• Oct 18 2021 | २०७८, कार्तिक १गते

२०७८, कार्तिक १गते

दुर्गा प्रसाईंको पश्चिम दौडाहा, ५०० करोडमा क्यान्सर अस्पतालदेखि मेडिकल कलेज खोल्ने

मोनीका सिंह आश्विन १५ २०७८
  • 1.2K
    SHARES
  • images
    images
    दुर्गा प्रसाईंको पश्चिम दौडाहा, ५०० करोडमा क्यान्सर अस्पतालदेखि मेडिकल कलेज खोल्ने

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुदूरपूर्वमा बीएण्डसी अस्पताल, क्यान्सर अस्पताल र मेडिकल कलेज स्थापना गरेर पूर्वलाई मेडिकल हब बनाएका छन् । अब दुर्गा प्रसाईंको नजर पश्चिम छेत्रमा परेको छ जसका कारण अहिले उनी पश्चिम दौडाहामा लागेका छन् ।

    images

    केहि दिन अघि धनगढी पुगेर युवापुस्तासंग अन्तरक्रिया गरेर फर्किएका दुर्गा प्रसाईं फेरी नेपालगंज र सुर्खेत पुगेर त्यहाँका युवापुस्तादेखि स्थानीयसंग अन्तरक्रिया गरेका छन् । पश्चिमका युवाहरुले कार्यक्रम आयोजना गरेर दुर्गा प्रसाईंलाई बोलाएको मौका छोपेर आफ्नो अस्पताल खोल्ने योजना बारे खुलेर बताएका छन् । सम्भवत नेपालगंज आसपास खोल्न सकिने सभावना बताउंदै प्रसाईंले पश्चिमका स्थानीयले साथ सहयोग गरे २०० करोड माथिको लगानीमा अस्पतालदेखि कलेज खोल्ने योजना बताएका छन् ।

    नेपालगंज र सुर्खेत पुगेका दुर्गा प्रसाईंले आफूलाई स्थानीय राजनीतिक दलदेखि युवापुस्ताले सहयोग गरेमा आफ्नो योजना अनुरुप पश्चिमलाई पनि मेडिकल हब बनाउन सक्ने कुरा बताएका छन् । मेडिकल हब बनाउन सकेमा नेपालबाट भारतसम्म उपचार गर्न जान रोक्न सकिने साथै विधार्थीहरु मेडीकल शिक्षा लिन विदेश जाने भिंड पनि रोक्न सकिने कुरा उल्लेख गरेका छन् ।

    पश्चिम पुगेर कार्यक्रमलाई सम्बोधन गर्दै दुर्गा प्रसाईंले भने, "मैले सुदूरपूर्वमा अस्पताल र कलेज खोलेर मेडिकल हब बनाएको छु । अब मलाई पश्चिममा पनि अस्पताल र कलेज खोलेर मेडिकल हब बनाउने योजना छ । तर म एक्लैले गर्न सक्दिन त्यसको लागि स्थानीय युवाहरु, यहाँका राजनीतक दलदेखि जनताले साथ दिए म लगानी गर्न तयार छु ।"

    पश्चिममा किन अस्पताल खोल्ने भनेर प्रश्न गर्दा व्यवसायी प्रसाईंले युवापुस्तालाई भने, "यो ठाउँमा धेरै बिरामीहरु छिमेकी देश भारतसम्म उपचार गर्न जाने पाएको छु । त्यो महँगो पनि पर्छ त्यसैले आफ्नै ठाउँमा अस्पताल खोल्दा बिरामीहरु छिमेकी देश जानुपर्दैन र सस्तो मै नेपालमा उपचार गर्न सकिन्छ । त्यस्तै छिमेकी देश भारतबाट समेत बिरामी आउन सक्ने वातावरण देख्छु त्यसैले यो ठाउँमा राम्रो सम्भावना देखेको छु ।"

    यो ठाउँबाट युवापुस्ता डाक्टर पढ्न विदेश जाने गरेको देखेको छु त्यो रोक्न समेत यो ठाउँमा अस्पताल र कलेज चाहिन्छ । सरकारले पनि नीजि क्षेत्रबाट लगानी गर्नेहरुलाई समेत स्वीकृति दिनुपर्छ नत्र हजारौं हजार युवायुवतीहरु हरेक वर्ष मेडिकल शिक्षा पढ्न विदेश गईरहेका छन् । मलाई देशको ठाउँ ठाउँमा अस्पताल र कलेजमा लगानी गरेर उपचारदेखि मेडिकल शिक्षा नेपाल मै सम्भव बनाउने योजना छ । प्रसाईंले कार्यक्रममा सम्बोधन गर्दै भने ।

