• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

‘एक दिनमा सय ग्रामभन्दा बढी मासु खानु हुँदैन‘ - स्वस्थ मासु कसरी चिन्ने ? 

क्यानाडा नेपाल आश्विन २७ २०७८
  • 954
    SHARES
  • images
    images
    ‘एक दिनमा सय ग्रामभन्दा बढी मासु खानु हुँदैन‘ - स्वस्थ मासु कसरी चिन्ने ? 

    नेपालीको घर घरमा दसैं भित्रिसकेको छ । दसैंको पहिलो दिन घरघरमा घटस्थापना गरेपछि दसैं सुरू भएको हो । 

    images

    दसैंमा सबैभन्दा धेरै मासु कै परिकार पाक्छन् । यहीकारण दसैंमा मासुको खपत अत्याधिक हुने गर्छ । सामान्य समयभन्दा यो समयमा झण्डै १० गुना बढी मासु खपत हुने अनुमान छ । विशेषत फुलपातीको दिन ल्याएको मासु दसैंभरि लगाएर खाने चलन छ । तर, यसरी सेवन गरिने मासु स्वास्थ्यका लागि भने फाइदाजनक हुँदैन । 

    फुलपातीको दिन पकाएको मासु भुटेर, फ्रिजमा राखेर अनेक विधि अपनाएर स्टक गरिन्छ, तर यसरी राखिएका मासु स्वास्थका दृष्टिकोणले अस्वस्थ साबित हुन्छ ।
    मासुजन्य परिकारमा शरीरका लागि आवश्यक प्रोटिन प्रशस्त हुने भए पनि धेरै मासु खानु शरीरका लागि हानीकार हुने पोषणविद् अरुणा उप्रेतीको भनाइ छ । एकजना व्यक्तिले प्रतिदिन एक सय ग्रामसम्म मासु सेवन गर्नुपर्छ । त्यो भन्दाबढी अस्वस्थ मानिन्छ । ‘चाडबाडमा सबै जनासँगै बसेर खानेकुरा खाने मात्रै काम हुन्छ । पकायो खायो जसले गर्दा भोजनमा सन्तुलन कायम हुँदैन्,’ उप्रेती भन्छिन्,’ मिलाएर खायो भने मासु लाभदायक हुन सक्छ, जथाभावी खाँदा हानीकारक हुन्छ ।’
    बडादसैंको समय मौसमी फ्लु जस्ता रोगहरूको संक्रमणको जोखिम पनि हुन्छ । बालबालिका तथा वृद्धवृद्धाले अझ बढी स्वास्थ्य सतर्कता अपनाउनु पर्छ । मासु आफँैमा अत्याधिक बोसो हुने र पकाउँदा पनि धेरै तेल प्रयोग गरिने भएकोले मासु खाँदा स्वास्थ्यमा असर पुग्ने हुन्छ । 

    मासुसँगै दसैंको समयमा मद्यपान गर्दा यो झनै हानिकारक हुन्छ । अझ मासु पकाउँदा आगोमा पोलेर, तारेर पकाउँदा यस्तो खान्कीले मधुमेह, उच्च रक्तचाप तथा क्यान्सर गराउने तत्व शरीरमा उत्पादन गराउन मद्दत पुर्याउँछ । साथै, पाचनप्रणालीमा समेत यसले गम्भीर असर पुर्याउन सक्छ । 

    स्वस्थ मासु कसरी चिन्ने ? 
    –मासुका लागि पशुपछी खरिद गर्दा स्वस्थ पशुपंछी छान्ने । 
    –धेरै मासु एकैपटक नकिन्ने, आवश्यकताअनुसार किन्ने ।
    –फ्रिजमा ताजा मासुलाई ४८ घण्टासम्म मात्र राख्ने । 
    –फ्रिजमा मासु राख्दा छोपेर राख्ने । 
    –मासुलाई टुक्रा–टुक्रा बनाएर फ्रिजमा माइनस १८ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा राख्ने ।
    –मासुमा अम्लियपनाको मात्रा ५.७ पीएचभन्दा कम र ६.३ पीएचभन्दा बढी हुनुहुँदैन ।
    –मासु सकेसम्म ७२ डिग्री सेल्सियस तापक्रममा पकाउने । 


    आश्विन २७, २०७८ बुधवार ११:१४:१८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # मासु

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    कस्ता व्यक्तिले भटमास खान हुन्छ, कस्ताले हुँदैन

