• Oct 21 2021 | २०७८, कार्तिक ४गते

२०७८, कार्तिक ४गते

संविधान दिवस : दलको लगाम ‘थ्रेसहोल्ड’

क्यानाडा नेपाल आश्विन ३ २०७८
  • 396
    SHARES
  • images
    images
    संविधान दिवस : दलको लगाम ‘थ्रेसहोल्ड’

    काठमाडौं । ०७० को दोस्रो संविधानसभा निर्वाचनपछि बनेको सुशील कोइराला नेतृत्वको सरकारले ३ असोज ०७२ मा नेपालको नयाँ संविधान जारी गर्यो । 

    images

    संविधानसभा बैठकमा तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले सभाध्यक्षद्वारा प्रमाणित पाँचवटा संविधानका प्रतिमा ढोग्दै हस्ताक्षर गर्दै गरे । बहुप्रतिक्षित संविधान घोषणाको घडीमा उनले भनेका थिए, ‘नेपालको संविधान आज मिति २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु ।’

    संविधानसभा ६ सय एक सदस्यीय भए पनि जारी गर्ने बेला पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । नयाँ संविधानले ०६२÷०६३ को जनआन्दोलनका मूल राजनीतिक उपलब्धि भनिएका गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका विषय संस्थागत गरेको छ । 

    संविधान जारी गर्दा संविधानसभामा कांग्रेस, एमाले, नेकपा माओवादी, मधेसी जनअधिकार फोरम नेपाल, तमलोपा, फोरम लोकतान्त्रिक, राप्रपा नेपाल, राप्रपा, नेकपा माले, नेमकिपा, नेकपा संयुक्त, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा थिए । यी दलहरू समानुपातिक निर्वाचन प्रणालीका आधारमा संविधानसभामा सहभागी भएका थिए ।

    तर, संविधान जारी गर्ने बेला मधेस केन्द्रित दलले बहिष्कार गरे । उनीहरूले तराईका जिल्लामा ‘ब्ल्याक आउट’ गरे । संविधानमा आफ्ना माग र एजेन्डा सम्बोधन नभएको भन्दै अहिलेसम्म उनीहरूले अपनत्व लिन सकेका छैनन् । अझै पनि उनीहरूको विमति जारी छ ।

    संविधान जारी हुने बेला देशको राजनीतिक अवस्था विषम अवस्थामा भए पनि त्यसपछि बनेको सरकारमा मधेस केन्द्रित दलहरू सहभागी हुँदै गए । संविधान जारी भएपछि प्रधानमन्त्री सुशील कोइरालाको सरकार विस्थापित गरी एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने । संविधान जारी भएलगत्तै भारतले नाकाबन्दी लगायो । ओली सरकार बन्नुअघि नै भारतले नाकाबन्दी लगाएको थियो ।

    ओलीको सरकार पनि नौ महिनामै विस्थापित भएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । प्रचण्ड नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन सुरु गर्यो । प्रचण्डपछि लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । 

    देउवा नेतृत्वको कांग्रेस–माओवादी गठबन्धन सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन ग-यो । संविधानमा उल्लिखित तीन तह स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्यायो । सो पार्टीका अध्यक्ष केपी ओली प्रधानमन्त्री बने ।

    नयाँ संविधानको घोषणासँगै गत नौ वर्षमा १२ पटक संशोधन गरिएको नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी गरेपछि संविधानसभा व्यवस्थापिका संसदमा रूपान्तरित भएको थियो । व्यवस्थापिका संसद्ले राजनीतिक दलसम्बन्धी विधेयक पारित गरेको थियो । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनको मस्यौदामा ३ प्रतिशत ‘थ्रेसहोल्ड’ राख्न प्रस्ताव गरेको थियो । साना दलहरूको विरोधका बीच ‘थ्रेसहोल्ड’सम्बन्धी विधेयक संसद्बाट बहुमतले पारित भएको हो ।

