• Oct 18 2021 | २०७८, कार्तिक १गते

२०७८, कार्तिक १गते

भारतमा नौ सय वर्ष पहिले बनेको गणेशको मूर्ति फेला

क्यानाडा नेपाल आश्विन ३ २०७८
  • 1.1K
    SHARES
  • images
    images
    भारतमा नौ सय वर्ष पहिले बनेको गणेशको मूर्ति फेला

    नयाँ दिल्ली - भारतमा १२औं शताब्दीमा बनेको गणेशको मूर्ति फेला परेको छ । दक्षिणपूर्वी भारतका एक किसानले बारीमा उक्त मूर्ति फेला पारेका हुन् । प्रकाशम जिल्लाको मोटुपाली गाउँका किसानले खेत जोत्ने क्रममा उक्त मूर्ति फेला पारेका हुन् ।

    images

    हिन्दू धर्ममा गणेशलाई बुद्धि र विवेकका देवता मानिन्छ । ढुंगाको १८ इन्च अग्लो सो मूर्ति पद्मासन अवस्थाको छ । मूर्तिका दुईओटा हात टुटेका छन् भने तेस्रो हातले भाँचिएको सुँड समातेको देखिन्थ्छ। चौथो हातले मिठाइजस्तो बस्तु लिएको देखिन्न्छ ।

    उक्त मूर्ति १० दिने गणेश चर्तुर्थी पर्वको अवसरमा सार्वजनिक गरिएको छ। गणेश जन्मेको तिथिलाई हिन्दुहरूले गणेश चर्तुर्थी पर्वको रुपमा मनाउँछन् । गणेश चर्तुर्थीमा उपवास तथा गणेशको पुजा र आरधना गरिन्छ ।एजेन्सी


    आश्विन ३, २०७८ आइतवार १४:२६:२९ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # गणेशको मूर्ति

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    हजामले कपाल बिगारेपछि ३ करोड २० लाख रुपैयाँ जरिबाना तिराइयो

    आश्विन ८

  • 1.1K
    SHARES
  • हजामले कपाल बिगारेपछि ३ करोड २० लाख रुपैयाँ जरिबाना तिराइयो

    भारतमा एउटा उपभोक्ता अदालतले गलत कपाल काटिदिएका कारण एउटा सैलुनलाई दुई करोड भारतीय रुपैयाँ (तीन करोड २० लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

    images

    कपाल काटिएकी महिलाले कपालसम्बन्धी सामग्री बनाउने कम्पनीहरूबाट लामो कपालकै कारण काम पाउने गरेको अदालतको ठहर छ। उक्त सैलुनले उनले भने विपरीत छोटो हुने गरी कपाल काटिदिएको थियो जसका कारण उनले ठूलो घाटा बेहोर्नुपरेको अदालतले उल्लेख गरेको छ।

    दिल्लीको एउटा होटेल समूहको हिस्सा रहेको उक्त सैलुनले फैसलाविरुद्ध पुनरावेदनमा जान पाउने छ।तर उसले फैसलाबारे आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन।

    ती महिलाले "आफूले अपेक्षा गरेको काम गुमाएको र ठूलो घाटा बेहोरेका कारण जीवनशैली नै पूरै परिवर्तन भएकाले प्रख्यात मोडल बन्ने उनको सपना चकनाचुर भएको" न्याश्नल कन्ज्युमर डिस्प्युट रिड्रेसल कमिसनले भनेको छ।

    "कपाल काट्दा गरिएको लापरबाहीका कारण उनी गम्भीर मानसिक समस्या र आघातबाट गुज्रिएको एवम् काममा ध्यान दिन नसक्दा कामनै गुमाएको" उसले उल्लेख गरेको छ।

    सन् २०१८ मा ती मोडल कपाल काट्नका लागि उक्त होटेलमा पुगेकी थिइन र आफ्नो कपाल काट्ने विषयबारे कर्मचारीलाई स्पष्ट निर्देशन दिएकी थिइन्।

    तर हेअर स्टाइलिस्टले उनको कपालको अधिकतम हिस्सा काटिदिएका थिए। अदालतको काजगात अनुसार उनको कपाल "जम्मा चार इन्च" रहने गरी काटिएको थियो।

    "उनले ऐनामा आफूलाई हेर्न छोडिन। उनी जनसम्पर्क अधिकृत हुन् र उनले बैठक अनि अन्तरक्रियामा सहभागी हुनुपर्ने हुन्छ। तर छोटो कपालका कारण उनले आफ्नो आत्मविश्वास गुमाइन्," अदालतको फैसलामा भनिएको छ।

    जब उनले सैलुनसमक्ष गुनासो गरिन उनलाई कपालको निःशुल्क स्याहार गरिदिने प्रस्ताव गरिएको थियो।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    आश्विन ८, २०७८ शुक्रवार १९:०७:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लामो कपाल
  • संसारकै अनौठो परम्परा, जहाँ नवजात शिशुलाई भुईँमा सुताएर उनीहरुमाथी उफ्रिइन्छ

