• Dec 01 2021 | २०७८, मंसिर १५गते

२०७८, मंसिर १५गते

नसर्ने रोगबाट बच्न जमरा फाइदाजनक

क्यानाडा नेपाल आश्विन ३१ २०७८
  • 622
    SHARES
  • images
    images
    नसर्ने रोगबाट बच्न जमरा फाइदाजनक

    काठमाडौं - बडा दसैंलाई हिन्दुहरूले महान चाडका रुपमा मनाउँछन् । दसैंको पहिलो दिन पूजा कोठामा जमरा राखेर घटस्थापना गरिन्छ भने अन्तिम दशमीका दिन जमरासँगै टिका लगाइन्छ ।

    images

    पूजा कोठामा घामको किरण नछिर्ने गरेर बलौटे माटोमा विशेषत जौसँग मकै, गहुँ, धान राखेर उमारिन्छ । यसरी उमारेको जमरा विजयादशीको दिन टिकासँग आशिर्वाद दिएर शीरमा लगाउने प्रचलन छ । देवीशक्तिको आराधना गर्दै उमारिएको जमरा कुल देवताहरूलाई अर्पण गरी प्रसाद स्वरुप टिकासहित ग्रहण गर्ने गरिन्छ । 

    दसैंमा टिकाको आफ्नै धार्मिक मान्यता छ, तर स्वास्थ्यको दुष्टिकोणले पनि जमरा लाभदायक छ । शहरीकरणका कारण उब्जेका गम्भीर प्रकृतिका दीर्घरोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमरालाई मानिन्छ ।

    यस्तै, पछिल्लो समय जमराको जुस पिउने प्रचलन पनि बढ्दै गएको छ । जमराको झोल सेवन गर्दा छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकाहरूलाई ज्यादै फाइदा पुग्ने चिकित्सकहरूको भनाइ छ । यसमा एन्टीअक्सिडेण्ट समेत हुने भएकाले सौन्दर्यमा समेत निखार ल्याउने र शरीर तन्दुरुस्त राख्ने अध्ययनहरूले पुष्टि गरेका छन् । 

    जौको अंकुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्व भन्दा जौ वा यसको अंकुरमा पाइने तत्व तुलनात्मक रूपमा धेरै नै बढी छ ।

    जमरामा शरीरलाई आवश्यक खनीज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ । शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ ।

    पहिलोपटक खेती गरिएको अन्नबाली जौलाई मानिन्छ । गाउँघरमा अझै पनि जमरालाई सुकाएर राखी रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । जौको सातु एकदमै रुचाइन्छ । बजारमा अहिले जौको चिउरा, ओट्स र बार्लेकोको माग धेरै हुने गरेको छ । पेट सफा गर्न जौबाट बनेका खाद्य पदार्थ उपयोगी मानिन्छ ।न्युज कारखाना


    आश्विन ३१, २०७८ आइतवार ०६:४८:०२ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # जमरा

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    हङकङमा पनि देखियो कोभिडको नयाँ भेरियन्ट, यी देशबाट यात्रा गर्नेलाई २१ दिन क्वारेन्टिन

  • 220
    SHARES
  • हङकङमा पनि देखियो कोभिडको नयाँ भेरियन्ट, यी देशबाट यात्रा गर्नेलाई २१ दिन क्वारेन्टिन

    हङकङ - हङकङमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । दक्षिण अफ्रिका र क्यानडाबाट गएका दुई जनामा नयाँ भेरियन्ट देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको ।

    images

    उनीहरु दुबै जना होटलमा आईसोलेसनमा थिए । उनीहरूमध्ये क्यानडेली नागरिक भने लामो समयदेखि सोही होटलमा बस्दै आएका थिए । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिबाट उनमा नयाँ भेरियन्ट सरेको हुने अनुमान गरिएको छ ।

    परीक्षणका क्रममा उनीहरु दुबैमा नाम दिइएको भेरियन्ट देखिएको थियो । डब्लूएचओले सुरुमा B.1.1.529 नाम दिइएको भेरियन्टका कारण दक्षिण अफ्रिकाका सबै राज्यमा संक्रमण बढी रहेको पाइएको जनाएको थियो । 

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोनबाट संक्रमणको जोखिम उच्च रहेको जनाउँदै विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाएका छन् । डब्लूचएओले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ ।

    हङकङ सरकारले दक्षिण अफ्रिका, भारत, अमेरिका, बेलायतलगायतका अन्य देश भएर आउने हवाई यात्रुलाई होटेलमा अनिवार्य २१ दिन क्वारेन्टिनको व्यवस्था गरेको छ ।

     


    मंसिर १२, २०७८ आइतवार १०:३६:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    ओमिक्रोन भेरियन्टः सम्पूर्ण सीमा बन्द गर्ने इजरायलको घोषणा

