• Oct 23 2021 | २०७८, कार्तिक ६गते

२०७८, कार्तिक ६गते

वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान

क्यानाडा नेपाल आश्विन १३ २०७८
  • 464
    SHARES
  • images
    images
    वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान

    काठमाडौं - पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन थाइल्याण्ड प्रस्थान गरेका छन् । 

    images

    उनी आफ्नो थप उपचारको लागि बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेका हुन् । पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी हुन् । 

    जण्डिसको वंशाणुगत समस्या भएका उनलाई थप समस्या देखिएपछि उपचारका लागि थाइल्याण्ड लगिएको जनाइएको छ। 

    उनको सचिवालयका अनुसार पुनले थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी रहेको छ। यसअघि पुनले सुमेरु अस्पतालमा उपचार गराएका थिए।  


    आश्विन १३, २०७८ बुधवार ०८:२४:२६ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # वर्षमान पुन

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    नेपालमा एकैदिन १ हजार ९६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

  • 308
    SHARES
  • नेपालमा एकैदिन १ हजार ९६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ९ सय १६ वटा परीक्षण गर्दा १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ६ हजार ५ सय १७ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९३ हजार ५ सय ६९ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा १ हजार ४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८३ हजार ३ सय ९७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ११ हजार ८ सय १५ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप १२ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    कार्तिक २, २०७८ मंगलवार १८:००:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    चीनले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने  

  • 222
    SHARES
  • चीनले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने  

    काठमाडौं - चीनले नेपाललाई थप २० लाख मात्रा कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कासँगको टेलिफोन संवादको क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गरेका हुन् । 

    images

    परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीबीचको कुराकानीमा थप २० लाख मात्रा खोप अनुदान दिने कुरा भएको बारे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । 
         
    उनीहरुबीच करिब एक घण्टा लामो कुराकानीभएको थियो ।दुई देशका विदेशमन्त्रीबीच आपसी हित र दुईपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको छ । 

    कुराकानीका क्रममा कोभिडविरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । तातोपानी र रसुवागढी नाकालाई थप सहज बनाउने विषयमा पनि कुराकानी भएको  थियो ।


    कार्तिक २, २०७८ मंगलवार १९:३३:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन ६ सय ६२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

    नेपालमा एकैदिन ६ सय ६२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ६ सय ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ४ सय २६ वटा परीक्षण गर्दा ६ सय ६२ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ७ हजार ५ २ ९पीसीआर टेस्टबाट० र ९एण्टीजेनबाट० ९३ हजार ६ सय ९६ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ७ सय ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८४ हजार १ सय ५५ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ११ हजार ५ सय ७९ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप १३ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय १८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    कार्तिक ३, २०७८ बुधवार १७:५१:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    क्यानाडा नेपाल

    नेपालमा एकैदिन ५ सय ४५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

  • 322
    SHARES
  • नेपालमा एकैदिन ५ सय ४५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ५ सय ४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ५ सय ४९ वटा परीक्षण गर्दा ५ सय ४५ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ७ हजार ५ सय २२ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९३ हजार ७ सय ७१ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ७ सय २६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८४ हजार ८ सय ८१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ११ हजार ३ सय १५ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ८ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय २६जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    कार्तिक ४, २०७८ बिहिवार १८:१५:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अनुसन्धान भन्छ: तपाईं गल्ती घटाउन चाहनुहुन्छ ? ध्यान गर्नुहोस्

  • 172
    SHARES
  • अनुसन्धान भन्छ: तपाईं गल्ती घटाउन चाहनुहुन्छ ? ध्यान गर्नुहोस्

    काठमाडौं - कतै तपाईंको हतारमा बिर्सने वा बारम्बार गल्ती गर्ने बानी त छैन! आत्तिनुपर्दैन। नियमित ध्यानको अभ्यासले तपाईंको यो बानी सुधार आउन सक्छ। अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीको पछिल्लो अनुसन्धानले ध्यानको नियमित अभ्यासले कुनै पनि व्यक्तिको गल्ती गर्ने आदत घटाउन मद्दत पुग्ने देखाएको छ। 

    images

    ‘ब्रेन साइन्सेस’मा प्रकाशित उक्त अनुसन्धानमूलक लेखका अनुसार सचेतना (अवेरनेस), अनुभूति, विचार वा संवेदनामा केन्द्रित ध्यानले मन र शरीरलाई स्वस्थ र जागरुक राख्न मद्दत गर्छ र मस्तिष्क आएको परिवर्तन तथा जागरुकताले बारम्बार गल्ती गर्ने आदतबाट सजग बनाउँछ। 

    ‘मेडिटेसन र माइन्डफुलनेस अभ्यास गर्ने व्यक्तिमा विशिष्ट परिवर्तन आएको देखिन्छ, जसलाई विज्ञानले प्रभाव र फाइदाका दृष्टिकोणबाट उजागर गरेको देखिन्छ,’ मिसिगन स्टेट युनिभर्सिटीका पिएचडी स्कलर तथा लेखका सहलेखक जेफ लिनले भने, ‘तर, मलाई के कुरामा आश्चर्य लाग्यो भने यसअघि कहिल्यै ध्यान नगरेका व्यक्तिहरू एक घन्टाको गाइडेड मेडिटेसनमा बस्दा मस्तिष्कमा केही परिवर्तन भएको पाइएको छ।’ 