  • 1.1K
    SHARES
  • कस्ता व्यक्तिले भटमास खान हुन्छ, कस्ताले हुँदैन

    काठमाडौं - हाम्रो भान्सामा सजिलै पाइने गेडागुडी भटमास हो। यसमा माछा, मासु र फलफुलमा जत्तिकै प्रोटिन प्रशस्त पाइन्छ । भिटामिन ए पनि प्रसस्त पाइने भटमासको दाल बनाएर होस् या भुटेर खानु राम्रो हुन्छ । 

    images

    यसको नियमित सेवनले स्वास्थ्यलाई फाइदा गर्छ  । यसमा अत्यधिक प्रोटीन पाइने हुनाले यसको सेवन हाम्रो स्वास्थ्यको लागी फाइदाजनक छ । भटमास केही बिरामीको लागि फाइदाजनक हुन्छ भने केहीको लागि बिष पनि बन्न सक्छ । 

    यस्ता व्यक्तिले भटमास खानु राम्रो
    शरीरलाई फिट राख्न चाहने मानिसहरुको शरिरलाई प्रोटीन चाहिने हुनाले भटमासको सेवन गर्नु राम्रो हुन्छ । यदि तपाई आफ्नो लामो,बाक्लो र चम्किलो कपाल बनाउन चाहनुहुन्छ भने आजै देखि नियमित रुपमा भटमास प्रयोग गर्नु राम्रो हुन्छ । भटमासमा अधिक मात्रामा प्रोटिन पाइन्छ जसले कपाललाई बाक्लो र चम्किलो बनाउन मदत गर्छ। यस्तै थोरै समय घुमफिर गर्ने बित्तिकै रिगाटा लाग्ने वा कमजोरी महसुस हुनेले पनि भटमास सेवन गर्नु राम्रो हुन्छ । 

    यस्ता व्यक्तिले भटमास खानुहुँदैन
    केहि रोगका बिरामीका लागि भने भटमास त्यति लाभदायक मानिदैन । यदि तपाइलाई छालाको समस्या छ भने भटमास नखानुहोस् । यस्तो समस्या हुँदा भटमास खाएमा छाला झन चिलाउने हुन्छ । 

    त्यस्तै गर्भवती वा स्तनपान गराइरहेकी महिलाले पनि भटमासको सेवन गर्नुहुदैन । यस्ता महिलाले भटमास सेवन गरेमा रिंगटा हुने र दुध पिउदा शिशुमा अपच हुने समस्या  हुन सक्छ । त्यस्तै मूत्राशयकोक्यान्सर र मधुमेह भएकाले पनि भटमासको सेवन गर्नुहुदैन । त्यस्तै मिर्गौला सम्बन्धी रोग भएकाले पनि भटमास सेवन गर्नुहुदैन । यस्ता समस्या भएकाले भटमास सेवन गरेमा गम्भिर समस्या झेल्नुपर्छ ।  


    मंसिर ६, २०७८ सोमवार २२:०४:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भटमास

  • क्यानाडा नेपाल

    जाडो मौसममा अदुवा खानुका यस्ता छन् फाइदै फाइदा

  • 1.1K
    SHARES
  • जाडो मौसममा अदुवा खानुका यस्ता छन् फाइदै फाइदा

    काठमाडौं । हरेक नेपालीको भान्छामा दिनहु अदुवाको प्रयोग गरिन्छ । अदुवा खानालाई स्वादिस्ट बनाउनको लागि मात्र नभई औषधिको रूपमा पनि प्रयोग गर्ने गरिन्छ । अदुवामा पाइने विभिन्न पोषण तत्वका कारण अहिले मानिसहरुले विभिन्न समस्या समाधानको लागि पनि प्रयोग गर्छन् । 

    images

    अदुवामा एन्टिफंगल, एन्टिब्याक्टेरियल तत्व पाइन्छ जसले शरीरमा विभिन्न संक्रमण हुनबाट जोगाउँदछ।  अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवाका यी केहि फाइदा बारे जान्नुहोस्

    दम खोकीमा : एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर बेस्सरी फिटेर विहान/वेलुका मनतातो हुने गरी तताएर खाने गरेमा खोकि ठिक हुन्छ ।

    उल्टी : अदुवा र प्याजको रस समान मात्रामा मिलाएर ३-३ घण्टाको अन्तरमा १-१ चम्चा लिनाले अथवा अदुवाको रसमा मिश्री मिलाएर पिउनाले उल्टिहुन तथा जिउमा असजिलोहुन बन्द हुन्छ ।

    हृदयरोग : अदुवाको रस पानीमा बरावरी गरी मिलाएर पिउनाले हृदयरोगमा फाइदा हुन्छ। अदुवाको सेवनबाट मुटु मजबुत हु्न्छ।

    भोक नलाग्ने समस्या : अदुवाको रसमा कागती र सिधेनुन मिलाएर सेवन गरेमा जठराग्नि तीव्र हुन्छ र त्यसले भोक जाग्दछ।

    पेट को ग्यास :आधा-चम्मच अदुवाको रसमा हिंग र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या रहन्न।

    रुघा-खोकी : २० ग्राम अदुवाको रसमा २ चम्मच मह विहान वेलुका लिएमा फाइदा गर्दछ । वात-कफ प्रकृतिवालाको लागि अदुवा र पुदीना विशेष लाभदायक हुन्छ ।

    खोकी र सासको रोग :अदुवा र तुलसीको रसमा मह मिलाएर पिउँदा खोकी र सासको रोग निको हुने विश्वास गरिन्छ।

    भोक नलागेमा वा पेट सफा नभएमा : भोक नलागेमा अदुवाको बारीक मा नुन मिलाएर आठ दिन सम्म दिनमा एक पटक खाने गरेमा पेट सफा हुन्छ । पेट सफा भएका कारण भोक जाग्ने समेत गर्दछ


    मंसिर ७, २०७८ मंगलवार २०:१०:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अदुवा

  • क्यानाडा नेपाल

    यस्ता छन् भिजाएको चना खानुका आश्चर्यजनक फाइदा

  • 352
    SHARES
  • यस्ता छन् भिजाएको चना खानुका आश्चर्यजनक फाइदा

    काठमाडौं - हाम्रो शरिरलाई धेरै नै फाइदा गर्ने गेडागुडी चना  हो । भुटेर होस् या भिजाएर काचै खाँदा पनि निकै स्वादिष्ट हुने गर्छ ।  धेरैले चनालाई दिउँसो खाजाको रुपमा पनि खाने गर्छन् । तर खाजा खाँदा मात्र नभई बिहान भिजाएको चना खाएमा हाम्रो शरिरको लागि फाइदाजनक मानिन्छ । पोषणको मात्रा बढि हुने चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ । 

    images

    विभिन्न रोग सँग लड्ने क्षमता राख्ने चनाले मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । यस्तै भिजाएको चनाको सेबनले कोलेस्ट्रोललाई पनि नियन्त्रणमा राख्छ । जसले गर्दा कुनै पनि मुटु सम्बन्धी रोग लाग्न पनि पाउँदैन। 

    भिजाएको चनामा  फाइबर हुने हुनाले यसको सेबनले पाचन तन्त्रलाई राम्रो बनाउँछ । यसमा फलामाको राम्रो स्रोत हुने हुनाले रगतको कमी हुन पनि दिदैन । यसले पाचन क्रियालाई सन्तुलित पार्दै कब्जियत पनि हटाउँछ ।

    भिजाएको चनामा गुड़ मिसाएर खानाले पटक–पटक पिसाब लाग्ने समस्यामा राहत हुन्छ । भिजाएको चना नियमित खानाले खानाले छाला स्वस्थ हुन्छ।  यस्तै यसको सेवनले प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तर बढाउँछ । शरिरको तौल बढाउन पनि यसले धेरै सहयोग गर्छ ।


    मंसिर १२, २०७८ आइतवार २०:३०:२१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    जाडोमा मरिचको सेवन गर्नु फाइदाजनक, बिग्रेको रुघाखोकी लगायत धेरै समस्याको समाधान

  • 980
    SHARES
  • जाडोमा मरिचको सेवन गर्नु फाइदाजनक, बिग्रेको रुघाखोकी लगायत धेरै समस्याको समाधान

    काठमाडौं - हाम्रो भान्सामा सजिलै पाइने खाद्य पदार्थ हो मरिच । पिरो विशेषता भएपनि शरीरलाई हानि नगर्ने मरिचलाई मसलाको रुपमा प्रयोग गरिन्छ । यसको सहि प्रयोग गर्न जानेमा धेरै रोगको उपचारमा सहयोग हुन्छ ।   
     
    खासमा हामिले मरिचलाई भान्सामा मसलाको रुपमा प्रयोग गरिए पनि यसले रोग निको पार्न सहयोग गर्छ । औषधीय गुण हुने मरिचको सेबनले ज्वरो, रुघाखोकी, पाचनप्रणाली दुर्बलता लगायतका समस्याको समाधान गर्छ । 

    images

    जाडोमा मरिचको सेवन निकै लाभदायक मानिन्छ । यदि रुघाखोकी लागेमा १०–१५ दाना फुराएको मरिच पिनेर फिटेर नित्य सेवन गर्ने गरेमा बिग्रेको रुघाखोकी १ हप्तामा नै ठीक हुन्छ । यस्तै पिनास भएमा, रुघा लागेमा, टाउको दुखेमा पनि २५ दाना मुनक्का दाखको गेडा २५–३० दाना मरिच हालेर पिँध्नुहोस् र त्यसलाई दुई ग्लाँस पानीमा पकाउनुहोस् घटेपछि रोगीलाई खान दिएर सिरक ओडेर सुत्न लगाउनुहोस् ।

    घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने पनि १०,१२ पात तुलसी ४,५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको ठिक हुन्छ । यदि तपाइको दाँत कीराले खाएको छ भने दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ । त्यस्तै मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माजेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको  ठीक हुन्छ ।

    कम्मर दुख्ने समस्या पनि मरिचले समाधान गर्छ । आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाएमा ठिक हुन्छ । 
     


    मंसिर १६, २०७८ बिहिवार २१:५६:२१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    खाना खाँदा किन पानी पिउनु हुँदैन ? यस्तो छ कारण

  • 280
    SHARES
  • खाना खाँदा किन पानी पिउनु हुँदैन ? यस्तो छ कारण

    काठमाडौं - धेरै मानिसहरुको खाना खाने समयमा पानी पिउने बानी हुन्छ । तर खाना खाँदा विचमा पानी पिउने बानी राम्रो होइन । यस्तो बानी तुरुन्तै बदल्नु राम्रो हुन्छ । किनकी त्यसले तपाईको स्वास्थ्यमा फाइदा गर्दैछ । 

    images

    शरिरलाई चाहिने जति पानी पिउनु राम्रो हुन्छ, भनिन्छ तर कुनै कुनै अवस्थामा पानी पिउँदा विचार पनि गर्नुपर्छ । बैज्ञानिक दृष्टिकोणबाट हाइड्रसन र पाचन प्रणालीलाई अति आवश्यक पदार्थ पानी हो ।  

    खाना खानभन्दा ३० मिनेट पहिला पानी पिउनु राम्रो हुन्छ । यसरी पानी पिएमा त्यसले विचविचमा पानी पिउने बानी हट्दै जान्छ भने खाना पचाउने रसले त्यसपछि आफ्नो काम राम्रोसँग गर्न सक्छ ।

    यदि खाना खाँदा पानी नभइ नहुने बानी छ भने थोरै पानीको सहारा पनि लिन सकिन्छ । यस्तै पानीमा कागति मिलाइएको छ भने यसबाट पाचन क्रिया छिटो हुन सहयोग गर्छ । यदि तपाईले दिनभरी एक पटक पनि पानी पिउनु भएको छैन भने खानासँग थोरै पानी पिउनु सक्नु हुन्छ किनकी शरीरमा पानीको मात्रा कम हुन दिनु पनि हुँदैन । 

    खाना खाँदा पानी पिएमा शरिरको मेटाबोलिज्म सुस्त हुन्छ र शरिरमा पर्याप्त उर्जा दहन हुँदैन, जसका कारण मोटोपना पनि बढ्छ । यस्तै  पेटमा अम्लियपना बढ्छ । खाना खाँदा पानी पिएमा युरिक एसिडको मात्रा बढ्छ र मृगौला तथा मुटुरोगका लागि जोखिम हुन्छ । यस्तै यसरी पानी पिउँदा  अपच हुने, पेट दुख्ने लगायतका समस्या पनि देखा पर्छ । 


    मंसिर १७, २०७८ शुक्रवार २०:५२:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पानी

  • क्यानाडा नेपाल

    कम्मर दुख्ने समस्या समाधान र अनुहारको दाग हटाउन कालो तिलको यसरी प्रयोग गर्नुहोस्

  • 382
    SHARES
  • कम्मर दुख्ने समस्या समाधान र अनुहारको दाग हटाउन कालो तिलको यसरी प्रयोग गर्नुहोस्

    काठमाडौं - तिल नेपालमा प्रयोग गरिने एक तेलहन बाली हो। तिललाई धार्मिक रूपले पनि उच्च मर्यादा दिइएको  भने स्वास्थ्यको लागि पनि फाइदाजनक छ । तिल ३ प्रकारका छन् कालो तिल, सेतो तिल र झुसे तिल । 

    images

    kalo til.jpg

    यी ३ मध्ये कालो तिल हाम्रो स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ । कालो तिलको प्रयोगले चायाँ, पोतो वा दाग, कालो घब्वा सजिलै हटाउन सकिन्छ । यस्तै कम्मर दुख्ने समस्या छ भने कालो तिलको प्रयोगले ठिक गर्न सकिन्छ । 

    कम्मर दुखेमा - आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाँदा यो समस्या कम हुँदै जान्छ ।

    मुखमा पोतो - जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा पोतो वा दागमा  लगाएमा पनि ठिक हुँदै जान्छ ।  

     


    मंसिर १९, २०७८ आइतवार २०:२२:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कालो तिल

  • क्यानाडा नेपाल