• Oct 18 2021 | २०७८, कार्तिक १गते

२०७८, कार्तिक १गते

मौसमी फ्लु बढ्दो क्रममा, कोरोनासँग लक्षण कसरी छुट्टाउने ? 

क्यानाडा नेपाल आश्विन ९ २०७८
  • 502
    SHARES
  • images
    images
    मौसमी फ्लु बढ्दो क्रममा, कोरोनासँग लक्षण कसरी छुट्टाउने ? 

    कोभिड महामारीबीच पछिल्लो समय नेपालमा मौसमी फ्लुको समस्या बढेको चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयले भने सरकारी प्रणालीमा फ्लु असामान्य वृद्धि भएको नदेखिएको जनाएको छ।

    images

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले भन्छन्: "तर छिटफुट केसहरु रिपोर्ट भइरहेका छन्। साना बालबालिकाहरू घ्यारघ्यार गराउने भाइरसबाट सङ्क्रमित भएको सूचना छ।"

    मौसमी फ्लु प्रति सर्वसाधारणहरूले पहिले त्यति ध्यान दिने नगरेको भए पनि कोभिडका कारण मानिसहरू गम्भीर हुन थालेको बताइएको छ। कोरोनाभाइरस सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएकाले सर्वसाधारणहरू बढी त्रसित भएको चिकित्सकहरू बताउँछन्।

    नेपालमा मौसमी फ्लु कुन समयमा बढ्छ?
    हालको मौसममा नियमित रूपमा नेपालमा मौसमी फ्लु देखिने हुँदा आत्तिइहाल्नु पर्ने अवस्था नरहेको पौडेल बताउँछन्। तर सर्वसाधारणहरू सचेत भने रहनुपर्ने उनको भनाइ छ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुनका अनुसार नेपालमा फेब्रुअरी - मार्च महिना र जुलाईदेखि सेप्टेम्बर महिनामा फ्लुबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्ने गरेको पाइन्छ।

    "अझ तुलना गर्ने हो भने त यो जुलाई - अगस्टतिर बढी हुन्छ," उनले भने।गत फेब्रुअरी - मार्च महिनातिर अस्पताल आएकाहरूले फ्लुका कारण हप्तामै दुई-तीन पटकसम्म कोभिड परीक्षण गरेको पाइएको उनले जानकारी दिए।

    काठमाण्डू मात्र नभएर भरतपुर र पोखरा लगायतका सहरहरूमा पनि फ्लुबाट बिरामी परेकाहरूको सङ्ख्या बढेको पाइएको उनले बताए।

    "तीन-चार हप्ता अघिसम्म त अलि धेरै नै तथ्याङ्क देखिन्छ। नेपालभरि हप्तामा १५० भन्दा बढी पुष्टि भएको देख्छु," डा. पुनले भने। "पछिल्लो दुई हप्तादेखि भने अलि तल ओर्लिएको देखिन्छ।"

    नेपालमा देखा परेका मौसमी फ्लु के हुन्?
    डा. पुनका अनुसार नेपालमा सामान्यता इन्फलुएन्जा ए बढी फैलिन्छ भने इन्फ्लुएन्जा बी तुलनात्मक रूपमा कम फैलिन्छ। टाइप ए इन्फ्लुएन्जाले महामारी जस्तै गरी फैलिन सक्ने भए पनि टाइप बीले भने सामान्यता त्यस्तो अवस्था सृजना नगराउने उनको भनाइ छ।

    "तर पछिल्लो दुई हप्तामा चाहिँ फ्लु बीले अग्रता लिइरहेको देखिन्छ," उनले भने।"बीले मेरै चिनेको कतिपय एकदमै थला परेको पाएँ। उहाँहरू बरु कोभिड लाग्दा यस्तो परेको थिइएन, यो कडा भयो भन्छन्।''

    फ्लुको लक्षण कति कडा हुन्छ भन्ने विषयमा सामान्यतया चिकित्सकहरूले टाइप एलाई बढी कडा मान्ने गरेको भए पनि टाइप बी पनि उत्तिकै कडा देखिएको र पछिल्लो दुई हप्तामा त्यो झन् "आक्रामक भएर गएको" देखिएको उनले जानकारी दिए।

    पछिल्लो तथ्याङ्क अस्पताल आउनेहरूले गरेको परीक्षणमा आधारित रहेको तर त्यसले समुदायमा फ्लु प्रशस्त छ भन्ने अनुमान गर्ने सकिने उनको भनाइ छ।