  • 2.7K
    SHARES
  • संसारकै अनौठो परम्परा, जहाँ नवजात शिशुलाई भुईँमा सुताएर उनीहरुमाथी उफ्रिइन्छ

    काठमाडौं - विश्वमा धेरै जाति, समुदाय र वर्गका मानिसहरु छन् । उनीहरुको आफ्नै रीति रिवाज र परम्परा छ । कुनै जातिका परम्परा त अचम्म लाग्दा पनि हुन्छन् । 

    images

    यस्तै संसारमा एक अनौठो परम्परा छ, जुन सुन्दा र देख्दा अपत्यारिलो लाग्छ ।  युरेपेली मुलुक स्पेनमा नवजात शिशुलाई भुईमा सुताएर उनीहरुमाथी उफ्रिने परम्परा छ । स्पेनि नागरिकहरुले सुतेको बच्चामाथि उफ्रिने यो परम्पराको रहस्य पनि अनौठो छ । 

    भुइँमा सुताइएका बच्चाहरुमाथि हाइजम्प गरेमा उनीहरुलाई राक्षसहरुले दुख दिदैन भन्ने विश्वास छ । यो विश्वास त्यहाँका नागरिकले सदिऔँदेखि मान्दै आएका छन् । यसलाई एल कोलाचो नामक पर्व भन्ने गरिन्छ । 

    एक वर्षभित्रका बच्चाहरुलाई भुइँमा सुताएर विशेष पहिरन लगाएका पुरुषहरु उफ्रने गर्छन् । त्यसरी उफ्रिने पुरुषहरुलाई राक्षसको प्रतिक मान्ने गरिन्छ । राक्षसले नाघेका बच्चाहरु शक्तिशाली हुने मान्यता त्यहाँ रहेको छ ।


    आश्विन ८, २०७८ शुक्रवार २१:४८:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनौठो

  • क्यानाडा नेपाल

    संसारकै लामो कान भएको यो कुकुरले राख्यो गिनिज बुकमा नाम

  • 1.3K
    SHARES
  • संसारकै लामो कान भएको यो कुकुरले राख्यो गिनिज बुकमा नाम

    काठमाडौं - धेरै मानिसहरुले आफ्नो अनौठो प्रतिभा देखाएर गिनीज बुक अफ वल्र्ड रेकर्ड राख्ने गर्छन् । यस्तै कुकुरले पनि वल्र्ड रेकर्ड राख्न सफल भएको छ ।

    images

    doggg.jpg

    अमेरिकाको उक्त कुकुरको कान १२ दशमलव ३८ इन्च लामो भएका कारण गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गर्न सफल भएको हो । लामो कान भएको उक्त कुकुरको नाम लु हो ।

    dogg.jpg

    लु ३ बर्षको पोथि कुकुर हो । यो कुकुरको कानको लम्बाई अरु कुकुर भन्दा एकदमै धेरै छ । जिबित कुकुरमा सबैभन्दा लामो कान भएकोमा रेकर्ड रहेको हो । लु कुकुरको मालिकनी पेइज ओल्सेन हुन् । उनले लु लाई घरमा माया गरेर पालेकी छिन् । लु को कान ठुलो हुँदै गएपछि ओल्सेनले उनले नापिन् ।

    dog.jpg

    कान धेरै ठुलो रहेको पाएपछि उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा निवेदन दिएकी थिइन् । कुकुरको कानको जाँच पनि उनले गराइन् । कुकुरमा कुनै शारिरिक समस्या नरहेको चिकित्सकले पनि बताए । 

     


     


    आश्विन १०, २०७८ आइतवार २१:३७:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुकुर

  • क्यानाडा नेपाल

    मदिराको कुलत छोडेका व्यक्तिको पेटबाट चिकित्सकले निकाले एक किलो काँटी, पेच र छुरी

  • 1.2K
    SHARES
  • मदिराको कुलत छोडेका व्यक्तिको पेटबाट चिकित्सकले निकाले एक किलो काँटी, पेच र छुरी

    भिलनिअस - लिथुआनियामाका चिकित्सकहरूले एक व्यक्तिको पेटबाट काँटी , पेच र छुरी गरि १ किलो फलामजन्य सामान निकालेका छन् । शल्यक्रियाका क्रममा उनको पेटबाट सो परिमाणमा फलामजन्य सामान निकालिएको हो । बल्लतल्ला मदिराको कुलत छोडेका ती व्यक्तिले फलामका सामान खान थालेका थिए । 

    images

    अत्यधिक पेट दुःखेको बताएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । एक्सरे गर्ने क्रममा उनको पेटभित्र ठूलो परिमाणमा फलामका टुक्राहरु देखिएका थिए । केही टुक्राहरु १० सेन्टिमिटरसम्म लामा थिए ।