    जसअनुसार राष्ट्रिय दलको मान्यता पाउन कुनै पनि दलले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सिट अनिवार्य रूपमा जित्नुपर्ने व्यवस्था गरियो । साना दलका कारण सरकार अस्थिर हुने निष्कर्ष निकालेर ‘थ्रेसहोल्ड’ को व्यवस्था गरिएको हो ।

    नयाँ व्यवस्थाअनुसार कुनै दलले समानुपातिकतर्फ खसेको कुल सदर मतको ३ प्रतिशत मत ल्यायो, तर प्रत्यक्षमा एक सिट पनि जित्न सकेन भने उक्त दलको प्रतिनिधिसभामा प्रतिनिधित्व नहुने बनाइयो । सोहीअनुसार ०७४ मा भएको प्रतिनिधिसभामा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टीले मात्रै राष्ट्रिय दलको मान्यता पाए ।

    संसदमा राप्रपा, नेमकिपा, नयाँ शक्ति पार्टीको प्रतिनिधित्व भए पनि उनीहरूले ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाउन नसकेपछि ती पार्टीबाट जितेका सांसद स्वतन्त्र हैसियतमा छन् ।

    सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि भने दुईवटा दल विभाजन भएर दुईवटा नयाँ दल गठन भएका छन् । अध्यादेशले ‘थ्रेसहोल्ड’ बारे केही उल्लेख नगरेकाले पनि एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका छन् । दुवै दलले निर्वाचन आयोगबाट राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । न्युज कारखाना


    आश्विन ३, २०७८ आइतवार १३:१०:२१ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    एमालेले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा 

  • 160
    SHARES
  • एमालेले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा 

    काठमाडौं - नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । बैठकबिहीबार अपरान्ह ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । तामाङले मुख्यतः पाँचवटा एजेण्डामा छलफलको लागि बैठक बोलाइएको बताए । 

    images

    बैठकमा विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन, ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षति सम्बन्धमा छलफल हुने उनले बताए ।


    कार्तिक ३, २०७८ बुधवार १४:४४:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • क्यानाडा नेपाल

    बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख दिने सरकारको निर्णय

  • 150
    SHARES
  • बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख दिने सरकारको निर्णय

    काठमाडौं - सरकारले बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई राहत दिने भएको छ । बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले बाढीपहिरोमा एकजना गुमाएका परिवारलाई दुई लाख, दुईजना वा त्यसभन्दा बढी गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । 

    images

    उक्त बैठकले हालैका दिनमा प्राकृतिक प्रकोपबाट भएको मानवीय क्षतिको विश्लेषण गर्दै राहत दिने निर्णय गरेको हो । 

    बैठकले बाढीपहिरोले जमिन गुमाएकालाई जमिन उपलब्ध गराउने र घर पूर्णरूपमा क्षति भएकालाई हिमाली क्षेत्रमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिने निर्णय गरेको जनाइएको छ । 


    कार्तिक ३, २०७८ बुधवार १७:५६:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाढीपहिरो

  • क्यानाडा नेपाल

    ओलीले भने - 'सरकार ढाल्दिऊँ भन्ने हो भने एक हप्ताभित्र सरकार जान्छ' 

  • 260
    SHARES
  • ओलीले भने - 'सरकार ढाल्दिऊँ भन्ने हो भने एक हप्ताभित्र सरकार जान्छ' 

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले कुनैपनि काम गर्न नसक्ने दावी गरेका छन् । बुधबार पार्टीको वागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

    images

    देश बनाउने निश्चित भएपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने बताउदै उनले देश बनाउने कुरा र सरकार बनाउने कुरा फरक भएको बताए । उनले देश बनाउन आउँदो निर्वाचनमा पार्टीलाई जिताउनुपर्ने पनि बताए । 

    उनले एमाले नेतृत्वको सरकारले गरेका कामले गिनिज बुकको आधा भाग भरिने पनि बताए । अहिलेको सरकारले केही काम गर्न नसक्ने बताउदै ओलीले आफ्नो पार्टी बाहेक अर्को पार्टीले विकास गर्न नसक्ने बताए । 

