• Oct 18 2021 | २०७८, कार्तिक १गते

२०७८, कार्तिक १गते

तनावमा सोनु सुद, लाग्यो २० करोड कर छलेको आरोप

क्यानाडा नेपाल आश्विन ३ २०७८
  • 1.4K
    SHARES
  • images
    images
    तनावमा सोनु सुद, लाग्यो २० करोड कर छलेको आरोप

    काठमाडौं - बलिउडका चर्चित अभिनेता हुन् सोनु सुद । कोरोना प्रभावितलाई सहयोग गरेर पछिल्लो समय उनी रियल लाईफका हिरो नै बनेका छन् । दुख परेकाहरुकाहरुलाई सहयोग गरेर भगवान बनेर चौतर्फि चर्चा पाएका सोनु अहिले एक झमेलामा फसेका छन् । 

    images

    उनीमाथि २० करोड कर छली गरेको आरोप लागेको छ । उनको घरमा आयकर विभागले छापा मारेपछि सोनु र उनका सहयोगीविरुद्ध २० करोडभन्दा बढी ट्याक्स छली गरेको आरोप लागेको हो । 

    आयकर विभागले सोनुको घर र होटलसहित ६ स्थानमा छापा मारेको बताइएको छ । लगातार २० घन्टासम्म छापा मारेर आयकर विभागका कर्मचारीहरु सोनुका केही कागजपत्र लिएर गएका थिए । अहिले आईटी विभागले सोनुले कयौं फर्जी संस्था र अवैध लोनको रुपमा निकै पैसा जम्मा गरेको आरोप लगाएको छ । 

    सोनुको ‘सूद च्यारिटी फाउन्डेशन’ ले गएको अप्रिलदेखि अहिलेसम्म १८ करोड ८४ लाख दान पाएको छ । जसमध्ये १ करोड ९ लाख रुपैयाँ विभिन्न कार्यमा खर्च भएको र १७ करोड रुपैयाँ फाउन्डेशनको ‘नन प्रोफिट’ बैंक एकाउन्टमा रहेको बताइएको छ ।
     


    आश्विन ३, २०७८ आइतवार २१:४०:३८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # सोनु सुद

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    इरफानको भूमिका विक्कीलाई 

  • 386
    SHARES
  • इरफानको भूमिका विक्कीलाई 

    काठमाडौं - सुजित सरकारले बलिउडमा निर्देशकका रुपमा आफ्नो छुटै पहिचान बनाइसकेका छन् । सुजितले विक्की डोनर, मद्रास क्याफे, पिंक, अक्टोबर, पिकु जस्ता फिल्म निर्देशन गरिसकेका छन् । नेशनल अवार्ड विजेता सुजितले यसपटक जलियावाल बागको घटनामा आधारित रहेर फिल्म निर्देशन गरेका छन् । 

    images

    उक्त घटनाको बदला लिने सरदार उद्धम सिंहको जीवनीमा आधारित रहेर उनले ‘सरदार उद्धम’ फिल्म निर्देशन गरेका छन् । सरदार उद्धम सिंहको भूमिकामा सुजितले इरफान खानलाई अफर गरेका थिए । पिकुमा काम गरेपछि इरफानको अभिनयसँग प्रभावित सुजितले उनलाई स्टोरी समेत सुनाएका थिए । यद्यपि, इरफानले यो संसार छाडेर गएपछि उनले विक्की कौशललाई भूमिका दिएका हुन्  । 

    ‘इरफान मेरो लागि बेस्ट थिए तर उनी अब छैनन्’ सुजितले भने ‘यद्यपि, विक्कीले पनि आफुलाई शसक्त रुपमै अगाडी सारेका छन् ।’ यस्तै , अभिनेता विक्की कौशलले पनि इरफानले गर्ने भूमिका गर्न पाउँदा खुशी व्यक्त गरे । ‘इरफान सरले गर्ने भूमिका त मैले गर्न सकेको छैन यद्यपि, कोशीश भने गरेको छु’ विक्कीले भने । उनले आफु इरफानले निर्वाह गर्ने भूमिकाको फ्यान रहेको बताए । 

    ुउनको अभिनय क्षमताको तारिफ म शब्दमा गर्न सक्दिनु उनले भने ,ुमैले उहाँबाट धेरै सिकेको छुँ ।ुमहात्मा गांधीले रॉलेट एक्ट विरुद्ध देशव्यापी हड़तालको आह्वान गरेका थिए । त्यसको प्रभावस्वरूप मार्च र अप्रिलको शुरुआतमा धेरै स्थानमा प्रदर्शन भए ।  त्यसैको फलस्वरूप  १३ अप्रिल १९१९ मा पन्जाबमा घटना भयो ।  जहाँ १२०० को मृत्यु भएको बताएको छ भने ३६ सय बढी घाइते भएका थिए ।  जनरल डायर नामक अंग्रेजका अफिसरले प्रदर्शन भइरहेको भिडमा गोलि चलाएपछि उक्त घटना घटेको बताइको छ । न्युज कारखाना 


     


    आश्विन २७, २०७८ बुधवार १८:५४:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इरफान खान

  • क्यानाडा नेपाल

    नेपाल घुम्न आएका अनुपम र परिणीती सगरमाथा देखेर दंग  

  • 9.7K
    SHARES
  • नेपाल घुम्न आएका अनुपम र परिणीती सगरमाथा देखेर दंग  

    काडमाडौं - दुई सातायता भारतीय फिल्म ‘उचाइ’ को छायांकन नेपालको हिमाली भेगमा भइरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले लुक्लामा छायांकन सकाएर नाम्चेमा छायांकन गरिरहेको छ । 

    images

    यसैक्रममा मंगलवार ब्रेकमा रहेका कलाकारहरूले नाम्चेमा पुगेर सगरमाथाको दृश्यावलोकन गरेका छन् । फिल्मका कलाकारहरू अनुपम खेर, परिणीती चोपडाले पहिलोपटक सगरमाथा देखेको भन्दै समाजिक सञ्जालमा खुशी साटेका छन् । परिणितीले आधार शिविर पुगेको फोटोसहित उनले लेखेकी छिन्, ‘शसभ प्रभात मिस्टर एभरेस्ट । तिमीले आज मलाई नम्रताको पाठ सिकायौं।’

    साथै, सगरमाथा सामु जो कसैको शिर झुक्ने भन्दै अनुपमले सगरमाथाको सौन्दर्यको वर्णन गरेका छन् । उनले पहिलोपटक सगरमाथाको अवलोकन गरेको भन्दै खुशी व्यक्त समेत गरेका छन् ।

    बलिउड निर्देशक सुरज वर्जत्यले निर्देशन गरिरहेको फिल्मको सुटिङका लागि  अनुपम खेर, परिणिती चोपडा, बोमन इरानीलगायतका कलाकार नेपालमा छन् । फिल्म युनिट आगामी साता हिमालपारिको जिल्ला मनाङमा जाने भएको छ ।  उचार्इ फिल्म युनिट नेपालमा लगभग ४० दिन रहने छ । 


    आश्विन २७, २०७८ बुधवार १८:५८:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनुपम खेर

  • क्यानाडा नेपाल

    विदेशी गर्ल प्रियंका चोपडाका लुकेका यी कुराहरु

  • 360
    SHARES
  • विदेशी गर्ल प्रियंका चोपडाका लुकेका यी कुराहरु

    काठमाडौं - बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा । बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान बनाएकी प्रियंकाले डेब्यु भने ’अन्दाज’ मार्फत गरेकी थिइन् । त्यसयता उनले निर्वाह गर्ने भूमिकाले उनलाई ’देशी गर्ल’को ट्याग दिएको हो । 

    images

    उनलाई पछिल्लो समय ‘विदेशी गर्ल’ भन्न थालिएको छ । निक जोनससँग विवाह बन्धनमा बाँधिएपछि उनको बसाइ प्रायः देश बाहिर नै छ । उनी संयुक्त राज्य अमेरिका र बेलायतमा समय बिताइरहेकी छिन् । 

