• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

आफुहरुबीचको सम्बन्धलाई लिएर चर्चा हुन थालेपछि पल र समीक्षाले खोले मुख

क्यानाडा नेपाल कार्तिक ८ २०७८
  • 2.1K
    SHARES
  • images
    images
    आफुहरुबीचको सम्बन्धलाई लिएर चर्चा हुन थालेपछि पल र समीक्षाले खोले मुख

    काठमाडौं - पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी निकै चर्चामा छन् । यी दुईको सम्बन्धलाई लिएर केही समययता विभिन्न कुरा हुन थालेको छ । 

    images

    उनीहरूबीचको अन्तरंग सम्बन्धबारे चर्चा चल्न थालेपछि यी दुईले आआफ्नो स्पष्टीकरण दिएका छन् । केही समयदेखि मिडियासँग समेत साक्षात्कार गर्न डराइरहेका उनीहरुले यसबारे अन्ततः बोलेका छन् । 

    एक सातायता चर्चामा रहेका यी दुईको सम्बन्धको विषयमा गसिप र समाचार आउन थालेपछि समीक्षा र पलले सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्ध बारे बताएका छन् । 

    पलले आफुलाई हुँदै नभएको र नगरिएको आरोप लगाइएको बताएका छन् । उनले पछिल्लो केही दिनयता आएका खबरले मेरो शुभचिन्तकसँगै परिवारलाई समेत दु:खी बनाएको  बताएका छन् । 

    यस्तो छ पल शाहको भनाइ - देश विदेशमा रहनुभएका सम्पूर्ण मेरा दर्शक स्रोताज्यूहरूमा हार्दिक सम्मान अनि धेरै माया। विगत केही दिनदेखि मेरो र गायिका समीक्षा अधिकारीको विषयमा आइरहेका समाचारबाट मलगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिंगो दर्शकदीर्घ नै दुःखी बनेको महसुस हामीले गरेका छौ । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कहीँ न कहीँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो। मेरो पेसा र विधाका कारण म धेरै मान्छेहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनुहुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु। 

    अरु कलाकारहरूसँग जस्तै र अरुले जस्तै सांगीतिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरूलाई विदितै छ। हुँदै नभएका, गर्दै नगरिएका, बिनाआधारका कुराहरूलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यक्त्तिगत जीवनमाथ िआँच आउने किसिमले लेखिएका झुटा समाचारहरूले मलाई अत्यन्तै दुःखी बनाएको छ। यसरी कसैको व्यक्त्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरी बदनाम गर्ने गरी समाचार नबनाइदिनुहुन सम्पूर्ण मिडियाकर्मीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। 

    मैले सधैं दर्शक स्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु। यही घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु। मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्टमार्फत हार्दिक माफी माग्दछु। गायिका समीक्षा अधिकारी र मेरो बीचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शीर्षक दिएर सिंगो पत्रकारितालाई पनि बदनाम गर्ने र हाम्रो चरित्रहत्या हुने कार्य नगरिदिनुहोला ।
     
    यस्तै समीक्षाले पनि सामाजिक सञ्जालमार्फत पलसँग जोडिएर आएको समाचारहरू कपोकल्पित रहेको बताएकी छिन् । उनले पलसँगको सम्बन्धलाई तोडमोड गरेर आएको समाचारले आफ्नो चरित्रहत्या भएको बताएकी छिन् । 

    यस्तो छ समीक्षाको भनाइ - मलाई समीक्षा अधिकारी बनाउनु हुने मेरा सम्पूर्ण दर्शक स्रोताज्यूहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यूसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरू आएका छन्, यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरू मेडियामा आएका छन्, जसले मेरो चरित्रहत्या भएको छ। 

    यसका साथसाथै पलजीको क्यारिअरमाथि आँच आउने किसिमले सस्तो प्रचार बाजी गरिराको छन्। यसो नगर्नु हुन अनुरोध गर्दछु। बिनास्रोत अफवाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रूपमा निकै नै असर पुर्याएको छ, यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौ । एउटै इन्डस्ट्रिजमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ । मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हुँ। र, हजुरहरूको माया रहेसम्म सधैं राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अंग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरूले पनि यसरी मानहानि र चरित्रहत्या हुने किसिमले लेखिएका समाचारले निकै दुःखी छु। मैले यो अपेक्षा गरेको थिएन । 

    म जे छु जहाँ छु, यो सब मेरा भगवानरूपी दर्शक स्रोताको देन हो र  हजुरहरूलाई कुनै पनि कुराले निराश गर्न सक्दिनँ र गर्ने छैन। मेरो बारेमा मिडियामा आएका झुटा  समाचारहरूप्रति घोर  निन्दा गर्दछु र हजुरहरू यसको पछाडि नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु। अन्त्यमा सम्पूर्ण पत्रकारज्यूहरूलाई पनि हार्दिक निवेदन गर्न चाहन्छु, कसैको व्यक्त्तिगत जीवनमा आँच आउने मानहानि तथा चरित्रहीन हुने किसिमको समाचार नबनाउनु होला। 
     