  • 584
    SHARES
  • ओमिक्रोन भेरियन्टः सम्पूर्ण सीमा बन्द गर्ने इजरायलको घोषणा

    जेरुसेलम - कोभिडको नयाँ भेरियन्ट फैलिरहेका बेला इजरायलले आफ्नो देश प्रवेश गर्ने सम्पूर्ण सीमा बन्द गर्ने घोषणा गरेको छ । विश्वभर नयाँ भेरियन्टको त्रास बढिरहेका बेला आफ्ना सम्पूर्ण सीमा बन्द गर्ने इजरायल पहिलो देश हो । सरकारले दुई सातासम्म सीमा बन्द गर्ने प्रधानमन्त्री नाफताली बेन्नेटले बताए । 

    images

    सो अवधिसम्म कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध कोभिड खोपले काम गर्ने/नगर्ने बारेमा सुक्ष्म मूल्यांकन गर्ने सरकारले जनाएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको नयाँ भेरियन्टको सो भाइरसलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ । 

    ‘नयाँ भेरियन्ट झन्डै सबै देश फैलिएको छ,’ गृहमन्त्री आयलेट शकेदले भने, ‘भाइरसविरुद्ध खोप कति हदसम्म प्रभावकारी हुन्छ भन्ने बारेमा मूल्यांकन आवश्यक छ ।’एजेन्सी

     


    मंसिर १२, २०७८ आइतवार ११:५३:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन १ सय ५८ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

  • 332
    SHARES
  • नेपालमा एकैदिन १ सय ५८ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप १ सय ५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ९ सय १८ वटा परीक्षण गर्दा १ सय ५८ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख २० हजार ८ सय ७८ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९५ हजार ४ सय ७२ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ३ सय ४२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ८ लाख २ हजार ३ सय ८९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ६ हजार ९ सय ६६ जना रहेका छन्।

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप २ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय २३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


    मंसिर १२, २०७८ आइतवार १८:२२:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    वर्षमान पुनको स्वास्थ्य अवस्था कस्तो छ ?

  • 178
    SHARES
  • वर्षमान पुनको स्वास्थ्य अवस्था कस्तो छ ?

    काठमाडौं - नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ ।

    images

    गत शुक्रबार थप उपचारको लागि बैंककबाट चीन पुगेका पुनको स्वास्थ्यमा सुधार आएको पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् । उनको चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा उपचार भइरहेको छ । 

    शरीरमा देखिएको जण्डिस बढेपछि उनी केहि समयअघि बैंकक गई त्यहाँको समितिभेज अस्पतालमा उपचार गराएका थिए । तर स्वास्थ्यमा कम सुधार देखिएपछि उनलाई चीन लगिएको थियो । 
     


    मंसिर १३, २०७८ सोमवार १२:०६:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ऊर्जामन्त्री वर्षमान पुन

  • क्यानाडा नेपाल

    कोभिडको नयाँ भेरियन्टविरुद्ध नयाँ खोप आवश्यक - मोडेर्ना इन्क 

  • 632
    SHARES
  • कोभिडको नयाँ भेरियन्टविरुद्ध नयाँ खोप आवश्यक - मोडेर्ना इन्क 

    न्युयोर्क - मोडेर्ना इन्कका प्रमुख स्वास्थ्य अधिकृत पाउल बर्टनले अहिले विकसित भइरहेका कोभिड खोप नयाँ भेरियन्टका लागि प्रभावकारी नहुने आशंका व्यक्त गरेका छन् । आगामी सन् २०२२ सम्ममा परिमार्जन गरी नयाँ खोप विकसित गरिने उनले बताएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको विश्वव्यापी त्रास बढिरहेका बेला उनको सो भनाई आएको हो । 

    images

    ‘नयाँ भेरियन्टको भाइरसविरुद्ध अहिले प्रयोगमा आएका खोप प्रभावकारी हुन्छन वा हुन्नन् भन्ने बारेमा एक दुई सातामा नै थाहा हुन्छ,’ बर्टनले भने । उनले नयाँ भेरियन्टको भाइरसलाई नयाँ खोप आवश्यक पर्न सक्ने र आगामी वर्षको सुरुमा सर्वत्र उपलब्ध गरिने बताए । ‘हामीले चाँडै खोप तयार गर्न सक्छौं,’ उनले भने । 

    सक्दो सावधानी अप्नाउनु र अहिले प्रयोगमा आइरहेका खोप सक्दो प्रयोग गर्नाले नयाँ भेरियन्टबाट बच्न सकिने उनले सुझाव दिए । ‘कोभिडलाई नजरअन्दाज गरेर खोप नलगाएका व्यक्तिले तत्काल खोप लगाउनुपर्छ,’ उनले भने, ‘यो खतरनाक भाइरस भएकोले बेलैमा सावधानी अप्नाउनु पर्छ ।’ 

    ओमिक्रोन भेरियन्ट फैलिएपछि अमेरिकाकाे म्यासाचुसेट्समा रहेको बायोटेक कम्पनीले बिहीबार सयौं कर्मचारी परिचालन गरेको थियो । एजेन्सी


    मंसिर १३, २०७८ सोमवार १५:०९:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन २ सय ५९ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

  • 436
    SHARES
  • नेपालमा एकैदिन २ सय ५९ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप २ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
     
    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ८ सय ८८ वटा परीक्षण गर्दा २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख २१ हजार १ सय २१ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९५ हजार ४ सय ८८ पुगेको छ।  

    images

    साथै पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ८ लाख २ हजार ६ सय ५३ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित ६ हजार ९ सय ४४ जना रहेका छन्।

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप १ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय २४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


    मंसिर १३, २०७८ सोमवार १७:५९:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल