• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

यसरी बनाउनुहोस् घरमै बफ तथा चिकेन छोयला

क्यानाडा नेपाल आश्विन २७ २०७८
  • 870
    SHARES
  • images
    images
    यसरी बनाउनुहोस् घरमै बफ तथा चिकेन छोयला

    मासुका पारखीका लागि छोयला रोजाइमा पर्ने परिकार हो । यो खाना जति स्वादिष्ट छ, बनाउन पनि उत्तिकै सजिलो छ । हाम्रो भान्सामा पाइने सामग्रीबाट छोयला सजिलैसँग बनाउन सकिन्छ ।

    images

    बफ/चिकेन छोयलाका लागि आवश्यक सामग्री - बफ तथा चिकेनको मासु, तेल,खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ, बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी, लसुन अदुवाको पेस्ट

    मासुलाई बेँसार मोलेर लामो आकारमा काट्ने र २–३ दिनसम्म घाममा सुकाउने । यो मासुलाई आगोमा पनि सेक्न सकिन्छ । आधा सुकेको मासु सुकुटीका लागि उपयुक्त हुन्छ । मासुलाई सानो सानो टुक्रामा काट्ने । 

    प्यानमा तेल तताएर त्यसमा हरियो खुर्सानी, लसुन अदुवाको पेस्ट, बेसार, नुन, गरम मसला राख्ने र त्यसलाई काटेर राखेको मासुसँग मोल्ने । स्वादअनुसार हरियो प्याज र लसुन पनि काटेर राख्ने । अन्त्यमा हरियो धनियाँ राखेपछि छोयला खानका लागि तयार हुन्छ ।

     


    आश्विन २७, २०७८ बुधवार ११:५७:३२ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # छोयला

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    यी १५ टिप्स जो किचेनमा खाना पकाउँदा महिला पुरुष दुवैलाई उपयुक्त हुन्छ

    माघ २

  • 2.4K
    SHARES
  • यी १५ टिप्स जो किचेनमा खाना पकाउँदा महिला पुरुष दुवैलाई उपयुक्त हुन्छ

    काठमाडौँ।  विशेष गरी दिनमा महिलाको आधाभन्दा बढी समय किचेनमै बित्ने गर्छ । खाना पकाउँदा साना साना कुराले पनि समस्या उत्पन्न गराउँछ । कहिले तेल बढी हालिन्छ, कहिले नुन । कहिले खुर्सानी बढी हुन्छ त कहिले के । यहाँ दिइएका १५ टिप्स महिला पुरुष दुवैका लागि सहयोगी सावित हुन सक्छ ।

    images

    १. कागतीको प्रयोग गर्नुअघि आधा घन्टा पानीमा भिजाइदिनुस्, धेरै रस निस्कन्छ ।

    २. फलिया बनाउनुभन्दा अघि बरफ भएको पानीमा भिजाइदिनुस्, तरकारी स्वादिष्ट बन्छ ।

    ३. तरकारीमा हरियो खुर्सानी हाल्ने बेला बियाँ निकालिदिनुस्, पीरो हट्छ, स्वाद मिठो आउँछ ।

    ४. कागती स्टोर गर्न रस ट्रेमा भरेर फ्रिजमा राखिदिनुस् । टुक्रा टुक्रा भएर जमेपछि प्लास्टिकमा राख्नुहोस् ।

    ५. तरकारीमा नुन बढी भएमा एउटा आलु काटेर हालिदिनुस्, ब्यालेन्समा आउँछ ।

    ६. पकौडाको मिश्रणमा एक टिस्पुन तातो तेल हालिदिनुस्, पकौडा नरम हुन्छ ।

    ७. कुकिज स्टोर गर्ने बेला डिब्बाको मुनि टिस्यु पेपर राखिदिनुस्, ज्यादा समय फ्रेस रहन्छ ।

    ८. च्याउ स्टोर गर्न प्लास्टिकको ब्यागको सट्टा पेपर ब्यागको प्रयोग गर्नुहोस्, लामो समयसम्म च्याउ फ्रेस रहन्छ ।

    ९. भिन्डी (रामतोरिया) को तरकारी बनाउने बेला थोरै दहि हालिदिनुस, तरकारी भाँडामा लाग्दैन ।

    १०. खुर्सानीको धूलो डिब्बामा भर्नुअघि थोरै हिंग हालिदिनुस्, कीरा लाग्दैन ।

    ११. दही जमाउने बेला थोरै नरिवलको टुक्रा राखिदिनुस्, धेरै समय ताजा रहन्छ ।

    १२. पनिरलाई पानीमा राखेमा चाँडै खराब हुँदैन ।

    १३. सुन्तला र टमाटरलाई दुई मिनेट तातो पानी र फेरि दुई मिनेट चिसो पानीमा हालिदिनुस् । टमाटर र सुन्तलाको केस्रा सजिलै आउँछ ।

