• Oct 18 2021 | २०७८, कार्तिक १गते

२०७८, कार्तिक १गते

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्ती

क्यानाडा नेपाल आश्विन ८ २०७८
  • 430
    SHARES
  • images
    images
    राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्ती

    काठमाडौँ - राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ ।विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा २०७७ भदौ २ गते निधन भएको थियो । कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकवि घिमिरे लोकको भावना बुझेर काव्य सिर्जना गर्ने साधक भएको उल्लेख गर्दै भन्नुभयो, “राष्ट्रकवि घिमिरेका लोकजीवन, राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी गरिएका सिर्जनाहरू कालजयी छन् ।”

    images

    उप्रेतीले घिमिरेको अन्तिम महाकाव्य ‘ऋतम्भरा’ उहाँका परिवारको अनुमतिप्राप्त भएमा छाप्न तयार भएको जनाउनुभयो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका काव्यशिल्पी कविवर घिमिरे प्रतिष्ठानका संस्थापक सदस्यसमेत रहनुभएका राष्ट्रकवि घिमिरे प्राज्ञ परिषद् सदस्य हुँदै उपकुलपति, कुलपति र आजीवन सदस्यका रूपमा रहनुभएको थियो ।

    उपकुलपति डा जगमान गुरुङले राष्ट्रकविलाई आफूले सदैव राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार स्रष्टाका रूपमा पाएको उल्लेख गर्नुभयो । सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले राष्ट्रकविको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै नेपाली राष्ट्रिय भावनालाई मजबुत बनाउनमा राष्ट्रकवि घिमिरेका सिर्जनाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।प्रतिष्ठानका साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले राष्ट्रकविको पहिलो स्मृतिसभा भएको उल्लेख गर्दै अब वर्षेनी उहाँको जन्मतिथिका अवसरमा यस्तो कार्यक्रम आयोजना गरिने बताउनुभयो ।

    प्राज्ञसभा सदस्य तथा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले नेपाल प्रज्ञा–प्रतिष्ठानसमक्ष राष्ट्रकवि घिमिरेले आफ्नो जीवनकालमा प्राप्त गरेका मान–सम्मान र पुरस्कारसँग सम्बन्धित सामग्रीको संरक्षण गरिदिन आग्रह गर्नुभयो । उहाँले राष्ट्रकवि घिमिरेको निवासतर्फ जाने मार्गको नाम ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे’ नामकरणका लागि सरकारसमक्ष प्रस्ताव राखिदिन अनुरोध गर्नुभयो ।राष्ट्रकवि घिमिरेका कान्छा छोरा इञ्जीनियर राजीव घिमिरेले बुवासँगका केही प्रमुख स्मृति सुनाउँदै अब छिट्टै नै ‘ऋतम्भरा’लाई प्रकाशनमा ल्याइने जनाउनुभयो ।रासस 

     


    आश्विन ८, २०७८ शुक्रवार १०:००:३६ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # माधवप्रसाद घिमिरे

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    देशका यी स्थानमा आज मेघगर्जनसहित पानी पर्ने

  • 432
    SHARES
  • देशका यी स्थानमा आज मेघगर्जनसहित पानी पर्ने

    काठमाडौं । आइतबार प्रदेश न १,  प्रदेश न २ र वागमती प्रदेशमा सामान्य वदली गण्डकी र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य वदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ। 

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको देखिन्छ । 

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । 
     
    यस्तै आज राति पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । 
     


    आश्विन ३१, २०७८ आइतवार ०६:४३:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडा नेपाल

    रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

  • 204
    SHARES
  • रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

    रसुवा - रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका-५ भोर्ले डाडाटोल बस्ने ७६ वर्षीय बुधे ग्याङदानको कुटपिटबाट श्रीमती ६१ वर्षीया बाटुली तामाङनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए । 

    images

    प्रहरीका अनुसार शनिबार घरायसी विषयमा झैझगडा हुँदा ग्याङदानले श्रीमती तामाङनीलाई घरको पिँढीबाट लात्ताले हान्दा आँगनमा बजारिन गई गम्भीर घाइते भएकी थिइन । इलाका प्रहरी कार्यालय कालिकास्थानले जानकारी पाए लगत्तै घटनास्थलमा गएको प्रहरी टोलीले गम्भीर घाइते उनको उपचारका लागि जिल्ला अस्पताल नुवाकोट पठाएको थियो । 

