• Dec 01 2021 | २०७८, मंसिर १५गते

२०७८, मंसिर १५गते

महामारीबीच दुबईमा धनाढ्यको संख्या बढेको बढ्यै

क्यानाडा नेपाल कार्तिक १ २०७८
  • 408
    SHARES
  • images
    images
    महामारीबीच दुबईमा धनाढ्यको संख्या बढेको बढ्यै

    दुबई - दुबईका निजी बैंक र सम्पत्ती व्यवस्थापन क्षेत्रका लागि यो वर्ष पनि सुखद  रह्यो । सन् २०१९ मा व्यक्तिगत रूपमा उच्च सम्पत्ती भएका व्यक्ति बस्ने सहरहरूमा  दुबई सबैभन्दा अग्रपंक्तिमा आउथ्यो । त्यस्तै, विश्वका धनी व्यक्तिहरुको छनौटमा दुबई उच्च १० गन्तव्यमा पर्दथ्यो ।

    images

    सन् २०२० को सुरूदेखि नै महामारीको चपेटामा परेको दुबई सार्वजनिक स्वास्थ्य समस्या देखिएको थियो । यद्यपी रोग नियन्त्रण गर्न देशले उल्लेख्य भूमिका खेलेको थियो ।

    अर्बपतिहरुको गतिविधि अनुसन्धान गर्ने संस्था न्यु वल्र्ड हेल्थ (एनडब्लुएच) ले दुबईमा हाइ–नेट–वेल्थ इन्डिभिजुअल (एचएनडब्लुआई) को संख्या यो जुन महिनामा ३ दशमलब ८ प्रतिशतले बढेको जनाएको छ । दुबईमा गत डिसेम्वरमा ५२ हजार एचएनडब्लुआईमा रहेकोमा अहिले ५४ हजार पुगेको हो । एचएनडब्लुआई अर्थतन्त्रको एउटा शब्द हो जसको अर्थ अमेरिकी डलर १० लाख भन्दा बढी सम्पत्ती भएका धनाढ्य भन्ने बुझाउँछ ।

    मध्येपूर्व र अफ्रिका (एमइए) क्षेत्रमा दुबई संसारकै धनी सहर हो । दुबई १६५ ‘सेन्टी–मिलिअनरिज’ र १२ ‘विलिअनरिज’को घरसमेत हो । कम्तिमा एक मिलियन डलर रकम, सम्पत्ती र व्यवसाय भएका व्यक्तिको संख्या जुनमा २ दशमलब ५ प्रतिशतले बढेको एनडब्लुएचको अध्ययनमा उल्लेख छ ।

    अर्को एक छुट्टै अध्ययनमा मध्यपूर्वमा आगामी पाँच वर्षमा ३० मिलियन (३ करोड) डलर सम्पत्ती भएका व्यक्तिहरुको संख्या २४ दशमल ६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।एजेन्सी


    कार्तिक १, २०७८ सोमवार ०७:४९:३३ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # धनाढ्य

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    होन्डुरसले पहिलो महिला राष्ट्रपति पाउँदै

  • 178
    SHARES
  • होन्डुरसले पहिलो महिला राष्ट्रपति पाउँदै

    होन्डुरस - होन्डुरसकी प्रथम महिला तथा  विपक्षी दलकी नेतृ सिमोरा क्यास्ट्रो देशको पहिलो राष्टपति बन्ने भएकी छिन् । उनको विजय निश्चित भएसँगै प्रमुख विपक्षी दल १२ वर्षपछि सत्तामा पुग्ने भएको छ ।  उनका श्रीमान १२ वर्षअघि सेनाको कुमा परेका थिए ।

    images

    अ‍ाधाभन्दा बढी मतगणना हुँदा क्यास्ट्रोले ५३ प्रतिशत मत प्राप्त गरेकी छन् । मतगणना भइरहँदा उनी सत्तारुढ नेसनल पार्टीका उम्मेदवार नसरया ‍अ‍‍ासफुराभन्दा २० प्रतिशत मतमा लिडिङ गरेकाे रहेको त्यहाँको निर्वाचन अ‍ायोगले जनाएको छ । १८ लाख मत गणना हुँदा ३ लाख ५० हजारभन्दा बढी मतले अग्रस्थानमा  छिन् ।

    क्यास्ट्रोका श्रीमान म्यानुएल  जिलायलाइ सन् २००९ मा सेनाको सहयोगमा कु गरिएको थियो । क्यास्ट्रोले अ‍ाफू  विजयी भएको दाबी गरेकी  छिन् । उनका समर्थकले ६२ बर्षीया क्यास्टो  विजयी भएको भन्दै खुसियाली मनाएका छन् । 

     


    मंसिर १४, २०७८ मंगलवार ०९:१६:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # होन्डुरस

  • क्यानाडा नेपाल

    अफ्रिकाबाट आएका युवकमा ओमिक्रोन भाइरस देखिएपछि उच्च सतर्कता अपनाइदै

  • 488
    SHARES
  • अफ्रिकाबाट आएका युवकमा ओमिक्रोन भाइरस देखिएपछि उच्च सतर्कता अपनाइदै

    नयाँ दिल्ली - हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।भारतमा चार दिनअघि दक्षिण अफ्रिकाबाट आएका एकजना ३२ वर्षीय युवकलाई पिसीआरको रिपोर्ट पोजेटिभ आएपछि उनलाई उच्च निगरानीमा राखिएको बताइएको छ ।

    images

    तर पनि उनलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन हो कि होइन भन्ने बारेमा स्पष्ट भने भइसकेको छैन । नयाँ दिल्लीका स्वास्थ्य अधिकारीहरुले दक्षिण अफ्रिकाबाट आएका ती नागरिकमा यो नयाँ भेरियन्ट भेटिन सक्ने अनुमान मात्र गरिएको बताएका छन् ।दक्षिण अफ्रिकामा हालैमात्र भेटिएको भनिएको सो भेरियन्ट विश्वका कैयौँ देशमा फैलिइरहेको बताइएको छ । विश्वका अरु पनि कैयौँ देशले यो भाइरसबाट बच्नका लागि अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेका प्राप्त समाचारमा जनाइएको छ ।