    १४. फ्रेन्च फाइ भुट्नुअघि आलु र थोरै मैदा हालिदिनुस्, क्रिस्पी बन्छ ।

    १५. चिनीलाई प्लास्टिकको ब्यागमा हालेर फ्रिजमा राखिदिनुस्, चिनी आपसमा टाँसिदैन ।


    माघ २, २०७७ शुक्रवार १३:५५:१० बजे : प्रकाशित

    दशैंमा घरैमा यसरी बनाउनुहोस् रेस्टुरेण्टको जस्तै सुकुटी

  • 1.2K
    SHARES
  • दशैंमा घरैमा यसरी बनाउनुहोस् रेस्टुरेण्टको जस्तै सुकुटी

    बफ/चिकेन सुकुटी हरेक उमेर समूहका मानिसले मन पराउँछन् । दसैंमा सुकुटीसँग चिउरा खाने जमात धेरै भेटिन्छन् । सबैको भान्सामा पाक्ने सुकुटी कसरी बनाउने यसको बारेमा यहाँ चर्चा गरिन्छ । 

    images

    आवश्यक सामग्री
    बफ तथा चिकेनको मासु 
    आवश्यकताअनुसार तेल
    पाँच फुरन खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ
    बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
    लसुन अदुवाको पेस्ट

    मासुलाई बेसारले मोलेर लामो आकारमा काट्ने र २–३ दिनसम्म घाममा सुकाउने । यो मासुलाई आगोमा पनि सेक्न सकिन्छ । आधा सुकेको मासु सुकुटीका लागि उपयुक्त हुन्छ । मासुलाई सानो सानो टुक्रामा काट्ने । तातो भाँडामा तेल राखेर प्याज हालेर खैरो हुनेगरी भुट्ने । त्यसमा हरियो खुर्सानी, लसुन अदुवाको पेस्ट, बेसार, नुन । गरम मसला पालैपालो हालेर चलाउने । यो मिश्रण डढ्न दिन हँुदैन । 

    त्यसैले आगो सानो पार्ने । त्यसपछि काटेर राखेको सुकुटीलाई हालेर राम्ररी चलाउने । स्वाद मन पराउनेले टमाटर काटेर राख्न पनि सकिन्छ । मासुलाई केहीबेर छोपेपछि त्यसमा मिट मसला थोरै राखेर काटेको हरियो धनियो राखेपछि सुकुटी खानका लागि तयार हुन्छ ।


    आश्विन २७, २०७८ बुधवार ०८:५१:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुकुटी

  • क्यानाडा नेपाल

    ‘एक दिनमा सय ग्रामभन्दा बढी मासु खानु हुँदैन‘ - स्वस्थ मासु कसरी चिन्ने ? 

  • 954
    SHARES
  • ‘एक दिनमा सय ग्रामभन्दा बढी मासु खानु हुँदैन‘ - स्वस्थ मासु कसरी चिन्ने ? 

    नेपालीको घर घरमा दसैं भित्रिसकेको छ । दसैंको पहिलो दिन घरघरमा घटस्थापना गरेपछि दसैं सुरू भएको हो । 

    images

    दसैंमा सबैभन्दा धेरै मासु कै परिकार पाक्छन् । यहीकारण दसैंमा मासुको खपत अत्याधिक हुने गर्छ । सामान्य समयभन्दा यो समयमा झण्डै १० गुना बढी मासु खपत हुने अनुमान छ । विशेषत फुलपातीको दिन ल्याएको मासु दसैंभरि लगाएर खाने चलन छ । तर, यसरी सेवन गरिने मासु स्वास्थ्यका लागि भने फाइदाजनक हुँदैन । 

    फुलपातीको दिन पकाएको मासु भुटेर, फ्रिजमा राखेर अनेक विधि अपनाएर स्टक गरिन्छ, तर यसरी राखिएका मासु स्वास्थका दृष्टिकोणले अस्वस्थ साबित हुन्छ ।
    मासुजन्य परिकारमा शरीरका लागि आवश्यक प्रोटिन प्रशस्त हुने भए पनि धेरै मासु खानु शरीरका लागि हानीकार हुने पोषणविद् अरुणा उप्रेतीको भनाइ छ । एकजना व्यक्तिले प्रतिदिन एक सय ग्रामसम्म मासु सेवन गर्नुपर्छ । त्यो भन्दाबढी अस्वस्थ मानिन्छ । ‘चाडबाडमा सबै जनासँगै बसेर खानेकुरा खाने मात्रै काम हुन्छ । पकायो खायो जसले गर्दा भोजनमा सन्तुलन कायम हुँदैन्,’ उप्रेती भन्छिन्,’ मिलाएर खायो भने मासु लाभदायक हुन सक्छ, जथाभावी खाँदा हानीकारक हुन्छ ।’
    बडादसैंको समय मौसमी फ्लु जस्ता रोगहरूको संक्रमणको जोखिम पनि हुन्छ । बालबालिका तथा वृद्धवृद्धाले अझ बढी स्वास्थ्य सतर्कता अपनाउनु पर्छ । मासु आफँैमा अत्याधिक बोसो हुने र पकाउँदा पनि धेरै तेल प्रयोग गरिने भएकोले मासु खाँदा स्वास्थ्यमा असर पुग्ने हुन्छ । 

    मासुसँगै दसैंको समयमा मद्यपान गर्दा यो झनै हानिकारक हुन्छ । अझ मासु पकाउँदा आगोमा पोलेर, तारेर पकाउँदा यस्तो खान्कीले मधुमेह, उच्च रक्तचाप तथा क्यान्सर गराउने तत्व शरीरमा उत्पादन गराउन मद्दत पुर्याउँछ । साथै, पाचनप्रणालीमा समेत यसले गम्भीर असर पुर्याउन सक्छ । 

    स्वस्थ मासु कसरी चिन्ने ? 
    –मासुका लागि पशुपछी खरिद गर्दा स्वस्थ पशुपंछी छान्ने । 
    –धेरै मासु एकैपटक नकिन्ने, आवश्यकताअनुसार किन्ने ।
    –फ्रिजमा ताजा मासुलाई ४८ घण्टासम्म मात्र राख्ने । 
    –फ्रिजमा मासु राख्दा छोपेर राख्ने । 
    –मासुलाई टुक्रा–टुक्रा बनाएर फ्रिजमा माइनस १८ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा राख्ने ।
    –मासुमा अम्लियपनाको मात्रा ५.७ पीएचभन्दा कम र ६.३ पीएचभन्दा बढी हुनुहुँदैन ।
    –मासु सकेसम्म ७२ डिग्री सेल्सियस तापक्रममा पकाउने । 


    आश्विन २७, २०७८ बुधवार ११:१४:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मासु

  • क्यानाडा नेपाल

    यसरी बनाउनुहोस् घरमै बफ तथा चिकेन छोयला

  • 870
    SHARES
  • यसरी बनाउनुहोस् घरमै बफ तथा चिकेन छोयला

    मासुका पारखीका लागि छोयला रोजाइमा पर्ने परिकार हो । यो खाना जति स्वादिष्ट छ, बनाउन पनि उत्तिकै सजिलो छ । हाम्रो भान्सामा पाइने सामग्रीबाट छोयला सजिलैसँग बनाउन सकिन्छ ।

    images

    बफ/चिकेन छोयलाका लागि आवश्यक सामग्री - बफ तथा चिकेनको मासु, तेल,खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ, बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी, लसुन अदुवाको पेस्ट

    मासुलाई बेँसार मोलेर लामो आकारमा काट्ने र २–३ दिनसम्म घाममा सुकाउने । यो मासुलाई आगोमा पनि सेक्न सकिन्छ । आधा सुकेको मासु सुकुटीका लागि उपयुक्त हुन्छ । मासुलाई सानो सानो टुक्रामा काट्ने । 

    प्यानमा तेल तताएर त्यसमा हरियो खुर्सानी, लसुन अदुवाको पेस्ट, बेसार, नुन, गरम मसला राख्ने र त्यसलाई काटेर राखेको मासुसँग मोल्ने । स्वादअनुसार हरियो प्याज र लसुन पनि काटेर राख्ने । अन्त्यमा हरियो धनियाँ राखेपछि छोयला खानका लागि तयार हुन्छ ।

     


    आश्विन २७, २०७८ बुधवार ११:५७:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # छोयला

  • क्यानाडा नेपाल

    यसरी सजिलै घरमै बनाउनुहोस् चिकेन रोस्ट

  • 1.3K
    SHARES
  • यसरी सजिलै घरमै बनाउनुहोस् चिकेन रोस्ट

    मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो चिकेन रोष्ट । हरेक उमेर समूहका मानिसले रोस्ट मन पराउँछन् । रोष्ट बनाउन पनि एकदमै सजिलो छ । यसरी सजिलै बनाउनुहोस् चिकेन रोस्ट ।

    images

    आवश्यक सामग्री- चिकेन आवश्यकताअनुसार, तेल, बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी, लसुन, अदुवाको पेस्ट, कागती, अण्डा 

    बनाउने तरिका - मासुमा बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी, लसुन, अदुवाको पेस्टसँगै कागतीको रस र अण्डा राखेर राम्ररी मोल्ने र कम्तिमा आधा घण्टाका लागि छोपेर राख्ने । 

    पकाउँदा भाँडामा तेल तातेपछि त्यसमा म्यारिनेट गरेर राखेको मासु हाल्ने । केही समयपछि खैरो हँुदै गएपछि त्यसलाई फकाएर पकाउने र रोस्ट खान तयार हुन्छ ।


    आश्विन २८, २०७८ बिहिवार १९:५९:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चिकेन रोस्ट

  • क्यानाडा नेपाल