• Dec 01 2021 | २०७८, मंसिर १५गते

२०७८, मंसिर १५गते

आर्थिक हिनामिना गरेको आरोपमा कृषि विकास बैंक गुञ्जनगर शाखा प्रमुख निलम्बनमा 

क्यानाडा नेपाल कार्तिक २ २०७८
  • 720
    SHARES
  • images
    images
    आर्थिक हिनामिना गरेको आरोपमा कृषि विकास बैंक गुञ्जनगर शाखा प्रमुख निलम्बनमा 

    चितवन - सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले आर्थिक हिनामिना गरेको आरोपमा चितवनस्थित कृषि बैंकको गुञ्जनगर शाखा प्रमुखलाई निलम्बन गरेको छ । शाखा प्रमुख शोभाकुमारी दत्तलाई १५ दिनअघि निलम्बन गरी बैंकले छानविन गरिरहेको हो । 

    images

    ग्राहकलाई ऋण उपलब्ध गराइदिएबापत ग्राहकसँग कमिसन लिने गरेको र गैरकानुनी रूपमा बैंकको पैसा बिनाब्याज ग्राहकलाई सापटी दिने गरेको आरोप शाखा प्रमुख दत्तलाई लागेको छ । छानविनका लागि केन्द्रबाट दुई जना र प्रदेशबाट एक गरी तीन जना कर्मचारी खटिएको बैंकले जनाएको छ ।

    शाखा प्रमुख दत्त कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायका डिन जयप्रकाश दत्तकी श्रीमती हुन् । छानविन समितिले गुञ्जनगर शाखामा आएर आवश्यक कागजपत्र लिएर गइसकेको छ । शाखा प्रमुखको जिम्मेवारी बैंकको प्रदेश कार्यालयका कुमार उप्रेतीलाई दिइएको छ ।

    लेखापरीक्षण गर्दा कैफियत भेटिएपछि शाखा प्रमुखलाई निलम्बन गरि छानविन गर्ने काम भइरहेको कृषि विकास बैंकको केन्द्रीय प्रवक्ता हिमलाल पौड्यालले जानकारी दिए । ‘लेखापरीक्षण हुँदा केही कैफियत देखियो । धितो र परियोजनामा केहि कैफियत देखियो । त्यसपछि छानविन हुन जरुरी छ भन्ने भएपछि त्यसको काम भइरहेको छ’, उनले भने ।

    जिल्ला निरीक्षकलाई पठाएर छानविन थालिएको उनले बताए । छानविनमा प्रभाव पर्न सक्ने भन्दै उनले छानविन समितिका सदस्यहरूको नाम खुलाउन भने चाहेनन् । ‘छानविनकै क्रममा रहेकाले अरू भन्न मिल्ने अवस्था रहेन । जतिसक्दो चाँडो रिपोर्ट दिने भन्ने छ । गम्भीर प्रकृतिको भए धेरै दिन लाग्न सक्छ । रिपोर्ट आएपछि मात्र वास्तविकता बाहिर आउँछ’, उनले भने । 

    कृषि विकास बैंकको पैसा ग्राहकको अन्य बैंकमा भएको ऋण चुक्ताका लागि ग्राहकलाई बिना ब्याज सापटी उपलब्ध गराएको पाइएपछि शाखा प्रमुख दत्तलाई निलम्बन गरिएको स्रोतले जानकारी दियो । कृषि बैंकमा सस्तो ब्याजदरमा ऋण पाइने भएकाले अर्काे बैंकको ऋण चुक्ताका लागि त्यसरी सापटी दिएको देखिन्छ । 

    ‘बैंकको पैसा कर्मचारीको खातामार्फत ग्राहकको खातामा गएको देखियो । ग्राहक र कर्मचारीको खातामा त्यसरी लेनदेन भएको हुनुहुँदैन’, स्रोतले भन्यो, ‘ग्राहकले अन्य बैंकमा भएको ऋण चुक्ताका लागि त्यसरी बिनाव्याज सापटी लिएको देखिन्छ । कानुनले त्यसो गर्न पाइँदैन ।’ शाखा प्रमुख दत्तले ग्राहकलाई सहुलियतको ऋण उपलब्ध गराएबापत ग्राहकसँग कमिसन लिएको र उनको खातामा अस्वाभाविक रकम पनि देखिएको स्रोतले बताएको छ ।कुलप्रसाद काफ्ले 


    कार्तिक २, २०७८ मंगलवार २०:५९:३७ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कृषि विकास बैंक

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    प्राइम कमर्सियल बैंकको साधारणसभा ६ पुसमा, लाभांश पारित मुख्य एजेन्डा

  • 174
    SHARES
  • प्राइम कमर्सियल बैंकको साधारणसभा ६ पुसमा, लाभांश पारित मुख्य एजेन्डा

    काठमाडौं - प्राइम कमर्सियल बैंकले ६ पुसमा १४औं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभा बैंकको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्समार्फत सुरु हुनेछ । 

    images

    बैंकले सभामा भाग लिने सेयरधनीलाई पासवर्ड उपलब्ध गराउने जनाएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले २२ मंसिरमा बुक क्लोज गर्दैछ । यसअनुसार २१ मंसिरसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन तथा सभामा भाग लिन सक्नेछन् ।

    सभामा  गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत गरी कुल १६ दशमलव ६३ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

    प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग गाभ्ने/गाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतको एजेन्डा छ । त्यसैगरी, सभामा आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । 


    मंसिर १२, २०७८ आइतवार १२:३४:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्राइम कमर्सियल बैंक

  • क्यानाडा नेपाल

    मौद्रिक नीतिको समीक्षाको प्रभाव : नेप्से उच्च अङ्कले घट्यो

  • 204
    SHARES
  • मौद्रिक नीतिको समीक्षाको प्रभाव : नेप्से उच्च अङ्कले घट्यो

    काठमाडौँ - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा शेयर धितोकर्जाका बारेमा कुनै परिवर्तन नगरेपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ ।

    images

    साताको पहिलो दिन कारोबार सुरु वित्तिकैदेखि नेप्सेमा गिरावट आएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८०.२९ अङ्कले घटेर दुई हजार ६५१.४९ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.१९ अङ्कले घटेर ५०१.४५ मा ओर्लेको छ । नेप्सेमा उच्च अङ्कको गिरावट आए पनि कारोबार रकम भने औसतमा रहेको छ । कूल २३४ कम्पनीको एक करोड १९ लाख तीन हजार २०२ कित्ता शेयर रु पाँच अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ बराबरको कारोबार भयो ।

    आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब २२ अर्ब ८७ करोड २८ लाख ३० हजारको हाराहारीमा रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ ३४.९७, व्यापार १५९.१७, होटल तथा पर्यटन १४७.०९, विकास बैंक २६७.२५, जलविद्युत् १३२.०२, वित्त ६८.०८, निर्जीवन बीमा ३८४.९४, उत्पादन १९२.४१, अन्य ६८.२, लघुवित्त १३९.४, जीवन बीमा ५३८.०३, सामूहिक लगानी कोष ०.२२ र लगानी २.९२ अङ्कले घटेको छ ।

    मौद्रिक नीतिको त्रैमासिक समीक्षामा शेयर धितो कर्जामा रहेको सीमामा परिवर्तनको अपेक्षा लगानीकर्ताले गरेका थिए । केन्द्रीय बैंकले तरलताको अभाव भइरहेको बेला उक्त सीमा परिवर्तन नगर्ने स्पष्ट पारेको छ । त्यसैको प्रभाव बजारमा परेको बताइन्छ ।

    नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २९ करोढ ८१ लाख १९ हजार १६१ बराबरको कारोबार भयो । त्यस्तै, नेपाल पुनरबीमा कम्पनी रु २३ करोड ४८ लाख छ हजार १४७, नेशनल हाइड्रो पावर रु २२ करोड ८५ लाख ९९ हजार ६७५, नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड चार लाख ६८ हजार ५६९ र निर्धन उत्थान लघुवित्तको रु १६ करोड २० लाख २३ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

    नेप्सेका अनुसार आइसिएफसी फाइनान्स ९.७८, सामलिङ पावर कम्पनी ८.२१, निर्धान उत्थान लघुवित्त ३.४३, नेपाल एसबिआई बैंक २.८६ र सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले १.५२ प्रतिशतले कमाए । हिमालयन पावर पार्टनर ८.४९, मानुषी लघुवित्त ८.०९, प्राइम लाइफ इन्स्योरेन्स ७.३४, महालक्ष्मी विकास बैंक ७.२५ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ७.१८ प्रतिशतले गुमाए ।रासस 


    मंसिर १२, २०७८ आइतवार १९:५४:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडा नेपाल

    फेरि बढ्यो युके पाउण्डसहित अन्य देशको विनिमयदर, कुनको कति ?

  • 280
    SHARES
  • फेरि बढ्यो युके पाउण्डसहित अन्य देशको विनिमयदर, कुनको कति ?

    काठमाडौं । सोमवार अमेरिकी डलरको भाउ घटेको छ भने अन्य देशको विनिमयदर केही बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ १० पैसा तोकिएको छ । 
     
    एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३३ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ९ पैसा तोकिएको छ। 

    images

    त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ २४ पैसा तोकिएको छ।  

    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६० पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ५७ पैसा रहेको छ । 

    एक बहराइन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ५६ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

    एक युरोको खरिददर १ सय ३५ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर १ सय ३५ रुपैयाँ ९४ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १ पैसा तोकिएको छ । 


    मंसिर १३, २०७८ सोमवार ०८:०८:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडा नेपाल

    घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

  • 280
    SHARES
  • घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार स्थिर रहेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाले घटेको हो । 
     
    आइतबार तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
     
    यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेर प्रतितोला एक हजार दुई सय २० रुपैयाँ कारोबार भइरहेको छ ।  
     
     

    images


    मंसिर १३, २०७८ सोमवार ११:२१:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडा नेपाल

    फेरि बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर, कुनको कति ?

  • 312
    SHARES
  • फेरि बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर, कुनको कति ?

    काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ घटेको छ भने अन्य देशको विनिमयदर केही बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ४६ पैसा तोकिएको छ । 
     
    एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४२ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९८ रुपैयाँ तोकिएको छ। 
     
    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ११ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ६२ पैसा तोकिएको छ।  

    images

    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६२ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ १० पैसा रहेको छ । 

    एक बहराइन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १९ रुपैयाँ ५३ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ७ पैसा तोकिएको छ ।

    एक युरोको खरिददर १ सय ३५ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रीदर १ सय ३५ रुपैयाँ ९३ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ११ पैसा तोकिएको छ । 


    मंसिर १४, २०७८ मंगलवार ०८:०७:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडा नेपाल

    फेरि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

  • 246
    SHARES
  • फेरि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा १ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाले नै घटेको हो । 
     
    सोमबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
     
    यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाले घटेर प्रतितोला एक हजार दुई सय ५ रुपैयाँ कारोबार भइरहेको छ ।  

    images

     
     
      


    मंसिर १४, २०७८ मंगलवार १२:२७:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल