• Oct 23 2021 | २०७८, कार्तिक ६गते

२०७८, कार्तिक ६गते

संविधान जारी गरेपछि जनताको युग सुरुवात भयो : ओली

क्यानाडा नेपाल आश्विन ३ २०७८
  • 376
    SHARES
  • images
    images
    संविधान जारी गरेपछि जनताको युग सुरुवात भयो : ओली

    काठमाडौं । एमाले केपी ओलीले संविधान जारी भएसँगै समान्ती युग अन्त्य भएर नयाँ युगको सुरुवात भएको बताएका छन् । संविधान जारी भएसँगै वास्तविक जनताको राजको युग सुरुवात भएको बताएका ओलीले असमानता, थिचोमिचो र भेदभावको युगको अन्त्य गर्ने र नयाँ युगको नयाँ विहानीको प्रारम्भ गरेको बताए । 

    images

    एमालेद्वारा आइतबार आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले संविधान बनाउँदा देशभित्र र बाहिर व्यापक रूपमा जनस्तरमा र सामाजिक जीवनका सबै क्षेत्रमा बहस गरेको जानकारी दिए । 

    संविधान बनाउने क्रममा स्वार्थ समूहहरू तानातान भएको भएको स्मरण गर्दै उनले भने, ‘विभिन्न देशका संविधानसँग तुलनात्मक अध्ययन भए । विगतका अनुभवलाई ध्यानमा राखेर नेपालको संविधान निर्माण ग¥यौँ । यद्यपि, त्यसक्रममा स्वार्थ समूहहरु तानातान भए । आफ्ना अधिकार हितलाई सुनिश्चित गर्नु स्वभाविक भए । विभिन्न शक्तिका दबाब झेलेर पराजित गरेर संविधान जारी गर्‍यौँ  ।’

    जनतालाई सम्पूर्ण स्रोत मानेर संविधानमा वर्चश्व हासिल गरेको बताएका उनले भने, ‘सार्वभौमसत्ता सम्पन्न जनताले आफ्नो सार्वभौमसत्ता मूल संविधानमा वर्चश्व हासिल गरे । जनता नै सम्पूर्ण शक्तिको स्रोत हुन भनेर व्यवस्थित गरियो । यस दिनको असाधारण महत्व छ । त्यसैले राष्ट्रिय दिवस भन्यौं । कुनै कुल घराना व्यक्ति होइन जनता सर्वोपरि हुन्छ । संविधानमार्फत व्यवस्थित गरिएको छ । जनतामा रहेको सार्वभौमसत्ता सम्पूर्ण हिसाबले जनतामा संवैधानिक सर्वोच्च कायम भएको हिसाबले यो दिन विशेष छ ।’

    ‘नेपाली जनताले गरेको त्याग बलिदान र योगदान गलत थिएन । समानता र न्यायका लागि योगदान गरे । ति सबैको संविधानले सम्मान गरेको छ । सफलताको आसनमा ल्याएको छ’, अध्यक्ष ओलीले भने, ‘यसले सापेक्षित रुपमा भन्ने हो भने राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने अवस्था अन्त्य गरेको छ । साथसाथै संविधान जारी हुने कुरामा नेपालमा एउटा ठूलो बहसको विषय राजनीतिक आन्दोलन क्रान्ति परिवर्तनका लागि हिंसा अनिवार्य हो कि हैन भन्ने प्रश्न छ । हामीले अनेकौँ सशस्त्र युद्ध रोक्यौं । हतियारमात्रै परिवर्तन होइन । परिवर्तनका लागि हिंसा आवश्यक छैन । यो स्वीकार्य पनि छैन भनेको छ ।’

    समानुपातिक समावेशी सहभागिता, पछाडि परेको समुदाय अगाडि बढाउने नीति निर्माण, जनप्रतिनिधिमुलक संस्था जनताको सामाजिक जीवन सबैको प्रतिनिधित्व हुन सकेको ओलीको भनाइ छ । 

    ‘संविधानले सबलीकरण, सशक्तिकरण सामाजिकीकरण शिक्षा स्वास्थ्य रोजगारीजस्ता मौलिक कुरालाई समेटेको छ । हाम्रो संविधान उत्कृष्ट छ’, उनले भने, ‘केन्द्रीय एकीकृत शासन प्रणालीलाई चुनौती दिएको छ । तीन तहको सरकारले काम गरिरहेको छ । कतिपयले सिंहदरवार गाउँमा कहाँ छ भनेर खिसिट्युरी गर्छन् । सिंहदरबार गाउँमा पुर्याउने भनेको सिंहदरवा बोकेर गाउँमा लाने होइन सिंहदरवारका अधिकारहरु गाउँमा पु¥याउने हो । पहिले सिंहहदरबारबाट शासन हुन्थ्यो भने अहिले पालिका पालिकाबाट हुन्छ । केही कमजोरी होला । तर प्रणाली रामो हो ।’ न्युज कारखाना


