• Dec 01 2021 | २०७८, मंसिर १५गते

२०७८, मंसिर १५गते

सरकारी कार्यालय खुले : काठमाडौँ उपत्यकामा चहल पहल बढ्यो

क्यानाडा नेपाल आश्विन ३१ २०७८
  • 416
    SHARES
  • images
    images
    सरकारी कार्यालय खुले : काठमाडौँ उपत्यकामा चहल पहल बढ्यो

    काठमाडौं - बडादसैँ (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय खुलेका छन् । राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ । 

    images

    आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले काठमाडौँ उपत्यकामा सवारी साधनको केही चाप बढेको छ । दसैँमा सुनसान प्रायःबनेको काठमाडौँमा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन् ।
            
    प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बाक्लिएको छ । सबैजसो मन्त्रालयमा मन्त्री, कर्मचारी तथा आगन्तुकको बाक्लो उपस्थिति देखिन्थ्यो । विभिन्न मन्त्रालयका मन्त्री पनि कार्यालय पुगेर नियमित काममा व्यस्त देखिनुहुन्थ्यो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्रालय पुगेर नियमित काममा व्यस्त रहनुभएको उहाँका स्वकीय सचिव रामजी थापाले जानकारी दिनुभयो । अन्य विभागीय मन्त्री पनि नियमित काममा व्यस्त हुनुभएको छ ।
            
    दसैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ ।
     
    काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लोरूपमा देखिएको छ । उपत्यकामा औषधि, खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाडौँ उपत्यकामा दसैँको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ । बाक्लो सङ्ख्यामा सवारी साधन चले पनि ट्राफिक जाम नरहेको ट्राफिक प्रहरीको भनाइ छ ।
            
    दसैँ मनाउन गाउँघर गएका सर्वसाधरण पनि धमाधम काठमाडौँ भित्रिरहेका छन् । कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दसैँ मनाएर राजधानी फर्कनेको भिडभाड देखिन्छ । मानिवसको चहलपहल र सवारीसाधनको आवतजावत तथा बजार पसल पनि क्रमशः खुल्न थालेकाले राजधानी काठमाडौँ पुरानै लयमा फर्कन थालेको अनुभूति हुन्छ ।रासस


    आश्विन ३१, २०७८ आइतवार १८:१४:२९ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौं उपत्यका

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    म्याग्दीमा जीप दुर्घटना हुँदा वडा सदस्यसहित ३ जनाको घटनास्थलमै ज्यान गयो

  • 230
    SHARES
  • म्याग्दीमा जीप दुर्घटना हुँदा वडा सदस्यसहित ३ जनाको घटनास्थलमै ज्यान गयो

    काठमाडौं - म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । सोमबार साझँ  बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो घुगंगा गाउँपालिका– १, बेगखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

    images

    ८ जना सवार उक्त जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै  ज्यान गएको छ । ज्यान गुमाउनेमा वडा सदस्य गौमाया विक , खिमनाथ शर्मा र खिमु पुन रहेका छन् । 

    दुर्घटनामा घाइते हुनेमा बलबहादुर बिक ,ज्ञानु शेरपुर्जा , दुतबहादुर थापा 'चालक' लगायतका ५ जना रहेका छन् । जीप सडकदेखी करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ । 


    मंसिर १३, २०७८ सोमवार १९:४९:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना

  • क्यानाडा नेपाल

    १० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?  

  • 318
    SHARES
  • १० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?  

    काठमाडौं - सरकारले १० जना सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

    images

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई ल्याइएको छ । उनले यसअघि उक्त मन्त्रालयमा सहसचिव तथा प्रवक्ता भएर काम गरिसकेका छन् ।

    उक्त मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेका एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । उक्त मन्त्रालयमा रहेका सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ ।

    यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । उक्त मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

    शिक्षा मन्त्रालयका शिक्षातर्फका सचिव रामप्रसाद थपलियाको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा राखिएको छ । ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीको निर्वाचन आयोगमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव भरतमणि सुवेदीलाई आयोगमा  पठाइएको छ ।

     


    मंसिर १३, २०७८ सोमवार २०:१८:५३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    आज दिनभरको मौसम कस्तो रहला ?

  • 154
    SHARES
  • आज दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा बिहानको समयमा चिसो बढ्दै गइहेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्दै गरेकोले चिसो बढ्दै गएको छ । 
     
    मंगलबार देशभर आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
     
    आज दिउँसो देशभर आँशिक बदली रहने छ।  यस्तै आज राति पनि सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भु-भागमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली  रहने छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    images


    मंसिर १४, २०७८ मंगलवार ०७:३३:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडा नेपाल

    रमेश प्रसाईं र नन्दा सिंहलाई पूत्री लाभ

  • 454
    SHARES
  • रमेश प्रसाईं र नन्दा सिंहलाई पूत्री लाभ

    काठमाडौं । संचारकर्मी रमेश प्रसाईं र सामाजसेवी नन्दा सिंहलाई आज बिहान पूत्री लाभ भएको छ ।

    images

    अघिल्लो वर्ष विवाह बन्धनमा बाँधिएका प्रसाईं र नन्दा सिंहलाई आज काठमाडौंको एक अस्पतालमा पूत्री लाभ भएको हो । कलाकार दिपाश्री निरौला आज बिहान अस्पताल पुगेर बधाई दिंदै फोटोहरु पोष्ट गरेकी छिन् ।

    prasairameshwithchori.jpg

    रमेश प्रसाईंले धरानमा बसेर आफ्नो पत्रकारिता अघि बढाई रहेका थिए भने नन्दा सिंह काठमाडौंमा सामाजिक संस्था चलाईरहेकी थिईन । यी दुईको प्रेम विवाह भएको हो । विवाह पश्चात रमेश प्रसाईं काठमाडौं बस्न थालेका हुन् । 


    मंसिर १४, २०७८ मंगलवार १०:३५:५३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    अछाममा बस दुर्घटना : दुई जनाको ज्यान गयो

  • 196
    SHARES
  • अछाममा बस दुर्घटना : दुई जनाको ज्यान गयो

    काठमाडौं । अछाममा मंगलबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना६ख ८२९ नम्बरको बस कैलाशखोला नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

    images

    दुर्घटनामा परी मंगलसेन नगरपालिका-१४ का ५७ बर्षीय टंकबहादुर भण्डारी र मंगलसेन नगरपालिका-१ बस्ने २१ बर्षीय एकेन्द्र थापाकाे ज्यान गएकाे प्रहरीकाे भनाइ छ । 

    प्रहरीका अनुसार बसमा कति यात्रु थिए भन्ने एकिन विवरण आइसकेको छैन । बस उल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


    मंसिर १४, २०७८ मंगलवार १६:५१:५२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    देशका यी स्थानमा आज बर्षा र हिमपात

  • 108
    SHARES
  • देशका यी स्थानमा आज बर्षा र हिमपात

    काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा बिहानको समयमा चिसो बढ्दै गइहेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्दै गरेकोले चिसो बढ्दै गएको छ । 
     
    बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली  रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली (Westerly Trough)र अरव सागरमा बनेको न्यून चापीय क्षेत्र (Low Pressure System) र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
     
    आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमालीभू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

    images

    यस्तै आज राति पनि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको छ।

     


    मंसिर १५, २०७८ बुधवार ०७:३०:३५ बजे : प्रकाशित


    क्यानाडा नेपाल