    विभिन्न प्रकारका मेडिटेसन अभ्यासले फरक–फरक ढंगले मस्तिष्कको स्नायु प्रणालीमा असर पर्ने अध्ययनको निचोडले सुझाएको छ। त्यसैगरी, सचेत ध्यानले कुनै पनि व्यक्तिका कमीकमजोरी सच्याउन मद्दत पुगेको अनुसन्धानको निष्कर्ष छ।

    ‘कुनै खालका ध्यान एउटा वस्तु (अब्जेक्ट)मा केन्द्रित भएर गरिन्छ, सामान्यतः कतिपय ध्यान श्वासप्रश्वासलाई हेरेर गरिन्छ। तर, ओपन मनिटरिङ ध्यान चाहिँ अलि फरक छ,’ लिनले भने, ‘यसले चाहिँ तपाईंलाई अन्तर्यात्रातर्फ लैजान्छ र, मन र शरीरमा हुने सबै कुरालाई होसपूर्वक ध्यान दिन दिन सिकाउँछ। यसको उद्देश्य शान्तपूर्वक बस्ने र मन कता जान्छ भन्ने कुरालाई निकटतासाथ अवलोकन गर्नुपर्छ।’  

    लिसहित मिसिगन स्टेट युनिभर्सिटीका सहलेखकहरू विलियम एकर्ले, लिङ पेङ र जेसन मोसरले २ सयभन्दा बढी ‘ओपन मनिटरिङ मेडिटेसन’का सहभागीबीच उनीहरूले गल्तीलाई कसरी ‘रेस्पोन्स’ गर्छन् र, मेडिटेसनपछि गल्ती गर्ने बानीमा आएको सुधारबारे अनुसन्धान गरेका थिए। 

    पहिले कहिल्यै ध्यान नगरेका सहभागीलाई २० मिनट ‘ओपन मनिटरिङ मडिटेसन’को अभ्यास गर्न लगाइयो र, अनुसन्धाताले उनीहरुको मस्तिष्कको गतिविधि कस्तो छ भनी इइजीको माध्यमबाट मापन गरे। त्यसपछि उनीहरुले कम्प्युटरको सहायताबाट ‘डिस्ट्रयाक्सन टेस्ट’ पूरा गरे।

    ‘इइजीले मस्तिष्कको गतिविधि मिलिसेकन्ड लेभलमा मापन गर्न सक्छ। त्यसकारण सही प्रतिक्रियाभन्दा पनि गल्ती गरेको बेलामा मस्तिष्कको तटस्थ अवस्था कस्तो भयो भनी हामीले एकदमै सही मापन लियौं,’ लिनले भने, ‘गल्ती बोलेको अवस्था वा इरर पोजिटिभिटी भएको आधा सेकेन्डमै स्नायुमा संकेत भेटियो, जुन सचेततासाथ गल्ती पहिचानसँग सम्बन्धित छ।’ 

    जब ध्यान अभ्यासकर्ताले आफ्नो कार्यकौशलतामा तत्काल सुधार पाएनन् भने अझै केही समय ध्यानलाई निरन्तरता दिनुपर्छ भन्ने अनुसन्धाताको निक्र्योल छ।
    ‘यो निष्कर्ष ध्यानमाथि केवल २० मिनेटमा गम्भीरता साथ गरिएको प्रदर्शनको प्रतिफल हो, जसले ध्यानले ब्रेनको क्षमता अभिवृद्घिमा मद्दत गर्नुका साथै गल्तीप्रति सजग रहने सीप विकास गर्छ भन्ने देखाएको छ,’ मोजरले भने, ‘यसबाट माइन्डफुलनेस मेडिटेसन क्षमता अभिवृद्धिका लागि साँच्चिकै प्रभावकारी हुने रहेछ भन्नेमा विश्वास बढाएको छ।’

    पछिल्लो समय माइन्डफुलनेसले आममानिसको ध्यानाकर्षण गरेको छ। त्यही सन्दर्भमा लिनले रिसर्चरको सानो टिम बनाएर न्युरोवैज्ञानिक पद्धति अपनाएर ध्यानको मनोवैज्ञानिक र कार्यदक्षता प्रभावबारे अध्ययन गरिरहेका छन्।न्युज कारखाना


    कार्तिक ५, २०७८ शुक्रवार ०६:३३:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ध्यान

  • क्यानाडा नेपाल

    सरकारले १२ वर्षभन्दा माथिका किशोरकिशोरीलाई दिन लागेको फाइजर खोप कति प्रभावकारी ?