    आश्विन ३, २०७८ आइतवार १३:२६:४६ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    ओलीलाई गगनको जवाफ : प्रधानमन्त्रीको कुर्सीमा बसेपछि अब त थाहा पाउनुभयो नि!

  • 356
    SHARES
  • ओलीलाई गगनको जवाफ : प्रधानमन्त्रीको कुर्सीमा बसेपछि अब त थाहा पाउनुभयो नि!

    काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सार्वजनिक संस्थाहरु बलियो हुनुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरणको कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सार्वजनिक संस्थाप्रति अलमल रहेको र त्यो नेताहरुमा पनि विद्यमान रहेको बताए ।

    images

    कांग्रेसमाथि उद्योग बेचेको आरोप लाग्ने गरेको भन्दै थापाले त्यो सबै नबुझेर गरिएको टिप्पणी भएको बताए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चुनावका बेला कांग्रेसले उद्योग कलकारखाना बेच्यो, निजीकरण गर्‍यो भनेर लगाएको आरोप उनी प्रधानमन्त्री बनेपछि खण्डित भएको बताए ।

    'सार्वजनिक संस्थाहरुबारे हामी कहिलेकाही अलमलमा परेको पाउँछौं । कहिले बाँसबारी छाला जुत्ता कारखानाको बारेमा रुन्छौं । कहिले भृकुटी कागजका बारेमा रुन्छौं । अहिले पनि उद्योग बेचेर खायो भनिन्छ । तर आजसम्म उद्योग बेचेर खायो भनेर गाली गर्ने कुनै पनि व्यक्तिले प्रधानमन्त्री हुँदै गर्दा वा सरकार चलाउन पाउदै गर्दा फर्केर आएर चुरोट कारखाना खोलेको, जुत्ता कारखाना खोलेको, कागज कारखाना खोलेको कही पाउनुभएको छ ?' थापाले प्रश्न गरे ।

    उनले अघि थपे, 'किनकि प्रधानमन्त्रीको कुर्सीमा बसेको के थाहा हुन्छ भने सरकारले जुत्ता कारखाना चलाउने होइन रहेछ, चुरोट कारखाना सरकारले चलाउने होइन रहेछ भन्ने त्यहाँ थाहा हुन्छ । १७ करोड पिअर जुत्ता नेपाल फुटवेयर इण्ट्रस्टीमा उत्पादन हुन्छ । उत्पादन क्षमता छ । यो बाँसबारी छाला जुत्ता कारखाना निजीकरण भएरै सञ्चालनमा आएको हो नि ।'  

    नेता थापाले विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा र ओज कायम राख्न र नाफामा लैजान आग्रह गरे । प्राधिकरणले बनाउनुपर्ने परियोजना अरुलाई दिएकोमा उनले आक्रोश पोखे । विद्युत अपत बढिरहेको भन्दै थापाले प्रसारण लाइन बनाउन सहायता आउँदा विदेशी सेना आउँछ भनेर हल्ला गरेर अवरोध गर्ने काम भएको बताए । विदेशी सहयोग नलिने भए स्वदेशी लगानीमै प्रसारण लाइन निर्माण गर्नुपर्ने उनको जोड छ । न्युज कारखाना 


    कार्तिक ५, २०७८ शुक्रवार १८:२५:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # गगन थापा

  • क्यानाडा नेपाल

    १० बुँदे कार्यदलको संयोजकबाट राजीनामा दिने भीम रावलको घोषणा

  • 432
    SHARES
  • १० बुँदे कार्यदलको संयोजकबाट राजीनामा दिने भीम रावलको घोषणा

    काठमाडौं - नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् ।

    images

    केन्द्रीय कमिटीले निर्णय गरेर अन्तरपार्टी निर्देशनबाटै जारी भएको १० बुँदे सहमति कार्यान्वयन नभएकामा असन्तुष्टि जनाउँदै रावलले राजीनामा दिएका हुन् ।

    'यो मेरो व्यक्तिगत कुरा होइन । अपानिबाट जारी भएको कुरा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने कुरा हो । र, त्यसको कार्यान्वयन नगर्ने तर्क आएको हुनाले म त्यसप्रति सहमत हुन सकिनँ', उनले भने ।

    रावलले थपे, 'एकातिर भीम रावललाई कार्यदल संयोजकको जिम्मा छ कार्यान्वयन गरे भइहाल्यो भन्ने, अर्कोतिर पार्टीमा भएका छलफल र केन्द्रीय कमिटीले गरेको निर्णय मान्ने नभएपछि त्यो कार्यदलमा बसिरहनुको कुनै औचित्य नभएको हुनाले त्यसबाट राजीनामा दिने बैठकमा घोषणा गरेको छु र लिखित रूपमा भोलि अध्यक्षलाई पठाउने जानकारी गराएको छु ।'


    कार्तिक ५, २०७८ शुक्रवार १९:१६:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीम रावल

  • क्यानाडा नेपाल

    एमालेले १२ कात्तिकमा बोलायो केन्द्रीय समिति, त्यसअघि १० बुँदे कार्यान्वयन गरिसक्ने

  • 264
    SHARES
  • एमालेले १२ कात्तिकमा बोलायो केन्द्रीय समिति, त्यसअघि १० बुँदे कार्यान्वयन गरिसक्ने

    काठमाडौं - नेकपा एमालेले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । च्यासलमा बसेको स्थायी कमिटी बैठकले आगामी १२ कात्तिकमा केन्द्रीय समिति बोलाउने निर्णय गरेको हो ।

    images

    राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न र अन्य आवश्यक निर्णय गर्नका लागि केन्द्रीय कमिटी बैठक १२ कात्तिकमा बस्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस अगाडि ११ कात्तिकमा स्थायी कमिटी बस्नेछ ।

    आजको बैठकले केन्द्रीय कमिटीअगावै १०बुँदे सहमति कार्यान्वयन गरिसक्ने निर्णय पनि गरेको छ । 'बैठकले १० बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा आमरूपमा सबै ठाउँमा कार्यान्वयन हुँदै गएको र समस्या रहेको एकाध ठाउँमा केन्द्रीय कमिटी बैठकसम्म टुंग्याइसक्ने र यसका लागि सम्बन्धित नेतालाई निर्देशन गरेको छ', प्रवक्ता ज्ञवालीले भने ।

    ज्ञवालीले १२ कात्तिकसम्म १० बुँदे कार्यान्वयन भइसक्ने भने पनि कार्यदलका संयोजक भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नहुने भनेको भन्दै संयोजकबाट राजीनामा दिइसकेका छन् ।


    कार्तिक ५, २०७८ शुक्रवार २०:०६:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • क्यानाडा नेपाल

    एमाले स्थायी कमिटीले गर्‍यो यस्ता आठ निर्णय

  • 194
    SHARES
  • एमाले स्थायी कमिटीले गर्‍यो यस्ता आठ निर्णय

    काठमाडौं - नेकपा एमालेले १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको छ । बिहीबार सुरु भई शुक्रबार सम्पन्न बैठकले चितवनमा मंसिरमा तोकिएको राष्ट्रिय महाधिवेशनको तयारीका लागि रामबहादुर थापा 'बादल'को संयोजकत्वमा गठित २१ सदस्यीय समितिलाई पूर्णता दिएको हो ।  

    images

    बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्नका लागि २०७७ चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    उनका अनुसार बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।  

    राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न र अन्य आवश्यक निर्णय गर्नका लागि स्थायी कमिटीको बैठक ११ कात्तिकमा बोलाउने निर्णय गरेको छ ।

    केन्द्रीय कमिटी बैठक १२ कात्तिकमा बस्ने निर्णय गरेको छ । राष्ट्रिय महाधिवेशनमा विभिन्न मुलुकका मित्र पार्टी, भाइचारा पार्टी र देशभित्र विभिन्न राजनीतिक दललाई निमन्त्रणा गर्ने निर्णय पनि गरेको छ ।

    बैठकले १० बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा आमरूपमा सबै ठाउँमा कार्यान्वयन हुँदै गएको र समस्या रहेको एकाध ठाउँमा केन्द्रीय कमिटी बैठकसम्म टुंग्याइसक्ने र यसका लागि सम्बन्धित नेतालाई निर्देशन गरेको छ ।

    बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहमद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।न्युज कारखाना


    कार्तिक ५, २०७८ शुक्रवार २०:४१:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले स्थायी कमिटी बैठक

