• Oct 18 2021 | २०७८, कार्तिक १गते

२०७८, कार्तिक १गते

भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगाबीच भेटवार्ता

क्यानाडा नेपाल आश्विन ८ २०७८
  • 450
    SHARES
  • images
    images
    भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगाबीच भेटवार्ता

    अमेरिका - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तान सहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गर्नुभएको छ। 

    images

    वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्रप्रति आ-आफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको छ। प्रधानमन्त्री सुगाले हालै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री मोदीसँग यो पहिलो व्यक्तिगत भेटवार्ता हो। सो अवसरमा दुबै प्रधानमन्त्रीले मुम्बई-अहमदाबाद हाई स्पीड रेल (MAHSR) परियोजनाको शुरुवात् र समयमै यसको कार्यान्वयनका लागि आ-आफ्नो तर्फबाट प्रतिबद्धता जनाउनु भएको छ।

    दुई नेता बीचको बैठक क्वाड को पहिलो शिखर सम्मेलनको एक दिन अगाडि भएको हो । यो संयन्त्र अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिका बीच चारपक्षीय सहयोगसँग सम्बन्धित छ। विदेश मन्त्रालयका अनुसार उहाँहरू बीच रक्षा उपकरण र प्रविधिको क्षेत्र सहित द्विपक्षीय सुरक्षा र रक्षा सहयोग बढाउने बारे सहमति जुटेको छ।दुई प्रधानमन्त्री बीचको पहिलो भेटवार्ता हार्दिकतापूर्ण रह्यो। सेप्टेम्बर २०२० पछि सुगाले जापानको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरिसकेपछि उहाँहरू बीच तीनपटक टेलिफोन वार्ता भएको छ।

    प्रधानमन्त्री मोदीले भारत-जापान विशेष रणनीतिक र ग्लोबल पार्टनरशिपमा पछिल्ला केही बर्षहरूमा भएको ठूलो प्रगतिका निम्ति प्रधानमन्त्री सुगालाई विशेष धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री मोदीले कोभिड-१९ महामारीका बीच पनि सफलतापूर्वक टोकियो ओलम्पिकको आयोजना गरेकामा प्रधानमन्त्री सुगा र जापानलाई विशेष बधाइ समेत व्यक्त गर्नु भएको छ। सो अवसरमा दुवै प्रधानमन्त्रीले दुई देश बीचको बढ्दो आर्थिक सम्लग्नताको स्वागत गर्नुभएको छ।

    उहाँहरुले बीच यस बर्षको शुरुमा भारत, जापान र अष्ट्रेलिया बीच आपूर्ति शृङ्खला र लचकता पहल (एससीआरआई) को लचिलो, विविध र विश्वासिलो आपूर्ति संरचनालाई सक्षम पार्न गरिएको प्रयासको स्वागत गर्नु भएको छ। उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदीले निर्माण र क्षमता विकासका क्षेत्रमा काम गर्नका लागि दुई पक्षीय साझेदारीको संरचना निर्माणको लागि जोड दिनुभएको छ।

    जापनी प्रधानमन्त्री सुगाले भारतीय प्रधानमन्त्री मोदीलाई दिनुभएको जानकारी अनुसार यस वर्षको शुरूमा हस्ताक्षर गरिएको निर्दिष्ट कुशल श्रमिक (एसएसडब्ल्यू) सम्झौतालाई सञ्चालन लागि जापानी पक्षले २०२२ को शुरुदेखि भारतमा सीप र भाषा परीक्षण कार्यक्रम सञ्चालन गर्ने छ।दुई प्रधानमन्त्री बीच कोभिड-१९ महामारी र यसलाई सम्बोधन गर्ने प्रयासका बारेमा पनि छलफल केन्द्रित भएको छ । उहाँहरूले डिजिटल टेक्नोलोजीको बढ्दो महत्त्वलाई जोड दिदै यस विषयमा भारत-जापान डिजिटल पार्टनरशिप मा विशेष गरी स्टार्ट-अपमा भएको प्रगति को सकारात्मक मूल्यांकन पनि गर्नुभएको छ।