    दुर्गा प्रसाईंमाथी पश्चिमका युवापुस्ताहरुको ठूलो आश र भरोसा समेत देखिएको थियो । मन्त्री र सांसदले आफ्नो स्वार्थकोलागि बोल्ने मात्र गरेको तर विकासको काममा ध्यान नदिएको गुनासो पोख्दै युवाहरुले भने, "दुर्गा प्रसाईंले बोल्ने मात्र होईन पूर्वमा काम गरेर समेत देखाउनु भयो । हामीलाई पनि अब बोल्ने भन्दा काम गर्ने व्यक्ति चाहिएकोले दुर्गा प्रसाईंलाई निम्तो दिएर बोलाएका हौँ । वहाँले यो ठाउँमा पनि लगानी गरिदिएमा हामी सक्दो साथ सहयोग दिन तयार छौं ।"

    दुर्गा प्रसाईंलाई धनगढीमा बाईक र्याली गरेर भव्य स्वागत गरिएको थियो भने सुर्खेतमा लाखे नांच सहित स्वागत गरिएको थियो । दुर्गा प्रसाईंमाथिको आशालाई निराश नबनाउने वाचा समेत दुर्गा प्रसाईंले व्यक्त गरेका छन् ।

    सुर्खेत पुगेका दुर्गा प्रसाईंले भने, "बीएण्डसी अस्पताल र पुर्वान्चल क्यान्सर अस्पतालमा पश्चिम र सुदूरपश्चिम बाट आएको बिरामीलाई २० प्रतिशत छुट दिने घोषणा गर्छु । हामीले दिएको २० प्रतिशतले तपाईहरुलाई आएर खाना खानेदेखि बस्ने खर्च पुग्छ ।"

    प्रसाईंले सरकारलाई समेत मेडिकल छेत्रमा निजी लगानीलाई प्रोत्साहन गर्न आग्रह समेत गरेका छन् । निजी छेत्रको लगानीले गर्दा नेपाली उपचार गर्न विदेश जानुपर्दैन साथै विधार्थीहरु पनि मेडिकल पढ्न विदेश जानुनपर्ने अवस्था बन्ने कुरा उल्लेख गरेका छन् । 


    आश्विन १५, २०७८ शुक्रवार १३:५७:११ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं

  • मोनीका सिंह

    अर्कोसमाचार

    दसैं भनेर हरेक छाक मासु मात्रै खाने नगर्नुहोस्, देखिन सक्छन् यस्ता समस्या

  • 388
    SHARES
  • दसैं भनेर हरेक छाक मासु मात्रै खाने नगर्नुहोस्, देखिन सक्छन् यस्ता समस्या

    दसैं आयो, खाउला पिउला... भनेर बालबालिका बढी रमाउने गर्छन । दसैंमा विभिन्न किसिमका परिकारहरू घरपरिवार, आफन्त तथा साथीसँग बसेर खाने चलन छ । पर्वअनुसार खानेकुरा पनि नेपाली सँस्कृतिमा आफ्नै प्रचलन छ । तिहारमा सेलरोटी, संक्रान्तिमा तरुल, असार १५ मा दही चिउरा, साउन १५ मा खीर, जनैपूर्णिमामा क्वाँटी खाइन्छ । यसैगरी दसैंमा विभिन्न परिकार पकाइए पनि मासुलाई मुख्य मानिन्छ । वा भनौ दसैंलाई मासुको पर्व पनि भन्ने गरिन्छ । मासु नखाए त के दसैं भनेर भन्ने गरेको पनि सुनिन्छ, तर दसैंमा साकाहार भोजनको पनि आफ्नै महत्व छ ।

    images

    शाकाहारीहरूले मिठो खाएर दसैं मनाउने गरेका छन् । दसैंमा शाकाहारी परिकारमा पनिर, मसरुम, अचार, पकौडा, फ्रेन्च फ्राइ, सोयाबिन साँधेको, गेडागुडी, भेज चाउमीन र विभिन्न थरिका मिठाइका परिकार खाएर दसैं मन्ने गरेका छन् । 

    यसरी सेवन गरिने शाकाहारी भोजन स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको पोषणविद् अरुणा उप्रेतीको भनाइ छ । मासु पकाउँदा दाल किन चाहियो वा अरु तरकारी किन चाहियो भनेर मासु मात्रै खाने गरिन्छ । मासुको तुलनामा साकाहारी भोजन निकै सन्तुलित हुने उप्रेतीको तर्क छ ।

    शाकाहारी हुँदा शरीर कमजोर हुने, शरीरमा आवश्यक प्रोटिन, खनिज पदार्थ कम हुन्छ भन्ने सोच गलत रहेको उनी बताउँछिन् । शरीरलाई आवश्यक मात्रामा प्रोटिन, क्याल्सियम, मिनरल, आइरनको मात्रा मिलाउन सकियो भने शाकाहारी बन्नु स्वास्थ्यको लागि निकै फाइदाजनक छ । शाकाहारी भोजनले शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि तन्दुरुस्त राख्छ ।

    शाकाहारी भोजनमा रेसादार तथा हरियो सागसब्जी हुने हुँदा यसले कब्जियतबाट मुक्त गराउनुका साथै शरीरलाई अति आवश्यक सुक्ष्म पोषणतत्व, क्याल्सियम, प्रोटिन प्रशस्त उपलब्ध गराउँछ ।न्युज कारखाना


    आश्विन २८, २०७८ बिहिवार २०:११:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मासु

  • क्यानाडा नेपाल

    दसैं भनेर जथाभावी नखानुस्, फूड पोइजनिङ होला !

  • 390
    SHARES
  • दसैं भनेर जथाभावी नखानुस्, फूड पोइजनिङ होला !

    दसैं त हो नी भनेर जथाभावी खाँदा र आवश्यक भन्दा बढी खाँदा यो बेला धेरै मानिस बिरामी पर्छन । अझ कतिपयले त यो दसैंमा खाने हो भनेर महिनौंदेखि खानेकुरा जोहो गरेर राखेका हुन्छ । यस्ता खानेकुराबाट फूड पोइजनिङको जोखिम उच्च हुने गरेको छ । 

    images

    खानामा हुने संक्रमणलाई फुड पोइजनिङ भनिन्छ । खानाको क्षयीकरण भएपछि खाना अमिलिन्छ र सो खाना खाएमा फुड पोइजनिङ हुन्छ। गर्मी मोसममा फूड पोइजनिङको समस्या बढी देखिने गरेको छ । तर चाडबाडमा गरिने असन्तुलित खानाको सेवनले पनि यो समयमा फुड पोइजनिङ हुने गरेको छ ।
    विशेषगरी खानेकुरामा हुने ब्याक्टेरियाका कारण फूड पोइजनिङ हुन्छ । पकाएको खानामा ब्याक्टेरिया मर्ने भएकोले नपकाएको खानामा फूड पोइजनको जोखिम बढी हुन्छ।

    विशेषगरी ब्याक्टेरिया, प्यारासाइटजस्ता किटाणुले फुड पोइजन गराउँछ । चिसो पेयपदार्थ कोक, फ्यान्टालगायतका केमिकलयुक्त पेय पदार्थ खाँदा पनि फुड पोइजनिङको जोखिम बढी हुन्छ ।

    फूड पोइजनले पेट तथा आन्द्रामा असर गर्छ । पोइजनका कारण वाकवाकी आउने, वान्ता हुने, डाइरिया हुने हुन्छ । त्यस्तै ज्वरो आउने, पेट दुख्ने, रिंगटा लाग्ने, थकाइ लाग्ने, कमजोर महशुस हुने पनि हुन सक्छ । दिसा र वान्तामा रगत देखिन पनि सक्छ।

    फुड पोइजनिङकाट बच्न खानालाई सफा गरेर राम्रोसँग पकाउनु पर्छ। खाना बनाउनुअघि, खानु र खुवाउनुअघि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ। पकाएका खानेकुराहरु छोपेर राख्ननुपर्छ भने एकैपटक धेरै खानेकुरा खानु हुँदैन् । प्याकेजिङ खाना, केमिकलयुक्त खानेकुरा सकेसम्म नखाएको राम्रो । फुड पोइजनले दीर्घकालीन असर नगरेता पनि यसले स्वास्थ्यमा भने नकारात्मक असर पुर्याउछ। (न्युज कारखाना)
     

    घरेलु उपचार विधि 
    अदुवा चियामा थोरै मह मिसाएर दिनमा कम्तीमा तीनपटक पिउँदा फुड पोइजनिङबाट आराम मिल्छ। 
    नरिवल पानी सेवन गर्दा औषधिको काम गर्छ ।
    तुलसीको पातलाई उमालेर मह मिसाएर पिउँदा राहत मिल्छ।
    एक टुक्रा लसुन पानीमा राखेर पिउँदा ब्याक्टेरियल संक्रमणबाट मुक्ति पाउन सकिन्छ।
    एक चम्चा जीरा पिसेर खानामा प्रयोग गरेमा फूड प्वाइजनबाट छुटकारा पाउन सकिन्छ।
    फूड प्वाइजनमा स्याउ र केराको सेवन एकदमै लाभदायक मानिन्छ।
    यस्तो बेला पानीको सेवन बढी मात्रामा गर्दा फाइदाजनक हुन्छ।


    आश्विन २८, २०७८ बिहिवार २०:१९:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दसैं

  • क्यानाडा नेपाल

    आज विश्व हातधुने दिवस : विभिन्न रोगबाट बच्ने अचुक औषधि हातधुने बानी

  • 230
    SHARES
  • आज विश्व हातधुने दिवस : विभिन्न रोगबाट बच्ने अचुक औषधि हातधुने बानी

    काठमाडौं - आज अक्टोबर १५ अर्थात् विश्व हातधुने दिवस । स्वस्थ रहन तथा विभिन्न रोगलाग्न नदिनको लागि जनचेतना फैलाउने उद्देश्यकासाथ १५ अक्टोबर  २००८देखि संसारभर विश्व हातधुने दिवस मनाउन सुरु गरिएको हो । अरुकोको ज्यान बचानुहोस्–आफ्नो हात धुनुहोस् भन्ने मूल नाराका साथ यस वर्षको विश्व हातधुने दिवस मनाइँदै छ । 

    images

    अझ कोरोना भाइसरको रोकथाम तथा सङ्क्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले पनि हातधुने बानीको विकास गर्न सबैलाई आग्रहसमेत गरेको छ । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट मात्र जोगाउँदैन अनावस्यक अस्पतालको खर्चसमेत बचाउँछ । विश्वभरि नै हात सफा नभएका कारणले नै विभिन्न रोग र संक्रमण फैलने गरेको र त्यसैको कारण लाखौंको मृत्युसमेत हुने गरेको छ ।

    झाडापखला फैलनुको मुख्य कारणको रुपमा हात सफा नहुनुलाई नै मानिन्छ । विश्वभर वर्षेनी लाखौं बालबालिकाको मृत्यु यही झाडापखालाकै कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले देखाउँछ । हरेक ३ जना बालबालिकामध्ये एकमा झाडापखालाको संक्रमण हुने गरेको तथ्याङ्क छ ।

    दिगो विकासको छैठौं लक्ष्यमा पनि स्वच्छ खानेपानी र सरसफाईको विषय उल्लेख गरिएको छ । जसमा सरसफाई अन्तर्गत हातधुने बानी पनि एउटा महत्वपूर्ण पाटो हो । 

    हात धुने बानीको विकास गर्नसके वर्षेनी मृत्यु हुने बालबालिकाको यो संख्यालाई हटाउन सकिन्छ । राम्रोसँग हात धोएमा मात्र झाडापखाला जस्ता ४० र श्वास–प्रश्वाससम्बन्धी २३ प्रतिशत रोग नलनग्ने विभिन्न स्वास्थ्यसम्बन्धी प्रतिवेदनहरूले देखाएको छ । 

    कसरी धुने हात ?
    सफा पानीले हात भिजाउने । हातमा साबुन लगाउने र कम्तीमा २० सेकेन्डसम्म हात मिच्ने । हातका सबै औंला, हत्केला र औंलाका चेपचेपमा साबुन पु¥याउने । हातको गोलीगाँठादेखि नङको टुप्पोसम्म साबुल पनिले मिच्ने ।  सबैतिर मिचिसकेपछि राम्रोसँग हात पखाल्ने । पखालेको हातलाई सफा कपडाले मात्र पुछ्ने । 