  • क्यानाडा नेपाल

    नेकपा एमालेले देशभर वडास्तरका अधिवेशन गर्दै

  • 218
    SHARES
  • नेकपा एमालेले देशभर वडास्तरका अधिवेशन गर्दै

    काठमाडौं - नेकपा एमालेले शनिवार देशभर वडास्तरका अधिवेशन आयोजना गर्दैछ ।  एमालेले आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज  वडा अधिवेशन आयोजना गरेको हो भने कात्तिक ९ गते पालिका अधिवेशन गर्नेछ । 

    images

    आज बाढीपहिरोबाट प्रभावित जिल्लामा बाहेक अन्य जिल्लामा वडा अधिवेशन हुनेछ । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

    शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले रामबहादुर थापा ुबादलुको संयोजकत्वमा गठित २१ सदस्यीय १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको थियो ।   

    बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्नका लागि २०७७ चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गरिने ज्ञवालीले बताए ।  


    कार्तिक ६, २०७८ शनिवार ०७:४०:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • क्यानाडा नेपाल

    १० बुँदेले बल्झियो नेकपा एमालेमा विवाद 

  • 176
    SHARES
  • १० बुँदेले बल्झियो नेकपा एमालेमा विवाद 

    काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष एवं १० बुँदे कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले स्थायी कमिटी बैठकमा फरक मत दर्ज गरेका छन् । च्यासलमा जारी स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कार्यदलबाट आएका सुझावलाई लत्याएपछि रावलले पाँच पृष्ठ लामो फरक मत दर्ज गरेका हुन् ।

    images

    '१० बुँदे सहमति कार्यान्वयनका लागि कार्यदलको बैठक बसेर सुझावहरू तयार पारेको थियो । स्थायी कमिटीमा धेरै सदस्यले कार्यान्वयन गर्दै जाने भनेको तथा सौहार्दपूर्ण छलफल भए पनि अन्तिममा पार्टी अध्यक्षले निष्कर्ष सुनाउँदा भएका सबै छलफलहरू, १० बुँदे सहमति, अपानिभन्दा भिन्न र अमिल्दो किसिमले उहाँले त्यसको कार्यान्वयन नगर्ने किसिमले कुरा राख्नुभएकाले मेरो त्यसप्रति सहमति हुन सकेन । पाँच पृष्ठ लामो फरक मत दर्ज गरेको छु', उनले भने ।

    रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कार्यदलको संयोजकबाट राजीनामाको घोषणासमेत गरेका छन् । केन्द्रीय कमिटीले निर्णय गरेर अन्तरपार्टी निर्देशनबाटै जारी भएको १० बुँदे सहमति कार्यान्वयन नभएकामा असन्तुष्टि जनाउँदै रावलले राजीनामा दिएका हुन् । 'यो मेरो व्यक्तिगत कुरा होइन । अपानिबाट जारी भएको कुरा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने कुरा हो । र, त्यसको कार्यान्वयन नगर्ने तर्क आएको हुनाले म त्यसप्रति सहमत हुन सकिनँ', उनले भने ।

    पार्टीको निर्णय नै नमान्ने र सुझावहर"लाई कार्यान्वयन गर्न अस्वीकार गरेकाले राजीनामा दिएको उनको भनाइ छ । 'एकातिर भीम रावललाई कार्यदल संयोजकको जिम्मा छ कार्यान्वयन गरे भइहाल्यो भन्ने, अर्कोतिर पार्टीमा भएका छलफल र केन्द्रीय कमिटीले गरेको निर्णय मान्ने नभएपछि त्यो कार्यदलमा बसिरहनुको कुनै औचित्य नभएको हुनाले त्यसबाट राजीनामा दिने बैठकमा घोषणा गरेको छु र लिखित रूपमा भोलि अध्यक्षलाई पठाउने जानकारी गराएको छु', उनले भने ।  

    रावलले १० बुँदे सहमतिविपरीत केन्द्रीय समितिमा मनोनीत गर्ने विषयमा पनि असहमति जनाएका छन् । 'कुनै छलफल नगरी, विधि-पद्धतिबिना दुई जना राख्ने कुरामा असहमति छ', उनले भने । रावलले आफ्ना लागि महाधिवेशन महत्त्वपूर्ण कुरा नभएको बताए । पार्टी एकताबद्ध बनाउने कुरा ठूलो भएको उनको भनाइ थियो । न्युज कारखाना


    कार्तिक ६, २०७८ शनिवार ०७:५५:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • क्यानाडा नेपाल