    ‘तीन घन्टाको शल्यक्रियापछि बिरामीको पेटबाट सम्पूर्ण धातुजन्य सामाग्री निकालिएको छ,’ उनको शल्यक्रियामा संलग्नमध्येका एक डा. सारुनास दैलिदेनसले भने । 

    शल्यक्रियाबाट निकालिएको फलामका काँटी, छुरा र पेचलाई तस्विर तथा भिडियो खिच्न अस्पतालले स्थानीय सञ्चारकर्मी बोलाएको थियो । आफूले व्यक्तिको पेटबाट पहिलो पटक त्यति धेरै परिमाणमा सामान निकालेको देखेको क्लाइपेडा अस्पतालका चिकित्सक अलग्रिदास स्लेपाभिसिअसले बताए । 

    मदिरा पिउन छोडेपछि ती व्यक्तिले एक महिनादेखि फलामकासामाग्री निल्ने गरेको चिकित्सकले बताएका छन् ।  शल्यक्रियापछि ती व्यक्तिको अवस्था स्थिर छ । उनको व्यक्तिगत पहिचान गोप्य राखिएको छ । एजेन्सी
     


    आश्विन १७, २०७८ आइतवार ०८:२३:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शल्यक्रिया

  • क्यानाडा नेपाल

    १७ वर्षमै १३६ केजीका भए मोरङका गणेश, मोटोपन बढिरहेपछि चिन्तामा परिवार

  • 1.6K
    SHARES
  • १७ वर्षमै १३६ केजीका भए मोरङका गणेश, मोटोपन बढिरहेपछि चिन्तामा परिवार

    मोरङ - सामान्यत १७ वर्षीय नेपाली किशोरको तौल कति हुन्छ ? तपाइँहरूलाई लाग्न सक्छ, ४० केजी या ५० केजी वा त्योभन्दा बढी ? तपाइँहरूलाई पत्याउन गाह्रो पर्ला– मोरङ मिक्लाजुङ—४ का गणेश तामाङको तौल एक सय ३६ केजी छ भनेर सुन्दा । 

    images

    धेरै तौल भएकै कारण तामाङलाई डेढ किलोमिटर टाढा रहेको विद्यालय पुग्न पनि डेढ घण्टा लाग्छ । औसत मानिस त्यति बाटो १० मिनेटमा छिचोल्छन् । यही कारण उनलाई स्कुल पढ्न छोडौँ–छोडौँ जस्तो लाग्छ । उनी मोरङको मिक्लाजुङढ्ग–४ सफेवा माध्यामिक विद्यालय कक्षा–१० मा पढ्छन् ।

    ganesh-tamang-1.jpg

    विद्यालयका प्रधानाध्यापक कुलबहादुर तामाङका अनुसार गणेश कक्षा– १ मा पढ्दा नै ६० किलोका थिए । जन्मिएको ७ महिना मै गणेशको तौल ३० केजी भइसकेको थियो।

    गणेशको खानपान र दैनिकी सामान्य छ । घरको सानातिना काममा पनि उनी सघाउँछन् । तर, उनको शरीरले चाहेअनुसार काम गर्न दिँदैन । गणेश भन्छन्, ‘विद्यालय जान र आउन नै गाह्रो लाग्छ ।’

    मोटो शरीर भएकाले उनको नाम नै गणेश राखिदिएको बाबु मानबहादुरले बताए । तर, गणेश नामबाट उनी अहिले सन्तुष्ट छैनन्। उनले भने, ‘धेरैले हात्ती भनेर जिस्क्याउँछन्।’

    मोटो भएकोले उनलाई स्कुलका अधिकांश विद्यार्थीले नजिकबाट चिन्छन् । स्थानीय महेन्द्र थेगीम भन्छन्, ‘गणेश मोटो छ, हिँड्दा हल्लिँदै हिँड्छ । नयाँ मान्छेले देखे भने एकछिन उभिएर हेर्छन ।’ 

    स्कुलमा कोही पाहुना आए भने उसँग सेल्फी खिच्ने गर्छन् । गणेशको पढाइ भने सामान्य रहेको विद्यालयका प्रधानाध्यापक तामाङले बताए । शिशु कक्षादेखि सोही विद्यालयमा पढ्दै आएका गणेशको तौल केही वर्षयता आश्चर्य ढंगले बढिरहेको छ।

    मानबहादुरका दुई छोरा र दुई छोरी छन् । अरू सबैको तौल औसत मानिसको झैँ छ । गणेशको तौल नियन्त्रण गर्नका लागि उपचार गराउनसमेत आर्थिक अभाव रहेको उनकी दिदी सरस्वतीले बताइन् ।