    त्यसै गरी दुई नेता बीच विभिन्न उदीयमान प्रविधिमा थप सहयोग बढाउने बारे विचार आदान-प्रदान भएको छ। जलवायु परिवर्तनका मुद्दाहरू, हरित ऊर्जा संक्रमण र भारतको राष्ट्रिय हाइड्रोजन ऊर्जा मिशनसँग जापानी सहयोगको सम्भावनाका विषयमा पनि छलफल भएको छ।दुई नेताले भारत-जापान एक्ट इस्ट फोरम अन्तर्गत भारतको उत्तर पूर्वी क्षेत्रमा द्विपक्षीय विकास परियोजनाहरूमा भएको प्रगतिलाई स्वागत गर्दै, यस्तो सहयोगलाई अझ बढाउने सम्भावनाहरूको समेत उल्लेख गर्नुभएको छ। एएनआई 


    आश्विन ८, २०७८ शुक्रवार १३:५८:३६ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # योशिहिदे सुगा

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    बेलायतमा छुरा प्रहार गरि एक सांसदको हत्यापछि अन्य सांसदलाई थप सुरक्षा

  • 336
    SHARES
  • बेलायतमा छुरा प्रहार गरि एक सांसदको हत्यापछि अन्य सांसदलाई थप सुरक्षा

    लन्डन - बेलायतमा एक सांसदमाथि छुरा प्रहार गरि हत्या भएपछि अन्य सांसदहरुको सुरक्षा व्यबस्था कडा पारिएको छ ।  कन्जरभेटिभका सांसद डेभिड अमेसलाई पूर्वी लन्डनको लेग अन सी सहरको एउटा चर्चमा शुक्रबार एक व्यक्तिले छुरा प्रहार गरेका थिए । मतदातासँग छलफल गरिरहेका बेला ६९ वर्षीय डेभिडको हत्या भएको थियो ।

    images

    सो आक्रमणपछि अन्य सांसदहरुमा त्रास बढेको छ । उनीहरुलाई सरकारले थप सुरक्षाकर्मीको व्यबस्था गरेको छ । पाँच वर्षअघि पनि लेबरका सांसद जो कोक्समाथि यस्तै हमला भएको थियो ।

    शुक्रबारको हमलामा अतिवादी मुस्लिम समूहको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आक्रमणको आशंकामा प्रहरीले एक संदिग्ध व्यक्तिलाई पक्राउ गरी सोधपुछ गरेको छ । स्कटल्यान्ड यार्ड्स काउन्टर टेरोरिजम कमान्डले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

    गृहमन्त्री प्रिति पट्टेलले सांसदहरुलाई प्रदान गरिएको सुरक्षा व्यबस्था समिक्षा गर्न प्रहरीलाई निर्देशन दिएकी छिन् ।   सांसद र उच्च अधिकारीहरुले आफ्नो सुरक्षाप्रति चासो देखाएको उनले बताइन् । एजेन्सी


    आश्विन ३१, २०७८ आइतवार २०:३७:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बेलायत

  • क्यानाडा नेपाल

    सुतिरहेको अवस्थामा आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

  • 252
    SHARES
  • सुतिरहेको अवस्थामा आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

    इस्लामाबाद – पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको आगलागीमा परी एकै परिवारमा सात व्यक्तिको मृत्यु भएको छ ।

    images

    पञ्जाब प्रान्तको मुजफारगढ जिल्लामा रहेको एक घरमा भएको आगलागीमा परी एकै परिवारका बालबालिका र महिलाहरूसहित सात व्यक्तिको मृत्यु भएको हो ।

    सुतिरहेको अवस्थामा ठूलो आगलागी भएका कारणले उनीहरू भाग्न पनि नपाएका जनाइएको छ । आगलागीमा परी ज्यान गुमाएकाहरूमा चार बालबालिका दुई महिला रहेका छन् । ती चार बालबालिका दुई महिनादेखि १० वर्षसम्मका रहेका थिए । सिन्ह्वा 
     


    आश्विन ३१, २०७८ आइतवार २०:४४:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आगलागी