  • 660
    SHARES
  • सरकारले १२ वर्षभन्दा माथिका किशोरकिशोरीलाई दिन लागेको फाइजर खोप कति प्रभावकारी ?

    काठमाडौं - सरकारले १२ वर्षभन्दा बढी उमेरका किशोरकिशोरीलाई कोभिड–१९ विरुद्ध अमेरिकी कम्पनी फाइजर–बायोएनटेकद्वारा उत्पादित फाइजर खोप दिने तयारी गरेको छ। पछिल्लो समय फाइजर खोपलाई ‘कोमिर्नेटी’का नामले पनि चिनिन्छ।

    images

    अमेरिकी सरकारी संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सन् २०२१ को २३ अगस्टमा  युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले फाइजर खोप १६ वर्षमाथिका व्यक्तिहरुलाई लगाउनका लागि अनुमति दिएको थियो । एफडीएले १२ वर्षदेखि १५ वर्षसम्मका किशोरकिशोरीमा  यो खोप लगाउन अनुमति नदिए पनि अमेरिकामा यो समूहलाई खोप लगाइँदै आएको छ।

    अमेरिकामा १२ वर्षमाथिका किशोरकिशोरीमा लगाउँदा प्रभावकारी देखिएको यो खोपको १ लाख डोज सरकारले कात्तिक ८ गते ल्याउँदैैछ। सुरुमा दम, मुटु, मधुमेहलगायत विभिन्न दीर्घरोग भएका किशोरकिशोरीलाई मुलुकभरका २४ सरकारी अस्पतालबाट यो खोप दिइने सरकारी योजना छ।

    कम्पनीका अनुसार सामान्य अवस्थाका व्यक्तिलाई पहिलो डोज लगाएको तीन सातापछि दोस्रो डोज लगाइन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई दोस्रो डोज लगाएपछि कम्तीमा चार सातापछि बुस्टरका रुपमा तेस्रो डोज लगाउन मिल्छ। कतिपय विज्ञहरुले फाइजरको दोस्रो डोज लगाएको ६ महिनाभित्रमा तेस्रो बुस्टर डोज लगाउन मिल्ने धारणा राख्दै आएका छन्। 

    किशोरकिशोरीलाई फाइजर कति प्रभावकारी?
    फाइजर खोप अन्य उमेर समूहजस्तै किशोरकिशोरीका लागि प्रभावकारी रहेको सीडीसीले जनाएको छ। १२ देखि १५ वर्ष उमेर समूहका किशोरकिशोरीको समूहमाथि प्रयोगशालामा यो खोपको क्लिनिकल ट्रायल गर्दा कोभिड–१९ विरुद्ध जुध्न प्रभावकारी सावित भएको छ। यो खोप लगाएपछि १६ देखि २५ वर्ष उमेर समूहमा जस्तो प्रतिरोधात्मक क्षमता विकास भएको छ, १२ देखि १५ वर्ष उमेर समूहमा पनि उस्तै क्षमता देखिएको छ।   

    ‘क्लिनिकल ट्रायलबाट आएको प्रमाणका आधारमा के देखिन्छ भने पहिले संक्रमण नभएका १६ वर्ष वा त्यसभन्दा माथिका व्यक्तिमा यो खोप दुई डोज लगाउँदा इम्युन सिस्टम बढाउन ८४ प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको छ। १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीमा पनि यो खोप उत्तिकै प्रभावकारी रहेको पाइएको छ,’ सीडीसीले भनेको छ,‘बुस्टर (तेस्रो) डोज लगाएपछि भने संक्रमण हुनबाट ९५ प्रतिशत सुरक्षित रहन सकिन्छ।’

    नेपाल सरकार, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार कात्तिक तेस्रो सातादेखि देशभरका १२ वर्षमाथिका किशोरकिशोरीलाई यो खोप दिने तयारी गरेको छ। यो खोपलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने कम्पनीले जनाएको छ।

    के–के हुन सक्छ साइड इफेक्ट?
    फाइजर खोप लगाइसकेपछि पाखुरामा दुख्ने, रातोपना देखिने र सुन्निने समस्या आउन सक्छ। यो साइड इफेक्ट एक वा दुई दिनसम्म रहनसक्ने कम्पनीले जनाएको छ। त्यसैगरी, शरीरमा थकान हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, ज्वरो आउने आदि समस्या देखिन सक्छ। 

    गम्भीर एलर्जीको समस्या भएका व्यक्तिले फाइजर खोप लगाउँदा जटिलता आउनसक्ने भएकाले त्यस्तो अवस्था खोप नलगाउन सीडीसीले आग्रह गरेको छ। पहिलो डोज खोप लगाए जटिल एलर्जीको समस्या आएमा दोस्रो डोज लगाउनु हुँदैन। एलर्जीको समस्या बढ्दै गएमा बिरामीलाई उचित मेडिकल केयर उपलब्ध गराउनुपर्छ। न्युज कारखाना       
         


    कार्तिक ५, २०७८ शुक्रवार १८:२८:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल