• Oct 18 2021 | २०७८, कार्तिक १गते

२०७८, कार्तिक १गते

सरकारले बलिको पैसा दिँदैन, दरबारले पठाउन छाड्याे टीका र जमरा

क्यानाडा नेपाल आश्विन २७ २०७८
  • 630
    SHARES
  • images
    images
    सरकारले बलिको पैसा दिँदैन, दरबारले पठाउन छाड्याे टीका र जमरा

    पोखरा - नेपालको शाहवंशीय राज्यसत्ता कास्कीबाट सुरु भएको हो । कास्कीकोट दरबारमा कुलमण्डन खाँले राज्य गरेपछि शाह वंशको सुरुआत भयो । पछि लमजुङबाट गोरखा हुँदै काठमाडौं बसाईं सरे ।

    images

    विस्तारै पुराना दरबारहरू ओझेलमा पर्दै गए । राजसंस्था रहुन्जेल कास्कीकोट, लमजुङ र गोरखा दरबार चर्चामै थिए । अहिले राज्यको पुनःसंरचना भएको छ । देशमा गणतन्त्र आयो । राजसंस्थाका अवशेषहरू पनि विस्तारै हराउँदै छन् ।

    नेपालमा राजतन्त्र छँदासम्म कहिलेकाहीँ पुरानो भूमि कास्कीकोटमा दसैं मनाउन राजपरिवार आइपुग्थे । राजसंस्था नभए पनि अघिल्लो वर्ष पूर्वयुवराज पारस शाह कास्कीकोटमै क्षमापूजा गरेर फर्किए । राजा नभएपछि शक्तिपीठहरूमा राष्ट्रपति आउनुपर्ने हो, जनप्रतिनिधि पुग्नुपर्ने हो । तर अहिलेसम्म कोही पुगेका छैनन् । राज्यको प्रतिनिधिका रूपमा भारद्धाज गोत्रका ठकुरीले परम्परा धानिरहेका छन् । कास्कीकोटमा ६ जना पुजारी छन् । अधिकारी, बराल, त्रिपाठी, तिमल्सिना दुईथरी र बास्तोलाले पूजा गर्ने चलन छ । बर्कामणि, फेवाली, कोटाले र राजा साहेवकर्ता हुन्छन् ।

    यो चलन अहिले पनि जीवित छ । गणतन्त्र आउनुअघिसम्म टीका, जमरा र नवमीको बलि दरबार पठाउने चलन थियो । ‘पहिले राजाको दसैं भन्ने हुन्थ्यो । नवमीको दिन बलि दिइएको बोकाको दाहिने सपेटो दरबारमा पठाउने चलन थियो । हाम्रा हजुरबुबाहरूले दरबारमै पुगेर राजालाई टीका लगाइदिने चलन पनि थियो,’ कास्कीकोट दरबारका पुजारी ठाकुरप्रसाद त्रिपाठीले भने, ‘पछि हुलाकबाट पठाउन थालियो । अब अहिले कता पठाउने ? अलमल छ । राष्ट्रपतिलाई पठाउने कि कता पठाउने ? न सरकारले ध्यान दियो, न पठाउ भनेको छ ।’ सरकारले पूजाका लागि लाग्ने खर्च नपठाएका कारण आफूहरूले पनि चासो नदिएको उनले सुनाए ।

    ‘हुन त राज्यले पनि हामीलाई पैसा पठाएको छैन । जाँदाजाँदा हैरान भइसक्यो । पूजा खर्च भनेर सीडीओकोमा गएको पाँच हजार दिए । संस्कार धान्न गुठियारहरूले चलाइरहनुभएको छ । नत्र परम्परा उहिलै हराइसक्थ्यो,’ उनी भन्छन्, ‘राजा नभएपछि टीका जमरा अहिले राष्ट्रपतिलाई पठाउनुपर्ने हो । त्यसो गरिएको छैन ।’

    परम्परा धान्नका लागि मात्रै आफूहरूले पूजा नछाडेको त्रिपाठी बताउँछन् । ‘परम्परा धान्नै पर्‍यो । ऋण खोजेर १७ वटा बोका र सातवटा राँगाको बलि अर्पण गर्दैछौं,’ उनले थपे, ‘हामीले समितिले ऋण खोजेरै भए पनि बलि दिन्छौं । कम्तीमा दुई लाख ३० हजार बलिमा खर्च हुन्छ । पूजाको अरु खर्च छुट्टै छ ।’ उनका अनुसार बलि दिन जातीय विभेद दरबारमा छैन । सबैले ढुक्कसँग बलि दिने व्यवस्था मिलाइएको दरबारले जनाएको छ ।