    कुन कुन बेला हात धुनुपर्छ ?
    शौचालय गएपछि, खाना खानुअघि र खाएपछि, बच्चाको कपडा वा अन्य सामान चलाएमा  कुनै पनि जनावरलाई छोएपछि चाहे घरपालुवा भएपनि, खाना पकाउनु अघि, यी सामान्य अवस्था भएपनि पटक–पटक हात धुने बानी बसाल्नु नै राम्रो हुन्छ ।न्युज कारखाना 


    आश्विन २९, २०७८ शुक्रवार ०६:२२:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व हातधुने दिवस

  • क्यानाडा नेपाल

    नसर्ने रोगबाट बच्न जमरा फाइदाजनक

  • 310
    SHARES
  • नसर्ने रोगबाट बच्न जमरा फाइदाजनक

    काठमाडौं - बडा दसैंलाई हिन्दुहरूले महान चाडका रुपमा मनाउँछन् । दसैंको पहिलो दिन पूजा कोठामा जमरा राखेर घटस्थापना गरिन्छ भने अन्तिम दशमीका दिन जमरासँगै टिका लगाइन्छ ।

    images

    पूजा कोठामा घामको किरण नछिर्ने गरेर बलौटे माटोमा विशेषत जौसँग मकै, गहुँ, धान राखेर उमारिन्छ । यसरी उमारेको जमरा विजयादशीको दिन टिकासँग आशिर्वाद दिएर शीरमा लगाउने प्रचलन छ । देवीशक्तिको आराधना गर्दै उमारिएको जमरा कुल देवताहरूलाई अर्पण गरी प्रसाद स्वरुप टिकासहित ग्रहण गर्ने गरिन्छ । 

    दसैंमा टिकाको आफ्नै धार्मिक मान्यता छ, तर स्वास्थ्यको दुष्टिकोणले पनि जमरा लाभदायक छ । शहरीकरणका कारण उब्जेका गम्भीर प्रकृतिका दीर्घरोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमरालाई मानिन्छ ।

    यस्तै, पछिल्लो समय जमराको जुस पिउने प्रचलन पनि बढ्दै गएको छ । जमराको झोल सेवन गर्दा छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकाहरूलाई ज्यादै फाइदा पुग्ने चिकित्सकहरूको भनाइ छ । यसमा एन्टीअक्सिडेण्ट समेत हुने भएकाले सौन्दर्यमा समेत निखार ल्याउने र शरीर तन्दुरुस्त राख्ने अध्ययनहरूले पुष्टि गरेका छन् । 

    जौको अंकुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्व भन्दा जौ वा यसको अंकुरमा पाइने तत्व तुलनात्मक रूपमा धेरै नै बढी छ ।

    जमरामा शरीरलाई आवश्यक खनीज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ । शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ ।

    पहिलोपटक खेती गरिएको अन्नबाली जौलाई मानिन्छ । गाउँघरमा अझै पनि जमरालाई सुकाएर राखी रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । जौको सातु एकदमै रुचाइन्छ । बजारमा अहिले जौको चिउरा, ओट्स र बार्लेकोको माग धेरै हुने गरेको छ । पेट सफा गर्न जौबाट बनेका खाद्य पदार्थ उपयोगी मानिन्छ ।न्युज कारखाना


    आश्विन ३१, २०७८ आइतवार ०६:४८:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जमरा

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन ३ सय ९१ जनामा कोरोना संक्रमण हुँदा ६ सय ८० जना निको भए

  • 316
    SHARES
  • नेपालमा एकैदिन ३ सय ९१ जनामा कोरोना संक्रमण हुँदा ६ सय ८० जना निको भए

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ३ सय ९१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ७७ वटा परीक्षण गर्दा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ५ हजार ३७ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९३ हजार ३ सय ६२ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ६ सय ८० जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८१ हजार ४ सय ५६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित १२ हजार २ सय ९७ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ६ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ सय ८४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    आश्विन ३१, २०७८ आइतवार १६:५७:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

  • 194
    SHARES
  • क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । 

    images

    दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको हो । उनका आफन्तले केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने बताएका छन् । आज उनको छातीको परीक्षण गरिएको छ । 


    आश्विन ३१, २०७८ आइतवार २०:११:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मोहन वैद्य

  • क्यानाडा नेपाल