• Dec 06 2021 | २०७८, मंसिर २०गते

२०७८, मंसिर २०गते

गर्जिदै विप्लवले भने - एमसीसीसँग साम्राज्यवादका दाह्रा-नंग्रा आउँदै छन्

क्यानाडा नेपाल आश्विन ६ २०७८
  • 542
    SHARES
  • images
    images
    गर्जिदै विप्लवले भने - एमसीसीसँग साम्राज्यवादका दाह्रा-नंग्रा आउँदै छन्

    पोखरा - नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै हालतमा स्वीकार नहुने बताएका छन् । पोखरामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले डलरको लोभमा सत्ताले एमसीसी ल्याउन खोजेको भन्दै त्यसको प्रतिवाद आफूहरूले गर्ने बताए ।

    images

    ‘एमसीसीको ठूलो बहस छ । एमसीसीबारे यत्रो बहस किन हुँदै छ ? नेपालको भाँडभैलोमा अमेरिका ठूलो फाइदा उठाएर हिँड्न चाहन्छ । नेपाललाई असफल आफैँ बनाउने र त्यसको फाइदा आफूले लिने, लुट्ने साम्राज्यवादीहरूको नीति हो’, उनले भने, ‘जनतालाई निराश बनाउने, फुटाउने र देशमाथि घोडा चढ्ने साम्राज्यवादीहरूको चरित्र हो ।’

    एमसीसी डलरसँगै साम्राज्यवाद बोकेर आउन लागेको उनको तर्क छ । ‘एमसीसीको नाममा डलर बोकेर आउँदै छन् । यससँगै भित्रबाट अमेरिकी साम्राज्यवादका दाह्रा-नंग्रा यहाँ घुस्दै छन् । यो कुरा राम्रोसँग बुझाउनुपर्छ’, विप्लवले भने, ‘यो कुरा सत्तामा बस्ने पार्टीहरूले किन नबुझेको ? रकमी भाषा किन प्रयोग गर्ने ? एमसीसी बोकेर हिँड्नु भनेको आगोको भुंग्रो बोकेर हिँडेजस्तै हो । कसैले एमसीसी जबर्जस्ती लाद्छु भन्यो भने त्यसले ठूलो प्रतिरोधको सामना गर्नुपर्नेछ । हामी छौँ यहाँ ।’ उनले एमसीसीको सट्टा एनसेलको बक्यौता उठाउनुपर्ने सुझाव दिए ।

    अहिलेको संसदीय व्यवस्था असफल भइसकेको समेत उनले बताए । ‘यो व्यवस्था असफल भयो । चलेन नि त ! हामीले त २०७३ सालमै भनेको हो, संसदीय व्यवस्था चल्दैन । संसदले लाद्ने व्यवस्था र जनताको चाहना अलग अलग छ’, उनले भने, ‘हामीले त्यो भनेका थियौँ । त्यतिबेला कसैले सुनेन तर आज चलेन । राज्य चलेन, सरकार चलेन, नेताहरू चलेनन्, पार्टी चलेन । अनि, सबै चलाउन मालिकहरू आउनुपर्ने भयो ।’

    विदेशीहरूका इशारामा मुलुक चलेको उनको आरोप छ । ‘घरि मालिक राति १२ बजे आइपुग्छ । घरि प्लेन रिजर्भ गरेर आउँछ, घरि डलर बोकेर आउँछ । घरि डण्डा बोकेर आउँछ । घरि मालिक बन्दुक बोकेर आउँछ’, विप्लवले भने, ‘हाम्रा पार्टीका नेता भनिने अनुचरहरू उनका अगाडि कान समातेर उठबस गर्छन् । यसमा कुन किसानको चित्त बुझेको छ ? कुन युवाको चित्त बुझेको छ ? सबै क्षेत्रमा अस्तव्यस्तता छ ।’

    महासचिव विप्लवले जनमतसंग्रहको माग पनि गरेका छन् । ‘जनता हामीसँग छन् । हामी बन्दुकमा मात्र विश्वास गर्ने मान्छे होइनौँ । बन्दुक रहर होइन, बाध्यता हो । यदि सरकारले शान्ति चाहेको हो भने, आउनुहोस्, बन्दुकको कुरा होइन, शान्तिको कुरा गर्दै आएका छौँ’, सरकारसँगको तीन बुँदे सहमति देखाउँदै उनले भने, ‘ल आउनुहोस्, लडौँ न त ! नेपाली जनताको मत जाँचौँ । प्रतिस्पर्धा गरौँ । बाकस थापौँ, भोट हालौँ । नेपाली जनताले यही गएगुज्रेको संसदीय व्यवस्था रोज्छन् कि हाम्रो नयाँ भविष्यको समाजवाद रोज्छन्, प्रतिस्पर्धा गरौँ ।’

    माओवादी र नेपालको कम्युनिस्ट पार्टी पनि असफल भइसकेको भन्दै उनले कम्युनिस्ट आन्दोलनको नेतृत्व आफूहरूले लिने दबी पनि गरे ।‘हामी मर्ने र बाँच्नेको परवाह थिएन । आँखामा एउटा मात्र सपना थियो, जनयुद्ध सफल पार्ने । साम्यवाद ल्याएर सबै जनतालाई एउटै जीवन दिने चाहना थियो । नेपालका गाउँहरूमा आगो लाग्यो । ठूलो जागरण ल्यायौँ’, उनले भने, ‘कम्युनिस्टहरूले क्रान्तिबाट परिवर्तन ल्याएको समाजमा, माओवादी भन्नेहरूले सत्ता चलाइरहेको देशमा, जनयुद्ध हाँक्यौँ भन्नेहरू सत्ताको कुर्सीमा बसिरहेको देशमा २१औँ शताब्दीमा दास जस्तो व्यापार गर्ने सत्ता जनताको सत्ता हुन सक्दैन । नेपालमा गणतन्त्र त आयो तर फेरि फर्केर हेर्दा नेपाली जनताको जीवनमा खास परिवर्तन आएन ।’न्युज कारखाना

     


    आश्विन ६, २०७८ बुधवार १९:५४:२१ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # नेत्रविक्रम चन्द विप्लव

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए शपथ, कमल थापा अनुपस्थित

  • 156
    SHARES
  • राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए शपथ,  कमल थापा  अनुपस्थित

    काठमाडौं - राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार अध्यक्ष लिङ्देनसहित निर्वाचित पदाधिकारीले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    images

    नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    rpp-6-.jpg-2.jpg

    उनले लिएपछि बाँकी पदाधिकारीले पनि संयोजक बस्नेतबाट शपथ लिएका हुन् । यस्तै नवनिर्वाचित पदाधिकारीबाट नवनिर्वाचित सदस्यहरूले पनि शपथ लिएका छन् । सो शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी उपस्थित भएका थिए । कमल थापा भने अनुपस्थित थिए । 


    मंसिर १९, २०७८ आइतवार १८:१५:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • क्यानाडा नेपाल

    सदनबाट नभए सडकबाट भए पनि राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछु - राजेन्द्र लिङ्देन  

  • 186
    SHARES
  • सदनबाट नभए सडकबाट भए पनि राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछु - राजेन्द्र लिङ्देन  

    काठमाडौं - राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेण्डा लिएको बताएका छन् । 

    images

    आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम अध्यक्ष लिङ्देनले सो कुरा गरेका हुन् । 

    उनले सदनबाट नभए सडकबाट भए पनि राप्रपाको एजेण्डा स्थापित गराउने प्रतिबद्धता जनाए ।  लिङ्देनले पार्टीमा आफू नेतृत्वमा देखिए पनि पाका र अनुभवी नेताहरू साथमा रहेकाले एजेण्डा स्थापित गराउन सकिने बताए ।

    उनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताए । उनले पार्टी विभाजित हुने र बहुमत प्राप्त सरकार पनि पूरा कार्यकालसम्म नटिक्ने अवस्था पार्टीको विधान र कानुनमा नेतृत्वको हस्तान्तरणको व्यवस्था नगरिएको कारण रहेको दाबी गरे । 

    नेतृत्व हस्तान्तरणको व्यवस्था नहुँदा अरू पार्टीसँग मिलेर आफ्नै पार्टीका नेताले र अरू पार्टी पनि सरकार बनाउने र ढाल्ने कार्यले निरन्तरता पाएको उनको भनाइ छ । यसैको अन्त्यका लागि आफूले राप्रपामा नयाँ नेतृत्व ल्याउनुपर्ने निष्कर्षसहित आफूले उम्मेदवारी दिएको  उनले बताए । 


    मंसिर १९, २०७८ आइतवार १८:३८:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङ्देन

  • क्यानाडा नेपाल

    लोहनीले गरे लिङ्देनको तारिफ - पाको र क्षमताशील नेतृत्व पायौं

  • 180
    SHARES
  • लोहनीले गरे लिङ्देनको तारिफ - पाको र क्षमताशील नेतृत्व पायौं

    काठमाडौं - राप्रपा निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको तारिफ गरेका छन् । 

    images

    आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा लोहनीले लिङ्देन पाको नेता भएको बताए । 

    उनले पार्टीले पाको र क्षमताशील नेतृत्व पाएको बताए । लिङ्देन निरन्तर पार्टीमा क्रियाशील नेता रहेको भन्दै उनले भने -  ‘उहाँ लगातार ३० वर्ष पार्टीमा काम गर्नु भएको छ । पार्टीले पाको र क्षमताशील नेता पाएको छ ।’ 

    उनले सधै नयाँ नेतृत्वको साथमा रहने बताउदै भने, ‘म नयाँ नेतृत्वको साथमा रहनेछु । पार्टी र जनताको हितमा काम गर्नेछु । यदी पार्टी र जनताविरुद्ध अहित भएमा त्यसको विरुद्धमा पनि उत्रिनेछु ।’ 

     


    मंसिर १९, २०७८ आइतवार १९:४८:१४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने उपेन्द्र यादवको भनाई

  • 136
    SHARES
  • विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने उपेन्द्र यादवको भनाई

    काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताएका छन् । 

    images

    आइतबार महोत्तरीको बर्दिवासमा : आयोजित दलित समुदायको वर्तमान अवस्था  समस्या र समाधान विषयक कार्यशाला गोष्ठीको उद्घाटनमा यादवले सो कुरा गरेका हुन् । विकास र समृद्धिको बाधक जातीय भेदभाव, असमानता र विभेद रहेकोले मुलुकलाई समृद्ध बनाउन भेदभाव, असमानताको अन्त्य हुनुपर्ने उनको भनाई छ । 

    उनले दलित समुदाय भूमिहीन, आर्थिकरुपमा कमजोर रहेकाले यस्तै अवस्था कायम रहे मुलुक समृद्ध बन्न नसक्ने बताए । 

    वैदेशिक सँस्कृति अपनाइरहेसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउदै यादवले यहाँका कला र सँस्कृति जोगाउनु सबैको दायित्व  रहेको बताए । 


    मंसिर १९, २०७८ आइतवार २१:४३:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव

  • क्यानाडा नेपाल

    बागमतीमा बानियाँ जीत नजिक

  • 122
    SHARES
  • बागमतीमा बानियाँ जीत नजिक

    काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश महाधिवेशनअन्तर्गत संस्थापन पक्षीय उम्मेदवार इन्द्र बानियाँ जित नजिक पुगेका छन् ।

    images

    २०२६ मत खसेकोमा १७१० मत गणना सम्पन्न भएको छ । १७१० मत गणना हुँदा बानियाँले ९१९ ​मत ल्याएका छन् । जगदीश्वर नरसिंह केसी भने ७७९ मतका साथ बानियाँलाई पछ्याइरहेका छन् । अब ३१६ मत गणना हुन मात्रै बाँकी छ ।


    मंसिर १९, २०७८ आइतवार २२:०६:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश

  • क्यानाडा नेपाल

    कांग्रेस वाग्मती अधिवेशन : सभापतिमा इन्द्र बानियाँ निर्वाचित  

  • 198
    SHARES
  • कांग्रेस वाग्मती अधिवेशन : सभापतिमा इन्द्र बानियाँ निर्वाचित  

    काठमाडौं - नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय बानियाँ १ सय ५८ मतका साथ विजयी भएका छन् ।

    images

    २०२५ मत खसेकोमा बानियाँले १०८५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी केसीले ९२७ मत प्राप्त गरे । १३ मत बदर भएको थियो । 

    शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए । उनीहरू मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुन: मतदान भएको थियो ।


    मंसिर १९, २०७८ आइतवार २२:१३:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कांग्रेस वाग्मती अधिवेशन

  • क्यानाडा नेपाल