• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

सन्दीप र करण चम्किँदा नेपाललाई १२२ रनको टार्गेट

क्यानाडा नेपाल आश्विन ३ २०७८
  • 720
    SHARES
  • images
    images
    सन्दीप र करण चम्किँदा नेपाललाई १२२ रनको टार्गेट

    काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा ओमानले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ ।

    images

    अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १२१ रन बनायो ।  

    ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै, जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए ।

    सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४/४ रन जोडे । सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए ।

    कालिम उल्लाह ११ रनमा अविजित रहँदा बिलाल खानले ९ रन बनाए ।ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४/४ विकेट लिए । शरद भेषवाकरले २ विकेट लिए ।

    लिग- २ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौँ स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।न्युज कारखाना


    आश्विन ३, २०७८ आइतवार १९:१८:०९ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # आईसीसी विश्वकप क्रिकेट

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    इंग्लिस प्रिमियर लिगमा टोटनहमको सातौँ जित

  • 204
    SHARES
  • इंग्लिस प्रिमियर लिगमा टोटनहमको सातौँ जित

    काठमाडौं - इंग्लिस प्रिमियर लिगमा टोटनहमले सातौँ जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई २-० गाेल अन्तरले पराजित गरेकाे हाे ।

    images

    टोटनहमको जितमा ह्युङ मिन सनले १ गोल गर्दा अर्काे गोल भने उपहार पायो ।  भ्रमणकारी टोली ब्रेन्टफोर्डंका सर्जी कानोसले १२औँ मिनेटमा आफ्नौ पोष्टमा गोल गर्दा टोटनहमले १–० को अग्रता पायो । ६५औँ मिनेटमा दक्षिण कोरियाली खेलाडी सनले अग्रता दोब्बर बनाउँदै सहज जित दिलाए । 

    योसँगै प्रशिक्षक एन्टोनियो कोन्टेले लण्डनमा लगातार जित पाएका छन् । जितसँगै टोटनहम १३ खेलबाट २२ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । पराजित ब्रेन्टफोर्ड भने १४ खेलबाट १६ अंकसहित १२औँ स्थानमा छ ।


    मंसिर १७, २०७८ शुक्रवार ०७:५२:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडा नेपाल

    सातदोबाटोसँग एपीएफ निरीह, मार्टिन्सको ह्याट्रिक

  • 208
    SHARES
  • सातदोबाटोसँग एपीएफ निरीह, मार्टिन्सको ह्याट्रिक

    काठमाडौं - विदेशी खेलाडी अजयी मार्टिन्सको  ह्याट्रिक प्रेरित सातदोबाटो यूथ क्लब स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा नवप्रवेसी सातदोबाटोले आफ्नो अपराजित यात्रा कायम राख्दै एपीएफ माथि ४-१ अन्तरको सानदार जित निकालेको हो । 

    सातदोबाटोको जितमा मार्टिन्सले ह्याट्रिक गर्दा सुशील राईले एक गोल गरे । एपीएफका लागि बिक्की तामाङले सान्त्वना गोल गरे । 

    सातदोवाटोका लागि ४२औं मिनेटमा मार्टिन्जले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । यस्तै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मार्टिन्जले सातदोबाटोको अग्रता दोब्बर बनाए । 

    प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा २–० को नतिजामा पछाडि परेको एपीएफका लागि ४९औं मिनेटमा विक्की तामाङले पहिलो गोल गरे । त्यसको एक मिनेट नबित्दै सुशील राईले सातदोबाटोका लागि  तेस्रो गोल गरे । 

    खेलको ५८ मिनेटमा मार्टिनले ह्याट्रिक पूरा गरे । जारी शीर्ष डिभिजन लिगमा यो पहिलो ह्याट्रिक हो । उनी नै खेलको म्यान अफ दि म्याच भए ।

    जितसँगै सातदोबाटो ३ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा छ । यता लगातार तेस्रो हारसँगै एपीएफ पुछार अर्थात् रेलिगेसन जोनमा छ । शनिबार लिगमा दुई खेल हुनेछन् ।


    मंसिर १७, २०७८ शुक्रवार १९:०३:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ‘ए’ डिभिजन लिग

  • क्यानाडा नेपाल

    फ्रेन्च लिग वान : पीएसजी हारबाट जोगियो, लगातार दोस्रो बराबरी 

  • 170
    SHARES
  • फ्रेन्च लिग वान : पीएसजी हारबाट जोगियो, लगातार दोस्रो बराबरी 

    काठमाडौं - फ्रेन्च लिग वानको शीर्षस्थान टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) आरसी लेन्सविरुद्ध हारबाट जोगिएको छ । शनिबार राति भएको खेलमा जर्जिन्हो वाइनाल्डमले इन्जुरी समयमा गोल गरेपछि पीएसजीले घरेलु टोली लेन्ससँग १–१ अन्तरको बराबरी खेल्दै हारबाट जोगिएको हो । 

    images

    पहिलो हाफमा कुनै गोल नहुँदा दोस्रो हाफको ६२ मिनेटमा सेको फोफानाले गोल गर्दै घरेलु टोली लेन्सलाई १–० को अग्रता दिलाए । वाइनाल्डमलले इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई हारबाट जोगाए । 

    बराबरीसँगै पीएसजी १७ खेलबाट १३ जित, ३ बराबरी र १ हारसँगै ४२ अंक जोडेर शीर्षस्थानमा छ । पराजित लेन्स समान खेलबाट २७ अंक जोडेर पाँचौं स्थानमा छ । यता, दोस्रो स्थानको मार्सेली २९ अंकसहित दोस्रो स्थानमा छ । 

     


    मंसिर १९, २०७८ आइतवार ०८:३२:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फ्रेन्च लिग वान

  • क्यानाडा नेपाल

    इंग्लिस प्रिमियर लिग : चेल्सी पराजित हुँदा सिटीलाई शीर्षस्थानमा

  • 166
    SHARES
  • इंग्लिस प्रिमियर लिग : चेल्सी पराजित हुँदा सिटीलाई शीर्षस्थानमा

    काठमाडौं - अघिल्लो खेलमा चेल्सी पराजित भएपछि म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति सिटीले घरेलु टोली वाट्फोर्डलाई ३–१ अन्तरले पराजित गर्दै अंक तालिकामा चेल्सीलाई पछि पार्दे शीर्षस्थानमा उक्लिएको हो । 

    images

    सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा रहिम स्टर्लिङले एक गोल गरे । घरेलु टोली वाट्फोर्डका जुआन हर्नान्डेजले एक गोल फर्काए । 

    यता, अर्काे खेलमा लिभरपुलले उल्भ्सलाई १–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लियो । चेल्सी पराजित भएको फाइदा लिभरपुलले समेत उठाउँदै दोस्रो स्थान पायो । लिभरपुलको एक मात्रै गोलमा डिभोक ओरिजी नायक रहे । 

    यसअघि चेल्सी घरेलु टोली वेष्ट हाम युनाईटेडसँग ३–२ अन्तरले पराजित हुँदै शीर्षस्थान गुमाएको थियो । जितसँगै सिटी १५ खेलबाट ३५ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३४ अंक छ । यता, शीर्षस्थान गुमाएको चेल्सी ३३ अंकसहित तेस्रो स्थानमा छ भने वेष्ट हाम २७ अंकसहित चौथो स्थानमा छ । 


    मंसिर १९, २०७८ आइतवार ०८:४१:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडा नेपाल

    बुन्डेसलिगा : बायर्नद्वारा डर्टमण्ड पराजित

  • 166
    SHARES
  • बुन्डेसलिगा : बायर्नद्वारा डर्टमण्ड पराजित

    काठमाडौं - बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ । डर्टमुन्डको घरेलु मैदान सिग्नल इदुना पार्कमा भएको खेलमा बायर्नले ३–२ को जित सहित शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको हो । 

    images

    बायर्नको जितमा पोलिस फरवार्ड रोबार्ट लेवाण्डोस्कीले २ तथा किङ्स्ले कोमानले १ गोल गरे । यता, पराजित डर्टमन्डका लागि जुलिय ब्रान्डट र एर्लिङ ब्राउट हाल्याण्डले समान १ गोल गरे । 

    यो जितसँगै बायर्नले १४ खेलमा ११ जितसहित ३४ अंक बनाउँदै शीर्षस्थानमा कब्जा जमाएको छ । यता, पराजित डर्टमन्ड भने समान खेलबाट १० जितसहित ३० अंक बनाएर दोस्रो स्थानमा छ । 


    मंसिर १९, २०७८ आइतवार ०८:५०:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जर्मन बुन्डेसलिगा

  • क्यानाडा नेपाल

    नेपाली रेस्लर जुरेलीले हराइन् अमेरिकी रेस्लर स्ट्रोमलाई

  • 158
    SHARES
  • नेपाली रेस्लर जुरेलीले हराइन् अमेरिकी रेस्लर स्ट्रोमलाई

    काठमाडौं - नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धा सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन् ।

    images

    भृकुटीमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको खेलमा अस्मिताले स्ट्रोमलाई पराजित गरेकी हुन् ।  नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पाखा लगाए । 

    jur.jpg

    पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पारे । जोर्डनले भारतीय रेस्लरसंग खेल्ने तालिका भएपनि भारतीय रेस्लर नआएपछि जोर्डन ठागुसंग भिडेका थिए ।

    नेपाली महिला रेस्लरबीचको सिंगल फाइटमा सपना तामाङ विजयी भइन् । सपनाले जमुना तामाङलाई पाखा लगाइन् । पुरुष सिंगल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोमाथि जित हात पारे ।

    विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, रेस्लर भरतबहादुर विसुराल (हिमालयन टाइगर), प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतले एक कार्यक्रमबीच बेल्ट र पुरस्कार वितरण गरे । एकदिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका रेस्लर सहभागी थिए ।


    मंसिर १९, २०७८ आइतवार १४:०८:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अस्मिता जुरेली

  • क्यानाडा नेपाल