 

    यसबीच, प्रहरीले जिल्लामा कुनै प्रकारको हिंसात्मक घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाएको बताएको छ । जिल्ला प्रशासन कार्यालय, जनकपुरधाम उपमहनगरपालिकाको कार्यालय,  जिल्ला प्रहरी कार्यालय तथा जनकपुर बजारका सबै चोकहरूमा प्रहरीको संख्या थप गरिएको छ ।

    प्रहरीले गस्ती टोली पनि बढाएको धनुषाका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । न्युज कारखाना
      


    कार्तिक ५, २०७८ शुक्रवार २०:०३:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदर्शन

  • क्यानाडा नेपाल

    आज दिनभरको मौसम कस्तो रहला ?

  • 172
    SHARES
  • आज दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं । शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन ।

    images

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । 
     
    यस्तै आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।   


    कार्तिक ६, २०७८ शनिवार ०७:०८:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडा नेपाल

    विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा 

  • 168
    SHARES
  • विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा 

    काठमाडौं - बर्षाका कारण रोकिएको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ। विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि विमानस्थल बन्द भएको थियो । 

    images

    विमानस्थलमा तत्काल रात्रिकालीन उडान नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले दिउँसो मात्र मौसम अनुकूल उडान भर्न भनेको छ ।  


    कार्तिक ६, २०७८ शनिवार ०७:१८:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विराटनगर विमानस्थल

  • क्यानाडा नेपाल