    टाइप ए र बीमा के फरक हुन्छ?
    चिकित्सकहरूका अनुसार दुवै फ्लुमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने र कसैलाई पखाला लाग्ने जस्ता लक्षण देखिन्छ। तर बर्ड फ्लु, स्वाइन फ्लु र हङ्कङ फ्लु जस्ता सङ्क्रमणका लक्षण कडा हुने उनको भनाइ छ। यी सबै टाइप ए अन्तर्गत पर्छन्।

    इन्फ्लुएन्जा बी अन्तर्गत चाहिँ दुई वटा प्रकार फ्लु छुट्टाइएको हुन्छ। ती दुई प्रकार यामागाटा र भिक्टोरिया हुन्।नेपालमा भिक्टोरिया बढी देखिने गरेको पुनले जानकारी दिए।

    पछिल्लो समयमा भने यी दुवै प्रकार भित्र नपर्ने टाइप बीको अर्को खाले इन्फ्लुएन्जा नेपालमा देखिएको उनको बुझाइ छ।त्यो नयाँ प्रकारको फ्लुले कडा लक्षण उत्पन्न गराइरहेको हो वा अरू नै केही हो भन्ने कुरा भने आफूले भन्न सक्ने अवस्था नरहेको उनले बताए।

    फ्लु कि कोभिड आफै थाहा पाउन सकिन्छ?
    चिकित्सकहरू त्यस्तो गर्न सहज नरहेको बताउँछन्। यसका लागि चिकित्सककै सहारा लिनुपर्ने हुन्छ। कोभिड वा मौसमी फ्लु के हो भन्ने कुरा छुट्टाउन चिकित्सकहरूलाई समेत सहज नहुने बताइन्छ।

    त्यसै कारण सङ्क्रमण वा लक्षण भएका व्यक्तिहरूले कोभिडका साथै फ्लुको पनि परीक्षण गर्दा राम्रो हुने डा. पुन बताउँछन्।''यो दुइटाको उपचार र परामर्श बिलकुल फरक हुन्छ,'' उनले भने।

    सामान्यतया स्वाद र गन्ध हराएको अवस्थामा फ्लुको लक्षण भएका व्यक्तिलाई कोभिड भएको हुन सक्ने रूपमा हेरिने गरेको चिकित्साहरू बताउँछन्।

    तर कोभिड लागेका अधिकांशमा देखिने यस्तो लक्षण सबैमा भने नदेखिने डा. पुनको भनाइ छ।फ्लु लागेका बेला नाक बन्द भएका कतिपय बिरामीहरूमा गन्ध हराउने वा गन्ध नआउने हुन सक्ने डा. पौडेल बताउँछन्।

    त्यसकारण पनि परीक्षण गर्नु उचित रहेको चिकित्सकहरूको मत छ। ज्वरो बढी रहे वा सास फेर्न गाह्रो भए बिरामी अस्पताल जानुपर्ने डा. पौडेल सुझाउँछन्।

    फ्लु कति घातक हुन्छ?
    नेपालमा मौसमी रुघाखोकीलाई सामान्य रूपमा लिइने गरेको कुरा चिकित्सकहरू पनि स्वीकार्छन्। केही दिन आराम, आहारको सन्तुलन र न्यानो गरेर बस्दा मौसमी फ्लु आफै निको हुने अनुभव धेरैले गर्ने गरेका छन्।

    तर बिरामी हुने क्रम लामो समयसम्म चल्यो वा थप जटिल अवस्था हुँदै गयो भने चिकित्सकहरूको सम्पर्कमा जानुपर्ने हुन्छ। निमोनियादेखि अन्य अङ्गमा प्रभाव पार्न सक्ने हुँदा मौसमी फ्लुलाई कम आँक्न नहुने बताइन्छ।

    ''चार पाँच दिन घरमै झोलिलो कुरा खाएर बस्न सकिन्छ। तर निरन्तर लक्षण देखियो वा सो लक्षण थप जटिल हुन थाल्यो भने चिकित्सकको सम्पर्कमा जानुपर्ने हुन्छ,'' डा. पौडेलले भने।

    कोभिड महामारीकाबीच सुरक्षाका मापदण्ड अपनाएर परिवारसँगै बस्न सकिने उनको भनाइ छ। "हेलमेल भने धेरै गर्न हुँदैन।"मौसमी फ्लुबाट ग्रसित व्यक्तिले प्रशस्त पानी पिउनुपर्ने र ज्वरो आएको अवस्थामा सिटामोल खान सक्ने पौडेल बताउँछन्।