  • क्यानाडा नेपाल

    महामारीबीच दुबईमा धनाढ्यको संख्या बढेको बढ्यै

  • 180
    SHARES
  • महामारीबीच दुबईमा धनाढ्यको संख्या बढेको बढ्यै

    दुबई - दुबईका निजी बैंक र सम्पत्ती व्यवस्थापन क्षेत्रका लागि यो वर्ष पनि सुखद  रह्यो । सन् २०१९ मा व्यक्तिगत रूपमा उच्च सम्पत्ती भएका व्यक्ति बस्ने सहरहरूमा  दुबई सबैभन्दा अग्रपंक्तिमा आउथ्यो । त्यस्तै, विश्वका धनी व्यक्तिहरुको छनौटमा दुबई उच्च १० गन्तव्यमा पर्दथ्यो ।

    images

    सन् २०२० को सुरूदेखि नै महामारीको चपेटामा परेको दुबई सार्वजनिक स्वास्थ्य समस्या देखिएको थियो । यद्यपी रोग नियन्त्रण गर्न देशले उल्लेख्य भूमिका खेलेको थियो ।

    अर्बपतिहरुको गतिविधि अनुसन्धान गर्ने संस्था न्यु वल्र्ड हेल्थ (एनडब्लुएच) ले दुबईमा हाइ–नेट–वेल्थ इन्डिभिजुअल (एचएनडब्लुआई) को संख्या यो जुन महिनामा ३ दशमलब ८ प्रतिशतले बढेको जनाएको छ । दुबईमा गत डिसेम्वरमा ५२ हजार एचएनडब्लुआईमा रहेकोमा अहिले ५४ हजार पुगेको हो । एचएनडब्लुआई अर्थतन्त्रको एउटा शब्द हो जसको अर्थ अमेरिकी डलर १० लाख भन्दा बढी सम्पत्ती भएका धनाढ्य भन्ने बुझाउँछ ।

    मध्येपूर्व र अफ्रिका (एमइए) क्षेत्रमा दुबई संसारकै धनी सहर हो । दुबई १६५ ‘सेन्टी–मिलिअनरिज’ र १२ ‘विलिअनरिज’को घरसमेत हो । कम्तिमा एक मिलियन डलर रकम, सम्पत्ती र व्यवसाय भएका व्यक्तिको संख्या जुनमा २ दशमलब ५ प्रतिशतले बढेको एनडब्लुएचको अध्ययनमा उल्लेख छ ।

    अर्को एक छुट्टै अध्ययनमा मध्यपूर्वमा आगामी पाँच वर्षमा ३० मिलियन (३ करोड) डलर सम्पत्ती भएका व्यक्तिहरुको संख्या २४ दशमल ६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।एजेन्सी


    कार्तिक १, २०७८ सोमवार ०७:४९:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # धनाढ्य

  • क्यानाडा नेपाल

    वेनेजिर भुट्टो स्वदेश फिर्तादेखि रूसबाट खरिदपछि अमेरिकाको अधिनमा अलास्का

  • 118
    SHARES
  • वेनेजिर भुट्टो स्वदेश फिर्तादेखि रूसबाट खरिदपछि अमेरिकाको अधिनमा अलास्का

    आज १८ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः

    images

    वेनेजिर भुट्टो स्वदेश फिर्ता
    आठ वर्षको लन्डन र दुबई निर्वासनपछि  सन् २००७ मा पाकिस्तानकी नवौं प्रधानमन्त्री वेनेजिर भुट्टो स्वदेश फर्किएकी थिइन् । स्वदेश निर्वासनको दुई महिनापछि एउटा चुनाबी ह्यालीमा भुट्टोको हत्या भएको थियो । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकर अली भुट्टोकी छोरी हुन् ।

    पाइपलाई बिस्फोटमा २०० को मृत्यु
    नाइजेरियाको राष्ट्रिय पेट्रोलियम कर्पोरेसनको एउटा पाईपलाईनमा ठूलो बिस्फोट भएको थियो । लागोस्थित पाईपलाईनमा भएको सो बिस्फोटमा २०० जनाको मृत्यु भएको थियो । बिस्फोटपछि लागेको आगो निभाउन ६ दिन लागेको थियो । 

     रूसबाट अमेरिकाले किन्यो अलास्का
     अमेरिकाको हाल स्वामित्वमा रहेको अलस्का कुनै बेला रसियाली भूमि थियो । सन् १८६७ मा अलस्का अमेरिकाको महत्वपूर्ण क्षेत्र बनेको थियो । आजकै दिन अमेरिकाले रसियाबाट ७२ लाख डलरमा अलस्काको एउटा ठूलो क्षेत्र किनेको थियो । तर, अलस्का किन्ने सरकारको निर्णयबाट भने आमअमेरिकी खासै खुसी थिएनन् । सन् १९५९ देखि अलस्का अमेरिकाको छुट्टै राज्य बनेको थियो । 

    प्युरटो रिको अमेरिकाको अधिनमा
    स्पेन र अमेरिकाबीचको युद्धपछि स्पेनको अधिनमा रहेको प्युरटो रिको अमेरिकाले कब्जा गरेको थियो । सन् १८९८ देखि प्युरटो रिको अमेरिकाको महत्वपूर्ण ‘टेरिटोरी’ बनेको छ  ।एजेन्सी


    कार्तिक १, २०७८ सोमवार ०७:५७:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वेनेजिर भुट्टो

  • क्यानाडा नेपाल

    भारतमा एकैदिन १४ हजार कोरोना संक्रमित थपिए, १ सय ६५ जनाले ज्यान गुमाए

  • 114
    SHARES
  • भारतमा एकैदिन १४ हजार कोरोना संक्रमित थपिए, १ सय ६५ जनाले ज्यान गुमाए

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ । 
     
    भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ६५ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ५२ हजार ३ सय २१ पुगेको छ ।  
     
    पछिल्लो २४ घण्टामा १४ हजार २ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ४० लाख ६६ हजार ७ सय ६० पुगेको छ ।  यस्तै भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ३४ लाख ३१ हजार ७ सय १६ पुगेको छ । 
     

    images


    कार्तिक १, २०७८ सोमवार ०८:२५:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    केरलामा बाढीका कारण ज्यान गुमाउनेको संख्या २६ पुग्यो

  • 96
    SHARES
  • केरलामा बाढीका कारण ज्यान गुमाउनेको संख्या २६ पुग्यो

    दक्षिणी भारतीय राज्य केरलामा ठूलो वर्षाले निम्त्याएको बाढीका कारण अहिलेसम्म कम्तीमा २६ जनाको ज्यान गएको छ। बाढीका कारण कैयौँ शहर तथा गाउँसँग सम्पर्क विच्छेद हुन पुगेको अधिकारीहरूले बताएका छन्।

    images

    मृत्यु हुनेमध्ये पाँचजना बालबालिका पनि छन्। थुप्रै मानिस अझै हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। बाढीले धेरै घर बगाएको छ। कोटायाम जिल्लामा मानिसहरू बाढीका कारण फस्न पुगेका विवरणमा जनाइएको छ।

    भीषण वर्षा
    सोही क्षेत्रबाट प्राप्त भिडिओमा यात्रुवाहक बस डुब्दा यात्रुहरूलाई उद्धार गर्दै गरिएको दृश्य देखिन्छ। केही दिनयता भएको ठूलो वर्षाले केरलामा घातक पहिरोहरू निम्त्याएको छ।अधिकारीहरूका अनुसार राहत तथा उद्धार कार्यमा सैनिक खटिएका छन्।

    पहिरोका कारण फसेका मानिसहरूसम्म राहत सामग्री पुर्‍याउन हेलिकप्टर परिचालन गरिएको छ। बाढीका कारण फसेका कोलम र अन्य तटीय नगरका मानिसको उद्धारमा माछा मार्ने डुङ्गाहरूको प्रयोग भइरहेको छ।

    कैयौँ ठाउँमा बाढीले सडक बगाएको छ र रूखका जराहरू उखेलिदिएको छ। बाढीपीडित एक महिलाले भनिन्, "धेरै क्षति भएको छ, घरहरू बगेका छन्। बालबालिकालाई गुमाएका छौँ।"

    केरलामा ठूलो वर्षाले बाढी तथा पहिरो निम्याइरहन्छ। कुनै बेला बाढीविरुद्ध प्राकृतिक रक्षाकवचको रूपमा काम गर्ने गरेका सिमसार क्षेत्र तथा तालहरू बढ्दो शहरीकरण एवं संरचना निर्माणसँगै अहिले मासिएका छन्।

    सन् २०१८ मा केरलामा एक शताब्दीयताकै ठूलो बाढी आउँदा करिब चार सय जनाको मृत्यु भएको थियो भने १० लाखभन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका थिए।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    कार्तिक १, २०७८ सोमवार ०८:३१:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केरला

  • क्यानाडा नेपाल