    भारतको नयाँ दिल्लीमा र अरु पनि अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइएको छ । यहाँ अफ्रिकाबाट आउने उडान रोकिएको छ । त्यस्तै यात्रुहरुको पिसीआर परीक्षणलाई अनिवार्य गरिने गरी नयाँ मापदण्डहरु लागू गरिएको छ ।सिन्ह्वा


    मंसिर १४, २०७८ मंगलवार १३:५३:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    भारतमा एकैदिन ७ हजार ७ सय कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

  • 110
    SHARES
  • भारतमा एकैदिन ७ हजार ७ सय कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ । 
     
    भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७६ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ६९ हजार ५६ जना पुगेको छ ।  
     
    पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ४५ लाख ९५ हजार ७ सय ७३ पुगेको छ ।  

    images

    यस्तै पछिल्लो २४ घण्टामा १० हजार १ सय १६ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ४० लाख १८ हजार २ सय ९९ पुगेको छ । यस्तै सक्रिय संक्रमितको संख्या एक लाख ८ हजार २ सय १८ रहेको छ । 
     


    मंसिर १५, २०७८ बुधवार ०८:१७:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    कछुवाको मासु खाँदा ७ जनाको मृत्यु, ३८ जना बिरामी

  • 166
    SHARES
  • कछुवाको मासु खाँदा ७ जनाको मृत्यु, ३८ जना बिरामी

    दारेसलाम - तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा एक बालक पनि छ । पेम्बा द्धीपका पाँचै जनाले कछुवाकाे मासु खाएका थिए । 

    images

    तान्जानियाका तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन छ । उनीहरुको मृत्युपछि स्थानीय प्रशासनले छुवाको मासु खान प्रतिबन्ध लगाएकाे छ । 

    टर्टल फाउन्डेशन नामक संस्थाका अनुसार कछुवाले खाने विषालु लेउका कारण मासु पनि विष हुन्छ । विषालु मासुले विशेष गरी बालबालिका र वृद्धवृद्धालाई नराम्रो अशर गर्ने भन्दै संस्थाले आगामी दिनमा त्यस्तो मासु नखान सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

    तान्जेनियामा कछुवाको मासु खाँदा बारम्बार मानिसहरुको मृत्यु हुने गरेको छ । यसअघि मार्चमा म्याडगस्करमा कछुवाको विषालु मासु खाँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको थियो ।एजेन्सी
     


    मंसिर १५, २०७८ बुधवार ०८:४०:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कछुवा

  • क्यानाडा नेपाल

    विश्वभर बढ्यो कोरोना संक्रमण, एकैदिन ५ लाख ७८ हजार संक्रमित थपिए, कहाँ कति ?

  • 96
    SHARES
  • विश्वभर बढ्यो कोरोना संक्रमण, एकैदिन ५ लाख ७८ हजार संक्रमित थपिए, कहाँ कति ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारैबढ्दै गइरहेको देखिएको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
     
    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ७८ हजार १ सय ८५ कोरोना संक्रमित थपिएका छन् । यसअघि मंगलबार विश्वभर एकैदिन ४ लाख ३९ हजार ४ सय ८० कोरोना संक्रमित थपिएका थिए । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २६ करोड ३० लाख १३ हजार ३ सय ६२ पुगेको छ ।  

    images

    यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ५ सय ३६ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ लाख ३२ हजार ५ सय ७७ पुगेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ९८ हजार २ सय ३१ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २३ करोड ७४ लाख ९४ हजार ८ सय ३८ कोरोना संक्रमित निको भइसकेका छन् ।

    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख २ हजार ९ सय ७२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ करोड ९४ लाख २२ हजार १२ पुगेको छ । यस्तै अमेरिकामा ३ करोड ९१ लाख ९५ हजार ६ कोरोना संक्रमित निको भइसकेका छन् ।

    ff.PNG


    मंसिर १५, २०७८ बुधवार ०९:०८:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अष्ट्रेलिया र जापानले लगाए अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध

  • 82
    SHARES
  • अष्ट्रेलिया र जापानले लगाए अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध

    सिड्नी, १५ मंसिर-अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जाेखिम बढेकाे भन्दै ती देशले अन्तराष्ट्रिय विद्यार्थीलाइ प्रवेशमा  राेक लगाएका हुन् । साे निर्णयबाट विभिन्न देशका विद्यार्थी प्रभावित हुने भएका छन् ।अस्ट्रेलियाले अ‍ाज १ डिसेम्बरदेखि लागू हुने गरी  विदेशी  विद्यार्थीमा प्रतिबन्ध लगाएकाे हाे । याे प्रतिबन्ध दुई सातासम्म लागू हुनेछ । 

    images

    जापान सरकारले सोमबार देखि लागू हुने गरी सबै अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध लगाइएकाे जनाएकाे छ । काेभिडकाे नयाँ भेरियन्ट देखिएपछि  यी दुबै देशले अफ्रिकी मुलुकसँगकाे हवाई यात्रामा राेक लगाएका  थिए । 


    मंसिर १५, २०७८ बुधवार ०९:२९:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जापान

  • क्यानाडा नेपाल