• Oct 20 2021 | २०७८, कार्तिक ३गते

२०७८, कार्तिक ३गते

बेलायतमा एकैदिन ३७ हजार बढी कोरोना संक्रमित थपिए

क्यानाडा नेपाल आश्विन १२ २०७८
  • 320
    SHARES
  • images
    images
    बेलायतमा एकैदिन ३७ हजार बढी कोरोना संक्रमित थपिए

    लण्डन – बेलायतमा सोमबार एकै दिनमा ३७ हजार भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ । 

    images

    प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४१७ जना सङ्क्रमित भेटिएकामा त्यो सख्या बढेर सोमबार ३७ हजार ९६० जना पुगेको हो । यसरी यहाँ हरेक दिन संक्रमितहरु थपिँदै गएको पाइएको छ ।

    त्यसै गरी यहाँ गएको २४ घण्टा यतामात्र ४० जनाको यो संक्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार २०८ जना पुगेको पनि बताइएको छ । यहाँ अहिलेसम्म ७६ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । 

    लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी संक्रमितहरु थपिने गरेका बताएका छन् ।सिन्ह्वा 


    आश्विन १२, २०७८ मंगलवार १८:१०:४४ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # बेलायत

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    उत्तर कोरियाद्वारा जापानको समुद्रमा प्रोजेक्टाइल प्रहार

  • 282
    SHARES
  • उत्तर कोरियाद्वारा जापानको समुद्रमा प्रोजेक्टाइल प्रहार

    प्योङयाङ - उत्तर कोरियाले एउटा प्रोजेक्टाइल प्रहार गरेको छ । उत्तरले प्रहार गरेको प्रोजेक्टाइल जापानको समुद्रमा खसेको दक्षिण कोरियाको सेनाले पुष्टि गरेको छ । उत्तर कोरियाले पछिल्लो समयमा एक पछि अर्को आणविक हतियार परीक्षण गरिरहेको छ । 

    images

    यसअघि उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल र आवाजभन्दा पनि चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो । 

    अन्तर्राष्ट्रिय प्रतिबन्धकाबाबजुद उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य प्रविधिमा तीब्र प्रगति गरेका छन् । गत साता मात्र उत्तर कोरिया र अमेरिकाबीचको तनाबको मुख्य कारक वासिंगटन भएको किमले आरोप लगाएका थिए । उत्तर कोरियाले अमेरिकालाई कहिल्यै पनि शत्रुतापूर्ण दृष्टिकोण नराखेको उनको भनाई थियो ।

    अमेरिकी दूतले प्योङयाङसँग वार्ताको प्रस्ताव गरिरहेका बेला उत्तर कोरियाले पछिल्लो परीक्षण गरेको हो । ‘एक अर्को देशबीच समझधारी बढाउन हामी उत्तर कोरियासँग वार्ता गर्न चाहन्छौं’, उत्तर कोरियाका लागि अमेरिकी दूत सुङ किमले भने । 

    कोरियाली नेता किमले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीन पटक भेटवार्ता गरिसकेका छन् । ट्रम्पले आफ्नो शासन कालमा उत्तर कोरियाली प्रायद्धीपको युद्ध अन्त्य गर्ने वारम्बार बताए पनि सफल हुन सकेका थिएनन् । उत्तरलाई निशस्त्र पार्ने विषयमा वर्तमान राष्ट्रपति जो बाईडेनले कूटनीतिलाई तीब्रता दिएका छन् । एजेन्सी
     



    कार्तिक २, २०७८ मंगलवार ०८:४५:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उत्तर कोरिया

  • क्यानाडा नेपाल

    तालिवानलाई खुला पत्र लेख्दै मलला युसफजाईले भनिन् - किशोरीलाई पनि विद्यालय जान अनुमति देऊ

  • 242
    SHARES
  • तालिवानलाई खुला पत्र लेख्दै मलला युसफजाईले भनिन्  - किशोरीलाई पनि विद्यालय जान अनुमति देऊ

    इस्लामावाद - नोबेल शान्ति पुरस्कार विजेता मलला युसफजाईले बालिकालाई पढ्न अनुमति दिन अफगानिस्तानका तालिवानलाई अनुरोध गरेकी छिन् । तालिवानलाई एक पत्र लेख्दै युसफजाईले अनुरोध गरेकी हुन् । उनलाई पाकिस्तानका तालिवानले सन् २०१२ को अक्टोबरमा विद्यालयबाट घर फर्किने क्रममा गोली हानेका थिए । गम्भिर घाईते बनेकी उनको लामो समयसम्म बेलायतमा उपचार भएको थियो । 

    images

    दुई महिनाअगाडि काबुल कब्जा गरेका तालिवानले अफगानिस्तानमा छात्राहरुलाई विद्यालय नजान निर्देशन दिएका छन् । छात्रहरुका लागि भने कुनै प्रतिबन्ध लगाइएको छैन् ।  सुरक्षा सुनिश्चित भएपछि मात्र छात्रालाई पनि विद्यालय जान अनुमति दिइने तालिवान अधिकारीहरुले बताउँदै आएका छन् । 

    ‘शिक्षामा छात्रामाथि लगाइएको प्रतिबन्ध रद्द गरियोस र छात्राहरुको माध्यामिक विद्यालय पनि पुनः सञ्चालन गरियोस,’ मलला र अफगानिस्तानका अधिकारकर्मीहरुले  प्रकाशित गरेको एउटा खुला पत्रमा उल्लेख छ । 

    किशोरीलाई विद्यालय जानबाट रोक्ने कार्य धर्मसँग सम्बन्धित नभएको पनि पत्रमा जनाइएको छ । ‘अफगानिस्तान बालिका र किशोरीलाई शिक्षामा प्रतिबन्ध लगाउने विश्वकै एक मात्र देश हो,’ पत्रमा भनिएको छ । एजेन्सी
     


    कार्तिक २, २०७८ मंगलवार ०९:११:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तालिवान

  • क्यानाडा नेपाल

    विश्वभर एकैदिन ३ लाख २६ हजार कोरोना संक्रमित थपिए, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

  • 548
    SHARES
  • विश्वभर एकैदिन ३ लाख २६ हजार कोरोना संक्रमित थपिए, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
     
    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख २६ हजार २६ कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २४ करोड १८ लाख ४० हजार ३ सय ७६ पुगेको छ ।

    images

    यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७ सय ९ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ लाख १९ हजार ४ सय ४८ पुगेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ९७ हजार ३ सय ६४ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २१ करोड ९१ लाख १४ हजार ६ सय ७४ कोरोना संक्रमित निको भइसकेका छन् ।

    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ७ लाख ४५ हजार ७ सय ४० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ करोड ५८ लाख ८१ हजार ७ सय ६७ पुगेको छ । यस्तै अमेरिकामा ३ करोड ५५ लाख १ हजार ८ सय ६ कोरोना संक्रमित निको भइसकेका छन् । 

    त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ६ लाख ३ हजार ५ सय २१ पुगेको छ भने संक्रमितको संख्या २ करोड १६ लाख ५१ हजार ९ सय १० पुगेको छ ।

    ddd.PNG


    कार्तिक २, २०७८ मंगलवार ०९:३४:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    उत्तराखण्डमा पहिरोमा पुरिएर ३ नेपालीसहित १७ जनाको मृत्यु

  • 186
    SHARES
  • उत्तराखण्डमा पहिरोमा पुरिएर ३ नेपालीसहित १७ जनाको मृत्यु

    उत्तराखण्ड - भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली पनि छन् ।

    images

    तीन दिनदेखि परेको भीषण वर्षापछिको बाढी र पहिरोमा केही मानिस हराइरहेका छन् । बाढीले सडक, भवन र पुलमा ठूलो क्षति पुर्‍याएको छ भने पर्यटकहरु बिचल्लीमा परेका छन् ।

    पाउरी जिल्लामा वर्षापछिको पहिरोमा बगेर मृत्यु भएका पाँच जनामध्ये तीन नेपाली श्रमिक रहेको जिल्ला म्याजिस्ट्रेट विजय कुमारले भारतीय समाचार संस्था एनडीटीभीलाई बताए ।  

    उत्तराखण्डमा अझै केही दिन वर्षा हुने भारतको जलबायु तथा मौसम विज्ञान विभागले जनाएको छ । एजेन्सी


    कार्तिक २, २०७८ मंगलवार १४:०१:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पहिरो

  • क्यानाडा नेपाल

    बंगलादेशमा साम्प्रदायिक हिंसा : एक सातामा हिन्दू समुदायका ३० घरमा आगजानी 

  • 190
    SHARES
  • बंगलादेशमा साम्प्रदायिक हिंसा : एक सातामा हिन्दू समुदायका ३० घरमा आगजानी 

    ढाका - बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ । मुसलमान समुदायमा आबद्ध व्यक्तिले हिन्दूका ६६ ओटा घर भत्काइदिएका छन् । गत साता दुर्गा पुजाका क्रममा हिन्दूले मुसलमानमाथि कथित निन्दा गरेको र सामाजिक सञ्जालमा अपमानजनक पोस्ट गरेको भन्दै त्यहाँका मुसलमान अल्पसंख्यक हिन्दूमाथि जाइलागेका थिए ।

    images

    पछिल्लो पटक राजधानी ढाकाबाट २२५ किलोमिट टाढाको एउटा गाउँमा मुसलमानहरुले हिन्दूको घरमा आगजनी गरेका थिए । एक हिन्दूले फेसबुकमा मुसलमानप्रति अनादर जनाउने टिप्पणी गरेको कथित हल्लापछि मुसलमान समुदाय हिन्दूका घरमा आगजनीमा उत्रिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले ती व्यक्तिको घरमा सुरक्षा गरिरहेका बेला आक्रमणकारीले उनको घरनजिकैका अन्य घरमा आक्रमण गरेको थियो । बंगलादेशको अग्नि नियन्त्रक कक्षका अनुसार माजहिपरा जिल्लामा एक सातामा मुस्लिम आक्रमणकारीले १५ जना हिन्दूका २९ आवासीय घर, दुई ओट किचेन, तथा २० ओटा झुपडीमा आगजनी गरेका छन् ।  

    दुर्गा पूजाका क्रममा चित्तागोङको कुमिलामा मुस्लिम धर्मगुरुमाथि निन्दा गरिएको कथित आरोपपछि धार्मिक तनाब बढेको थियो । आक्रमणकारीले कुमिला, चन्दपुर, चाटोग्राम, कोक्स बजार, बन्दरबान, मउलिभीबजार, गाजीपुर, फिनीलगायतका जिल्लाका हिन्दू मन्दिरमा हमला गरेको बंगलादेश प्रहरीले जनाएको छ ।एजेन्सी


    कार्तिक २, २०७८ मंगलवार १५:१२:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बंगलादेश

  • क्यानाडा नेपाल

    राष्ट्रसंघले भन्यो - बंगलादेशमा हिन्दूमाथिको ज्यादती तत्काल रोक

  • 206
    SHARES
  • राष्ट्रसंघले भन्यो - बंगलादेशमा हिन्दूमाथिको ज्यादती तत्काल रोक

    ढाका - बंगलादेशमाअल्पसंख्यक हिन्दू समुदायमाथि भएका ऋंखलाबद्ध हमलाप्रति राष्ट्रसंघले चासो देखाएको छ । पछिल्लो समयमा हिन्दू समुदायको घरमा भएका आगजनी र मन्दिर तोडफोडप्रति राष्ट्रसंघले गहिरो चासो देखाएको हो । हिन्दूमाथिको हमला संविधानमा उल्लेखित मुल्य र मान्यताबिरुद्ध भएको भन्दै राष्ट्रसंघले घटनाबारे निस्पक्ष छानबिन गर्न आह्वान गरेको छ । 

    images

    रंगपुर जिल्लाको उत्तरी क्षेत्रमा विगत एक सातादेखि फैलिएको जातीय हिंसा अझै रोकिएको छैन् । ‘समाजिक सञ्जालमा कथित अनादर फैलाउने पोस्टपछि बंगलादेशमा हिन्दूमाथि भएका  हमला त्यहाँको संविधानको मर्म विपरित छ । सरकारले यस्ता कार्य तत्काल रोक्नुपर्छ । अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर्न र निस्पक्ष छानबिनका लागि सरकारसँग राष्ट्रसंघले आह्वान गर्छ । समावेशी वंगलादेशलाई सशक्त बनाउन सबैले हातेमालो गर्न आह्वान गर्छौ,’ बंगलादेशस्थित राष्ट्रसंघका आवासीय संयोजक मिअ सेपोले भने । 

    बंगलादेशमा हिन्दूमाथिको आक्रमण रोकिएको छैन् । एक हिन्दूले फेसबुकमा मुसलमानप्रति अनादर जनाउने टिप्पणी गरेको कथित हल्लापछि राजधानी ढाकाबाट २२५ किलोमिटर टाढाको एउटा गाउँमा मुसलमानहरुले हिन्दूको घरमा आगजनी सुरु गरेका थिए । 

    प्रहरीले ती व्यक्तिको घरलाई सुरक्षा दिइरहेका बेला आक्रमणकारीले उनको छिमेकीको घरहरुमा आगो लगाइदिएका थिए । माजहिपरा जिल्लामा एक सातामा मुस्लिम आक्रमणकारीले १५ जना हिन्दूका २९ आवासीय घर, दुई ओट किचेन, तथा २० ओटा झुपडीमा आगजनी गरेको त्यहाँको प्रहरीले जनाएको छ । एजेन्सी
     


    कार्तिक २, २०७८ मंगलवार २०:४४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रसंघ

  • क्यानाडा नेपाल