• Oct 18 2021 | २०७८, कार्तिक १गते

२०७८, कार्तिक १गते

कहालीलाग्दो मुगु दुर्घटनामा बाँचेका घाइते भन्छन्, 'बस चार बल्ड्याङ खाँदासम्म होस थियो, त्यसपछि के भयो थाहा छैन'

क्यानाडा नेपाल आश्विन २६ २०७८
  • 1.5K
    SHARES
  • images
    images
    कहालीलाग्दो मुगु दुर्घटनामा बाँचेका घाइते भन्छन्, 'बस चार बल्ड्याङ खाँदासम्म होस थियो, त्यसपछि के भयो थाहा छैन'

    नेपालगञ्ज - 'बस गुडिरहेको थियो । अगाडि चालक (ड्राइभर सीट) नजिकै बसेको थिए । एक्कासी केही पड्किएको आवाज आयो । त्यसपछि गाडी अनियन्त्रित भएर पल्टियो । चार बल्ड्याङ खाँदासम्म होस थियो । त्यस पछि के भयो थाहा छैन,' नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचाररत मुगु दुर्घटनाका घाइते मुगु रोवा घर बताउने हर्कबहादुर शाहको भनाइ हो यो ।

    images

    कहाली लाग्दो दुर्घटनामा बाँचेर उद्धार भई नेपालगञ्ज अस्पतालको बेडमा पुगेपछि शाहले दुर्घटना हुँदाखेरीको अवस्था बताएका हुन् । उनको भनाइमा चालकले राम्रै चलाएका थिए । 'दुर्घटनामा ड्राइभरको दोष भएजस्तो लाग्दैन,' उनी सुनाउँछन् ।

    मंगलबार अपराह्न भएको मुगु दुर्घटनामा घाइते भएकालाई नेपालगञ्ज ल्याइएको छ । तीमध्ये चार जनाको अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको अस्पतालले जनाएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याएका पाँचमध्ये तीन जनाको अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको अस्पतालका सहनिर्देशक डा. रोमान किडवाईले जानकारी दिए ।

    यसैगरी कोहलपुर पुर्‍याइएका थप एक जनाको पनि उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले दिएको जानकारीअनुसार घाइते मध्ये ११ जना कोहलपुर शिक्षण अस्पतालमा र ५ जनालाई नेपालगन्ज शिक्षण अस्पताल पुर्‍याइएको थियो ।


    आश्विन २६, २०७८ मंगलवार १८:२८:३४ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    देशका यी स्थानमा आज मेघगर्जनसहित पानी पर्ने

  • 436
    SHARES
  • देशका यी स्थानमा आज मेघगर्जनसहित पानी पर्ने

    काठमाडौं । आइतबार प्रदेश न १,  प्रदेश न २ र वागमती प्रदेशमा सामान्य वदली गण्डकी र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य वदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ। 

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको देखिन्छ । 

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । 
     
    यस्तै आज राति पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । 
     


    आश्विन ३१, २०७८ आइतवार ०६:४३:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडा नेपाल

    रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

  • 208
    SHARES
  • रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

    रसुवा - रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका-५ भोर्ले डाडाटोल बस्ने ७६ वर्षीय बुधे ग्याङदानको कुटपिटबाट श्रीमती ६१ वर्षीया बाटुली तामाङनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए । 

    images

    प्रहरीका अनुसार शनिबार घरायसी विषयमा झैझगडा हुँदा ग्याङदानले श्रीमती तामाङनीलाई घरको पिँढीबाट लात्ताले हान्दा आँगनमा बजारिन गई गम्भीर घाइते भएकी थिइन । इलाका प्रहरी कार्यालय कालिकास्थानले जानकारी पाए लगत्तै घटनास्थलमा गएको प्रहरी टोलीले गम्भीर घाइते उनको उपचारका लागि जिल्ला अस्पताल नुवाकोट पठाएको थियो । 

    चेकजाँचको क्रममा तामाङनीको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए । मृतकको शव पोष्टमाटम गरि आइतबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

    ७६ वर्षीय बुधे ग्याङदानलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । न्युज कारखाना



