• Oct 18 2021 | २०७८, कार्तिक १गते

२०७८, कार्तिक १गते

पार्टीलाई बलियो बनाउन ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहन्छु

क्यानाडा नेपाल आश्विन ९ २०७८
  • 376
    SHARES
  • images
    images
    पार्टीलाई बलियो बनाउन ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहन्छु

    काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउन खोजेको बताउनुभएको छ । 

    images

    नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले पार्टी विधि र विधानअनुसार नचलेको आरोप लगाउँदै आफू ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागतरूपमा अगाडि बढाउन खोजेको बताउनुभयो ।

    “मैैले गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र सुशील कोइराला सभापति हुँदा उपसभापति र महामन्त्री भएर काम गरिसकेको छु, पार्टीलाई बलियो बनाउन ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहन्छु,” उहाँले भन्नुभयो । 

    अग्रज नेताको सम्मान गर्दै पार्टीमा नयाँपुस्ता अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । नेता सिंहले नेविसङ्घ, जिल्लाको राजनीति हुँदै आफू केन्द्रीय राजनीतिमा आएकाले सबैको अनुभवलाई समेटेर अगाडि बढ्ने बताउनुभयो । 


    आश्विन ९, २०७८ शनिवार २०:३०:०६ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    काठमाडौँ उपत्यकाका शक्तिपीठहरूको दर्शन गर्दै राष्ट्रपति भण्डारी 

  • 336
    SHARES
  • काठमाडौँ उपत्यकाका शक्तिपीठहरूको दर्शन गर्दै राष्ट्रपति भण्डारी 


    काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका शक्तिपीठहरूको दर्शन गर्ने भएकी छन् । उनले बुधबार बडादसैँका महाअष्टमीको दिन पारेर क्तिपीठहरूको दर्शन गर्न लागेकी हुन् । 

    images

    उनले अपरान्ह ४ बजेबाट नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, संकटा, नरदेवी इन्द्रायणी, शोभा भगवतीको दर्शन गर्ने बताइएको छ ।

     


    आश्विन २७, २०७८ बुधवार १४:०१:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति विद्यादेवी भण्डारी

  • क्यानाडा नेपाल

    दसैं : ओली, पौडेल र गौतमको टीका छैन, देउवा, प्रचण्ड, खनालले अरुलाई टीका नलगाइदिने

  • 632
    SHARES
  • दसैं : ओली, पौडेल र गौतमको टीका छैन, देउवा, प्रचण्ड, खनालले अरुलाई टीका नलगाइदिने

    काठमाडौं - आफ्नो मान्जयनसँगै भोलि शुक्रबार बडादसैँको टीका लगाइँदै छ ।  बडादसैँ नवदुर्गा भवानीको पूजाआराधना र मान्यजनको हातबाट  टीका ग्रहण गरेर मनाइने गरिन्छ । यसर्थ यसवर्ष राजनीतिक दलका शीर्ष नेताहरूहरूको दसैं कस्तो हुनेछ भनेर न्युज कारखानाले यहाँ यसबारे जानकारी दिन खोजेको छ । 

    images

    गतवर्ष कोरोना भाइरसका कारणले सबै नेपालीले दसैं, तिहारजस्ता चाडपर्व राम्रोसँग मनाउने पाएका थिएनन् । यस पटक संक्रमण पनि घटेको र प्रायजसोले कोरोनाविरुद्धको खोप लगाएको हुनाले सबै नेपालीले दसैं मनाउने छन् ।  

    गतवर्ष संक्रमणका कारणले दसैं मनाउन नपाएका शीर्ष नेता यस पटक भने दसैं मनाउने तयारीमा छन् । शीर्ष नेतामध्ये नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल दुवै जनाका भाइको निधन भएकाले उनीहरूले  दसैँको टीका लगाउने छैनन् । हालै मिर्गौला प्रत्यारोपण गराए आएका पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि यस पटक दसैंमा आराम गरिरहेका छन् । 

    प्रधानमन्त्री शेरबहादुर देउवाले दसैं काठमाडौंमा नै मनाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले दसैं मनाउने भएका छन् । उनले दसैंमा सबै सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसवर्षको दसैं परिवारभित्र नै मनाउने भएका छन् ।  परिवारमा उनले छोरीहरू, ज्वाइँ नातिनातिनीसँगै नै उनले दसैं मनाउने तयारी गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । नेता प्रचण्ड यसपटक चितवन जाने नजाने अझै टुंगो भइसकेको छैन । 

    ‘उहाँले दसैंमा घरपरिवारमा नै मनाउने गर्नुहुन्छ’ उनले भने, ‘तर, यसपटकको ठ्याक्कै कार्यक्रम तय भएको छैन । अब चाँडै नै  तय हुन्छ ।’ उनका अनुसार प्रचण्डले नेता तथा कार्यकर्तालाई भने टीका लगाउने छैनन् । 

    यस्तै एमालेका पूर्व नेता वामदेव गौतमले यसपटक कोही सँगै पनि टीका लगाउने छैनन् । माइजुबाट टीका लगाउँदै आएका उनी यसपट माइजुको जुठो परेकोले टीका नलगाउने भएका हुन् । उनी माइजुभन्दा पहिले एमाले नेतृ साहना प्रधानसँग टीका लगाउँदै आएका थिए । उनका स्वकीय सचिव दीपक टमट्टाका अनुसार नेता गौतमले यसपटक परिवारमा नै दसैं मनाउने भएका छन् । परिवारका सदस्यभन्दा बाहिर कसैलाई पनि उनले टीका लगाउने छैनन् । 

    नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले यसपटक दसैं घरमै परिवारसँगै नै मनाउने भएका छन् । उनले यसपटक आफू र अन्य नेता तथा कार्यकर्ता कसैलाई पनि टीका लगाउने छैनन् । 

    भारतको नयाँ दिल्लीबाट भर्खरै मिर्गौला गराएका आएका कारण उनी चिकित्सकले अझै तीन चार महिनासम्म कसैको  सम्र्पकमा नजाने भनेकाले दसंैमा कसैलाई पनि टीका नलगाउने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

    ‘उपचार गराएर आएपछि उहाँ अहिले पनि आराम गरिरहनु भएको छ,’ उनले भने, ‘त्यसैले यस पटकको दसैंमा उहाँ घरमै बस्नुहुन्छ । चिकित्सकको सल्लाहअनुसार संक्रमण फैलिने डरले उहाँ कसैको सम्र्पकमा जानुहुन्न । त्यसैले टीका कसैसँग पनि लगाउनुहुन्न र अरुलाई पनि लगाइदिनुहुन्न ।’ पहिले नेता खनाल दसैंमा गृहजिल्ला इलाम जाने गरेका थिए । 

    यस्तै जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको दसैं काठमाडौंमा नै हुने भएको छ । उनी परिवारसँगै नै दसैं मनाउने तयारी गरेका छन् । उनले आफ्नो बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गर्ने उनको स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए । 

    यस्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यसपटक दसैं नमनाउने भएका छन् । उनका भाइको निधनको कारणले उनले दसैं नमनाउने भएका उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । अध्यक्ष ओली दसैं नमनाए पनि नवमीको दिन भने आफ्नो गृहजिल्ला झापा जाने भएका उनले जानकारी दिए । 

    यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दसैंमा काठमाडौंमा नै मनाउने भएका छन् । उनका स्वकीय सचिव मोहन गौतमका अनुसार नेता नेपालले आफ्ना दाइ कृष्णकुमार पौडेलसँग टीका ग्रहण गर्नेछन् । उनले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई पनि टीका लगाइदिने बताए । 

    यस्तै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले यसपटक दसैं नमनाउने भएका छन् । उनका स्वकीय सचिव चिरिञ्जीवि अधिकारीका अनुसार पौडेलका भाइ गोविन्द पौडेलको निधन भएकाले उनले यसपटक दसैं नमाउने भएका छन् । 


    आश्विन २८, २०७८ बिहिवार १०:५७:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दसैं

  • क्यानाडा नेपाल

    विप्लव नेतृत्वको नेकपासँगको सहमति कार्यान्वयनको पहल

  • 190
    SHARES
  • विप्लव नेतृत्वको नेकपासँगको सहमति कार्यान्वयनको पहल

    काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु गरेको छ । अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा आज गृहमन्त्री बालकृष्ण खाणले कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गर्नुभएको हो ।

    images

    उक्त छलफलमा विगतका सहमति कार्यान्वयनका लागि भएका काम तथा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री खाँणले सहमति कार्यान्वयका लागि अहिलेसम्म आफूले नेकपाका नेतासँग गरेका कुराकानी र काम कारवाहीबारे जानकारी दिनुभएको थियो ।

    सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो । आजको छलफल मुख्यगरी सहमतिको बुँदा नम्बर ३ मा रहेको “नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ”, भन्ने विषयमा केन्द्रित रहेर जनाइएको छ ।

    छलफलमा कानून सचिव सापकोटा र महान्यायाधिवक्ता खातीले कस्ता मुद्दा खारेज गर्न मिल्ने र जेलमा रहेका कैदी बन्दीलाई रिहाइ गर्न मिल्नेबारे जानकारी दिनुभएको थियो । कानून सचिव सापकोटाले गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयबाट रिहाइका लागि आएको सिफारिसअनुसार मन्त्रालयमा आएका अधिकांशको रिहाइ भइसकेको र केही फिर्ता गर्न नमिल्ने प्रकृतिका मात्रै बाँकी रहेको जानकारी गराउनुभएको थियो । फेरि सहमति कार्यान्वयनका लागि बाँकी रहेका विषयमा एकपटक छलफल गर्ने र तयारी पूरा भएपछि नेकपाका नेतासँग बसेर टुङ्ग्याउने सहमति भएको जनाइएको छ ।

    चन्द नेतृत्वको नेकपाले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवुकमार नेपाल, गृहमन्त्री खाँणसहितका नेतालाई भेटेर अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गर्दै आएको थियो ।रासस


    आश्विन ३१, २०७८ आइतवार १७:४२:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेत्रविक्रम चन्द विप्लव

  • क्यानाडा नेपाल

    आर्मी हेड क्वाटर पुगे रक्षामन्त्री रिजाल  

  • 246
    SHARES
  • आर्मी हेड क्वाटर पुगे रक्षामन्त्री रिजाल  

    काठमाडौं - रक्षामन्त्री डा. मीनेन्द्र रिजालले जंगी अड्डास्थित नेपाली सेनाको मुख्यालय पुगेका छन् । रक्षामन्त्री रिजालले जंगी अड्डाको निरीक्षण गरेको नेपाली सेनाले जनाएको छ ।

    images

    यस्तै  निरीक्षणको क्रममा रक्षामन्त्री रिजालले विभिन्न विषयमा जिज्ञासा पनि राखेका छन् । मन्त्री रिजालले नेपाली सेना र राष्ट्रिय सुरक्षाको विकास र प्रवदर्धनका लागि आफूले प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । 


    आश्विन ३१, २०७८ आइतवार १९:३१:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. मीनेन्द्र रिजाल

  • क्यानाडा नेपाल

    दसैँ सकिन नपाउँदै १२ सिडियोको सरुवा, को कहाँ ?

  • 1.7K
    SHARES
  • दसैँ सकिन नपाउँदै १२ सिडियोको सरुवा, को कहाँ ?

    काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार गृहमन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडियोको सरुवा गरिएको हो । 

    images

    गृहमन्त्रालयबाट किरण थापालाई कैलाली, खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट गृहमन्त्रालय तानिएको छ । जगन्नाथ पन्तलाई गृहमन्त्रालयबाट पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, वेदनिधी खनाललाई सिन्धुपाल्चोक, माधवप्रसाद ढकाललाई डोल्पा प्रजिअबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ । 

    वेदनिधी अधिकारीलाई डोल्पा, नेत्रप्रसाद शर्मालाई मुस्ताङ, श्रीनाथ पौडेललाई रोल्पाको जिम्मेवारी दिँदा विष्णु पौडेललाई अर्घाआँचीबाट गृहमन्त्रालय तानिएको छ । 

    राजुप्रसाद पौडेललाई स्याङ्जाको जिम्मेवारी दिँदा स्याङ्जाका प्रजिअ दीपकराज नेपाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । 

    CDO.jpg


    आश्विन ३१, २०७८ आइतवार १९:३५:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दसैं
  • # सिडियो

  • क्यानाडा नेपाल

    नेपालको संविधान संसोधन गर्नुपर्ने आवश्यक - उपेन्द्र यादव

  • 136
    SHARES
  • नेपालको संविधान संसोधन गर्नुपर्ने आवश्यक - उपेन्द्र यादव

    इनरुवा - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै नागरिकको राज्यमा सम्मानजनक सहभागिता नभएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आइतबार अयोजना गरिएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले नेपाल विश्वकै धेरै मुलुकमध्येको सुन्दर मुलुक भएकाले यहाँको स्रोतलाई उपयोग गरेर दाता देश बन्नसक्ने जिकिर गर्नुभयो । 

    images

    आफू परराष्ट्रमन्त्री भएको बेला विदेश भ्रमण गर्दा अरुको भन्दा आफ्नै देशमा धेरै विकासका सम्भावना रहेको अनुभव गरेको अध्यक्ष यादवले जानकारी दिनुभयो । कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गरेर, जलस्रोतलाई विद्युत्मा परिणत गरेर र पर्यटनलाई विदेशीको माझ व्यापार बनाउन सक्ने गरी विकास गर्न सक्ने उहाँले उल्लेख गर्नुभयो । 

    फरक प्रसङगमा अध्यक्ष यादवले नेपालको संविधान संसोधन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । संविधान निर्माण र जारीदेखि नै आफूहरुले त्यसमा संसोधनको आवश्यकता रहेको बताउँदै आएको चर्चा गर्दै उहाँले संसोधन नभएसम्म सबै नेपालीको हित नहुने बताउनुभयो । 

    संविधान संशोधन गरेर तराई मधेस, पहाड र हिमालसम्मका उत्पीडनमा परेका समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो । संविधानमा गर्ने संसोधन कुनै समुदायको अधिकार खोस्नका लागि नभई सबैको सम्मान पहुँच स्थापित र अपनत्व महसुस गराउनका लागि हुने उहाँको भनाइ थियो ।  

    कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश सयौँ नेता तथा कार्यकर्ताहरुलाई पार्टीका अध्यक्ष यादवले फूल, माला र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।रासस


    आश्विन ३१, २०७८ आइतवार २०:३३:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव

  • क्यानाडा नेपाल