• Dec 01 2021 | २०७८, मंसिर १५गते

२०७८, मंसिर १५गते

करिना कपुरसँग थ्रिलर फिल्म गर्दै सुजोय घाेष

क्यानाडा नेपाल कार्तिक २ २०७८
  • 402
    SHARES
  • images
    images
    करिना कपुरसँग थ्रिलर फिल्म गर्दै सुजोय घाेष

    काठमाडौं - बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ ।

    images

    कहानी, कहानी २, बदला जस्ता फिल्म निर्देशन गरेका सुजोयले यसपटक करिना कपुर खानलाई कास्ट गर्दैछन् । उनले करिनासँग काम गर्ने चर्चा सन् २०१२ मै चलेको थियो । उनको 'कहानी' दर्शकले रुचाएपछि उनले करिनासँग काम गर्न लागेको चर्चा बि-टाउनमा थियो । 

    यद्यपि उनले साथी विद्या बालनसँग नै कहानीको सिक्वेलमा काम गरे । पछिल्लो समय उनले ताप्सी पन्नुलाई लिएर बदला निर्देशन गरेका थिए । थ्रिलर फिल्मका दर्शकलाई रोमान्चक कथा पस्किने सुजोयले यसको छायांकन दार्जिलिङ र कालिङपोङमा गर्दैछन् । त्यहाँ दुई महिनाको सेड्युल राखिएको छ । 

    करिनाले पनि आफू सुजोयको कामबाट प्रभावित रहेको बताएकी छिन् । उनले भारतीय मिडियालाई प्रतिक्रिया दिँदै सुजोय राम्रो निर्देशकमध्ये एक रहेको बताइन् । 'सुजोयलाई थाहा छ, उनले के बनाउँदै छन् । उनले थ्रिलर कथालाई न्याय गर्ने गरेका छन् । कहानी र बदलालाई उनले राम्रो स्क्रीनप्लेसहित दर्शकमाझ ल्याए,' करिनाले भनिन् । 

    सुजोय पनि करिनाले आफ्नो पात्रालाई न्याय गर्ने बताउँछन् । उनले फिल्मको बारेमा बोल्दै पात्रलाई करिनाको छायाँ पर्न नदिने बताए । 'मेरो क्यारेक्टरमा स्टार देखिँदैन । तर, स्टारले क्यारेक्टर निर्वाह गर्दा धेरै दर्शकसम्म फिल्म पुग्न सक्छ,' सुजोयले भने । करिना अभिनित 'लालसिंह चड्डा' आउँदो फेब्रुअरीमै रिलिज हुँदैछ । न्युज कारखाना 


    कार्तिक २, २०७८ मंगलवार २१:०४:३० बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # करिना कपुर

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    सलमान र उनका ज्वाँइबीचको भिडन्त नेपालमा पनि हेर्न पाइने, 'अन्तिम' लाई ठूलो रकम तिरेर ल्याइयो

  • 1.6K
    SHARES
  • सलमान र उनका ज्वाँइबीचको भिडन्त नेपालमा पनि हेर्न पाइने, 'अन्तिम' लाई ठूलो रकम तिरेर ल्याइयो

    काठमाडौं - बलिउड अभिनेता सलमान खानको फिल्म अन्तिम को पछिल्लो समय निकै चर्चा छ । यस फिल्म नोभेम्बर २६ बाट प्रदर्शनमा आउँदैछ । 

    images

    फिल्ममा सलमान र उनका ज्वाँइ आयुष शर्माबीच भिडन्त देख्न पाइनेछ । महेश मान्जरेकरले निर्देशन गरेको यस फिल्ममा सलमान एक सिख पुलिसको भूमिकामा देखिदैछन् । आयुष भने ग्यांगस्टारको भूमिकामा देखिएका छन् । 

    salman aaus.jpeg

    फिल्म नेपालमा पनि पैदर्शनमा आउँदैछ । गोपीकृष्ण मुभिज मातहतको कम्पनी ‘ए एट फिल्मस्’ ले यो फिल्मलाई ठूलो रकममा लिएको बताइएको छ । फिल्मलाई नेपाल ल्याउन एक करोड ३५ लाख तिरेको बताइएका छ । यस फिल्म अब नेपालका १२५ वटा हलमा रिलिज हुने कम्पनीले जनाएको छ । 


    मंसिर ८, २०७८ बुधवार २०:३५:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अन्तिम

  • क्यानाडा नेपाल

    विक्की र कटरिनाको गोप्य कुरा खुल्यो, यहि हप्ता कोर्ट म्यारिज गर्दै

  • 228
    SHARES
  • विक्की र कटरिनाको गोप्य कुरा खुल्यो, यहि हप्ता कोर्ट म्यारिज गर्दै

    काठमाडौं । पछिल्लो समय बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चा चलिरहेको छ । एकअर्काको प्रेमसम्बन्ध रहेका कटरिना र विक्कीले आउँदो डिसेम्बरको पहिलो हप्तामा राजस्थानमा विवाह गर्ने बताइएको छ । 

    images

    भारतिय मिडियाका अनुसार यसै महिनाको आउने हप्तामा उनीहरुले मुम्बईमा कोर्ट म्यारिज गर्ने भएका छन् ।  यो जोडी जयपुर जानु अघि आउने हप्ता मुम्बईमा कोर्ट म्यारिज गर्ने तयारीमा रहेको बताइएको छ । 

    यो कुरा भने कटरिना र विक्की गोप्य राख्न चाहान्छन् । उनीहरुले आफ्नो विवाहबारे केही कुरा खुलाएका छैनन् । उनीहरु कुरा गोप्य राख्दै विवाहको भव्य तयारी गर्दैछन् । 

    आफ्नो विवाहको लागि उनीहरुले राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटल बुकिङ पनि गरिसकेका छन् । यसैबीच उनीहरुको विवाहमा कुन कुन कलाकारको सहभागी रहन्छ भन्ने चर्चा पनि चलिरहेको छ ।  उनीहरुले आफ्नो विवाहमा आउने पाहुनाको सूची पनि तयार गरेका छन् ।  


    मंसिर ९, २०७८ बिहिवार १२:२१:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कटरिना र विक्की

  • क्यानाडा नेपाल

    डिर्भोसको हल्लापछि बलिउडमा प्रियंका गर्भवती भएको चर्चा

  • 344
    SHARES
  • डिर्भोसको हल्लापछि बलिउडमा प्रियंका गर्भवती भएको चर्चा

    काठमाडौं। बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसबीच सम्बन्धविच्छेदको हल्ला आगोसरी फैलिएको छ ।  

    images

    सम्बन्धविच्छेद गरेको खबर सामाजिक सञ्जालमा फैलिएपछि उनका फ्यानहरु पनि चिन्तित बनेका छन् । यही हल्लाबीच प्रियंकाको उक नयाँ खबर पनि बाहिर आएको छ । भारतिय मिडियाहरुमा प्रियंका गर्भवती भएको चर्चा पनि चलेको छ । सम्बन्धविच्छेदको हल्लाबारेमा प्रियंका र निकले कुनै कुरा खुलाएका छैनन् । 

    नोभेम्बर २३ मा नेटफ्लिक्समा जोनस ब्रदर्स फेमिली रोस्ट शो रिलिज भयो । फेमिली रोस्ट शो मा जोनसको ब्रदर्सको उनको पार्टनरले जोइन गराएकी थिईन् । यहि समय प्रियंकाले पति निकलाई जमेर रोस्ट गरिन् । प्रियंकाले निकलाई रोस्ट गर्दै निक तथा आफ्नो बच्चाको बारेमा जोक मारेकी थिईन् । 

    जसलाई सुनेर एकपलका लागि हरकोही हैरान भए । निक रोस्टको एक सेग्मेन्टको दौरानमा प्रियंकाले भनेकी थिईन् कि ठुलो भाईको बच्चा छ । उनले भनिन् ले भनिन्– हामी एक्लो यस्तो कपल हो जसको बच्चा छैन । यस कारण म यो घोषणा गर्नको लागि एकदमै उत्साहित छु ।

    सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रियंकाले आफ्नो नामबाट जोनस थर हटाएपछि सम्बन्धविच्छेदको हल्ला चलेको थियो। बलिउडदेखी हलिउडसम्म चर्चा कमाएकी प्रियंकाले केही बर्षअगाडि निकसँग विवाह गरेकी थिइन् । विवाह गरेपछि उनी पतिकै घर अमेरिकामा बस्दै आएकी छिन् । तर पछिल्लो समय उनीहरुबीच मनमुटाव भएर सम्बन्धविच्छेद भएको खबरले प्रियंकासँगै उनका परिवार पनि तनावमा छन् । 


    मंसिर ९, २०७८ बिहिवार १३:४२:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रियंका चोपडा

  • क्यानाडा नेपाल

    ब्लाउज तल झरेछ भन्दै निया शर्मालाई फ्यानले मजाग उडाए  

  • 890
    SHARES
  • ब्लाउज तल झरेछ भन्दै निया शर्मालाई फ्यानले मजाग उडाए  

    काठमाडौं - बलिउडक चर्चित अभिनेत्री हुन् निया शर्मा । धेरै जसो नयाँ फोटोशुटका कारण चर्चामा आइरहने निया पछिल्लो समय भने बोल्ट तस्बिरका कारण विवादमा आएकी छिन् । 

    images

    niya.PNG

    उनले हालै शेयर गरेको एक तस्बिरका कारण उनी ट्रोलको शिकार बनेकी छिन् । तस्बिरमा लेहेंगा र चोली पहिरिएकी उनी निकै बोल्ड देखिएकी छिन् । तर धेरैले उनलाई ब्लाउज लगाएको तरिकाका कारण मजाग उडाएका छन् । 

    उनको तस्बिरमा थोरै ब्लाउजको पनि ख्याल गर्नु, राइट साइडमा धेरै नै तल झरेछ भन्दै उडाएका छन् । केही समयअघि निया एकता कपुरको टीभी शो नागिन–४ लाई लिएर चर्चामा थिइन् । 
     


    मंसिर ९, २०७८ बिहिवार २१:५८:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निया शर्मा

  • क्यानाडा नेपाल

    विक्की र कटरिनाको विवाहमा मोबाइल लान नपाइने, यस्तो नियम राखियो

  • 326
    SHARES
  • विक्की र कटरिनाको विवाहमा मोबाइल लान नपाइने, यस्तो नियम राखियो

    काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चा पछिल्लो समय निकै छ । एकअर्काको प्रेमसम्बन्ध रहेका कटरिना र विक्कीले आउँदो डिसेम्बरको पहिलो हप्तामा विवाह गर्दैछन् । 

    images

    उनीहरुले डिसेम्बर पहिलो साता नै जयपुरको एक रिसोर्टमा गर्ने पक्का भइसकेको छ । उनीहरुले विवाहमा सहभागी हुनेलाई कडा नियम बनाएका छन् । 

    उनीहरुको विवाहमा सहभागी हुनेले मोबाइल लैजान नपाउने भएका छन् । विवाहलाई गोप्य राख्नको लागि उनीहरुले मोबाइल लान नपाइने नियम बनाएका हुन् । 

    विवाहको लागि उनीहरुले राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटल बुकिङ पनि गरिसकेका छन् । यसैबीच उनीहरुको विवाहमा कुन कुन कलाकारको सहभागी रहन्छ भन्ने चर्चा पनि चलिरहेको छ । उनीहरुले आफ्नो विवाहमा आउने पाहुनाको सूची पनि तयार गरेका छन् ।  

     


    मंसिर ११, २०७८ शनिवार २०:२०:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कटरिना र विक्की

  • क्यानाडा नेपाल

    सलमानको फिल्म 'अन्तिम'ले एकैदिन कमायो साढे ७ करोड, हालसम्मको कमाई कति ?

  • 612
    SHARES
  • सलमानको फिल्म 'अन्तिम'ले एकैदिन कमायो साढे ७ करोड, हालसम्मको कमाई कति ?

    काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण बन्द रहेका भारतका फिल्महल विस्तारै खुल्न थालेका छन् । कोरोना संक्रमण कम हुन थालेपछि फिल्महरु सिनेमा घरमा रिलिज भएका छन् । 
     
    यस्तै पछिल्लो समय सलमान खान अभिनित फिल्म 'अन्तिम' को निकै चर्चा छ ।  महेश मान्जरेकरको निर्देशनमा बनेको फिल्म 'अन्तिम'ले पहिलो दिनमा नै राम्रो कमाइ गरेको छ । फिल्मले पहिलो दिन शुक्रबार साढे ४ करोड कमाई गरेको छ । 

    images

    यस्तै दोस्रो दिन फिल्मले साढे ५ करोड कमाई गरेको छ । यस्तै आइतबार फिलमले साढे ७ करोड कमाई गरेको छ । प्रदर्शनमा आएको तीन दिनमा यस फिल्मले १८ करोड कमाई गरिसकेको भारतिय मिडियामा जनाइएको छ ।

     फिल्ममा सलमानसँगै आयुष शर्मा, महिमा मकवानाको मूख्य अभिनय रहेको छ ।  फिल्ममा सलमान र उनका ज्वाँइ आयुष शर्माबीच भिडन्त देख्न पाइनेछ ।  


    मंसिर १३, २०७८ सोमवार १२:३४:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अन्तिम

  • क्यानाडा नेपाल