    आश्विन ३१, २०७८ आइतवार १९:४८:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रसुवा

  • क्यानाडा नेपाल

    रुपन्देहीमा दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु

  • 218
    SHARES
  • रुपन्देहीमा दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु

    बुटवल - रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका-४ का २१ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।

    images

    कोटहीमाई गाउँपालिका- ५ दानव नदी र तिनाउ नदीको संगमस्थल रहेको दुई मोहानमा मूर्ति विसर्जन गर्न आएका युवाको शव अबेर राति भारतीय गोताखोरले निकालेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीले रातिसम्म शव फेला पार्न नसकेपछि भारतीय गोताखोरको सहयोग लिइएको थियो ।

    भारतीय गोताखोरले शव फेला पारेपछि स्थानीयहरू नेपाली सुरक्षाकर्मीप्रति आक्रोशित भएका थिए । सोही क्रममा शवको मुचुल्का गर्न नदिने र पोष्टमार्टमको लागि पनि अवरोध गरिएको थियो । अवरोध गरिए पनि प्रहरीले सम्झाइबुझाइ शव भैरहवा भीम अस्पतलामा ल्याइ पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।

    दुर्गा मूर्ति विर्सजनको क्रममा प्रायः वर्ष जसो दुर्घटना हुने गरेको छ । गत वर्ष पनि एक युवाको यसैगरी मृत्यु भएको थियो । विर्सजनलाई लिएर प्रहरीले उच्च सतर्कता अपनाउने गरे पनि दुर्घटना हुने गरेको छ ।न्युज कारखाना
     


    आश्विन ३१, २०७८ आइतवार २०:०२:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रुपन्देही

  • क्यानाडा नेपाल

    धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर 

  • 280
    SHARES
  • धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर 

    काठमाडौं - अर्घाखाँचीमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते भएका छन । आइतबार दिउँसो अर्घाखाँचीको शितगंगा नगरपालिकाको–२ सितापुरमा ९ जनालाई अरिङ्गालले टोकेको हो । प्रहरीका अनुसार धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा उनीहरू घाइते भएका हुन् ।

    images

    घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको जनाइएको छ। बाँकी ६ जनाको स्थानीय सितापुर स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


    आश्विन ३१, २०७८ आइतवार २०:२७:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अरिङ्गाल

  • क्यानाडा नेपाल

    देशका ४ प्रदेशमा आज भारी वर्षा, यस्तो छ मौसम पूर्वानुमान

  • 350
    SHARES
  • देशका ४ प्रदेशमा आज भारी वर्षा, यस्तो छ मौसम पूर्वानुमान

    काठमाडौं । सोमबार देशको अधिकांश भू-भागमा सामान्य बदली रहि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी परिरहेको छ । यस्तै सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा ठुलो पानी परेको छ । 

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको देखिन्छ । 

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केहि स्थानहरु मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । 

    देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । 
     
    यस्तै आज राति पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । 

    देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै पानी पर्ने सम्भावना रहेको छ ।


    कार्तिक १, २०७८ सोमवार ०७:२५:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडा नेपाल

    झापामा जंगली हात्तीलाई थापेको करेन्ट लागेर एक महिलाको ज्यान गयो

  • 108
    SHARES
  • झापामा जंगली हात्तीलाई थापेको करेन्ट लागेर एक महिलाको ज्यान गयो

    काठमाडौं - झापामा हात्तीलाई थापेको करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । सोमबार बिहान भद्रपुर नगरपालिका– १० केन्द्रमोडकी ५४ बर्षिय कल्पना राई पौरियाको जंगली हात्तीलाई थापेको करेन्ट लागेर ज्यान गएको हो । 

    images

    प्रहरीका अनुसार सोमबार बिहान पौरियाले आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तार छुँदा करेन्ट लागेको हो । प्रहरीले यस घटनालाई लिएर थप अनुसन्धान गरिरहेको छ । 
     


    कार्तिक १, २०७८ सोमवार १०:०५:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # करेन्ट लागेर

  • क्यानाडा नेपाल