    यति मात्र होइन, उनी बलिउडको फिल्मभन्दा हलिउडका फिल्म तथा सिरिजमा व्यस्त छिन् । उनले पछिल्लो समय बलिउड फिल्म ‘द स्काई इज पिङ्क’ मा अभिनय गरेकी थिइन् । त्यसयता उनले सिरिज तथा हलिउडका टेलिभिजन सिरिजमा मात्र काम गरिरहेकी छिन् ।

    अमेरिकन टेलिभिजन सो ‘क्वान्टिको’बाट चर्चा कमाएकी उनले हलिउड फिल्म ‘बेवाच’मा ड्वेन जोनसनसँग स्क्रिन सेयर गरेर हलिउडमा आफ्नो स्थान पक्का गरेकी थिइन् । 

    ‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’लगायतका हलिउड फिल्ममा अभिनय गर्नुका साथै गायक निक जोनससँग बिहे गरेयता हलिउडमा प्रियंकाको छुट्टै चर्चा छ । पछिल्लो समय उनी हलिउडको लोकप्रिय ‘म्याट्रिक्स’को फ्रेन्चाइजमा देखिँदैछिन् । 

    ‘म्याट्रिक्स’को चौथो श्रृङ्खलामा उनले अभिनय गर्ने खबर आएसँगै उनलाई ’विदेशी गर्ल’ भन्न थलिएको छ । ‘म्याट्रिक्स’ श्रृंखलाका अन्य फिल्मजस्तै यसमा पनि एक्सन स्टारकेनु रिब्स मूख्य भूमिकामा हुनेछन् । लाना वाच्वस्कीले निर्देशन गर्ने फिल्मको लोकप्रियता भारतमा पनि उत्तिकै छ ।न्युज कारखाना
     
     


    आश्विन ३१, २०७८ आइतवार ०८:३९:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रियंका चोपडा

  • क्यानाडा नेपाल

    २० वर्षपछि फिल्म ‘गदर’ को सिक्वेल बन्दै

  • 304
    SHARES
  • २० वर्षपछि फिल्म ‘गदर’ को सिक्वेल बन्दै

    काठमाडौं - सनी देओलको सफल फिल्म मध्येको एक हो ‘गदर ः एक प्रेम कथा’ । यसै फिल्ममार्फत सनीले अवार्ड मात्र जितेनन्, उनले हिन्दी फिल्मले गर्न सक्ने व्यापारको आंकडा पनि तय ग¥यो । 

    images

    १५ जुन २००१ मा रिलिज भएको फिल्मको लागत १७ करोड थियो भने धेरै राम्रो व्यापार गरेको थियो । यसलाई ’ब्लकबष्टर’ फिल्मको लिस्टमा राखिन्छ । 

    अनिल शर्माको निर्देशनमा तयार भएको फिल्ममा भारतीय युवा र पाकिस्तानी युवतीको प्रेम कथा देखिएको थियो । फिल्म प्रदर्शन भएको २० वर्षपछि यसको सिक्वेल बन्ने घोषणा गरिएको छ । केही समयदेखि नै सिक्वेल बन्ने चर्चा भए पनि घोषणा भने भएको थिएन । 

    फिल्ममा सनीसँगै अमिषा पटेलको पनि अभिनय रहनेछ भने सिक्वेललाई पनि अनिल शर्माले नै निर्देशन गर्नेछन् । यसपटक थपिएका छन्, उत्कर्ष शर्मा । उनी निर्देशक अनिलका छोरा हुन् । फिल्मको कथा पहिलो भागसँगै जोडिएर अगाडि बढ्ने बताइएको छ ।

    फिल्ममा सनी र अमिषासँगै नयाँ पुस्ताको लभ स्टोरीलाई देखाइनेछ । सिक्वेलमा भित्रिएका उत्कर्ष सनी र अमिषाको छोराको भूमिकामा देखिनेछन् । फिल्म सन् २०२२ मा प्रदर्शनमा आउनेछ । न्युज कारखाना 


    आश्विन ३१, २०७८ आइतवार ०९:२०:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गदर

