• Dec 07 2021 | २०७८, मंसिर २१गते

२०७८, मंसिर २१गते

साफ उपविजेता नेपाली खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने सरकारको निर्णय 

क्यानाडा नेपाल कार्तिक १ २०७८
  • 584
    SHARES
  • images
    images
    साफ उपविजेता नेपाली खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने सरकारको निर्णय 

    काठमाडौं - पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई नेपाल सरकारले पुरस्कार राशि घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपको १३औँ संस्करणको उपविजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

    images

    saff-nepali-team-5.jpg

    यस्तै बैठकले प्रशिक्षकलाई भने ३ लाख रुपैयाँ दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । ‘नेपाल सरकारले आज पुरस्कार दिने निर्णय गरेको छ’, यू–२३ टोलीको विदाइ कार्यक्रममा मन्त्री गहतराजले भने । 

    saff-nepali-team-4.jpg

    शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित हुँदै उपविजेतामा सीमित बन्न पुगेको थियो ।  उपविजेता नेपाली टोली सोमबार बिहान स्वदेश फर्किसकेको छ।न्युज कारखाना 

     


    कार्तिक १, २०७८ सोमवार १८:३३:२१ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली टोली

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    इंग्लिस प्रिमियर लिग : चेल्सी पराजित हुँदा सिटीलाई शीर्षस्थानमा

  • 182
    SHARES
  • इंग्लिस प्रिमियर लिग : चेल्सी पराजित हुँदा सिटीलाई शीर्षस्थानमा

    काठमाडौं - अघिल्लो खेलमा चेल्सी पराजित भएपछि म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति सिटीले घरेलु टोली वाट्फोर्डलाई ३–१ अन्तरले पराजित गर्दै अंक तालिकामा चेल्सीलाई पछि पार्दे शीर्षस्थानमा उक्लिएको हो । 

    images

    सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा रहिम स्टर्लिङले एक गोल गरे । घरेलु टोली वाट्फोर्डका जुआन हर्नान्डेजले एक गोल फर्काए । 

    यता, अर्काे खेलमा लिभरपुलले उल्भ्सलाई १–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लियो । चेल्सी पराजित भएको फाइदा लिभरपुलले समेत उठाउँदै दोस्रो स्थान पायो । लिभरपुलको एक मात्रै गोलमा डिभोक ओरिजी नायक रहे । 

    यसअघि चेल्सी घरेलु टोली वेष्ट हाम युनाईटेडसँग ३–२ अन्तरले पराजित हुँदै शीर्षस्थान गुमाएको थियो । जितसँगै सिटी १५ खेलबाट ३५ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३४ अंक छ । यता, शीर्षस्थान गुमाएको चेल्सी ३३ अंकसहित तेस्रो स्थानमा छ भने वेष्ट हाम २७ अंकसहित चौथो स्थानमा छ । 


    मंसिर १९, २०७८ आइतवार ०८:४१:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडा नेपाल

    बुन्डेसलिगा : बायर्नद्वारा डर्टमण्ड पराजित

  • 188
    SHARES
  • बुन्डेसलिगा : बायर्नद्वारा डर्टमण्ड पराजित

    काठमाडौं - बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ । डर्टमुन्डको घरेलु मैदान सिग्नल इदुना पार्कमा भएको खेलमा बायर्नले ३–२ को जित सहित शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको हो । 

    images

    बायर्नको जितमा पोलिस फरवार्ड रोबार्ट लेवाण्डोस्कीले २ तथा किङ्स्ले कोमानले १ गोल गरे । यता, पराजित डर्टमन्डका लागि जुलिय ब्रान्डट र एर्लिङ ब्राउट हाल्याण्डले समान १ गोल गरे । 

    यो जितसँगै बायर्नले १४ खेलमा ११ जितसहित ३४ अंक बनाउँदै शीर्षस्थानमा कब्जा जमाएको छ । यता, पराजित डर्टमन्ड भने समान खेलबाट १० जितसहित ३० अंक बनाएर दोस्रो स्थानमा छ । 


    मंसिर १९, २०७८ आइतवार ०८:५०:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जर्मन बुन्डेसलिगा

  • क्यानाडा नेपाल

    नेपाली रेस्लर जुरेलीले हराइन् अमेरिकी रेस्लर स्ट्रोमलाई

  • 316
    SHARES
  • नेपाली रेस्लर जुरेलीले हराइन् अमेरिकी रेस्लर स्ट्रोमलाई

    काठमाडौं - नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धा सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन् ।

    images

    भृकुटीमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको खेलमा अस्मिताले स्ट्रोमलाई पराजित गरेकी हुन् ।  नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पाखा लगाए । 

    jur.jpg

    पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पारे । जोर्डनले भारतीय रेस्लरसंग खेल्ने तालिका भएपनि भारतीय रेस्लर नआएपछि जोर्डन ठागुसंग भिडेका थिए ।

    नेपाली महिला रेस्लरबीचको सिंगल फाइटमा सपना तामाङ विजयी भइन् । सपनाले जमुना तामाङलाई पाखा लगाइन् । पुरुष सिंगल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोमाथि जित हात पारे ।

    विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, रेस्लर भरतबहादुर विसुराल (हिमालयन टाइगर), प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतले एक कार्यक्रमबीच बेल्ट र पुरस्कार वितरण गरे । एकदिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका रेस्लर सहभागी थिए ।


    मंसिर १९, २०७८ आइतवार १४:०८:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अस्मिता जुरेली

  • क्यानाडा नेपाल

    इंग्लिस प्रिमियर लिगमा युनाइटेड र टोटनहम विजयी 

  • 160
    SHARES
  • इंग्लिस प्रिमियर लिगमा युनाइटेड र टोटनहम विजयी 

    काठमाडौं - इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड र टोटनहमले जित हात पारेका छन् । आइतबार राति भएको खेलमा म्यानचेष्टरले घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको हो । युनाइटेडका लागि निर्णायक गोल फ्रेडले ७७औँ मिनेटमा गरे ।

    images

    अर्काे खेलमा टोटनहमले नर्विच सिटीलाई ३-० ले पराजित गरेकाे छ ।  घरेलु मैदान टोटनहमलाई जिताउँन लुकास मौरा, डाभिन्सन सान्चेज र हिङ मिन सनले १-१ गोल गरे । 

    जितसँगै म्यानचेस्टर युनाइटेड १५ खेलबाट २४ अंक जोडेर छैटौँ स्थानमा छ । पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १३औँ स्थानमा रहेको छ । अर्काे खेलमा टोटनहमले २५ अंक जोड्दै पाँचौ स्थानमा छ । पराजित नर्विच पुछारमा रहेकोे छ । 

     


    मंसिर २०, २०७८ सोमवार ०७:५४:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडा नेपाल

    इंग्लिस प्रिमियर लिगमा आर्सनल एभर्टनसँग पराजित

  • 142
    SHARES
  • इंग्लिस प्रिमियर लिगमा आर्सनल एभर्टनसँग पराजित

    काठमाडौं - एभर्टनले इंग्लिस प्रिमियर लिगमा लण्डन क्कब आर्सनललाई पराजित गरेको छ । सोमबार राति एभर्टनले घरेलु मैदान गुडिसन पार्कमा आर्सनललाई २-१  अन्तरले जित्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।

    images

    एभर्टनको जितमा रिचार्लीसन र डिमाराई ग्रेले १-१ गोल गरे । आर्सनलका मार्टिन ओडेगार्डको गोल  गरे ।

    जितसँगै १२ औं स्थानमा रहेको एभर्टनले १५ खेलबाट १८ अंक जोडेको छ ।  पराजित आर्सनल २३ अंक जोडेर सातौँ स्थानमा छ । 

     


    मंसिर २१, २०७८ मंगलवार ०७:३६:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडा नेपाल

    भारतविरुद्ध दक्षिण अफ्रिका डीन एल्गरको कप्तानीमा उत्रने 

  • 70
    SHARES
  • भारतविरुद्ध दक्षिण अफ्रिका डीन एल्गरको कप्तानीमा उत्रने 

    काठमाडौं - भारतविरुद्ध हुने तीन आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप शृङ्खलाको लागि दक्षिण अफ्रिकाले २१ सदस्यीय टोली घोषणा गरेको छ । 

    images

    भारतविरुद्ध डीन एल्गरको कप्तानीमा दक्षिण अफ्रिका मैदान उत्रँदा टोलीमा डुआन ओलिभियरले पुनरागमन गर्नेछन् । उनले सन् २०१९ मा अन्तिम पटक श्रीलंकाविरुद्ध टेस्ट खेलेका थिए । 

    कप्तान डीन एल्गरले आफ्नो कप्तानीमा पहिलो पटक घरेलु मैदानमा खेल्दैछन् ।  यसअघि गत जुनमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध २–० ले टेस्ट आफ्नो पक्षमा पारेको थियो । 

    सिसन्दा मगला र रायन रिकेल्टनले पहिलो पटक टेस्ट टिममा स्थान बनाएका छन् । यस्तै ग्लेन्टन स्टुरम्यान र प्रिनेलन सुब्रयेन समेत टोलीमा छन् । 

    दक्षिण अफ्रिका र भारतबीच तिन टेस्ट र तिन एकदिवसीय शृङ्खला चल्नेछ । टेस्ट २६ डिसेम्बरमा सुरु हुनेछ । यस्तै तिन एकदिवसीय खेल भने १९ देखि २३ जनवरीसम्म हुनेछ । 

    दक्षिण अफ्रिकन टिम

    डीन एल्गर (कप्तान), टेम्बा बावुमा (उपकप्तान), क्विन्टन डि कक (विकेट किपर), कागिसो रबाडा, सारेल एरवी, बेउरान हेन्ड्रिक्स, जर्ज लिन्डे, केशव महाराज, लुंगी एनगिडी, एडेन मार्कराम, वायन मुल्डर, एनरिक नोटर्ज, कीगान पिटरसन, रसीई भान डेर डुसेन, काईल भेरेनी, मार्को जेन्सेन, ग्लेनटन स्टुरम्यान, प्रेनेलन सुब्रायन, सिसान्डा मगला, रायन रिकेल्टन, डुआन ओलीभर 


    मंसिर २१, २०७८ मंगलवार १८:५०:३५ बजे : प्रकाशित


    क्यानाडा नेपाल