    कुन उमेरका मानिसमा बढी जोखिम छ?
    यसको उच्च जोखिममा ज्येष्ठ नागरिक र दीर्घरोगी रहेको चिकित्सकहरू बताउँछन्। बालबालिका पनि यसबाट प्रभावित हुनसक्ने सम्भावना रहन्छ। र यो विषय मानिसको रोगप्रतिरोधी क्षमतासँग सम्बन्धित छ।

    एक अध्ययनले उष्ण क्षेत्रमा पर्ने देशहरूमा वर्षैभरि मौसमी फ्लु देखिने गरेको देखाएको विज्ञहरू बताउँछन्। समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    आश्विन ९, २०७८ शनिवार ०८:५०:०१ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    मुटु रोगबाट नेपालमा बर्सेनि ३० हजारले ज्यान गुमाउँछन्, बढी जोखिममा पुरुष

  • 622
    SHARES
  • मुटु रोगबाट नेपालमा बर्सेनि ३० हजारले ज्यान गुमाउँछन्, बढी जोखिममा पुरुष

    काठमाडौं। अस्वस्थ खानपान र जीवनशैलीका कारण अहिले वयस्क उमेर समूहका मानिसमा पनि मुटु रोग देखिन थालेको छ । धुम्रपान, मद्यपान तथा लागुऔषधको प्रयोग गर्ने युवाहरूमा अहिले मुटु रोगका साथै हृदयाघातको समस्या देखिन थालेको कार्डियोलोजी विभागका आवासीय चिकित्सक डा. अशोक श्रेष्ठले बताए । 

    images

    'सामान्यतया ५०-६० वर्ष उमेर समूहका मानिसमा मुटु रोगको जोखिम बढी हुने भए पनि हाल वयस्कमा समेत मुटु रोगको समस्या देखिने गरेको छ', श्रेष्ठले न्युज कारखानासँग भने, 'स्वस्थ मुटुका लागि जीवनशैलीमा परिवर्तन गर्नु आवश्यक छ ।'

    स्वास्थ्य सेवा विभागले गरेको स्वास्थ्य जनसांख्यिक सर्वेक्षण, २०१६ को तथ्यांकअनुसार वयस्क उमेर समूहका २३.४ प्रतिशत पुरुष र १६.८ प्रतिशत महिलामा यो समस्या देखिएको छ ।

    नेपालमा नसर्ने रोगका बिरामीमध्ये २७ प्रतिशत मुटु रोगी रहेका छन् । दक्षिण एसियामा मुटु रोगको समस्या धेरै भएका देशमा नेपाल तेस्रो स्थानमा छ ।

    मुटु रोगबाट नेपालमा बर्सेनि ३० हजार मानिसले ज्यान गुमाउने गरेका छन् । सन् २०३० सम्ममा नेपाललगायत विकासोन्मुख राष्ट्रमा हृदयाघात भएर ज्यान गुमाउनेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

    नेपालमा एक लाख जनसंख्यामा ५६९ पुरुष र ४७९ महिला मुटु रोगले प्रभावित हुने गरेको पाइएको छ, जसमा १६ प्रतिशतलाई हृदयाघात, छदेखि १० प्रतिशतलाई मुटुको बाथरोग, चार देखि १० प्रतिशतलाई मुटुको धड्कनसम्बन्धी र चारदेखि सात प्रतिशतलाई मुटुको जन्मजात रोग हुने हुने गरेको तथ्यांकले देखाएको छ । 

    मुटु रोगको प्रमुख कारणमा २५ देखि ४० प्रतिशतमा उच्चरक्तचाप, छदेखि १० प्रतिशतमा मधुमेह, २० प्रतिशतमा कोलेस्ट्रोल, २० देखि २५ प्रतिशतमा धुम्रपान र १५ देखि २० प्रतिशत मोटोपन रहेको छ ।

    विश्व मुटु महासंघका अनुसार बर्सेनि एक करोड ८६ लाख मानिसको मुटुसम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ, जसमा विकासोन्मुख र अविकसित देशहरूमा मुटु रोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशतभन्दा बढी रहेको छ । सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट मृत्यु हुनेको संख्या बर्सेनि दुई करोड ५० लाखसम्म पुग्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ ।

    विश्वमा नसर्ने रोगका कारण मृत्यु हुनेमध्ये ३२ प्रतिशत मुटु रोग रहेको छ । मुटु रोगका कारण मृत्यु हुनेमा पनि ८५ प्रतिशत हृदयाघात रहेको तथ्यांकले देखाएको छ । विश्वमा मुटुको समस्याका कारण सबैभन्दा बढी प्रभावित हुने देशमा क्रमशः चीन, भारत, रसिया र अमेरिका पर्छन् । सन् १९९० मा २५० मिलियनमा देखिएको यो समस्या सन् २०२१ सम्म आउँदा ५२३ मिलियनममा पुगेको छ । विश्वमा नै मुटु रोगीको संख्या लगातार बढिरहेको छ ।

    मुटु रोगको बढी जोखिममा पुरुष
    महिलाको तुलनामा पुरुषमा मुटुको समस्या बढी हुने गर्छ। विशेषतः महिनावारी हुने उमेर समूहका महिलामा महिनावारीका कारण शरीरमा उत्पादन हुने हर्मोनका कारण हृदयाघात न्यून हुने गर्छ । पुरुषमा यस किसिमका हर्मोन नहुने भएका कारण सो उमेर समूहका पुरुषमा जोखिम बढी हुने गरेको हो । तर, महिनावारी नभएका उमेर समूहका महिलामा भने हृदयाघातको जोखिम पुरुष सरह नै हुन्छ ।

    शहरमा बस्ने व्यक्तिहरूको व्यस्त जीवनशैलीका कारण मुटुसम्बन्धी रोगको जोखिम बढी हुन्छ । तर, अहिले गाउँले जीवनशैली पनि शहरको सरह नै भइसकेको अवस्थामा मुटुको समस्या गाउँमा पनि धेरै देखिन थालेको छ । गाउँमै उत्पादित खानाको सट्टा जंक फुडको प्रयोग बढेकाले गाउँमा यो समस्या देखिएको कार्डियोलोजिस्ट श्रेष्ठको भनाइ छ । 'अहिले सजिलोका लागि तयारी खाना नै खाइन्छ । गाउँमा पनि जीवनशैली शहरको जस्तै बन्न थालेको छ', श्रेष्ठले भने ।


    आश्विन १३, २०७८ बुधवार २१:३४:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मुटु रोग

  • क्यानाडा नेपाल

    बच्चालाई कम दूध चुसाउने महिला स्तन क्यान्सरको उच्चजोखिममा, यस्ता छन् लक्षण र रोकथामका उपाय

  • 1.4K
    SHARES
  • बच्चालाई कम दूध चुसाउने महिला स्तन क्यान्सरको उच्चजोखिममा, यस्ता छन् लक्षण र रोकथामका उपाय

    काठमाडौं - बच्चालाई कम दूध चुसाउने महिलामा स्तन क्यान्सरको उच्चजोखिममा हुने गरेको पाइएको छ । प्राकृतिक चक्रविपरीत बच्चालाई कम दूध खुवाउने, महिनावारीमा गडबडी, ३० वर्षपछि सन्तान जन्माउने तथा मोटोपन भएका महिलामा स्तन क्यान्सरको जोखिम बढी हुने गरेको पाइएको हो ।

    images

    क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार अस्वस्थ तथा शहरी जीवनशैली, धुम्रपान तथा मद्यपानको सेवन स्तन क्यान्सरका प्रमुख कारण हुन् । सामान्यतया ५५ वर्षमाथिका महिलामा स्तन क्यान्सरको समस्या देखिने शाहीले न्युज कारखानासँग बताए । वंशाणुगत गुणका कारण ५५ वर्षभन्दा कम उमेरमा पनि क्यान्सर देखिन सक्ने उनी बताउँछन् ।

    अक्टोबर महिनालाई विश्वभर नै स्तन क्यान्सर जनचेतनाको महिना मानिन्छ । यस महिनामा स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाउने, स्वास्थ्य शिविर गर्नेलगायतका गतिविधि हुने गर्छन् । महिलाको पाठेघरको क्यान्सर र स्तन क्यान्सर पछिल्लो समय विकराल छ । विश्वव्यापी साझा समस्याको रूपमा रहेको स्तन क्यान्सर विकासोन्मुख तथा निम्न आर्थिक अवस्था भएका मुलुकहरूमा अझ बढ्दो छ ।

    डा. शाही भन्छन्, 'स्तन क्यान्सर सुरुमा नै पहिचान गरी उपचार गर्न सके निको हुन्छ । तर, उपचार गराउन ढिला भएमा महिलाको बाँच्ने अवधि कम हुन पुग्छ ।'

    विश्वमा रोगका कारण महिलाहरूको मृत्यु हुने गरेकामा स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । स्तन क्यान्सरबाट बर्सेनि विश्वभर छ लाख २७ हजार महिलाले ज्यान गुमाउने गरेका छन् । नेपालमा प्रत्येक दिन पाँच जना महिलाको स्तन क्यान्सरका कारण मृत्यु हुने गरेको छ । 

    स्तन क्यान्सरको जोखिममा पुरुष पनि

    स्तन क्यान्सर पुरुषमा पनि हुने गरेको पाइएको छ । प्रत्येक एक हजार पुरुषमा एक जनामा स्तन क्यान्सर हुने गरेको छ । 

    क्यान्सर हुनुको कारण महिलाहरूको जस्तै भए तापनि पुरुषको स्तनको कोषिका अनियन्त्रित भएर विभाजित हुने चरणमा पुरुषमा स्तन क्यान्सरको समस्या देखा पर्न सक्छ ।

    स्तन क्यान्सरका कारणहरू

    - अस्वस्थ जीवनशैली

    - नियमित व्यायाम नगर्नु

    - बच्चालाई कम दूध खुवाउनु

    - ३० वर्षपछि बच्चा जन्माउनु

    - मोटोपना हुनु

    - अनुवांशिक गुण

    स्तन क्यान्सरका लक्षणहरू

    - स्तन तथा काँखीमुनि गिर्खा वा गाँठा गुठी देखिनु

    - स्तनको मुन्टो निचोर्दा पिप वा रगत देखापर्नु

    - स्तनको आकार तथा रङमा परिवर्तन हुनु

    - स्तनको मुन्टो गाडिनु वा खाल्डो पर्नु

    यस्ता लक्षण नदेखिए पनि शरीर दुख्ने, आलस्य हुने, खान मन नलाग्ने, तौल कम हुँदै जानु पनि स्तन क्यान्सरको प्रारम्भिक लक्षण हुन् ।

    रोकथामका उपाय

    - नियमित व्यायाम गर्ने

    - धुम्रपान तथा मादक पदार्थ सेवन नगर्ने

    - बच्चालाई प्रशस्त मात्रामा दूध खुवाउने

    - मासिक रूपमा आफ्नो स्तनको जाँच आफैँ गर्ने

    - नियमित वर्षको एक  पटक स्तन जाँच गराउने

    - ४५ वर्ष उमेर पुगेका महिलाले वर्षमा एक पटक म्यामोग्राम गराउने

    - परिवारमा अन्य महिला सदस्यमा स्तर क्यान्सर छ भने ४० वर्षको उमेरमा म्यामोग्राम गराउने

    - ४० वर्षभन्दा कम उमेरका महिलामा शंका भएमा स्तनको एक्स रे गराउने

    म्यामोग्राम भनेको के हो ?

    म्यामोग्राम भनेको उपचार विधिमा स्क्रनिङ गर्नु भन्ने बुझिन्छ । स्तन क्यान्सर हुनुभन्दा अघि शंका लागेमा आफूलाई क्यान्सर छ कि छैन भनी पत्ता लगाउने विधि हो । यो इमेजी अध्ययन हो ।


    आश्विन १६, २०७८ शनिवार ०९:१२:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्तन क्यान्सर

  • क्यानाडा नेपाल

    प्रकोप बन्दै शापु रोग : बालबालिका उच्च जोखिममा, यस्ता छन् लक्षण र रोकथामका उपाय 

  • 1.5K
    SHARES
  • प्रकोप बन्दै शापु रोग : बालबालिका उच्च जोखिममा, यस्ता छन् लक्षण र रोकथामका उपाय 

    काठमाडौं - दृष्टिनाशक रोग शापु नेपालको मध्य पहाडी भेगमा महामारीको रूपमा देखिएको छ । प्राय वर्षायाममा भदौदेखि मंसिरसम्म यो रोगको संक्रमण हुने गरेको छ । 

    images

    मध्य पहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । धेरैजसो बच्चाहरू यस रोगबाट ग्रसित हुने गरेका छन् । शापु अन्य उमेर समूहका मानिसमा पनि देखिने गरेको छ ।

    नेपालमा मात्र हुने यो रोग बच्चाका लागि निकै खतरनाक मानिन्छ । यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ ।

    यो रोग लागेपछि आँखाभित्रका तीनवटै पत्रलाई असर गर्छ । आँखाको ज्योति नै गुम्ने खालको जटिल प्रकृतिको रोग भएकाले यसले नेपालमा समस्याको रूपमा लिइरहेको छ ।

    सेतो पुतली (मोथ)लाई शापु रोगको कारक मानिएको छ । तर, कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखिने गरेको छ । अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ ।

    नेपालमा वि. सं. २०३२ मा देखिएको यो रोग बालबालिकामा बढी मात्रामा देखिने गरेको छ । यो रोग लागेपछि आँखाको ज्योति पुरानो अवस्थामा फर्काउन निकै कठिन हुने नेत्ररोग विशेषज्ञहरूको भनाई छ । बाल अन्धोपनको मुख्य कारण बनेको यो रोगले समाजमा समेत आर्थिक र सामाजिक रूपमा दखल पुर्‍याउने स्थिति छ । यो रोग हरेक वर्ष बिराएर प्रकोपको समस्याका रूपमा देखिएको छ ।

    शापु रोगका लक्षणहरू

    - एक्कासी एउटा आँखा रातो हुनु

    - चिप्रा लाग्नु

    - उज्यालोमा हेर्न नसक्नु

    - आँखाको दृष्टिमा तत्कालै कमी हुनु

    - आँखा दुख्नु

    - उपचारमा ढिलो भएमा आँखाको नानी सेतो देखिनु

    शापु रोगको रोकथाम

    - सेतो पुतलीको संसर्गबाट टाढै रहने

    - धेरै उज्यालो बत्ती नबाल्ने

    - साँझ र राती झ्याल ढोका बन्द राख्ने

    - झ्याल ढोकामा जाली हाल्ने

    - सुत्दा बत्ती निभाएर र झुल लगाएर सुत्ने

    - आफूखुसी औषधि वा जडीबुटीको प्रयोग नगर्ने


    आश्विन १६, २०७८ शनिवार १३:४५:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शापु रोग

  • क्यानाडा नेपाल

    दशैँ तिहारमा के खाने के नखाने ? यस्ता रोग लागेकाले कस्ता खाना खाने ?

  • 1.7K
    SHARES
  • दशैँ तिहारमा के खाने के नखाने ? यस्ता रोग लागेकाले कस्ता खाना खाने ?

    काठमाडौं - हिन्दुहरुको महान चाड दशैँ तिहारको माहोल शुरु भइसकेको छ । दशैँ तिहारमा नेपालीहरुको भान्सामा दैनिक विभिन्न मिठा परिकारका खानेकुराहरु पाकिरहेका हुन्छन् । यस बेला धेरैले चिल्लो र मसलाहरु मिसाएर बनाइएका परिकार बनाएर खाँदा स्वास्थ्यमा समस्याहरु पनि आउन सक्छ । खानपानमा ध्यान नदिदा मानिसहरुलाई विभिन्न रोगहरु लाग्ने तथा दीर्घरोगहरु भएकाहरुलाई झन समस्या हुन सक्छ  । त्यसैले खानेकुराहरु ख्याल गरेर खानुपर्दछ ।  

    images

    खानपानमा विशेष ध्यान दिइयो भने शरीरमा लाग्ने विभिन्न रोगहरुबाट बच्न सकिन्छ । साथै रोग लागिसकेपछि पनि खानपानमा नियन्त्रण गर्न सकिएमा हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।

    - अहिले धेरैलाई ग्यास्ट्रिकको समस्याले सताउने गर्छ । धेरै नेपाली ग्यािस्ट्रकबाट पीडित छन् । लामो समयसम्म खालि पेट बस्दा यो समस्याले ठुलो रुप लिन सक्छ । खालि पेट बसेर लामो समयपछि चिल्लो, पिरो, मसालेदार खाने कुरा खाए पेट दुख्न सक्छ । त्यसैले समय–समयमा पानी पिउनुका साथै फलफूल पनि खाइरहनुपर्छ । ग्यास्ट्रिकका बिरामीले बोसोयुक्त रातो मासु खानु हानिकारक हुन्छ । रातो मासुको साटो कुखुरा तथा माछा खान सकिन्छ । 

    - यस्तै अन्य खानेकुराको तुलनामा मासु खाँदा कब्जियतको पनि समस्या हुने गर्छ । यस्तो समस्या हुनबाट बच्न मासु–भातका साथमा हरियो सागपात, सलाद, खोस्टे मुंगको दाल एवं फलफूल आदि  खानेकुरा खानुपर्छ । यस्तै पानी पनि प्रशस्त मात्रामा पिउनुपर्छ ।

    - यस्तै अहिले  धेरै मानिसहरु मधुमेह रोगी छन् । दशैको बेलामा यस्ता रोगीहरुले खानपानमा बिशेष ध्यान दिनुपर्छ । यस्ता रोगीले गुलियो नहालेको खानेकुरा समय–समयमा खाइरहनु पर्छ । नियमित रूपमा औषधि सेवन गर्नुपर्छ । खाली पेटमा धेरै पिरो–अमिलो खानु हुँदैन । मधुमेहका बिरामीका लागि रातो भन्दा पनि सेतो मासु तथा माछा उपयुक्त मानिन्छ । सीमित क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । कतिपयले मासुसँगै ड्रिंक्स पनि गर्छन् ।  

    - यस्तै मिर्गौलाका बिरामीले रातो मासु, प्रोटिन तथा पोटासियमयुक्त खाना कम मात्रामा खानुपर्छ । पोटासियम बढे मुटुमा असजिलो हुन्छ भने सास फेर्न गाह्रो हुन्छ । यस्ता बिरामीले गेडागुडी तथा कुरिलो पनि खानुहुँदैन । कोलेस्ट्रोल कोलेस्ट्रोलका बिरामीले रातो मासु, कलेजो तथा फोक्सो खानु हुँदैन । गेडागुडी, कुखुराको मासु तथा माछा नतारी थोरै तेलमा बेक गरेर खानु वेश हुन्छ । हरिया तरकारी तथा सागपात प्रशस्त मात्रामा खानुपर्छ । 

    - यस्तै युरिक एसिड भएका बिरामीहरुले सकेसम्म रातो मासु खानु हुँदैन । यसमा रहने प्युरिन कन्टेन्टले युरिक एसिड बढाउँने गर्छ । यस्तो समस्या हुनेहरुले दाल तथा गेडागुडी पनि सीमित मात्रामा खानुपर्छ । उच्च प्रोटिनका कारण युरिक एसिड बढ्छ परिणामस्वरूप गोली गाँठा सुन्निन्छ । युरिक एसिड भएकाहरूले माछा खानुपर्छ भने पानी पनि प्रशस्त मात्रामा पिउनुपर्छ । 

    - यस्तै मोटोपन भएकाले नियमित व्यायाम नगर्ने, धेरै गाडी चढ्ने गर्नुहुँदैन । खाने–बस्ने काम मात्र गर्दा व्यायामको कमी हुन्छ । मोटोपन भएकाहरूले तारेको भन्दा पनि उसिनेको मासु खानु उपयुक्त हुन्छ । मासु मात्र धेरै नखाई सागपात पनि उत्तिकै खानुपर्छ ।

    - यस्तै मुटु रोगीले आफ्नो स्वास्थ्यलाई ध्यान नदिई चिल्लो तथा पिरो खानेकुरा बढी खाए उच्च रक्तचाप हुनुका साथै स्ट्रोकसमेत हुनसक्छ । मुटुको नसा साँघुरिएका बिरामीले रातो मासु खानुहुँदैन । धेरै क्यालोरीयुक्त, चिल्ला, पिरा, अमिला खानेकुरा खानुहुँदैन । यस्ता रोगीले कुखुरा तथा माछा ग्रिल गरेर खानु राम्रो हुन्छ । 

    - यस्तै रक्तअल्पता भएकाहरुले पनि खानेकुरामा धेरै ध्यान दिनुपर्छ । रक्तअल्पताबाट बच्न प्रशस्त आइरनपाइने कलेजो खानु उपयुक्त हुन्छ । यस्तै  फलामको भाँडामा पकाइएको खानेकुरा तथा कालो दाल खाँनु राम्रो हुन्छ ।  


    आश्विन २४, २०७८ आइतवार २१:३४:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दशैं

  • क्यानाडा नेपाल

    दशैंमा कस्तो खानेकुरा कति खाने ? यस्तो भन्छन् डाक्टर पाण्डे

  • 474
    SHARES
  • दशैंमा कस्तो खानेकुरा कति खाने ? यस्तो भन्छन् डाक्टर पाण्डे

    काठमाडौं - हिन्दुहरुको महान चाड दशैँ तिहारको माहोल शुरु भइसकेको छ । दशैँ तिहारमा नेपालीहरुको भान्सामा दैनिक विभिन्न मिठा परिकारका खानेकुराहरु पाकिरहेका छन् । यस बेला धेरैले चिल्लो र मसलाहरु मिसाएर बनाइएका परिकार बनाएर खाँदा स्वास्थ्यमा समस्याहरु पनि आउन सक्छ । 

    images

    त्यसैले कस्ता खानेकुराहरु खाँदा स्वास्इलाई फाइदा हसन्छ भन्ने बारे जानकारी राखिराख्नु राम्रो हुन्छ । दशैंको बेला के खाना खान र कति खाने भन्ने बिषयको जिज्ञासा डा. रवीन्द्र पाण्डेले मेटाएका छन् । यस बिषयमा डा. पाण्डेको यस्तो छ भनाई -

    धेरै संचारमाध्यमले दशैंमा के खाने ? के नखाने ? भनेर सोधिरहनु भएको छ। पुस्तक लेखनको व्यस्तताको कारण सबैलाई समय दिन असमर्थ छु। तथापी आफ्नो ज्ञान, अनुभव र सीप बहुजन हितायको लागि प्रयोग गर्ने लक्ष्य अनुरुप केहि कुरा लेखेको छु । यसैलाई प्रकाशन / प्रसारण / सेयर गर्न सक्नुहुनेछ ।
     
    चाडपर्व वा त्यसको अघिंपछि खानामा धेरै फरक गर्नु जरुरी छैन । आफ्नो उपलब्धता अनुसार सफा र स्वस्थ बनाएर सेवन गर्नु नै सर्वोत्तम योजना हो।
     
    सर्वोत्तम खाना कस्तो हुन्छ ?
    १. पोषिलो : प्राकृतिक तथा घरेलु खाना जसमा पोषण ( कार्बोहाइड्रेट, भिटामिन, प्रोटिन, मिनरल्स आदि ) प्राप्त हुन्छ ।

    २. ठिक्क मात्रा : हरेक खाना न बढी न थोरै खानु स्वास्थ्यको लागि लाभदायक हुन्छ । आफ्नो पाचन शक्ति, शारीरिक परिश्रम तथा उमेर / तौल अनुसार हल्का हुने गरी खाना खानु स्वस्थकर हुन्छ ।

    ३. भेराइटी : हामीले खानेकुरा खाँदा जति भेराइटी खान्छौं, त्यति नै स्वस्थकर हुन्छ । हरियो सागसब्जी, फलफूल, दुध, दही, गेडागुडी, अण्डा, माछामासु, सुप, नट लगायतका खाना आफ्नो रुचि र उपलब्धता अनुसार सेवन गर्नु उपयुक्त हुन्छ ।

    ४. खानामा नुन, चिनी, जनावरको बोंसो / घ्यू , जंक फुड, मदिरा, फ्राइ गरेका खाना, बजारका खाना, कोल्ड ड्रिंक्स, धेरै पिरो / धेरै चिल्लो / मसालेदार खाना  आदि एकदम कम खानु / नखानु स्वस्थकर हुन्छ । ५. खाना ताजा र सफा हुनु अत्यावश्यक छ ।

    ६. मांसाहारीले मासु खाँदा बोंसो, छाला नखाने, मासु बराबर सागसब्जी, त्यहि बराबर हरियो सलाद, त्यहि बराबर दही / मही, त्यहि बराबर टुसा उमारेका गेडागुडी, त्यहि मात्रा अन्न तथा प्रशस्त पानी सेवन गर्ने हो भने अपचलगायतका समस्या हुँदैन ।

    ७. चाडपर्वमा धेरै व्यक्तिलाई फुड प्वाइजनिंग, तीब्र अम्लपित्त, माइग्रेन, मुटुको समस्या आदि हुने गर्दछ । तसर्थ पोषण अनुशाशनमा रहनु राम्रो हुन्छ । स्वास्थ्य राम्रो भएमा दैनिक पर्व हुन्छ |  ८. पेट खाली नगर्ने तथा सादा खाना खाने बानीलाई चाडपर्वमा पनि निरन्तरता दिनु राम्रो हुन्छ।


    आश्विन २६, २०७८ मंगलवार २०:५७:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दशैं

  • क्यानाडा नेपाल