  • क्यानाडा नेपाल

    सपरिवार फिल्म हेर्न हलमा आउन बलिउड स्टारर्सको आग्रह

  • 188
    SHARES
  • सपरिवार फिल्म हेर्न हलमा आउन बलिउड स्टारर्सको आग्रह

    काठमाडौं - कोरोनाभाइरस (कोभिड १९) को कारण ठप्प फिल्मी क्षेत्र विस्तारै चलायमान हुँदै छ । पछिल्लो समय भारतको सम्पूर्ण प्रान्तमा फिल्म हल खुलेपछि यो क्षेत्र विस्तारै पहिलेकै लयमा फर्किने तयारीमा छ । 

    images

    आउँदो ५ नोभेम्बरमा बलिउडको प्रतिक्षित फिल्म ’सूर्यवंशी’ प्रदर्शनमा आउँदै छ । रोहित शेट्टी निर्देशित फिल्ममा अक्षय कुमार, कट्रिना कैफ , ज्याकी श्राफजस्ता कलाकारको अभिनय छ ।  यसमा अजय देवगन र रणवीर सिंह पनि देखिनेछन् । यसैले गर्दा यो प्रतिक्षित बनिरहेको छ, किनकि यो मास अडियन्स फिल्म हो । 

    भारतको महाराष्ट्रमा फिल्म हल खुल्ने भएसँगै भटाभट फिल्म रिलिज घोषणा भइरहेको छ । यसै सन्दर्भमा फिल्म हल खुलेको र यसको मनोरञ्जन लिन फिल्म ’सूर्यवंशी’ का कलाकारहरू आग्रह गरेका छन् । अक्षय, अजय र रणवीरले एक भिडियोमा हलमा फिल्म हेर्नुको मज्जा छुटै हुने भन्दै दर्शकलाई हल फर्किन आग्रह गरेका हुन् । 

    ‘दर्शकको ताली र सिठ्ठीले फेरि हललाई गुन्जयमान बनाउने जिम्मा तपाइँको छ, सपरिवार अवस्य आउनु होला’, भिडियोमा स्टारहरूले आग्रह गरेका छन् । यस फिल्मलाई ओटीटीमा रिलिज गर्न धेरै नेटफ्लिक्स, प्राइम भिडियो, जी फाइभ, डिज्नी प्लस हटस्टारले आग्रह गरेका थिए ।

    तर, फिल्म हलमै चलाउने निर्णयमा टीम अडिग रह्यो । कोरोना भाइरसको महामारी आएपछि रिलिज हुन लागेको ठूलो फिल्ममा ’सूर्यवंशी’लाई राखिएको छ । यसले गर्ने व्यापारले भारतमा मात्र होइन, नेपालमा पनि फिल्म रिलिजको तालिका तय हुनेछन् ।न्युज कारखाना


    आश्विन ३१, २०७८ आइतवार १७:५०:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बलिउड

  • क्यानाडा नेपाल

    ‘तेजाब’ ले चिनायो माधुरी दीक्षितलाई, पाएकी थिइन् १ सय १ रुपैयाँ

  • 274
    SHARES
  • ‘तेजाब’ ले चिनायो माधुरी दीक्षितलाई, पाएकी थिइन् १ सय १ रुपैयाँ

    काठमाडौं - अभिनेत्री माधुरी दीक्षितलाई नृत्यमा निपूर्ण मानिन्छ । उनले गर्ने नृत्य र त्यसमा दिने एक्सप्रेसनले दर्शक मोहित हुने गर्छन् । फिल्म ‘तेजाब’को गीत ‘एक दो तीन चार पाँच छे’मार्फत लोकप्रिय बनेकी माधुरी पछिल्लो समय ठूलो पर्दाको तुलनामा सानो पर्दामा सक्रिय छिन् । 

    images

    हाल डान्स दिवानेको तेस्रो सिजनमा निर्णायकको भूमिकामा रहेकी माधुरीको नृत्यको चर्चा राम्रो हुने गर्छ । उनको सुन्दरता र नृत्यको चर्चा पछिल्लो समय पनि उत्तिकै छ । उनले दिने एक्सप्रेसनले दर्शक मोहित हुने गरेका छन् । 

    ५४ वर्षीया माधुरीको सुन्दरताको चर्चा नगर्ने बलिउडमा सायदै छन् । यद्यपि सुरुवाती दिनमा माधुरीको नृत्य राम्रो थिएन । उनले नृत्य र एक्सप्रेसनलाई एकसाथ प्रयोग गर्न कोरियोग्राफर सरोज खानबाट सिकेकी हुन् । 

    Akshay Ajay and Ranveer.jpg

    फिल्ममा आगमन
    स्कुल र कजेल लाइफमा कहिले काहीँ स्टेजमा देखिएको माधुरीले कत्थक नृत्य गर्छु भन्ने सोचेकी थिइन् । माक्रोबायोलोजी अध्ययन गर्ने तयारीमा रहेकी माधुरीलाई कक्षा १२ मै ‘अबोध’ नामक फिल्मको अफर भयो । तर , उनको परिवार भने फिल्म खेलाउने मनसायमा थिएन । 

    यसैबीच, एक पटक अफर गरिएको प्रोडक्सन हाउस राजश्रीमा जाने निर्णय परिवारले ग¥यो । उनलाई राजश्री प्रोडक्सनमा काम गर्ने गोविन्द मुनेशले फिल्म अफर गरेका थिए । गोविन्दको छोरी र माधुरीको दिदीसँगै पढ्ने भएकोले राजश्रीसम्म कुरा पुगेको थियो । ‘त्यो समयमा राजश्रीले कलेज गर्ल खोजेको रहेछ । त्यसैले मुनेशजीले मलाई अफर गर्नुभयो । उहाँले एक पटक भेट्न कर गरे पछि हामी सपरिवार भेट्न पुग्यौँ’, माधुरीले भनिन् ।

    राजश्री प्रोडक्सनमा माधुरी र उनको परिवारलाई पारिवारिक माहोल लाग्यो । त्यसपछि फिल्ममा काम गर्ने सहमति जुट्यो । यद्यपि, ‘अबोध’ फिल्म सफल हुन् सकेन, न त माधुरीलाई चिनाउन नै सक्यो । 

    सरोजसँग सामिप्यता 
    पहिलो फिल्ममार्फत नोटिस नभएकी माधुरीलाई चिनाउने गीत ‘तेजाब’ कै थियो । त्यो फिल्म रिलिजपछि उनले एअरपोर्टमा पहिलोपटक अटोग्राफ दिएकी थिइन् । तर, सुरुवाती समयमा त्यो गीत उनलाई खासै लागेको थिएन ।

    ‘सबैलाई गीत मन परेको थियो । म भने त्यो नम्बर भएको गीत किन राखेको होला भन्ने सोच्थेँ’, माधुरीले भनिन् । उनले गीतकै लागि कोरियोग्राफर सरोज खानसँग एक महिना प्रशिक्षण लिइन् । नृत्यमा राम्रो भए पनि क्यामरा अनुसारको नृत्यको लागि उनले एक महिना सिकेकी थिइन् । ‘त्यही प्राक्टिसको क्रममा मैले क्यामेरासँग फ्रेन्डली हुन सिकेँ’, उनले भनिन् । त्यसपछि उनले लगातार फिल्म गरिन् । एकपछि अर्को फिल्ममार्फत उनले आफूलाई सफल बनाउँदै अगाडि बढाइन् । 

    उनले सरोजमार्फत पहिलो पटक त्यही गीतमा एक सय एक रुपैयाँ पाएकी थिइन् । ’त्यो रकमभन्दा पनि उनले मलाई दिएको आशिर्वाद थियो, जसले मलाई आगामी यात्रामा मेहनत गर्न प्रेरित गर्‍यो’, उनले भनिन् । 

    त्यसपछि माधुरीले धेरै गीतमा सरोजसँग काम गरिन् । ’मलाई उहाँले गीतमा क्यामेरासँग जोडिन सिकाउनु भयो र मैले त्यसैलाई अगाडि बढाएँ’, माधुरी भन्छिन् । 


    आश्विन ३१, २०७८ आइतवार १८:२४:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माधुरी दीक्षित

  • क्यानाडा नेपाल