• Oct 18 2021 | २०७८, कार्तिक १गते

२०७८, कार्तिक १गते

राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

क्यानाडा नेपाल आश्विन ७ २०७८
  • 452
    SHARES
  • images
    images
    राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

    काठमाडौं - नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले ९ असोजबाट आयोजना हुने चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् ।

    images

    बिहीबार कप्तान ज्ञानेन्द्र सम्मिलित ललितपुर प्याट्रीओट्सले विज्ञप्ति जारी गर्दै चौथो संस्करणमा उनले नखेल्ने जानकारी गराएको हो । कप्तान ज्ञानेन्द्रले आन्तरिक कारण खुलाउदै आफू प्रतियोगितामा सहभागी हुन नसक्ने पत्र काटेका छन् । 

    'जानकारी गराउन चाहन्छु कि ब्यक्तिगत कारण आगामी ईपीएलमा सहभागी जनाउन पाउँदिन,' ज्ञानेन्द्रले लेखेका छन् । 

    यस्तै उनले प्रतियोगिताको लागि शुभकामना दिएका छन् । ज्ञानेन्द्र नखेल्ने भएसँगै अब ललितपुरले नयाँ कप्तान पाउने भएको छ । घोषणा भने भएको छैन ।

    यस्तै नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले पनि यो सिजनको ईपीएल नखेल्ने घोषणा गरिसकेका छन् । उनी गत सिजन विराटनगरबाट खेलेका थिए ।

    चौंथो संस्करणको ईपीएल क्रिकेट ९-२३ असोजसम्म टीयू क्रिकेट मैदानमा हुनेछ ।

    प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा   ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोजले खेल्ने छन् ।न्युज कारखाना


    आश्विन ७, २०७८ बिहिवार २०:४७:१७ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र मल्ल

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    आईपीएल : कोलकाता फाइनलमा, दिल्ली ३ विकेटले पराजित

  • 286
    SHARES
  • आईपीएल : कोलकाता फाइनलमा, दिल्ली ३ विकेटले पराजित

    काठमाडौं - दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

    images

    बुधबार राति शारजाहमा भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्ससँगको भेट पक्का गरेको हो ।

    दिल्लीले दिएको १३६ रनको लक्ष्य कोलकाताले १९.५ ओभरमा ७  विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा भेन्काटेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । दिल्लीका कागिसो राबडा, एन्रिच नोर्किया र रविचन्द्र आश्विनले समान २ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ३६ रन जोड्दा श्रेयस एयरले अविजित ३० रन बनाए । कोलकाताका वरुण चक्रवर्तीले २ विकेट लिए ।

    अब फाइनलमा कोलकाताले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । चेन्नई पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराएर फाइनल पुगिसकेको छ । फाइनल खेल शुक्रबार दुबईमा हुनेछ ।न्युज कारखाना 


    आश्विन २८, २०७८ बिहिवार ०७:२१:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आईपीएल

  • क्यानाडा नेपाल

    माल्दिभ्समाथि भारतको जित, उपाधिका लागि नेपालसँग खेल्ने

  • 346
    SHARES
  • माल्दिभ्समाथि भारतको जित, उपाधिका लागि नेपालसँग खेल्ने

    काठमाडौं - साफ च्याम्पियनसिपको १३औं संस्करणको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । 

    images

    बुधबार राति सिंगल राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो । यसअघि नेपाल बंगलादेशसँग बराबर खेल्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको थियो ।

    मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । मानबिर सिंहले एक गोल गरे । माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काए ।

    जितसँगै भारत शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । भारतले ४ खेलमा ८ अंक जोड्यो । पहिलो पटक फाइनल पुगेको नेपालले ४ खेलमा ७ अंक जोड्दै उपविजेताको रुपमा फाइनल पुग्यो । फाइनल खेल आइतबार नेपाली समयअनुसार ४:४५ बजे सुरु हुनेछ ।न्युज कारखाना


    आश्विन २८, २०७८ बिहिवार ०७:२७:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # साफ च्याम्पियनसिप

  • क्यानाडा नेपाल

    नेपालकाे इतिहास रच्ने सपना अधुँरै, भारत विजयी

  • 248
    SHARES
  • नेपालकाे इतिहास रच्ने सपना अधुँरै, भारत विजयी

    काठमाडाै - नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

    images

    शनिबार माल्दिभ्स माले स्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोल अन्तरले पराजित  गरेको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले समान १–१ गोल गरे ।

    पहिलो हाफ गोलरहित बराबरीमा रोकिए खेलमा भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको हो । ५० औं मिनेटमा सुरेशले गोल गर्दा भारत २–० ले अगाडी रह्यो । ९० मिनेट पछि थपिएको मिनेटमा बैकल्पिक साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए। 

    यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न जितेको छ । नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना अधुरै रहेको छ । न्युज कारखाना


    आश्विन ३१, २०७८ आइतवार ०६:३५:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # साफ च्याम्पियनसिप

  • क्यानाडा नेपाल

    हिमचितुवाले जिते ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि

  • 266
    SHARES
  • हिमचितुवाले जिते ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि

    काठमाडौं - ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उहाँ पहिलो नेपाली बक्सर हुनुभएको छ । जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आज सम्पन्न ४९ औँ सस्करणको सो प्रतिस्पर्धामा अन्तराष्ट्रि«य बक्सर खेलाडी घिमिरेले जापानका व्यवसायिक किक बक्सर फुजीमुरालाई परास्त गरेका थिए । उनीहरु दुवै ‘के वान के बक्सिङ् प्रतिष्पर्धा’ मा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् ।

    images

    ‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले सो प्रतियोगिता चुमेसँगै सामाजिक सञ्जाल मार्फत जितका लागि आफ्ना पिता अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरे, आयोजक सिमुरा डोजो सहित नेपाली खेलप्रेमिलाई सबैलाई धन्यवाद दिनुभएको छ । जापानको चर्चित सिमुरा डोजोले प्रतियोगिताको संयोजन गरेको थियो । अविरलले सोही डोजो मार्फत आफ्नो प्रतिभा प्रस्फुटन गर्दै आएका छन् । प्रशिक्षक देवका अनुसार नेपाली खेलाडी ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ प्रतियोगितमा छनौट हुुनु आफैमा प्रतिष्ठाको विषय हो । उहाँका अनुसार खेलाडी अविरलले गत चैतमा जापानको टोकियो शहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गर्नुभएको थियो । उहाँले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गर्नुभएको थियो । यसैगरी उहाँले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पार्नुभएको थियो ।

    यस्तो छ अबिरलको खेलयात्रा -सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको थियो । नेपालकोतर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत हुनुभएको थियो । एक्काइस वर्षीय उहाँले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उहाँहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आउनुभएको छ ।

    पछिल्लो समय उहाँले कम उमेरमा अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाउनुभएको छ । ‘हिट ४९ प्रोफेसनल हिट बक्सिङ च्याम्पियनसिप २०२१’ लाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने बताइएको छ । वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिनुभएको जानकारीअनुसार अबिरलले खेलेका अधिकांश व्यावसायिक किक बक्सिङमा भिडन्तमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । उहाँले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल हुनुभएको थियो । रोमाञ्जकारी सो भिडन्तमा उहाँले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर टाइटल उपाधि जित्ने कान्छा बक्सर बन्नुभएको थियो ।

    उहाँले हालसम्म हिट –२४ किक बक्सिङ खेलको मिडिल वेटको दुई पटक च्याम्पियन तथा हालसम्म विभिन्न खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल हुनुभएको गुर्जुराधास्थित अन्तरराष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजेश घिमिरे जानकारी दिनुभयो । अविरलले नियमितरुपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आउनुभएको उहाँले जानकारी दिनुभयो । “अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ । ऊ राष्ट्रिय प्रतिभा हो । सम्मान गरौँ । ” उहाँले भन्नुभयो ।रासस
     


    आश्विन ३१, २०७८ आइतवार २०:४१:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अविरल घिमिरे

  • क्यानाडा नेपाल

    न्युकासलमाथि टोटेनहमको जित, ह्यारी केनको सानदार प्रदर्शन

  • 284
    SHARES
  • न्युकासलमाथि टोटेनहमको जित, ह्यारी केनको सानदार प्रदर्शन

    काठमाडौं - गएराति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा टोटेनहम हट्सपरले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा टोटेनहमले न्युकासल युनाइटेडलाई ३-२ गोलले पराजित गरेको हो । 

    images

    उक्त खेलको दोस्रो मिनेटमा घरेलु टोली न्युकासलका क्यालम विल्सनले हेडरमार्फत गोल गरी टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको १७ औं मिनेटमा टोटेनहमका टांगी एन्डोम्बेलेले गोल गरी टिमलाई बराबरीमा पुर्याए । 

    त्यसपछि खेलको २२ औं मिनेटमा ह्यारी केनले गोल गरे । यस्तै खेलको पहिलो हाफमा ७ मिनेट इन्ज्युरी समय थप समयमा भएको खेलको चौथो मिनेटमा टोटेनहमले अग्रता दोब्बर पार्यो । 

    उक्त गोल टोटेनहमका ह्युङ मिन सनले गोल गरे । त्यसपछि खेलको  ८९ औं मिनेटमा न्युकासल गोल फर्काउन सफल भयो । जितसँगै टोटेनहम ८ खेलमा १५ अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । यस्तै न्युकासल भने ८ खेलमा ३ अंकसहित पुछारमा रहेको छ ।  


    कार्तिक १, २०७८ सोमवार ०७:४६:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडा नेपाल

    राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दरखास्त आह्वान

  • 34
    SHARES
  • राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दरखास्त आह्वान

    काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । सोमबार बिहान क्यानले खुल्ला रहेको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।

    images

    बिश्वकप लिग(२ पछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरको राजीनामासँगै नेपाली टिम मुख्य प्रशिक्षकविहीन छ । ह्वाटमोरले ८ महिना नबित्दै राजीनामा दिएका थिए ।

    क्यानले मुख्य प्रशिक्षकका लागि बिभिन्न मापदण्ड तयार गरेको छ । दरखास्त दिने मिति  अक्टोबर ३१ सम्म रहेको छ ।न्युज कारखाना


    कार्तिक १, २०७८ सोमवार १०:५२:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय क्रिकेट टोली

  • क्यानाडा नेपाल