    उनले भने - 'गिनिज बुकको आधा भाग त हामीले गरेको कामले भरिन्छ । दुई यो एमाले हो क्या एमाले । गिनिज बुकमा लेख्ने कुरा कति छन्' कति उनले थपे - 'दुईपटक किड्नी फेरेर पनि प्रधानमन्त्री बन्ने र उस्तै स्वस्थ हुने मान्छे पनि नेपालमै ।'

    यस्तै उनले आफूहरूले चाहेमा सरकार एक हप्ताभित्रै ढाल्न सक्ने तर आफूहरूको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको पनि बताए । उनले भने - 'अहिले पनि यो सरकार ढाल्दिऊँ भन्ने हो भने धेरै त नभनौं एक हप्ताभित्र यो सरकार जान्छ। एमालेले ढाल्दिऊँ भन्ने हो भने। यस्तै यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढाल्दिन्छौं। ' 


    कार्तिक ३, २०७८ बुधवार १८:५०:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    एमालेको चियापान : अरु पार्टीलाई आसन, समाजवादीलाई गाली र बहिष्कार

  • 284
    SHARES
  • एमालेको चियापान : अरु पार्टीलाई आसन, समाजवादीलाई गाली र बहिष्कार

    पोखरा - एमाले कास्कीले दसैँ तिहारलगायत सबै चाडवाडलाई लक्षित गरी बुधबार चियापान कार्यक्रम आयोजना गर्‍यो । एमाले महासचिव ईश्वर पोखरेल, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वगृहमन्त्री खगराज अधिकारीलगायत कार्यक्रमको वक्ता थिए ।

    images

    एमालेले चियापानमा जिल्लास्थित सबै सक्रिय राजनीतिक पार्टीलाई आमन्त्रण गरेकाे थियो । समाराेहमा सबै राजनीतिक पार्टीलाई आसन ग्रहण गराइयो । सरकारका उपसचिवसमेतको आसन ग्रहण थियो । तर एमालेले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई बहिष्कार गर्‍यो । नेकपा एसको नामसमेत लिएन ।

    सुरुदेखि नै वर्गशत्रुका रूपमा समाजवादी पार्टीलाई लिइएको छ । त्यतिमात्रै होइन, कार्यक्रमका वक्ताहरूले नेकपा (एस) को खोइरो खने । एमाले महासचिव पोखरेलले कम्युनिष्ट पार्टी फुटाएर विरोधी पार्टीलाई सत्ता सुम्पिने माधव समूहको गठबन्धन चकनाचुर हुने दाबी गरे । ‘एमालेविरुद्ध जुन गठबन्धन बनेको छ, यो गठबन्धन धेरै दिन टिक्नेवाला छैन । यो चकनाचुर हुनेवाला छ । यो गठबन्धन मुलुकको विकास र समृद्धि रोक्नका लागि हो । मुलुकको राजनीतिक स्थायित्व धराशायी बनाउन हो,’ उनले थपे, ‘यो अराजकतालाई बढावा दिनका लागि हो । सामाजिक सद्भावलाई खलवल्याउने र विदेशीको इसारामा घुँडा टेक्ने गठबन्धन हो । एमाले यसको विरुद्ध लाग्छ ।’

    एमाले सचिव पृथ्वीसुब्बा गुरुङले एकीकृत समाजवादीले कम्युनिष्टको आदर्शविपरीत काम गरेको आरोप लगाए । ‘अहिले एमाले विभाजित गरेर कम्युनिष्ट भन्ने शक्तिहरूले दलाल नोकरशाही पुँजीपतिहरूको संरक्षण गरिरहेका छन् । विदेशीको इसारामा नाच्ने पार्टीको नेतृत्वमा सरकार बनाएका छन्,’ उनले भने, ‘यो सरकार दलाल नोकरशाही पुँजीवादीहरूको हो । यसविरुद्ध एमाले लाग्नुपर्ने छ ।’ उनले माओवादी र एकीकृत समाजवादी कुनै पनि हालतमा कम्युनिष्ट हुन नसक्ने बताए ।

    पूर्वगृहमन्त्री अधिकारीले एमालेको विभाजन सेटिङबाट गरिएको भन्दै त्यो नस्वीकार्ने बताए । ‘कृत्रिम विभाजन कहिलै स्वीकार्य छैन । सेटिङबाट गरेको विभाजन हामीलाई स्वीकार्य छैन । हामी भुइँबाटै देखाउन चाहन्छौं, ६ गते वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनबाट अझ बढी मजबुत बनाएर लाग्छौं,’ उनले भने, ‘यो देशमा नेकपा एमाले जिउँदै छ । हराभराका साथ अगाडि बढ्छ । सम्पूर्ण गलत चिन्तन, शैली प्रवृत्तिलाई चुनौतीका साथ सामना गर्दै संघीयतालाई दृढतापूर्वक अगाडि बढाउँछ ।’न्युज कारखाना
     


    कार्तिक ३, २०७८ बुधवार १८:५६:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • क्यानाडा नेपाल

    प्रतिनिधिसभाको अवरोध खुलाउन पहल भइरहेको छ - सभामुख सापकोटा

  • 178
    SHARES
  • प्रतिनिधिसभाको अवरोध खुलाउन पहल भइरहेको छ - सभामुख सापकोटा

    काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा भएको अवरोध हटाउन औपचारिक र अनौपचारिकरूपमा पहल भइरहेको बताउनुभएको छ । सिन्धुपाल्चोकको कुभिण्डेमा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको २९औँ साधारणसभाको उद्घाटनका अवसरमा सभामुख सापकोटाले यही कात्तिक ११ गते बस्ने प्रतिनिधिसभाको बैठकअगावै संसद् सञ्चालन गर्न आवश्यक छलफलका लागि पुनः बैठकको आयोजना गरिने बताउनुभयो ।

    images

    प्रतिनिधिसभालाई प्रभावकारी, गतिशील र जनमुखी बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गर्दै सभामुख सापकोटाले आफू त्यसैमा केन्द्रित भएर काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

    मौसममा आएको परिवर्तनले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिराले ठूलो धनजनको क्षति पुगेकामा दुःख व्यक्त गर्दै सभामुख सापकोटाले मुखमै आएको धानबाली नोक्सान भएकामा पीडित परिवारलाई राहत उपलब्ध गराउन गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष नेत्रप्रसाद नेपालको सभापतित्वमा भएको कार्यक्रममा आफू कसैको दबाब र कुनै शक्तिसँग झुकेर राष्ट्र र जनताको हितविपरीत काम नगर्ने प्रतिबद्धता पुनः दोह¥याउनुभयो । 

    चौतारा साँगाचोकगढी नगरपालिका–४ कुभिण्डेमा अवस्थित उक्त सहकारी संस्था जिल्लाकै पहिलो हो । वार्षिक पाँच लाख ७५ हजार लिटर दूध उत्पादन हुने र आफ्नै चिस्यान केन्द्रमार्फत दुग्ध विकास संस्थान बालाजुमा पठाइने गरेको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।रासस
     


    कार्तिक ३, २०७८ बुधवार २०:३६:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अग्निप्रसाद सापकोटा

  • क्यानाडा नेपाल

    प्रधानसेनापति शर्मा र राजदूत भोल्कबीचको भेटवार्तामा के भयो ?

  • 164
    SHARES
  • प्रधानसेनापति शर्मा र राजदूत भोल्कबीचको भेटवार्तामा के भयो ?

    काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्मा र अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार सैनिक मुख्यालय जङ्गीअड्डामा भेटवार्ता भएको हो । 

    images

    उक्त भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भेटवार्ताले दुई देशबीचको सम्बन्ध सुमधुर तुल्याउन थप सहयोग पुग्ने सेनाको विश्वास रहेको छ । 


    कार्तिक ३, २०७८ बुधवार २१:००:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रभुराम शर्मा

  • क्यानाडा नेपाल