    केही समययता पल र समीक्षाको प्रेमको चर्चा छ । पछिल्लो समय पलको म्युजिक भिडियोमा व्यस्तता अत्यधिक छ । तर, यो चर्चा चलेयता उनले इभेन्टमा सहभागिता जनाउन छाडेका छन् । 


    कार्तिक ८, २०७८ सोमवार ११:४७:१७ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # पल शाह

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    जिग्रीको स्वरमा नयाँ गीत 'मायाले जीवन सजाउ' सार्वजनिक, धुर्मुस-सुन्तलीको रोमान्टिक अभिनय

  • 1.3K
    SHARES
  • जिग्रीको स्वरमा नयाँ गीत 'मायाले जीवन सजाउ' सार्वजनिक, धुर्मुस-सुन्तलीको रोमान्टिक अभिनय

    काठमाडौं - चर्चित हाँस्यकलाकार कुमार कट्टेल (जिग्री)को स्वरमा सजिएको नयाँ गीत 'मायाले जीवन सजाउ' सार्वजनिक भएको छ । 

    images

    हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को अभिनय रहेको उक्त म्युजिक भिडियो मंगलबार युट्युबमा सार्वजनिक भएको हो । 

    धुर्मुस सुन्तली विवाह बन्धनमा बाँधिएको १३ वर्ष पुरा भएको अवसरमा भाई कुमारले नयाँ गीत बजारमा ल्याएका हुन् । गीतमा कुमारलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन्  । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । 


    मंसिर १५, २०७८ बुधवार १२:१६:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुमार कट्टेल

  • क्यानाडा नेपाल

    अस्मिता र अमृतको गीतमा पूजा र प्रदीपको अभिनय

  • 218
    SHARES
  • अस्मिता र अमृतको गीतमा पूजा र प्रदीपको अभिनय

    काठमाडौँ । पछिल्लो पुस्ताकी लोकप्रिय नायिका पूजा शर्मा चलचित्रसँगै म्यूजिक भिडियोमा पनि निक्कै व्यस्त छिन् । एकपछि अर्को गर्दै लगातार म्यूजिक भिडियो आफ्ना दर्शकहरुका लागि दिइरहेकी पूजाले मोडल प्रदीप लामासँग नयाँ भिडियोमा सहकार्य गरेकी छिन् । 

    images

    ‘जुलेबी’ बोेलको गीतकोे भिडियोमा पूजा र प्रदीपको रोमान्स हेर्न सकिन्छ । यो गीतमा अस्मिता अधिकारी र अमृत घोले लामाको स्वर, शंकर थापा ‘स्माइल’को शब्द, गणेश शाहीको संगीत छ । 

    भिडियोमा प्रदीप लामाको कोरियोग्राफी तथा  निर्देशन, सुशान प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ । जसको निर्माताका रुपमा  गायक लामा नै रहेका छन् । 


    मंसिर १५, २०७८ बुधवार २१:२६:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

  • 1.1K
    SHARES
  • सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

    काठमाडौं - हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् । 

    images

    उनले बलिउडका धेरै फिल्महरु पिनि हेरिसकेकी छिन् । उनलाई बलिउडमा सलमान खानको फिल्म धेरै नै मन पर्छ । उनले आफु सलमानको बडी देखेर भुतुक्कै भएको बताएकी छन्। 

    उनले आफुले धेरै पहिलादेखि सलमानसँग काम गर्न चाहेको पनि बताएकी छन् । किम बलिउडस्टार श्रीराज हसनको मिल्ने साथि पनि हुन् । उनी पति कान्य वेष्टसँगको सम्बन्ध विच्छेदका कारण पनि चर्चामा छिन् । उनीहरु ७ बर्षअघि विवाह बन्धनमा बाधिँएका थिए । उनीहरुले कुनै कारण बिना नै एक अर्काले सम्बन्ध तोडेको बताइन्छ । 

     


    मंसिर १५, २०७८ बुधवार २१:५६:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # किम कार्दशियन

  • क्यानाडा नेपाल

    'कोभिड १९' को चपेटामा परेको फिल्म ‘बिच्छेद'को छायांकन सकियो

  • 150
    SHARES
  • 'कोभिड १९' को चपेटामा परेको फिल्म ‘बिच्छेद'को छायांकन सकियो

    काठमाडौं। बिश्वव्यापी महामारी 'कोभिड १९' को चपेटामा परेको फिल्म ‘बिच्छेद’को तीन बर्षपछि छायांकन सकिएको छ । २०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको फिल्मको छायांकनबीचमा नै लकडाउन भएपछि रोकिएको थियो ।

    images

    निर्देशक सत्यराज चौलागाईंले क्याप्टेनसिप सम्हालेको फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवाको प्रमूख अभिनय रहेको छ । मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा गरेका थिए । दुवै अभिनयमा उम्दा मानिन्छन् ।
     
    राज पण्डित, सुबास राई र साबि बज्राचार्य को लगानी रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । संकल्प भुजेल छायाँकार रहेको फिल्म गाउँले परिवेशमा आधारित रहेको निर्देशक चौलागाईंले जानकारी दिए । फिल्ममा एसडि योगी र सुरज थापाको संगीत रहनेछ ।
     
    फिल्मको रामेछापको एक गाउँमा सम्पूर्ण छायांकन भएको हो । अधुरैमा फिल्मको छायांकन रोकिँदा निर्मातालाई ठूलो आर्थिक क्षति भएको निर्देशक चौलागाईं बताउँछन् ।


    मंसिर १९, २०७८ आइतवार १६:१६:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिच्छेद
  • # कोभिड-१९

  • क्यानाडा नेपाल

    काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने  

  • 94
    SHARES
  • काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने  

    काठमाडौं माउन्टेन फिल्म फेस्टिभल(किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने भएको छ ।  फेस्टिभलमा वृत्तचित्र, आख्यान, प्रयोगात्मक, लघु फिल्म, र एनिमेसन सम्बन्धी २८ देशका ६० फिल्म देखाइने आयोजक हिमाल एसोसियसनले जनाएको छ । अमेरिकी फिल्मकर्मी काइल रुडिकद्वारा निर्देशित फिल्म ’ड्रिम माउन्टेन’ प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिने एसोसियसनले जानकारी दिएको छ । 

    images

    किम्फको निर्णायकमा पर्वतारोही मारियो कासेला, स्विजरल्याण्डकी पत्रकार ‍तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र रंगकर्मी अनुप बराल रहेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ ४० फिल्मबट उत्कृष्ट तीन र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गर्नेछन् ।

    अन्तर्राष्ट्रिय प्रतियोगितातर्फको विजेताले २ लाख, दोस्रोले १ लाख ५० र तेस्रो फिल्मले १ लाख पुरस्कार पाउनेछन् । पनोराममा उत्कृष्ट वृत्तचित्रका लागि ७५ हजार र उत्कृष्ट आख्यानका लागि १ लाख प्रदान गरिनेछ । उत्कृष्ट माउन्टेन फिल्म अवार्ड विजेताले भने एक हजार अमेरिकी डलर जित्नेछ । 


    मंसिर १९, २०७८ आइतवार १७:४८:१४ बजे : प्रकाशित

    प्रमोद खरेल र येदिन गजमेरको सहकार्यमा जन्मियो 'यादहरूमा'

  • 60
    SHARES
  • प्रमोद खरेल र येदिन गजमेरको सहकार्यमा जन्मियो 'यादहरूमा'

    काठमाडौँ । चर्चित गीतकार तथा संगीतकार येदिन गजमेरको नयाँ गीत यादहरूमाको भिडियो सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वरमा सजिएको प्रेम रोमान्स र विरहले भरिएको  यादहरूमाको भिडियो शुक्रबार बजारमा आएको हो । 

    images

    अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार येदिनले दर्जनौँ नेपाली आधुनिक गीत तथा भजन संगहहरुमा आफ्नो शब्द तथा संगीत भरेर चर्चा कमाएका बेला यादहरूमाको भिडियो बजारमा ल्याएका हुन् । 

    वैँशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमील कहानी, प्रेममा पर्दाका रमाइला यादगार क्षणहरु र एक्कासी आफ्नी प्राण प्यारीले छाडेर गएपछिको विरहका दृश्यहरुलाई कैद गरिएको  गीतमा मोडलद्धय रमेश दियाली र साक्षी लम्साल गज्जबसँग खुलेका छन् । 

    संजिब बराईलीको एरेन्ज रहेको गीतमा निशाल पौडेलको छायाङ्कन रहेको छ ।  विकाश दाहालले  सम्पादन गरेको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् ।  यसैबिच गायक अनुप रेग्मीको स्वरमा तयार भएको लोक आधुनिक गीत  पञ्चेबाजामा संगीतकार येदिनको संगीत रहेको गीत छिट्टै बजारमा आउने तयारीमा रहेको छ । 

    विबाहको मौसमलाई लक्षीत गरेर ल्याउन लागिएको पञ्चेबाजामा संगीतकार यदिनकै शब्द शृजना समावेश छन् । यसअघि नै संगीतकार येदिनले नेपालका चर्चित गायक गायिकाहरुसँग दर्जनौँ गीतमा सहकार्य गरिसहेका छन् ।


    मंसिर १९, २०७८ आइतवार २१:५७:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रमोद खरेल

  • क्यानाडा नेपाल