    चेकजाँचको क्रममा तामाङनीको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए । मृतकको शव पोष्टमाटम गरि आइतबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

    ७६ वर्षीय बुधे ग्याङदानलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । न्युज कारखाना



    आश्विन ३१, २०७८ आइतवार १९:४८:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रसुवा

  • क्यानाडा नेपाल

    रुपन्देहीमा दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु

  • 212
    SHARES
  • रुपन्देहीमा दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु

    बुटवल - रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका-४ का २१ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।

    images

    कोटहीमाई गाउँपालिका- ५ दानव नदी र तिनाउ नदीको संगमस्थल रहेको दुई मोहानमा मूर्ति विसर्जन गर्न आएका युवाको शव अबेर राति भारतीय गोताखोरले निकालेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीले रातिसम्म शव फेला पार्न नसकेपछि भारतीय गोताखोरको सहयोग लिइएको थियो ।

    भारतीय गोताखोरले शव फेला पारेपछि स्थानीयहरू नेपाली सुरक्षाकर्मीप्रति आक्रोशित भएका थिए । सोही क्रममा शवको मुचुल्का गर्न नदिने र पोष्टमार्टमको लागि पनि अवरोध गरिएको थियो । अवरोध गरिए पनि प्रहरीले सम्झाइबुझाइ शव भैरहवा भीम अस्पतलामा ल्याइ पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।

    दुर्गा मूर्ति विर्सजनको क्रममा प्रायः वर्ष जसो दुर्घटना हुने गरेको छ । गत वर्ष पनि एक युवाको यसैगरी मृत्यु भएको थियो । विर्सजनलाई लिएर प्रहरीले उच्च सतर्कता अपनाउने गरे पनि दुर्घटना हुने गरेको छ ।न्युज कारखाना
     


    आश्विन ३१, २०७८ आइतवार २०:०२:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रुपन्देही

  • क्यानाडा नेपाल

    धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर 

  • 276
    SHARES
  • धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर 

    काठमाडौं - अर्घाखाँचीमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते भएका छन । आइतबार दिउँसो अर्घाखाँचीको शितगंगा नगरपालिकाको–२ सितापुरमा ९ जनालाई अरिङ्गालले टोकेको हो । प्रहरीका अनुसार धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा उनीहरू घाइते भएका हुन् ।

    images

    घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको जनाइएको छ। बाँकी ६ जनाको स्थानीय सितापुर स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


    आश्विन ३१, २०७८ आइतवार २०:२७:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अरिङ्गाल

  • क्यानाडा नेपाल

    देशका ४ प्रदेशमा आज भारी वर्षा, यस्तो छ मौसम पूर्वानुमान

  • 324
    SHARES
  • देशका ४ प्रदेशमा आज भारी वर्षा, यस्तो छ मौसम पूर्वानुमान

    काठमाडौं । सोमबार देशको अधिकांश भू-भागमा सामान्य बदली रहि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी परिरहेको छ । यस्तै सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा ठुलो पानी परेको छ । 

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको देखिन्छ । 

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केहि स्थानहरु मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । 

    देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । 
     
    यस्तै आज राति पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । 

    देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै पानी पर्ने सम्भावना रहेको छ ।


    कार्तिक १, २०७८ सोमवार ०७:२५:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडा नेपाल

    झापामा जंगली हात्तीलाई थापेको करेन्ट लागेर एक महिलाको ज्यान गयो

  • 74
    SHARES
  • झापामा जंगली हात्तीलाई थापेको करेन्ट लागेर एक महिलाको ज्यान गयो

    काठमाडौं - झापामा हात्तीलाई थापेको करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । सोमबार बिहान भद्रपुर नगरपालिका– १० केन्द्रमोडकी ५४ बर्षिय कल्पना राई पौरियाको जंगली हात्तीलाई थापेको करेन्ट लागेर ज्यान गएको हो । 

    images

    प्रहरीका अनुसार सोमबार बिहान पौरियाले आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तार छुँदा करेन्ट लागेको हो । प्रहरीले यस घटनालाई लिएर थप अनुसन्धान गरिरहेको छ । 
     


    कार्तिक १, २०७८ सोमवार १०:०५:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # करेन्ट लागेर

  • क्यानाडा नेपाल