    कास्कीकोट र अन्य दरबारमा पूजा परम्परा फरक नभएको त्रिपाठीले जानकारी दिए । ‘यो त ओझेलमा परेको ठाउँ हो । यहीँको सिको लमजुङ र लमजुङको सिको गोरखाले गरेको हो, उनी भन्छन्, ‘शक्तिपीठमा पूजाको परम्परा एउटै हो । बलिमा तलमाथि हुन्छ । उता धेरै सम्पत्ति छ, २१ वटा राँगा काट्छन् । हामीसँग पैसा छैन, सातवटा काट्छौं ।’

    सरकारले हिजाेआज शक्तिपीठलाई बजेट छुट्याउन छोडेको छ । यो वर्ष विश्व शान्तिको कामना तथा नेपालको उन्नति र रोगव्याधी हरणको निमित्त संकल्प गरेर पूजा गरिएको हो । ‘कोरोनाले अघिल्लो वर्ष राम्रो भएन । अहिले कोरोना पनि घटेको छ । सामाजिक दूरी कायम गरेर भक्तालु आउनुहुन्छ,’ उनी  भन्छन्, ‘पूजा परम्परामा पनि कोभिडले थोरै असर गरेको छ । तर रौनक केही फेरिएको छैन, तरिका फेरिएको छैन ।’ शास्त्रीय पद्धतिअनुसार चल्ने भएकाले परिवर्तन नभएको बरु पहिले हराएका विधिलाई थपिएको उनको भनाइ छ ।

    कास्कीकोटमा तान्त्रिक र वैद्धिक दुवै पूजा हुन्छ । बानदार ६ जना र पाला पुजार १२ गरी १८ जना दशमीका दिनसम्म दरबारमै बस्छन् । षष्टीको दिन त्रिपाठीहरू पोखराकै रामघाट गएर सप्तमीको दिन डोलीसहित फूलपत्र भित्र्याउने चलन छ । त्यसपछि नेपालकै पुरानो टुँडिखेल कुलमण्डन पार्कमा सरुन प्रवचनसहित अष्टमीमा राति कालरात्रीको महावलि पूजा गर्ने चलन छ ।

    नवमीमा सबै भक्तजनका लागि पन्चवली पूजा हुन्छ । होम हुन्छ, वेद र चण्डी पाठ हुन्छ । दशमीको दिन टीका लगाएर वासपानी कुण्डमा लगेर विसर्जन गर्ने चलन छ । ‘मान्छेहरू उत्साही छन् । विशेष कारणले नआउने हुन सक्छ, तर उत्साह र प्रचलन घटेको छैन,’ पुजारी त्रिपाठी भन्छन्, ‘परम्परा नहराओस् भनेर नयाँ पुस्तामा पनि हस्तान्तरण गर्न थालेका छौं ।’ कास्कीकोटसहित पोखराका विन्ध्यावासिनी, तालबाराही, केदारेश्वर जस्ता महत्वपूर्ण पीठहरूमा पनि परम्पराअनुसार दसैं पूजा हुँदै आएको छ ।न्युज कारखाना


    आश्विन २७, २०७८ बुधवार ११:१८:०९ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # टीका र जमरा

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    देशका यी स्थानमा आज मेघगर्जनसहित पानी पर्ने

  • 436
    SHARES
  • देशका यी स्थानमा आज मेघगर्जनसहित पानी पर्ने

    काठमाडौं । आइतबार प्रदेश न १,  प्रदेश न २ र वागमती प्रदेशमा सामान्य वदली गण्डकी र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य वदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ। 

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको देखिन्छ । 

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । 
     
    यस्तै आज राति पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । 
     


    आश्विन ३१, २०७८ आइतवार ०६:४३:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडा नेपाल

    रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

  • 208
    SHARES
  • रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

    रसुवा - रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका-५ भोर्ले डाडाटोल बस्ने ७६ वर्षीय बुधे ग्याङदानको कुटपिटबाट श्रीमती ६१ वर्षीया बाटुली तामाङनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए । 

    images

    प्रहरीका अनुसार शनिबार घरायसी विषयमा झैझगडा हुँदा ग्याङदानले श्रीमती तामाङनीलाई घरको पिँढीबाट लात्ताले हान्दा आँगनमा बजारिन गई गम्भीर घाइते भएकी थिइन । इलाका प्रहरी कार्यालय कालिकास्थानले जानकारी पाए लगत्तै घटनास्थलमा गएको प्रहरी टोलीले गम्भीर घाइते उनको उपचारका लागि जिल्ला अस्पताल नुवाकोट पठाएको थियो । 

    चेकजाँचको क्रममा तामाङनीको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए । मृतकको शव पोष्टमाटम गरि आइतबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

    ७६ वर्षीय बुधे ग्याङदानलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । न्युज कारखाना



    आश्विन ३१, २०७८ आइतवार १९:४८:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रसुवा

  • क्यानाडा नेपाल

    रुपन्देहीमा दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु

  • 218
    SHARES
  • रुपन्देहीमा दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु

    बुटवल - रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका-४ का २१ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।

    images

    कोटहीमाई गाउँपालिका- ५ दानव नदी र तिनाउ नदीको संगमस्थल रहेको दुई मोहानमा मूर्ति विसर्जन गर्न आएका युवाको शव अबेर राति भारतीय गोताखोरले निकालेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीले रातिसम्म शव फेला पार्न नसकेपछि भारतीय गोताखोरको सहयोग लिइएको थियो ।

    भारतीय गोताखोरले शव फेला पारेपछि स्थानीयहरू नेपाली सुरक्षाकर्मीप्रति आक्रोशित भएका थिए । सोही क्रममा शवको मुचुल्का गर्न नदिने र पोष्टमार्टमको लागि पनि अवरोध गरिएको थियो । अवरोध गरिए पनि प्रहरीले सम्झाइबुझाइ शव भैरहवा भीम अस्पतलामा ल्याइ पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।

    दुर्गा मूर्ति विर्सजनको क्रममा प्रायः वर्ष जसो दुर्घटना हुने गरेको छ । गत वर्ष पनि एक युवाको यसैगरी मृत्यु भएको थियो । विर्सजनलाई लिएर प्रहरीले उच्च सतर्कता अपनाउने गरे पनि दुर्घटना हुने गरेको छ ।न्युज कारखाना
     


    आश्विन ३१, २०७८ आइतवार २०:०२:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रुपन्देही

  • क्यानाडा नेपाल

    धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर 

  • 280
    SHARES
  • धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर 

    काठमाडौं - अर्घाखाँचीमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते भएका छन । आइतबार दिउँसो अर्घाखाँचीको शितगंगा नगरपालिकाको–२ सितापुरमा ९ जनालाई अरिङ्गालले टोकेको हो । प्रहरीका अनुसार धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा उनीहरू घाइते भएका हुन् ।

    images

    घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको जनाइएको छ। बाँकी ६ जनाको स्थानीय सितापुर स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


    आश्विन ३१, २०७८ आइतवार २०:२७:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अरिङ्गाल

  • क्यानाडा नेपाल

    देशका ४ प्रदेशमा आज भारी वर्षा, यस्तो छ मौसम पूर्वानुमान

  • 342
    SHARES
  • देशका ४ प्रदेशमा आज भारी वर्षा, यस्तो छ मौसम पूर्वानुमान

    काठमाडौं । सोमबार देशको अधिकांश भू-भागमा सामान्य बदली रहि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी परिरहेको छ । यस्तै सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा ठुलो पानी परेको छ । 

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको देखिन्छ । 

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केहि स्थानहरु मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । 

    देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । 
     
    यस्तै आज राति पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । 

    देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै पानी पर्ने सम्भावना रहेको छ ।


    कार्तिक १, २०७८ सोमवार ०७:२५:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडा नेपाल

    झापामा जंगली हात्तीलाई थापेको करेन्ट लागेर एक महिलाको ज्यान गयो

  • 106
    SHARES
  • झापामा जंगली हात्तीलाई थापेको करेन्ट लागेर एक महिलाको ज्यान गयो

    काठमाडौं - झापामा हात्तीलाई थापेको करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । सोमबार बिहान भद्रपुर नगरपालिका– १० केन्द्रमोडकी ५४ बर्षिय कल्पना राई पौरियाको जंगली हात्तीलाई थापेको करेन्ट लागेर ज्यान गएको हो । 

    images

    प्रहरीका अनुसार सोमबार बिहान पौरियाले आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तार छुँदा करेन्ट लागेको हो । प्रहरीले यस घटनालाई लिएर थप अनुसन्धान गरिरहेको छ । 
     


    कार्तिक १, २०७८ सोमवार १०:०५:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # करेन्ट लागेर

  • क्यानाडा नेपाल