    ‘भाइ धेरै पढेर शिक्षक बन्छु भन्छ। आर्थिक अभावले पढाउन र उपचार गर्न समस्या छ,’ सरस्वतीले भनिन्, ‘गाउँको पढाइ सकेर अन्यत्र गएर पढाउन भाइलाई मोटो शरीरले गाह्रो हुन्छ ।’ 

    १७ वर्षको उमेरमै उनको तौल एक सय ३५ किलो पुगिसकेको छ । उनको तौल यही हिसाबले बढ्ने हो भने के होला ? तामाङ परिवारका लागि अहिले ठूलो चिन्ताको विषय बनेको छ ।न्युज कारखाना

     
     


    आश्विन १७, २०७८ आइतवार ११:४७:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मोटोपन

  • क्यानाडा नेपाल

    यी हुन् भारतका पाँच अर्बपति, कसको कति सम्पत्ति ?

  • 1.2K
    SHARES
  • यी हुन् भारतका पाँच अर्बपति, कसको कति सम्पत्ति ?

    नयाँ दिल्ली - छिमेकी मुलुक भारतमा दिनहुँ अर्बपतिहरुको संख्या बढ्दो छ । कोभिड महामारीबीच भारतीय अर्थतन्त्रमा निरन्तर बृद्धि भइरहेको छ । प्रस्तुत छ भारतका पाँच अरबपति 

    images

    मुकेश अम्बानी
    भारतका अर्बपति व्यापारी र चर्चित रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश धिरुभाइ अम्बानी बिगत १० वर्षदेखि भारतको सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका छन् । यसै वर्ष आइआईएफएल वेल्थ एन्ड हुुरुन इन्डियाले सार्वजनिक गरेको एक तथ्यांकअनुसार अम्बानीको ९६ अर्ब ६० करोड डलर सम्पत्ति छ । 

    गौतम अडानी 
    अडानी ग्रुपका संस्थापक तथा अध्यक्ष गौतम अडानी भारतका दोस्रो धनाढ्य हुन् ।  सन् २०२१ को फोब्र्सको रिपोर्टअनुसार  अडानी एशियाको दोस्रो र संसारकै १३ औं धनी व्यक्ति हुन् । आइआईएफएल वेल्थ एन्ड हुुरुन इन्डियाको सर्बेक्षणअनुसार अडानीको ६५ अर्ब ६६ करोड सम्पत्ति छ । 

    शिव नाडार
    एचसीएल टेक्नोलोजिका संस्थापक तथा अध्यक्ष शिब नाडारको ३० अर्ब ७५ करोड डलर बराबरको सम्पत्ति छ । कोभिडका कारण भारतको ट्राभल, हस्पिटालिटी र रिटेल क्षेत्र प्रभावित भए पनि नाडारको सम्पत्ति भने निरन्तर बढिरहेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् । 

    एसपी हिन्दुजा 
    भारतमा जन्मिएका ब्रिटीश अर्बपति तथा लगानीकर्ता श्रीचन्द परमानन्द हिन्दुजा भारतका चर्चित उद्योगपति हुन् । उनी हिन्दुजा ग्रुप अफ कम्पनीका अध्यक्ष र प्राइमरी सेयरहोल्डर हुन् । 
    २८ अर्ब ६० करोड डलर सम्पत्तिका मालिक एसपी हिन्दुजा  र उनको परिवारको स्वामित्वको अशोक लेल्यान्ड र इन्डसइन्ड बैंक एशियामा नै चर्चित कम्पनी हुन् । हुरुनको रिपोर्टअनुसार सेयर मुल्यमा भएको बृद्धिसँगै उनका कम्पनीले उल्लेख्य प्रगति गरेका छन् । मुम्बई, लन्डन र जेनेभामा रहेर हिन्दुजा ब्रोदर्सले आफ्ना कम्पनीहरू चलाउँदै आएका छन् । 

    लक्ष्मी मित्तल
    स्टिल उत्पादनमा चर्चित नाम लक्ष्मी मित्तल भारतका पाँचौं धनाढ्य हुन् । उनको २२ अर्ब ६७ करोड डलर सम्पत्ति छ । उनको स्वामित्वमा रहेको बहुराष्ट्रिय स्टिल निर्माता कम्पनी आर्सेलरमित्तलको प्रधान कार्यालय लक्जेम्वर्गमा छ ।  आर्सेलर र मित्तल स्टिलको मर्जपछि सन् २००६ मा आर्सेलरमित्तल स्थापना गरिएको थियो । निर्माण, पूर्वाधार र नविकरणीय उर्जाको क्षेत्रमा आर्सेलरमित्तलबाट उत्पादित सामाग्रीको माग बढ्दो छ । एजेन्सी


    आश्विन १९, २०७८ मंगलवार ०९:०१:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्बपति

  • क्यानाडा नेपाल