बुधबार
२५ मङ्सिर
२०७६

मलेसियामा मेसिनले च्याप्दा एक नेपालीको हात गुम्यो  

बुधबार मङ्सिर ११, २०७६/ Wednesday 11-27-19

मलेसिया - मलेसियामा एक नेपालीको हात गुमेको छ । सोमबार बारा कलैयाका दिपक शाह तेलीको मेसिनले च्याप्दा हात गुमेको हो । मलेसियाको वाइ एच आई म्यनिफ्याक्चरीङ कम्पनीमा कार्यरत उनको काम गर्दा दाहिँने हात मेसिनमा चेपिएको हो । 

उनी विगत साढे ३ वर्षदेखि वाइ एच आई म्यनिफ्याक्चरीङ कम्पनीमा कार्यरत रहेका थिए । मेसिनमा हात चेपिएर घाईते भएका दिपकलाई मेसिनमा हात चेपिएको २ घण्टापछी मलका अस्पतालमा  लगिएको थियो ।