• Oct 18 2021 | २०७८, कार्तिक १गते

२०७८, कार्तिक १गते

जर्मन बुण्डेस लिगा : बायर्न शीर्ष स्थानमा उक्लियाे, ग्रेउथर फुर्थ पराजित

क्यानाडा नेपाल आश्विन ९ २०७८
  • 354
    SHARES
  • images
    images
    जर्मन बुण्डेस लिगा : बायर्न शीर्ष स्थानमा उक्लियाे, ग्रेउथर फुर्थ पराजित

    काठमाडौं - जर्मन बुण्डेस लिगा अन्तर्गत छैटाैं चरणको खेलमा सहज जित निकाल्दै बायर्न म्युनिख तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बायर्नले घरेलु टोली  ग्रेउथर फुर्थलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । 

    images

    अपराजित यात्रा कायम गर्ने क्रममा बायर्नको लागि  थोमस मुलर, जोसुवा किमिचीले १/१ गोल गरे । फुर्थका सेबास्टिएन ग्रेयसबेकले आत्माघाती गोल गरे । पराजित फुर्थका लागि क्रेडिक इथेनले १ गोल गरेका थिए  । 

    मुलरले खेलको १० मिनेटमा गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । किमिचिले ३१ मिनेटमा अग्रता २-० को बनाए  । सेबास्टिएनले खेलको ६८ मिनेटमा आत्माघाती गोल गर्दा बायर्नले अग्रता ३-० को बनायो । फुर्थका इथेनले ८७ मिनेटमा सान्त्वना गोल गरेका थिए  । 

    जितसँगै बायर्नले ६ खेलबाट ५ जित र १ बराबर सहित १६ अंक बनाउदै शीर्ष स्थानमा छ । एक खेल कम खेलेको वोल्फस्बर्ग १३ अंकसहित दोस्रो स्थानमा छ । पराजित फुर्थ भने ६ खेलबाट १ अंकसहित  तालिकाको पुछारमा छ । न्युज कारखाना


    आश्विन ९, २०७८ शनिवार ०८:०७:१४ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # जर्मन बुण्डेस लिगा

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    अब्दुल्लाहले साफपछि नेपाली टोली नहेर्ने, राजीनामा दिने घाेषणा

  • 568
    SHARES
  • अब्दुल्लाहले साफपछि नेपाली टोली नहेर्ने, राजीनामा दिने घाेषणा

    काठमाडौं - नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् । 

    images

    बुधबार साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशसँग बराबरी खेल्दै पहिलो पटक नेपाललाई फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाहले  खेलपछिको प्रेस कन्फरेन्समा नेपाली टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिने बताएका हुन् । उनले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताएका छन् ।

    अल्मुताइरीको प्रशिक्षणमा बुधबार नेपालले ऐतिहासिक सफलता हात पारेको छ ।  नेपालले साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पल्ट फाइनल यात्रा तय गरेको छ । फाइनल पुग्न एक अंक आवश्यक्ता रहेको अवस्थामा बंगलादेशलाई अन्तिम समय बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफको इतिहासमा २८ बर्षपछि फाइनल पुग्न सफल भएको हो । 

    यस अघि गत फागुनमा नेपाल झरेका अब्दुल्लाह चैतमा मुख्य प्रशिक्षकको रुपमा भित्रिएका थिए  । पछिल्लो समय एन्फा विबादमा मुछिएका अब्दुल्लाहले बारम्बार मुख्य प्रशिक्षक जिम्मेवारीबाट हट्ने बताउँदै आएका थिए । न्युज कारखाना

     


    आश्विन २८, २०७८ बिहिवार ०६:१६:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अब्दुल्लाह

  • क्यानाडा नेपाल

    आईपीएल : कोलकाता फाइनलमा, दिल्ली ३ विकेटले पराजित

  • 284
    SHARES
  • आईपीएल : कोलकाता फाइनलमा, दिल्ली ३ विकेटले पराजित

    काठमाडौं - दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

    images

    बुधबार राति शारजाहमा भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्ससँगको भेट पक्का गरेको हो ।

    दिल्लीले दिएको १३६ रनको लक्ष्य कोलकाताले १९.५ ओभरमा ७  विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा भेन्काटेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । दिल्लीका कागिसो राबडा, एन्रिच नोर्किया र रविचन्द्र आश्विनले समान २ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ३६ रन जोड्दा श्रेयस एयरले अविजित ३० रन बनाए । कोलकाताका वरुण चक्रवर्तीले २ विकेट लिए ।

    अब फाइनलमा कोलकाताले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । चेन्नई पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराएर फाइनल पुगिसकेको छ । फाइनल खेल शुक्रबार दुबईमा हुनेछ ।न्युज कारखाना 


    आश्विन २८, २०७८ बिहिवार ०७:२१:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आईपीएल

  • क्यानाडा नेपाल

    माल्दिभ्समाथि भारतको जित, उपाधिका लागि नेपालसँग खेल्ने

  • 344
    SHARES
  • माल्दिभ्समाथि भारतको जित, उपाधिका लागि नेपालसँग खेल्ने

    काठमाडौं - साफ च्याम्पियनसिपको १३औं संस्करणको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । 

    images

    बुधबार राति सिंगल राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो । यसअघि नेपाल बंगलादेशसँग बराबर खेल्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको थियो ।

    मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । मानबिर सिंहले एक गोल गरे । माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काए ।

    जितसँगै भारत शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । भारतले ४ खेलमा ८ अंक जोड्यो । पहिलो पटक फाइनल पुगेको नेपालले ४ खेलमा ७ अंक जोड्दै उपविजेताको रुपमा फाइनल पुग्यो । फाइनल खेल आइतबार नेपाली समयअनुसार ४:४५ बजे सुरु हुनेछ ।न्युज कारखाना


    आश्विन २८, २०७८ बिहिवार ०७:२७:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # साफ च्याम्पियनसिप

  • क्यानाडा नेपाल

    नेपालकाे इतिहास रच्ने सपना अधुँरै, भारत विजयी

  • 248
    SHARES
  • नेपालकाे इतिहास रच्ने सपना अधुँरै, भारत विजयी

    काठमाडाै - नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

    images

    शनिबार माल्दिभ्स माले स्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोल अन्तरले पराजित  गरेको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले समान १–१ गोल गरे ।

    पहिलो हाफ गोलरहित बराबरीमा रोकिए खेलमा भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको हो । ५० औं मिनेटमा सुरेशले गोल गर्दा भारत २–० ले अगाडी रह्यो । ९० मिनेट पछि थपिएको मिनेटमा बैकल्पिक साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए। 

    यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न जितेको छ । नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना अधुरै रहेको छ । न्युज कारखाना


    आश्विन ३१, २०७८ आइतवार ०६:३५:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # साफ च्याम्पियनसिप

  • क्यानाडा नेपाल

    हिमचितुवाले जिते ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि

  • 260
    SHARES
  • हिमचितुवाले जिते ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि

    काठमाडौं - ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उहाँ पहिलो नेपाली बक्सर हुनुभएको छ । जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आज सम्पन्न ४९ औँ सस्करणको सो प्रतिस्पर्धामा अन्तराष्ट्रि«य बक्सर खेलाडी घिमिरेले जापानका व्यवसायिक किक बक्सर फुजीमुरालाई परास्त गरेका थिए । उनीहरु दुवै ‘के वान के बक्सिङ् प्रतिष्पर्धा’ मा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् ।

    images

    ‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले सो प्रतियोगिता चुमेसँगै सामाजिक सञ्जाल मार्फत जितका लागि आफ्ना पिता अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरे, आयोजक सिमुरा डोजो सहित नेपाली खेलप्रेमिलाई सबैलाई धन्यवाद दिनुभएको छ । जापानको चर्चित सिमुरा डोजोले प्रतियोगिताको संयोजन गरेको थियो । अविरलले सोही डोजो मार्फत आफ्नो प्रतिभा प्रस्फुटन गर्दै आएका छन् । प्रशिक्षक देवका अनुसार नेपाली खेलाडी ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ प्रतियोगितमा छनौट हुुनु आफैमा प्रतिष्ठाको विषय हो । उहाँका अनुसार खेलाडी अविरलले गत चैतमा जापानको टोकियो शहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गर्नुभएको थियो । उहाँले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गर्नुभएको थियो । यसैगरी उहाँले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पार्नुभएको थियो ।

    यस्तो छ अबिरलको खेलयात्रा -सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको थियो । नेपालकोतर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत हुनुभएको थियो । एक्काइस वर्षीय उहाँले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उहाँहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आउनुभएको छ ।

    पछिल्लो समय उहाँले कम उमेरमा अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाउनुभएको छ । ‘हिट ४९ प्रोफेसनल हिट बक्सिङ च्याम्पियनसिप २०२१’ लाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने बताइएको छ । वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिनुभएको जानकारीअनुसार अबिरलले खेलेका अधिकांश व्यावसायिक किक बक्सिङमा भिडन्तमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । उहाँले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल हुनुभएको थियो । रोमाञ्जकारी सो भिडन्तमा उहाँले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर टाइटल उपाधि जित्ने कान्छा बक्सर बन्नुभएको थियो ।

    उहाँले हालसम्म हिट –२४ किक बक्सिङ खेलको मिडिल वेटको दुई पटक च्याम्पियन तथा हालसम्म विभिन्न खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल हुनुभएको गुर्जुराधास्थित अन्तरराष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजेश घिमिरे जानकारी दिनुभयो । अविरलले नियमितरुपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आउनुभएको उहाँले जानकारी दिनुभयो । “अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ । ऊ राष्ट्रिय प्रतिभा हो । सम्मान गरौँ । ” उहाँले भन्नुभयो ।रासस
     


    आश्विन ३१, २०७८ आइतवार २०:४१:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अविरल घिमिरे

  • क्यानाडा नेपाल

    न्युकासलमाथि टोटेनहमको जित, ह्यारी केनको सानदार प्रदर्शन

  • 268
    SHARES
  • न्युकासलमाथि टोटेनहमको जित, ह्यारी केनको सानदार प्रदर्शन

    काठमाडौं - गएराति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा टोटेनहम हट्सपरले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा टोटेनहमले न्युकासल युनाइटेडलाई ३-२ गोलले पराजित गरेको हो । 

    images

    उक्त खेलको दोस्रो मिनेटमा घरेलु टोली न्युकासलका क्यालम विल्सनले हेडरमार्फत गोल गरी टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको १७ औं मिनेटमा टोटेनहमका टांगी एन्डोम्बेलेले गोल गरी टिमलाई बराबरीमा पुर्याए । 

    त्यसपछि खेलको २२ औं मिनेटमा ह्यारी केनले गोल गरे । यस्तै खेलको पहिलो हाफमा ७ मिनेट इन्ज्युरी समय थप समयमा भएको खेलको चौथो मिनेटमा टोटेनहमले अग्रता दोब्बर पार्यो । 

    उक्त गोल टोटेनहमका ह्युङ मिन सनले गोल गरे । त्यसपछि खेलको  ८९ औं मिनेटमा न्युकासल गोल फर्काउन सफल भयो । जितसँगै टोटेनहम ८ खेलमा १५ अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । यस्तै न्युकासल भने ८ खेलमा ३ अंकसहित पुछारमा रहेको छ ।  


    कार्तिक १, २०७८ सोमवार ०७:४६:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडा नेपाल